Tag: बुटवल जनसभा

  • लुम्बिनी प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाने

    लुम्बिनी प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाने

    रुपन्देही । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय बृहत जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउनलागेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले जानकारी दिएका छन् ।

    उनले बुटवलको सभा अहिलेसम्मकै ठूलो हुने दाबी गर्दै यसले देशलाई विशेष सन्देश दिने बताए । बिहान ११ बजे बुटवलस्थित सिद्देश्वरी मैदानमा हुने जनसभालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य टोपबहादुर टोपबहादुर रायमाझी, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुटवल आइसकेको नेकपा लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले जानकारी दिएका छन् ।

    आजको जनसभाका लागि बुटवलमा तयार गरिएको मञ्‍च ।

    गिरीले बुटवलको जनसभा अहिलेसम्मकै ऐतिहासिक जनसहभागिता हुने बताउँदै सबै जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा व्यवस्था गरिएको बताए ।

    उनले दुई लाख भन्दा बढीको जनसहभागिता रहने दाबी गरेका छन् । रुपन्देहीबाट १ लाख अन्य जिल्लाबाट १ लाख सहभागिता रहने र विभिन्न क्षेत्रबाट आउनेलाई अस्पताललाइन, मिलनचोक, चौराहाबाटकार्यक्रमस्थल पुराइने उनले बताए ।

  • नेकपा ओली समूहको बुटवल जनसभा तयारी (फोटो फिचर)

    नेकपा ओली समूहको बुटवल जनसभा तयारी (फोटो फिचर)

    रुपन्देही । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आमनागरिकलाई सन्देश दिन जनसभाको आयोजना गरिएको बताएका छन् ।

    बुटवलमा फागुन १ को बुटवलमा गर्न लागिएको जनसभाको तयारीका विषयमा जानकारी दिन लुम्बिनी प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीको प्रदेश इन्चार्जसमेत रहेका नेता पोखरेलले जनमतमा जाने लोकतन्त्रको सुन्दर पक्षविरुद्धको भ्रम चिर्न जनसभा  गर्न लागेकाे बताए ।

    नेता पोखरेलले प्रचण्डमाधव समूहले समीकरणको नाममा पार्टीभित्र बनाइएको गुटले जनमतको अपहरण गरेको बताउँदै भने – प्रतिनिधिसभा विघटन कारण नभई उहाँहरुले बनाएको चौतर्फी घेराबन्दीको परिणाम हो, सीमित व्यक्तिको लागि गरिएको यस्तो परिबन्धले सिंगो संरचनालाई ध्वस्त बनाउने भएकाले ताजा जनादेशमा जाने निर्णय भएको हो ।

    नेता पोखरेलले भने– प्रधानमन्त्रीलाई कमजोर बनाउने दलीय अभ्यासविरुद्धको सोंचलाई चिर्न हामीले देशव्यापी जनसभा गरेर आमनागरिकलाई सचेत बनाउन थालेका हौं । प्रधानमन्त्री बलियो बन्दा मात्र अहिलेको संरचना बलियो बन्ने उनको धारणा थियो ।

    मुख्यमन्त्री पोखरेलले नेता प्रचण्ड माओवादी जनयुद्धबाट विचलन भएकाले पूर्वमाओवादीको परिवर्तनकारी समूह र लडाकुहरुको समूह ओली समूहमा लागेको बताउँदै भने –नेपालको कम्युनिष्ट आन्दोलनमा फागुन १ को विशेष महत्व छ, प्रचण्ड त्यो सोंचबाट विचलनमा जानुभयो, हामीले त्यसलाई ध्यान दिएर त्यो आन्दोलनको सम्मान गर्दै यो दिनमा सभा आयोजना गरेका हौं ।

    नेता पोखरेलले त्यो दिनमा पूर्वलडाकुहरुको ठूलो समूहको प्रदर्शन हुने बताए ।

    बुटवलको जनसभाले देशव्यापीरुपमा महत्वपूर्ण सन्देश दिने भएकोले यसलाई ऐतिहासिक बनाउन पार्टीको सिंगो टिम लागेको र २ लाख भन्दा बढी जनसहभागिता हुने उनले बताए ।

    उनले भने – रुपन्देहीबाट १ लाख र अन्यत्रबाट १ लाख सहभागी हुनेछ, त्यसैलाई आधार मानेर तयारी गरेका छौ ।

    नेकपाले बुटवलको सिद्देश्वरी माविमा फागुन १ गते गर्ने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।