Tag: बेपत्ता

  • दशैं मनाउन श्रीमान विदेशबाट आए, छोरा लिएर श्रीमती बेपत्ता

    दशैं मनाउन श्रीमान विदेशबाट आए, छोरा लिएर श्रीमती बेपत्ता

    रुपन्देही । श्रीमान विदेशबाट आएको एक महिनामै रुपन्देहीबाट एक महिला ९ वर्षीय छोरा लिएर बेपत्ता भएकी छन् । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ घर भई हाल बुटवल कालिकानगर आफन्तकोमा बस्ने ३१ वर्षीया संगीता गैरे ९ वर्षीय छोरा दिक्षान गैरेलाई लिएर बेपत्ता भएको उनका श्रीमान खडानन्द गैरे देउतीले बताए ।

    आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए ।

    उनले नेपाल प्रेससँग भने– तीन वर्ष भियतनाम बसेर आएको हुँ, भारत, दुबई, कतार गरेर ११ वर्ष विदेश बसें तर अहिले आएर यस्तो पीडा बोक्नु पर्यो । मैले विदेशबाट कमाएको सबै रकम घरमै पठाउँथे, अहिले त्यो रकम कहाँ गयो भन्ने पनि पत्तो छैन, मलाई अहिले केही चिन्ता छैन रकमको, छोरासहित वेपत्ता भएर चिन्ता लागेको उनले भने ।

    संगीता बिगत् सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

    असोज २२ गतेदेखि श्रीमती छोरासहित बेपत्ता भएर घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि खडानन्दले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका छन् ।

    गैरेले भने, ‘सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्’ आफन्तहरु सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको खडानन्दले बताए । प्रहरीकोमा निवेदन दिएपनि केही पत्तो नलागेको र केही पत्तो लागेमा ९८१८९२३५९४ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

    एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरेका छन् ।

  • कपनमा ढलमा खसेर एक बालक बेपत्ता

    कपनमा ढलमा खसेर एक बालक बेपत्ता

    काठमाडौं । काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

    बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्।

    स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

  • बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी

    बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी

    रूपन्देही । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन् । दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो ।

    शुक्रबार बिहान करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
    बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् ।

    उता नवलपरासीको सुनवल नगरपालिकामा बाढीले बगाएर १४ वर्षीय किशोर बेपत्ता भएका छन्। सुनवलको वडा नम्बर– ४ का १४ वर्षीय किशोर बेपत्ता भएका हुन् ।

    उनको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

    जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

    टोकियो । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।

    गत शनिबार बिहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।

    देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे ।

    घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।

    सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।

  • बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

    बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

    कर्णाली । गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता भएका छन् ।

    घाँस काट्न जाँदा हराएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए ।

    चार दिन बित्दासमेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

    यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् ।  परिवारका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।  सुनारले सधैं सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए ।  ‘दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौं, अझै केही पत्ता लाग्न सकेको छैन’, उनले भने ।

    परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उनी नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका-१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।

    रासस

  • भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल, एक महिला बेपत्ता

    भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल, एक महिला बेपत्ता

    कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।

    कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

    पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

    दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही-११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

    आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही-तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
    रासस

  • पुल  बनाउँदै गरेका कामदार बेपत्ता, तीनको उद्धार

    पुल बनाउँदै गरेका कामदार बेपत्ता, तीनको उद्धार

    चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए ।

    उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।

    निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए ।

    घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ । रासस

     

  • भारतको सीतामढीमा भेटिएका सात बालिका-किशोरीलाई आजै घर फर्काउन प्रक्रिया शुरू

    भारतको सीतामढीमा भेटिएका सात बालिका-किशोरीलाई आजै घर फर्काउन प्रक्रिया शुरू

    जनकपुरधाम । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका-किशोरी भारतको सीतामढीमा भेटिएको पुष्टि भएको छ । महोत्तरी भंगाहा नगरपालिका-८ धरमपुपरका उनीहरूलाई घर फर्काउन पहल शुरू गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली उनीहरूलाई लिन सितामढीतर्फ हिँडेका छन् । आजै दिउँसो २ बजेसम्ममा महोत्तरी ल्याइपुर्‍याइने प्रहरीले अधिकारीले बताएका छन् ।

    ती बालिका तथा किशोरीको परिचय खुल्ने कागजात लिएर सितामढी प्रहरीलाई बुझाएपछिमात्र नेपाल प्रहरीसमक्ष बुझाउन प्रक्रिया थालिने छ ।

    महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका ५ बालिका र २ किशोरी बेपत्ता भएका थिए । उनीहरू मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका थिए । उनीहरू के कसरी भारत पुगे भन्ने भेट भएपछि मात्र थाहा लाग्ने बताइएको छ ।

    भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार उनीहरू ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हुन् ।

    बालिका-किशोरी बेपत्ता भएपछि भंगहामा सन्नाटा छाएको छ ।

  • अझै पत्तो लागेन सुतेकै ठाउँबाट बेपत्ता पारिएका दम्पतीको अवस्था

    अझै पत्तो लागेन सुतेकै ठाउँबाट बेपत्ता पारिएका दम्पतीको अवस्था

    धनुषा । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

    बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मङ्गलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ ।

    प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

    वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् ।

    उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।