Tag: बुद्धभूमि

  • बुद्धभूमि हाइड्रोले सर्वसाधारणका लागि खुलायो आईपीओ

    बुद्धभूमि हाइड्रोले सर्वसाधारणका लागि खुलायो आईपीओ

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ खुलाएको छ ।

    कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जसमा ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लागनी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    यो कम्पनीको आईपीओ निष्कासनका लागि रेटिङ प्रदान गर्ने इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । असोज १४ सम्म आवेदन म्याद तोकिएकोमा यस समयमा पनि पूर्ण आवेदन नपरे असोज २५ सम्म लम्बिनेछ ।

    एकजनाले १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

  • बुद्धभूमि हाइड्रोको आईपीओमा १५ लाखभन्दा बढी कित्ता आवेदन

    बुद्धभूमि हाइड्रोको आईपीओमा १५ लाखभन्दा बढी कित्ता आवेदन

    काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा भदौ ११ सम्म १५ करोड ३१ लाख बराबरको आवेदन परेको छ ।

    कम्पनीले साउन ३२ देखि बिक्रीमा ल्याएको आईपीओका लागि १५ लाख ३१ हजार ८६५ कित्ताका लागि आवेदन परिसकेको बिक्री प्रवन्धकक सिभिल क्यापिटलले जानकारी दिएको छ । सिभिल क्यापिटलका अनुसार यो संख्या बिक्रीमा ल्याएको संख्याभन्दा ३८३ प्रतिशतले बढी हो ।

    यो कम्पनीले १०० अंकितका दरले ४ लाख कित्ता सेयर नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि निष्कासन गरेको हो । यो आईपीओ छिटोमा भदौ १५ र ढिलोमा भदौ २९ गतेसम्ममा बिक्री बन्द हुनेछ ।

    कम्पनीको आईपीओमा ज्योती विकास बैंकको (बट्टार, छहरे, देउराली, रानीपौवा, महादेवफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंकको ( बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल बैंकको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।