Tag: बुद्ध जयन्ती

  • बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

    रुपन्देही । संसारभर २५६५ औं बुद्ध जयन्ती मनाइरहँदा बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान छ । कोरोना महामारी नियन्त्रणका प्रयासस्वरुप गरिएको बन्दाबन्दीले बुद्ध धर्मावलम्बीलाई पवित्र तीर्थस्थल लुम्बिनी भ्रमणमा समस्या परेको छ ।

    विगतका वर्षहरुमा बैशाख पूर्णिमा नजिकिँदै गर्दा देशी तथा विदेशी धार्मिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो । पूजाआजा हुन्थ्यो, पर्यटकले लुम्बिनी क्षेत्रको व्यवसाय चलायमान हुन्थ्यो । तर एक वर्ष अघिदेखि लुम्बिनी सुनसान छ ।

    गएको मंसिर महिनादेखि चैत मसान्तसम्म आन्तरिक पर्यटकले केही गुलजार थालेको थियो तर भारत तथा नेपालमा संक्रमणले तीव्र रुप लिन थालेपछि अहिले पूरै सुनसान छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीमा यसअघि बुद्ध जयन्तीभन्दा हप्ता दिन अघिबाटै चहलपहल हुन्थ्यो । बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भइसक्थ्यो । पूजाआजा र भ्रमणका लागि स्वदेशी र विदेशी पाहुना आइसक्थे । स्थानीय, प्रदेश र संघीय सरकारका उच्च पदस्थको जमघट हुन्थ्यो ।

    गर्मीको मौसम भए पनि लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्थ्यो । यहाँका पर्यटन व्यवसायीको व्यस्तता बढ्थ्यो । होटल भरिभराउ हुन्थे । कोरोना महामारी सुरु भएपछि मुलुकको प्रमुख पर्यटकीय र धार्मिकस्थल लुम्बिनी विगत एक वर्षदेखि सुनसान छ ।

    बुद्ध जन्मस्थलमा अहिले बौद्धभिक्षु, विक्षुणीका बन्दना बिरलै सुनिन्छ । विगतमा जस्तो चहलपहल नभए पनि यसपटकको बुद्ध जयन्तीमा लुम्बिनीमा विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गरेर मनाइने भएको छ ।

    नित्य पूजामा पनि स्वास्थ्य मापदण्ड पालना अनिवार्य छ । लुम्बिनीमा प्रत्येक वर्ष ठूलो पर्वका रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ । यसपाली बुधबार बुद्धजयन्ती परेको छ । तर बिगतमा जस्तो धुमधाम तयारी छैन । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको विकास कोषका सदस्य सचिव सानु्राजा शाक्यले बताए ।

    यसपाली बुद्ध जयन्तीमा मायादेवी परिसरमा पूजापाठका लागि उपस्थित हुने सबैलाई हातमा पञ्जा, अनुहारमा मास्क र फेससिल्ड अनिवार्य गरिएको छ । रुपन्देहीमा निषेधाज्ञा लागू छ । बुद्धस्थलमा पनि त्यसको असर छ । त्यसैले २५६५औं बुद्ध जयन्ती विगतमा जस्तो भब्य हुने छैन ।

    बुधबार बिहान लुम्बिनीमा रहेका गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा पुजाआजा र शान्तिपाठ गरिने छ । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र पर्यटनमन्त्रीको सन्देश सुनाइने छ ।

    त्यसपछि पूजापाठ, परित्राण पाठ गरिने छ । साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिने छ । सिसौका रुख विस्थापन गर्ने उद्देश्यसहित यसपल्ट बुद्ध जयन्तीका दिन लुम्बिनीमा २५ हजार फलफूलका विरुवा रोप्ने कार्यक्रम तय भएको योजना प्रमुख सराज भट्टराईले बताए ।

  • २५ सय ६५औं बुद्ध जयन्ती आज, निषेधाज्ञाका कारण चैत्य–विहारमा नित्य पूजामात्र हुने

    २५ सय ६५औं बुद्ध जयन्ती आज, निषेधाज्ञाका कारण चैत्य–विहारमा नित्य पूजामात्र हुने

    काठमाडौं । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती आज देशभर मनाइँदैछ ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो,’ यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औं जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

    गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

    लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका संघ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

    बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ । समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउनुहुन्छ । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।

    इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।

    इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मूनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

    दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

    यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना०का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गरे । विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

    विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

    विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

    यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति ९१८७९०’, तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा। बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म ९१९५७०’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ ९१९२२०’ प्रसिद्ध छन् ।

    यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ ९१९५००, ‘विश्वमा बुद्ध’ ९१९०६०, फ्रान्सका डा। वाल्पोला राहुलको ‘बुद्धको विचार’ ९१९५९०, इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ ९१९६९० आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर ९एमए० को अध्ययन अध्यापन गर्दै आएका छन् ।

    बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ईपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

    तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा। फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।

    सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।