Tag: बालुवाटार

  • काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् । राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।

    सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

    स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

    त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।

    सरकारी वार्ता टोली र विप्लवको वार्ता टोलीबीच बालुवाटारमै वार्ता भए पनि प्रधानमन्त्रीसँग भने भेट भएको थिएन ।

  • एकताको पहलका लागि ओलीलाई आग्रह गर्न वामदेव बालुवाटारमा

    एकताको पहलका लागि ओलीलाई आग्रह गर्न वामदेव बालुवाटारमा

    काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतम प्रधमानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

    संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुटेका गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका थिए ।

    उनले आजको भेटमा यस्तै प्रस्ताव ओलीसमक्ष पनि राख्ने बताइएको छ।

    गौतमले नेकपा विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गरेका थिए।

  • बालुवाटारबाट खोसियो प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत

    बालुवाटारबाट खोसियो प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले साबिक पार्टीका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारी खोसेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरी निर्णय गरेको छ ।

    नेकपाले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको छ ।

    ओली पक्षले  निर्वाचन आयोगमा विधान संशोधन सहित आवश्यक सबै कागजात बुझाए

    ओली पक्षले आजै निर्वाचन आयोगमा विधान संशोधन सहित आवश्यक सबै कागजात बुझाएको छ । आयोगमा दर्ता गराइएको संशोधनमा पार्टीका आधिकारिक दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर ’चल्ने’ बनाइएको छ । यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो ।

    संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन । त्यस्तै केन्द्रीय समितिको संख्या पनि ११९९ कायम गरिएको छ । ओली पक्षले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । प्रचण्ड माधव पक्ष बुधवार आयोगमा गएको थियो ।