Tag: बेइजिङ

  • नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    नेपाल एयरलाइन्सको वाइडबडी बेइजिङमा, ८ लाख डोज खोज खोप ल्याउँदै

    काठमाडौं । चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज काठमाडाैं ल्याउँदै छ ।

    खोप लिन सोमवार राति एयरबस ३३० बेइजिङ गएको थियो । बेइजिङमा अहिले खोप र त्यससँग सम्बन्धित मेडिकल सामाग्रहीरु लोड भइरहेको छ । केही बेरमा ८ लाख डोज भेरोसिल खोप लिएर विमान काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

    खोप आजै अपराह्न काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्या भण्डारीले चीनिया राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

    बाँकी दुई लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने भएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।

  • अक्सिजन सिलिन्डर र जेनेरेटर ल्याउन नेपाल एयरलाइन्सको बिमान आजै बेइजिङ उड्दै

    अक्सिजन सिलिन्डर र जेनेरेटर ल्याउन नेपाल एयरलाइन्सको बिमान आजै बेइजिङ उड्दै

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ ।

    गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको हो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौँ फर्किने निगमले जनाएको छ ।

    यस्तै बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ः०० बजे बेइजिङ्ग उडान भर्न लागेको हो ।

    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए ।

    उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

    निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ ।

    मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ ।

    निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ ।

    निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो ।