Tag: बुद्धभूमि हाइड्रो

  • बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि

    बुद्धभूमि हाइड्रोको आईपीओ असोज ११ देखि

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    यो कम्पनीको आईपीओ निष्कासनका लागि इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । असोज ११ देखि १४ सम्मको निर्धारित समयमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म अवधि थपिने बताइएनो छ ।

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

  • बुद्धभूमि हाइड्रोमा ११ दिनमा १२ लाख ३० हजार कित्ता आवेदन

    बुद्धभूमि हाइड्रोमा ११ दिनमा १२ लाख ३० हजार कित्ता आवेदन

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ करोड ३० लाख ७७ हजार बराबरको आवेदन परेको छ ।

    कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि सेयर बिक्री खुला गरेको थियो ।

    ११ दिन (भदौ १० गते) सम्ममा १६,९३२ जना आवेदकहरूबाट १२ लाख ३० हजार ७७० कित्ताका लागि आवेदन माग भएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

    कम्पनीले नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि प्रतिसेयर १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर गरेको थियो । हालसम्म निष्कासित सेयरको ३०८ प्रतिशतबराबरको सेयर बिक्री भइसकेको छ ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।