Tag: बुद्धजयन्ती

  • सुनसान बौद्धनाथ स्तुपा

    सुनसान बौद्धनाथ स्तुपा

    काठमाडौं । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्धजयन्ती आज देशभर मनाइँदैछ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण वैशाख शुक्ल पूर्णिमाको दिन भएको मानिन्छ ।

    नेपाललगायत विश्वभरी रहेका बौद्धमार्गीहरूले कोरोना संक्रमणको जोखिमका बीच बुद्धजयन्ती अनौपचारिक रूपमै मनाइरहेका छन् ।

    महामारी नियन्त्रणका लागि लागू निषेधाज्ञाका कारण स्वयम्भु, बौद्ध क्षेत्र आज सुनसान छन् । यसअघिका बुद्धजयन्तीहरूमा यी क्षेत्रमा बौद्धधर्मावलम्वी र पर्यटकहरू खचाखच हुन्थे ।

    काठमाडौंको बौद्धनाथ स्तुपामा आज रंगरोगन गरेर सिंगारिएको छ ।

    हेर्नुस् बुद्धजयन्तीमा स्तुपा क्षेत्रको तस्बिरहरू :

     
     
     
     
     
     
     
     
     
     

     

  • लुम्बिनी : महामारीले औपचारिकतामा सीमित बुद्धजयन्ती

    लुम्बिनी : महामारीले औपचारिकतामा सीमित बुद्धजयन्ती

    रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औं बुद्धजयन्ती मनाइएको छ । कोरोना महामारीको कारण विगतका वर्षहरुमा धुमधामका साथ मनाइने बुद्धजयन्ती यसबर्ष सामान्य रूपमा मनाइएको हो ।

    लुम्बिनी विकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाएको हो । विगतका वर्षमा राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा शान्ति र्‍याली, दीप प्रज्वलन, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा लुम्बिनिको विकासमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै बुद्धजयन्ती मनाउने गरिन्थ्यो ।

    लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतबर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजापाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रूपमा मनाएको बताए । आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले मायादेवी मन्दिर परिसरमा दीप प्रज्ववलन र खिर दान गरी बुद्धजयन्तीको शुभारम्भ गरे । लुम्बिनीमा रहेका सबै गुम्बा र बिहारको प्रतिनिधित्व हुनेगरी भिक्षु तथा भन्तेहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलिको भिडियो सन्देश प्रसारण गरिएको थियो । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश पनि वाचन गरिएको थियो ।

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम पूरा गरी बृहत लुम्बिनी गुरुयोजनाको लागि सरकारले योजना बनाइरहेको बताए । उनले लुम्बिनीमा निर्माणाधीन सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी बर्षको बुद्धजयन्ती सोही सभाहलमै गर्न सकिने बताए । उनले लुम्बिनी मानवजातिकै पवित्र भूमि भएको उल्लेख गर्दै बुद्धिजमको माध्यमबाट विश्वका मानव समुदायको कल्याण गर्न सकिने बताए ।

    मुख्यमन्त्री पोखरेलले विश्वका बुद्ध धर्म मान्ने मुलुकका गुम्बाहरु यहि निर्माण भइरहेकोले बुद्धिजमलाई विश्व समुदायले कसरी ग्रहण गरेको छ भन्ने पुष्टि भएको उल्लेख गर्दै लुम्बिनी बुद्धिजमको माध्यमबाट बिश्वले हेर्ने थलो बनेको बताए ।

    कोभिड संक्रमितहरुको संख्या घटिरहेपनि विज्ञहरुले तेस्रो लहर आउनसक्ने भनिरहेकोले स्वास्थ्य प्रोटोकलको पालना गर्न उनले सबैलाई आग्रह गरे ।

    लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी गुरुयोजनाका बाँकी काम निर्माणको लागि ४ अर्बको टेण्डर आह्वान गरिएको र अबको साढे २ वर्षभित्र गुरुयोजनाको काम सम्पन्न हुने बताए । सिद्धार्थ गौतम जन्मिएको, बुद्धत्व प्राप्त गरेको र महापरीनिर्वाण भएको दिनसमेत बैशाख पूर्णिमाकै दिन रहेकोले बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको उनले बताए ।

  • बुद्ध जयन्ती अघि सुनसान लुम्बिनी

    बुद्ध जयन्ती अघि सुनसान लुम्बिनी

    रुपन्देही । बुद्धजयन्ती नजिक आएपछि चहलपहल हुने गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो वर्षको बुद्ध जयन्ती नजिक आउँदा पनि सुनसान छ ।

    गतवर्षको २५६४ औं बुद्धजयन्ती पनि कोरोना महामारीका कारण सुनसान बनेको लुम्बिनीमा यसवर्षको २५६५ औं बुद्धजयन्ती पनि पूरै प्रभावित हुने भएकाे  छ । यसवर्ष जेठ १२ गते बुद्धजयन्ती परेको छ ।

    रुपन्देही र आसपासका क्षेत्रका लागि बुद्धजयन्ती ठूलो पर्वका रुपमा आउथ्यो । बौद्धधर्मावलम्बीहरुले मात्र होइन रुपन्देही, कपिलवस्तु नवलपरासीमा रहेका बुद्धसँग जोडिएका विभिन्न स्थानहरुमा सबैले ठूलो मृलाका रुपमा मनाउने गरेका थिए ।

    स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि यी क्षेमा विशेष कार्यक्रमको आयोजना गरेर मनाउने गर्दथे । विगतका वर्षमा विभिन्न देशका राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना महामारी कारण यस बर्ष औपचारिक कार्यक्रम राखिएका छैनन् ।

    बन्दाबन्दीको कारण गतवर्ष पनि पूजापाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस वर्ष पनि पूजापाठ, दीप प्रज्वलन गरेर सामन्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिएका छन् ।

    ‘अन्तराष्ट्रिय सम्मेलन गरेर बुद्धजयन्ती मनाइने गरिन्थ्यो बिगतका वर्षहरुमा तर गतसालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस वर्ष न हामीले राम्रोसंँग मनाउने तयारी थियौ, तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाका बीच सामान्यरुपमा मनाउनुपर्ने बाध्यता आइलागेको छ,’ शाक्यले भने ।

    बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पूजापाठ गर्ने, परित्राण पाठ गर्ने र साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यले बताए ।

    ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणाप्राप्ती होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गरेर यसवर्षको बुद्धयन्ती मनाउने तयारी छ’ शाक्यले भने ।

    बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । बैशाख पूर्णिमामा त्रिसंयोग परेको देखिन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पूर्णिमाकै दिन भएको थियो । उनले बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पूर्णिमाकै दिन थियो । बुद्ध महापरिनिर्वाण भएको दिन पनि बैशाख पूर्णिमाकै दिन भएकाले बैशाक पूर्णिमालाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।

    बैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई नेपाललगायत बौद्ध राष्टहरु भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस, कोरिया, जापन, चीनलगायतका देशहरुमा विशेष सम्मानका साथ मनाउने गरिन्छ ।

    नेपालमा २००८ सालदेखि बुद्धजयन्तीमा सार्वजनिक बिदा दिएर मनाउन थालिएको हो ।
    कोरोना कहरको पहिलो संक्रमणमा केही भएपछि मंसिर महिनामा खुलेको लुम्बिनी क्षेत्र अहिले पूर्णरुपमा बन्द रहेको छ ।