Tag: बालाजु औद्योगिक क्षेत्र

  • बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो)

    बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो)

    काठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

     

  • १० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास

    १० तस्बिरमा हेर्नुहोस् बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन भएका प्रयास

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।

    अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

    काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

    आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।