Tag: बेन्जेमा

  • बेन्जेमा बने च्याम्पियन्स लिगको ‘प्लेअर अफ दी सिजन’

    बेन्जेमा बने च्याम्पियन्स लिगको ‘प्लेअर अफ दी सिजन’

    काठमाडौं । रियाल मड्रिडका फरवार्ड कारिम बेन्जेमा च्याम्पियन्स लिगको प्लेअर अफ दी सिजन बनेका छन् ।

    फ्रेन्च खेलाडी बेन्जेमाले यस सिजन रियालले लिभरपुलाई च्याम्पियन्स लिगको फाइनलमा १–० को नतिजामा पराजित गर्दै उपाधि जितेसँगै रियाल मड्रिडमा पाँचौपटक च्याम्पियन्स लिग जित्ने खेलाडी बने ।

    उनले च्याम्पियन्स लिगमा यस सिजन खेलेका १५ खेलमा १२ गोल गर्दै बालोन डी आरको दाबेदार बनेका छन् ।

    च्याम्पियन्स लिगको फाइनलम रियाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका भिनिसियस जुनियर च्याम्पियन्स लिगको ‘योङ प्लेअर अफ दी सिजन’ घोषित भएका छन् ।

    २१ वर्षीय जुनियरले यस सिजन च्याम्पियन्स लिगमा ४ गोल गरेका थिए भने ६ असिस्ट गरेका थिए ।

    जुनियर, बेन्जेमा मिडफिल्डर लुका मोड्रिक र गोलकिपर थाइबाउट कार्टुवा च्याम्पियन्स लिग ‘टीम अफ दी सिजन’ बनेका छन् ।

    कोर्टुवाले च्याम्पियन्स लिग फाइनलमा ‘प्लेअर अफ दी म्याच’ जित्दै च्याम्पियम्स लिग फाइनलमा प्लेअर अफ दी म्याच जित्ने इितहासकै तेस्रो गोल किपर बने ।

  • बेन्जेमाको ह्याट्रिकमा मड्रिड विजयी: चेल्सी पराजत, भिल्लारियासँग बायर्न हार्यो

    बेन्जेमाको ह्याट्रिकमा मड्रिड विजयी: चेल्सी पराजत, भिल्लारियासँग बायर्न हार्यो

    काठमाडौं । कारिम बेन्जेमाको ह्याट्रिक प्रेरित रियाल मड्रिडले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीलाई ३–१ गोलको नतिजमा पराजित गरेको छ ।

    बुधबार राति चेल्सीको घरेलु मैदान स्टाम्फेर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीमाथि सानदार जित निकाल्दै रियालले शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    रियालको जितमा बेन्जेमाले ह्याट्रिक गरे । च्याम्पियन्स लिगमा उनको लगातार दोस्रो ह्याट्रिक हो । यसअघि उनले अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध बेन्जेमाकै ह्याट्रिक मद्दतमा मड्रिड क्वाटर फाइनल पुगेको थियो ।

    खेलको २१औं मिनेटमा बेन्जेमाको गोलमा अग्रता बनाएको मड्रिडका लागि त्यसको तीन मिनेट नबित्दै बेन्जीमाले पुनः गोल गर्दै अग्रता दोब्बर पारे । काई हाभेर्टेजले ४०औं मिनेटमा चेल्सीका लागि पहिलो गोल फर्काए ।

    तर, बेन्जेमाले ४६औं मिनेटमा ह्याट्रिक पूरा गर्दै मड्रिडका लागि तेस्रो गोल गरेका थिए । त्यसपछि खेलको निर्धारित समयसम्मपनि थप गोल हुन सकेन । रियालको जितमा पहिलो हाफमा भएको ३–१ गोलको नतिजा निर्णायक बन्यो ।

    यस्तै, बुधबार राति नै भएको अर्को खेलमा भिल्लारियलले बायर्न म्युनिकलाई १–० गोलको नतिजमा पराजित गर्यो ।

    बायर्नको घरेलु मैदानमा भएको खेलमा भिल्लारियाललाई जित दिलाउन अर्नाउट दानजुमाले खेलको ८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

    दोस्रो लेगको खेलहरु अप्रिल १३ मा हुनेछ ।