Tag: बाेरुशिया डर्टमण्ड

  • च्याम्पियन्स लिग सेमिफाइनल– मड्रिड र चेल्सी तथा सिटी र पीएसजी भिड्ने

    च्याम्पियन्स लिग सेमिफाइनल– मड्रिड र चेल्सी तथा सिटी र पीएसजी भिड्ने

    एजेन्सी । दोस्रो लेगमा एलफिल्डमा स्पेनिस प्रतिस्पर्धी रियल मड्रिडसँग गोलरहित बराबरी खेले पनि लिभरपुल युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

    रियल मड्रिडले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको छ । चेल्सीले पोर्टोलाई हराउँदै यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

    यता बोरुशिया डर्टमण्डमाथि दोस्रो लेगमा २–१ र समग्रमा ४–२ गोलअन्तरको जितपछि अर्को इंग्लिस टोली म्यानचेस्टर सिटीले सेमिफाइलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन्सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    पीएसजीले साविक विजेता बायर्न म्युनिखलाई अवे गोलका आधारमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।

    रियल मड्रिड पहिलो लेगमा सान्टियागो बर्नबाउमा हासिल गरेको ३–१ गोलको अग्रतासहित एनफिल्ड पुगेको थियो । चोटका कारण यो पूरै सिजन समस्यामा विताएको पूर्व च्याम्पियन लिभरपुलको नतिजा उल्ट्याउने प्रयास सफल हुन सकेन ।

    यता सिटीले पनि घरेलु मैदानमा पहिलो लेगमा २–१ को जितसहित जर्मनी पुगेको थियो । डर्टमण्डले दोस्रो लेगमा पनि जित हासिल गर्न सकेन र पहिलो लेगकै नतिजा दोहोरियो ।

    सिटी पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने अभियानमा छ । त्यसो त सिटी र पीएसजी दुवै पहिलोपल्ट उपाधि जित्ने प्रयासमा रहँदा सेमिफाइनलमै यी दुईकाे भेट हुने भएकाे छ ।

  • डर्टमण्ड र पोर्टो च्याम्पियन्स लिगको क्वाटरफलाइनलमा, युभेन्टस बाहिरियो

    डर्टमण्ड र पोर्टो च्याम्पियन्स लिगको क्वाटरफलाइनलमा, युभेन्टस बाहिरियो

    एजेन्सी । इर्लिङ हालन्डले युरोपियन च्याम्पियन्स लिगको १४ औं खेलमा १९औं र २०औं गोल गरेपछि बोरुशिया डर्टमन्डले सेभियासँग दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेको छ । समग्रमा ५–४ गोलअन्तरको जितसहित डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

    २० वर्षीय स्ट्राइकरले ३५ औं मिनेटमा पहिलो गोल गरेका थिए, उनले पहिलो हाफमा विपक्षीको बक्सभित्र बल छोएको पनि त्यही एकपल्ट थियो । मार्कस रिउसको ब्याक पासमा सेभियाका गोलरक्षकलाई पछि पार्दै उनले ट्यापिङ गोल ष्रेका थिए ।

    हालण्डको १९ औं च्याम्पियन्स लिग गोल सामान्य थियो भने २० औं गोल चाहिँ नाटकीय । दोस्रो हाफको सुरुमा सेभियाको रक्षापंक्तिलाई छक्याउँदै टाइट एंगलबाट गरेको गोल फलका कारण रद्ध गरियो । भिडियो असिस्टेन्ट रेफ्री (भार)ले सेभियाका जुलेस कोन्डेले हालण्डको जर्सी तानेकोमा पेनाल्टीको निर्णय दिए ।

    नर्वेका यी स्ट्राइकर आफैंले पेनाल्टी प्रहार गरे । उनको प्रहार सेभियाका गोलरक्षक बाउनोउले रोकिदिए । नाटक त्यतिमा मात्र सीमित रहेन ।

    बोउनोउ पेनाल्टी किक प्रहार गर्नुअघि नै अगाडि बढेको भन्दै भारले अर्को प्रहार गर्न अनुमति दियो । तर हालण्डले यो अवसरलाई खेर जान दिएनन् । घरेलु मैदानमा बराबरी खेले पनि टिमलाई समग्रमा जित दिलाउन सफल रहे ।

    दुई गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफमा दवावमा खेलेको थियो । युसुफ एन नेस्रीले ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरे । खेलको इन्जूरी समयमा उनैको हेड गोलसँगै खेल बराबरीमा आएको हो । पहिलो लेग सेभियाले आफ्नै मैदानमा ३–० ले हारेको थियो ।

    च्याम्पियन्स लिगको अर्को खेलमा इटलियन च्याम्पियन युभेन्टसले पोर्चुगलको पोर्टोमाथि दोस्रो लेगमा ३–२ गोलको जित हासिल गरे पनि क्वाटरफाइनलमा पुग्न असफल भएको छ । पहिलो लेगमा पोर्टोले घरेलु मैदानमा २–१ को जित रचेको थियो ।

    नाटकीय दोस्रो लेगको ५४ औं मिनेटमै पोर्टो १० खेलाडीमा समेटिएको थियो । पोर्टोका लागि ओलिभेरियाले १९ औं मिनेटमा पेनाल्टी गोलले अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै फेरेडेरिको सिसेले गोल गरेपछि घरेलु टोली युभेन्टसले खेल बराबरीमा ल्यायो । ५४ औं मिनेटमा मेहदी तारेमी दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि ६८ औं मिनेटमा युभेन्टसले सिसेकै गोलमार्फत अग्रता बनायो ।

    नियमित समयमा २–१ गोलमा सकिएसँगै समग्रमा ३–३ को बराबरीमा खेल पुगेको थियो । ३० मिनेट थपिएको अतिरिक्त समयको अन्त्यतिर दुवै टोलीबाट एक एक गोल भयो र अवे गोलका आधारमा पोर्चुगिज च्याम्पियन विजयी रह्यो ।

    ११५ औं मिनेटमा ओलिभेरियाको लङ रेन्ज फ्रिकिक गोलमा परिणत हुँदा पोर्टोका लागि सकारात्मक संकेत आएको थियो । त्यसको दुई मिनेटपछि नै एड्रियन र्यावियटले हेडर गोलमार्फत आशा जगाएका थिए । खेलको अन्तिम केहि मिनेट पोर्टोका गोलरक्षक अगुस्टिन मर्चेसिनले सानदार बचाउ गरेका थिए ।