Tag: बूढानीलकण्ठ

  • देउवा निवास जाने बाटो धमाधम मर्मत शुरू

    देउवा निवास जाने बाटो धमाधम मर्मत शुरू

    काठमाडौं । प्रधानमन्त्री नियुक्त हुने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठतर्फ जाने सडक धमाधम मर्मत थालिएको छ ।

    काठमाडौंमा झमझम पानी परिरहेका बेला महाराजगञ्जबाट बूढानीलकण्ठ जाने सडकका खाल्डाखुल्डी पिच गरेर टाल्न थालिएको हो ।

    आजै बिहान ६ बजे धुलाम्य सडकमा पानी खन्याइएको थियो । अहिले पानी परिरहेका बेला सडकमा जाम गराएर ठाउँ ठाउँमा पीच भइरहेको दृष्य देखिएको छ ।

    देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् । देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यो सडक मर्मतका लागि हतार गरिएको छ ।

  • बूढानीलकण्ठमा देउवासँग प्रचण्ड र माधव नेपालको वार्ता

    बूढानीलकण्ठमा देउवासँग प्रचण्ड र माधव नेपालको वार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । अहिले देउवासँग उनीहरूको छलफल चलिरहेको स्रोतले बतायो ।

    आजै दिउँसो प्रचण्डले नेपाल र देउवालाई छुट्टाछुट्टै भेटेका थिए । फेरि नेपाल र प्रचण्डको देउवासँग संयुक्त भेट भएको हो । आफ्नो समूहका स्थायी समितिको वैठक सकेर नेपाल बूढानिलकण्ठ पुगेका थिए ।

    हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा एकता आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै प्रचण्ड सक्रिय देखिएका छन् । माधव नेपालको समूहले ओलीको आह्वानलाई खारेज गरेको छ ।

  • माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

    माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड पुगे देउवा निवास बूढानीलकण्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सकेर कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् ।

    प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो । एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरे लगत्तै प्रचण्ड र नेपालबीच आइतवार राति पनि छलफल भएको थियो ।

    नेपाल आफ्नै समूहभित्र पनि दबाबमा रहेका बेला प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ ।

    नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका छन् ।

  • कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

    कांग्रेस बैठकमा देउवाले भने- बहुमत नपुग्ने भो, महन्थले मानेनन्

    काठमाडौं । वैकल्पिक सरकारको नेतृत्व गर्न अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत नपुग्ने निष्कर्ष सुनाएका छन् ।

    पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुरले समर्थन नगर्ने भनेको र माधव नेपाल पक्षले पनि राजीनामा नदिएको भन्दै बहुमत दावी गर्ने अवस्थाा नरहेको बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले भने, ‘महन्थजीले समर्थन दिन सक्दिन भनेको देउवाजीले जानकारी दिनुभयो । बहुमत पुर्‍याउन गार्‍हो पर्ने देखिएको छ । अब ओलीजीले नै सपथ लिने भन्ने सुन्दैछु । हेरौं कुन धारा अनुसार सपथ लिन्छन् । बाँकी कुरा त्यसपछि थाहा होला ।’

  • एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

    उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

    जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

    प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पुगेको सम्भवतः पहिलो पटक हो ।

  • देउवाले किन गर्दै छन् आकस्मिक पत्रकार सम्मेलन ?

    देउवाले किन गर्दै छन् आकस्मिक पत्रकार सम्मेलन ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै छन् ।

    देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन तय भएको छ ।

    हम्मेसी सवाल-जवाफका लागि मिडियाको सामना नगर्ने देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    यद्यपि स्वकीय सचिव देउवाले कोरोना महामारीबारे कुराकानी गर्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।

  • देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड, अहिले बाबुरामसँग छलफलमा

    देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड, अहिले बाबुरामसँग छलफलमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

    देउवालाई भेट्न प्रचण्ड उनकै निवास बूढानीलकण्ठमा पुगेका थिए । दुई नेताबीच सवा तीन बजेदेखि चार बजेसम्म छलफल भएको छ ।

    देउवासँगको छलफल सकेर प्रचण्ड जसपा नेता बाबुराम भट्टराई भेट्न पुगेका छन् । प्रचण्ड-बाबुरामबीच करिब २० मिनेटदेखि बाबुराम निवासमा छलफल भइरहेको छ ।

    नेकपा खारेज गरी एमाले-माओवादी ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध आज सर्वोच्चमा पुनरावलोकनको माग गरेका प्रचण्डले राजनीतिक भेटघाट बढाएका छन् ।