Tag: बालेन

  • काठमाडौं महानगपालिकाका प्रमुख साह अनुपस्थित भएपछि नगरसभा रोकियो

    काठमाडौं महानगपालिकाका प्रमुख साह अनुपस्थित भएपछि नगरसभा रोकियो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अनुपस्थित भएपछि नगर सभा बैठक रोकिएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार बिहान ८ बजे बस्ने भनिएको बैठक प्रमुख साह अनुपस्थित भएपछि बैठक सञ्चालन हुन नसकेको हो ।

    नगर सभामा सबै सदस्य उपस्थित भए पनि सभाको अध्यक्षता गर्ने प्रमुख साह नै अनुपस्थित भएपछि सदस्य घर फर्किएका छन् । कुनै पूर्व जानकारी बिना नै प्रमुख साह सभामा अुनपस्थित भएका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले जानकारी दिए ।

    शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रममाथी छलफल र पारित गर्ने कार्यसूची रहेको थियो । यस्तै, काठमाडौं महानगरपालिका आर्थिक विधेयक, विनियोजन विधेयक छलफल र पारित गर्ने कार्यसूची रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले जानकारी दिए ।
    उनका अनुसार न्यायिक समितिकोको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको थियो ।

  • बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

    बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

    काठमाडौं । काठमाडौंका मेयर बालेन साहले वातावरण संरक्षणमा नेवार समुदायले मनाउने सिथी नखः पर्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरण दिवस र सिथी नखः पर्वका अवसरमा शुभकामना दिँदै मेयर साहले भनेका छन्– सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथी नखः मनाइने संस्कृति छ ।

    नेवार समुदायले मनाउने पर्व साथी नखः र वातावरण संरक्षणको सवाललाई जोडेर साहले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । उनले पानीको मुहानलगायत वातावरण संरक्षणका लागि महानगरले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    उनको उक्त स्ट्याटस जस्ताको तस्तै

    काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।

    हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवास् सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।

    सिथी नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

    तर सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ ।

    काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।

    सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवास् खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

    वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् ।

    हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युँताउनको लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ ।

    सिथी नखः पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना ।

  • जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु (भिडिओ)

    जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

    निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।

    बालेनको भनाइ यस्तो थियो–

    हामीलाई एकदमै खुशी लागेको छ । नगरबासीले दिनुभएको यतिधेरै मायाप्रति आभारी छौं । यसलाई आफ्नो ऊर्जाको रुपमा लिएका छौं । हामीलाई विश्वास गर्नुभो र हाम्रो भिजन–एजेन्डा मनपराइदिनुभो । हामीले केही गर्न सक्छौं भनेर सम्पूर्ण नगरबासीले अत्यधिक मत दिएर यो ठाउँमा पुर्याउनुभएको छ । जिम्मेवारी दिनुभएको छ ।

    म आफ्नो १०० प्रतिशत दिनेछु । मैले आजसम्म गरेको कामलाई फोकस गरेर काठमाडौं महानगरपालिकामा मात्रै सम्पूर्ण समय दिनेछु । मेरो पूर्णक्षमतामा काम गर्नेछु । काठमाडौंबाहेक अरु कुनै काममा आफ्नो समय खर्चिने छैनँ । आफ्नो सम्पूर्ण क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र पूर्ण विकसित विश्वकै सबैभन्दा उत्कृष्ट सहर बनाउन उपयोग गर्नेछु ।

  • सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत

    सुमन सायमीको वडामा पनि बालेनकै धेरै मत

    काठमाडौं । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा पनि अर्का स्वतन्त्र उम्मेदवार बालेन साहले धेरै भोट ल्याएका छन् । सुरुदेखि नै सुमन सायमीले लिड गरे पनि अन्तिमस्थितिमा साहले उक्त वडामा धेरै भोट ल्याएका हुन् ।

    सायमीको वडा नम्बर १३ मा बालेनले १७८८ मत पाए भने सायमी स्वयमले १७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १५१५ र कांग्रेसकी सिर्जना सिंहले ११५६ मत पाइन् ।

    बालेनले कुल ५५ हजारभन्दा बढी मत पाएर जित सुनिश्चित गरिसकेका छन् ।

    उक्त वडाको वडाध्यक्षमा भने नेकपा एमालेका ध्रुव नारायण मानन्धर निर्वाचित भएका छन् ।

  • सिर्जना सिंहको वडामा पनि दोब्बर मतले बालेनको लिड, कटाए ५५ हजार भोट

    सिर्जना सिंहको वडामा पनि दोब्बर मतले बालेनको लिड, कटाए ५५ हजार भोट

    काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको वडामा पनि दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरेका छन् ।

    सिंहले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा साहले २५६९ मत पाएका छन् भने प्रतिस्पर्धी सिंहले ११९० मत प्राप्त गरेकी छन् । त्यस्तै यो वडामा एमाले उम्मेदवार केशव स्थापितले ९९० मत पाएका छन् ।

    अहिलेसम्म उक्त वडामा कुल खसेको १२३३६ मतमध्ये ६४५३ मत गणना भएको छ ।

    पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार साहले ५५ हजार भोट कटाएका छन् । उनका प्रतिस्पर्धीद्वय सिंह र स्थापित निकै पछाडि छन् ।

    उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ ।

  • बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

    बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

    काठमाडौं । जितउन्मुख काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् ।

    अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

    यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • बालेनले कटाए १० हजार भोट

    बालेनले कटाए १० हजार भोट

    काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार भोट कटाएका छन् । उनले अहिलेसम्म १०, २४१ भोट पाएका छन् भने निकटम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५,४५३ भोट पाएका छन् ।

    त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ४,७४२ भोट पाएकी छन् ।

    यहाँ अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको गणना भइरहेको छ ।

  • काठमाडौंमा मतान्तर बढाउँदै बालेन

    काठमाडौंमा मतान्तर बढाउँदै बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकामा लिड गरिरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको मतान्तर झन् बढेको छ ।

    १२ बजेसम्मको परिणाम अनुसार बालेन शाहले २६०१ मत पाएका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३६९ मत ल्याएकी छन् ।

    बालेनले गणना सुरु हुँदादेखि नै अग्रता लिइरहेका छन् ।

  • काठमाडौंमा करिब दोब्बर मतले बालेनको लिड

    काठमाडौंमा करिब दोब्बर मतले बालेनको लिड

    काठमाडौं । काठमाडौं महानगरमा करिब दोब्बर मतले स्वतन्त्र उम्मेदवार बालेन शाहले लिड गरेका छन् ।

    परिणाम अनुसार बालेन शाहले १५७५ मत पाएका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९८५ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत ल्याएकी छन् ।

     

     

  • काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)

    काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । परिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाएका छन् ।

    नारा लगाउनेमा स्वतन्त्र उम्मेदवार बालेन शाह पक्षधर मतदाता धेरै छन् । प्रारम्भिक मतपरिणाम बालेनको पक्षमा आएपछि उनका समर्थक हौसिएका छन् ।

    पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

    अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ ।