Tag: बुन्डेसलिगा

  • बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

    बुन्डेसलिगामा होफेनहेमसँग हेर्था बर्लिन पराजित

    काठमाडौं । जर्मन बुन्डेसलिगाको दशौं साताको पहिलो खेलमा शुक्रबार राति होफेनहेमले हेर्था बर्लिनलाई २-० गोलको नतिजामा पराजित गरेको छ । होफेनहेमको मैदानमा भएको खेलको १९औं मिनेटमा एन्द्रेज क्रमारिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

    भ्रमणकारी बर्लिनमाथि हाबी बनेको होफेनहेमका लागि ३६‍औं मिनेटमा सेबास्टियन रुडीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० ले पछि परेको बर्लिनले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको रक्षापंक्ति छिचोल्न सकेन ।

    निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा डेरड्रिक बोयाटाले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको बर्लिनले त्यसपछि गोलका अवसर सृजना गर्न सकेन ।

    सुरुआतदेखि नै हाबी बनेको होफेनहेमले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै बुन्डेसलिगामा चौथो जित निकाल्यो । कूल १० खेलबाट १४ अंक जोडेको होफेनहेम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

    समान खेलबाट १२ अंक बटुलेको बर्लिन तालिकाको १०औं स्थानमा छ । शीर्ष स्थानको बायर्न म्युनिखले ९ खेलबाट २२ तथा दोस्रो स्थानको बोरुसिया डर्टमन्डले पनि समान ९ खेलबाट २१ अंक जोडेको छ ।

  • बुन्डेसलिगाको पहिलो खेलमा बायर्न र मोन्चेनग्लाडबाख भिड्दै

    बुन्डेसलिगाको पहिलो खेलमा बायर्न र मोन्चेनग्लाडबाख भिड्दै

    काठमाडौं । युरोपका अधिकांस राष्ट्रिय फुटबल लिगहरू आजदेखि सुरु हुँदैछन् । यस्तै जर्मनीको बुन्डेसलिगाअन्तर्गत पनि शुक्रबार राति पहिलो खेल हुँदैछ ।

    शुक्रबार राति नेपाली समयअनुसार १०ः३० बजे हुने खेलमा साविक विजेता बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबाखसँग खेल्दै छ ।

    गत सिजन ३४ खेलमा ७८ अंक हासिल गर्दैै शीर्ष स्थानमा १२ अंकको अग्रतासहित बार्यन लगातार नवौं पटक लिग च्याम्पियन बनेको थियो । त्यस्तै मोन्चेनग्लाडबाख समान खेलबाट ४९ अंक जोड्दै तालिकाको आठौं स्थानमा सीमित भएको थियो ।

    गत सिजन बुन्डेसलिगाबाट बायर्नसँगै आरबी लाइपजिग, बोरुसिया डर्टमन्ड र वुल्फ्सबर्ग क्रमशः शीर्षदेखि चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएका थिए ।

  • फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

    फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम

    एजेन्सी । शुक्रबार राति वर्डर ब्रिमेनसँग २-१ ले पराजित भएसँगै आइन्ट्राच्ट फ्रान्कफर्टको ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जर्मन महारथी बायर्न म्युनिखलाई स्तब्ध पारेको अर्को हप्ता नै फ्रान्कफर्टले १२औं खेलमा हार बेहोर्नु परेको हो ।

    आन्द्रे सिल्भाले जारी सिजनको व्यक्तिगत १९औं गोल गर्दै अंक तालिकाको चौथो स्थानको फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । बायर्नका लेवान्डोस्की(२६)ले मात्रै जारी सिजन बुन्डेसलिगामा उनीभन्दा धेरै गोल गरेका छन् ।

    तालिकाको १२औं स्थानमा रहेर लगातार तीन खेलमा जितविहीन रहँदै मैदानमा उत्रिएको ब्रिमेनका लागि ४७औं मिनेटमा चेक स्टार थिओडर गेब्रे सेलासीले बराबरी गोल फर्काएका थिए ।

    उदियमान अमेरिकी स्टार जोश सर्जेन्टले ६२औं मिनेटमा विजयी गोल गर्दै ब्रिमेनका लागि तीन अंक सुरक्षित गरेका थिए । पराजयका बाबजुद फ्रान्कफर्ट अंक तालिकाको चौथो स्थानमा यथावत छ । लिग लिडर बायर्नभन्दा सात अंक पछाडि रहेको फ्रान्कफर्ट च्याम्पियन्स लिग स्पटमै कायम छ ।

    जितसँगै २२ खेलबाट २६ अंक जोडेको ब्रिमेन १२औं स्थानमा छ ।

  • बायर्नसँगको अंक दूरि घटाउँदै लाइपजिग

    बायर्नसँगको अंक दूरि घटाउँदै लाइपजिग

    काठमाडौं । आरबी लाइपजिगले शुक्रबार राति अग्सबर्गलाई २–१ गोलको नतिजामा पराजित गरेसँगै जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखसँगको अंक दूरि चार अंकमा घटाएको छ । रेड बुल एरिनामा भएको खेलमा लाइपजिगलाई विजयी बनाउन ड्यानियल ओल्मो र क्रिस्टोफर एन्कुन्कुले एक/एक गोल गरे ।

    लाइपजिगले ३६औं मिनेटमा पाएको पेनाल्टीमा ओल्मो असफल भएका थिए । तर, त्यसको दुई मिनेट नबित्दै लाइपजिगले पाएको दोस्रो पेनाल्टीलाई गोलमा परिणत गर्दै ओल्मोले अग्रता दिलाएका थिए । अग्सबर्गमाथि हाबी बनेको लाइपजिगका लागि पहिलो हाफको खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्कुन्कुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

    पहिलो हाफमा २–० ले पछि परेको अग्सबर्गले ७७औं मिनेटमा पाएको पेनाल्टीमार्फत एक गोल गर्न सफल भए पनि हारबाट जोगिन पर्याप्त भएन । अग्सबर्गका लागि ड्यानियल क्यालिग्विरीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

    जितसँगै लाइपजिगले २१ खेलबाट ४४ अंक जोडेको छ । लिग लिडर म्युनिखको २० खेलबाट ४८ अंक छ । पराजित अग्सबर्ग २१ खेलबाट २२ अंक जोडेर १३औं स्थानमा छ ।