Tag: बालकृष्ण खाँड

  • सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

    सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छ ।

    राष्ट्रिय सहकारी महासंघको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए ।

    राष्ट्रिय सहकारी महासंघको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँणले भने, ‘नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।’ सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

    सो अवसरमा महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएको थियो ।

  • पद सम्हाल्दै गृहमन्त्री खाँडले भने – बजेटलाई के गर्ने विज्ञसँग सल्लाह गर्छौं (भिडियो)

    पद सम्हाल्दै गृहमन्त्री खाँडले भने – बजेटलाई के गर्ने विज्ञसँग सल्लाह गर्छौं (भिडियो)

    काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले पदभार ग्रहण गर्न लागेका छन् । गृहमन्त्रालयमा उनले केही बेरअघि पद सम्हालेका हुन् ।

    संक्षिप्त प्रतिक्रया दिँदै मन्त्री खाँडले पहिलाको सरकारले ल्याइसकेको बजेटलाई के गर्नेबारे विज्ञहरूसँग सल्लाह गर्ने बताएका छन् ।

    ‘बजेट पनि संसदमै आउनुपर्छ भन्ने हाम्रो धारणा थियो चाहना थियो । बजेट अहिले अघि बढिसकेको छ । त्यसमा हामीले विज्ञ र प्रशासकसँग सल्लाह गर्छौं । छलफल गरेर के गर्ने हो, सीमा के छ, कानूनी प्रक्रिया के छ, संवैधानिक प्रक्रिया के छ त्यसलाई ध्यानमा राखेर निर्णय गर्छौं ‘, उनले भने ।

    कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भन्दै यसका लागि विशेष प्रबन्ध गर्ने उनको भनाइ छ ।

  • गृहमन्त्री खाँडले साढे १० मा पदभार ग्रहण गर्दै

    गृहमन्त्री खाँडले साढे १० मा पदभार ग्रहण गर्दै

    काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आज पदभार ग्रहण गर्न लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो साझ अपथ लिएपछि नेपाली कांग्रेसका नेता खाँडले आजदेखि जिम्मेबारी ग्रहण गर्न लागेका हन् ।

    मन्त्री खाँडको सचिवालयअनुसार विहान साढे १० बजे सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेपछि सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गर्नेछन् ।

    मन्त्री खाँडले जनताको सुरक्षा र कानूनी शासनको रक्षा आफ्नो प्राथमिकता हुने बताउँदै आएका छन् ।

     

  • कांग्रेसबाट पहिलो चरणको मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा

    कांग्रेसबाट पहिलो चरणको मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा

    काठमाडौं । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुने भएपछि सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा नेपाली कांग्रेसभित्र आन्तरिक छलफल सुरु भएको छ । देउवाले आज प्रधानमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।

    आज सहभागी गराउने मन्त्रीबारे देउवाले निकटस्थ नेताहरुसँग छलफल गरेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् ।

    कांग्रेसभित्र आजै मन्त्रिपरिषदमा समावेश हुनेमा बालकृष्ण खाँड र डा. मिनेन्द्र रिजालको नाम चर्चामा छ । खाँड अहिले कांग्रेसको मुख्य सचेतक छन् ।

    देउवा निवास बुढानिलकण्ठमा अहिले नेताहरुबीच छलफल भइरहेकाे छ ।

    कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, सुजाता कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भूषाल लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । देउवालाई बधाई दिन र मन्त्रीको सम्भावित नामबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइराला अहिले बुढानिलकण्ठ पुगेका छन् ।

    ‘मन्त्रीबारे ठोसरुपमा छलफल भएको छैन । आज १–२ जनामात्रै कांग्रेसबाट मन्त्री बन्छन् । आज शपथपछि बाँकी कुरा होला’, कांग्रेसका एक नेताले भने ।

  • रुपन्देहीमा कांग्रेसका दुवै पक्षलाई उम्मेदवार छान्न सकस, आफ्नै भाइ उठाउने तयारीमा बालकृष्ण खाँड

    रुपन्देहीमा कांग्रेसका दुवै पक्षलाई उम्मेदवार छान्न सकस, आफ्नै भाइ उठाउने तयारीमा बालकृष्ण खाँड

    रुपन्देही । नेपाली कांग्रसले १४औं महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लामा नेतृत्वका लागि उम्मेदवार छनोटको विषय चर्चामा छ ।

    सभापति शेरबहादुर देउवानिकट नेता बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पनि कांग्रेसका दुवै पक्ष उम्मेदवार छनोटमा जुटेका छन् । आकांक्षी धेरै भएका कारण दुवै पक्षलाई उम्मेदवार छान्न सकस पर्ने निश्चित छ ।

    रुपन्देहीमा अहिलेका सभापति अब्दुल रज्जाक नदोहोरिने निश्चितजस्तै छ ।

    जिल्ला नेतृत्वका लागि देउवा समूहबाट रामकृष्ण खाँण, युवराज गिरी र फणिन्द्र शर्मा अगाडि आएका छन् । गिरी केन्द्रमा पौडेल समूहमा भएपनि यहाँ खाँण समूहमा छन् ।

    त्यसैगरी पौडेल समूहबाट थानेश्वर घिमिरे, रामचन्द्र ढकाल, अष्टभुजा पाठक, हरि लम्साल र मातृका यादवले आंकक्षा व्यक्त गरेको कांग्रेस नेताहरुले बताएका छन् ।

    देउवा समूहबाट केन्द्रको पहुँचमा रहेकाले धेरैले बालकृष्ण खाँणले आफ्नो भाइ रामकृष्ण खाँणलाई नै उम्मेदार बनाउने आंकलन गरिएपनि अर्को समूहको पनि मत तान्नसक्ने गरी नेता युवराज गिरी पनि उस्तै बलियो उम्मेदार बन्न सक्दछन् ।

    रुपन्देहीबाट कांग्रेसको केन्द्रमा पहिलेदेखि नै रहेका बालकृष्ण खाँण, भरत शाह, अब्दुल रज्जाक जानेछन् । उनीहरू तीनै जना देउवा समूहका हुन् । नेता खाँणले प्रदेशको नेतृत्वका लागि आफ्नो समूह बलियो बनाउन नेता भरत शाहलाई अगाडि बढाउन पनि सक्ने त्यो समूहको आंकलन छ ।

    २०७८ असार ५ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाहरुको अधिवेशन मिति सार्वजनिक गरेअनुसार गाउँ/ नगरका वडा साउन १२ गते, गाउँ/नगरपालिका श्रावण १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन श्रावण २० गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्र र जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्रीय अधिवेशन श्रावण २३ गते र जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भाद्र १ र २ गते र केन्द्रीय अधिवेशन २०७८ भाद्र १६ देखि १९ गतेसम्म काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

    कांग्रेसको अधिवेशनको प्रारम्भ बिन्दु रहेको क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता सिफारिस सकेर वितरणको चरणमा पुगेको छ ।

    नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित ) र नेपाली कांग्रेसको नियमावली २०७६ मा ब्यवस्था भएअनुसार सदस्यता सिफारिस र प्राप्त गर्ने सम्बन्धित वडा तहदेखि क्षेत्र र जिल्ला समितिको सिफारिसमा केन्द्रीय समिति समक्ष पेश भएका कृयाशील सदस्यताको नामावली २०७८ साल असार २० गतेसम्म केन्द्रीय छानबिनसमितिमा कृयाशिल सदस्यता सम्बन्धि परेका उजुरी उपर अन्तिम निर्णय गरी नयाँ र नवीकरण गरिएको कृयाशिल सदस्यताको अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउने भएको छ ।

    असार ३० गते कृयाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समयावधि तय गरेको छ । यो कार्य सम्पादन लगत्तै अधिवेशनको वडा तहदेखि नेतृत्व छनोट प्रक्रिया आरम्भ हुने नेता प्रजापाल गिरीले बताए ।

  • कांग्रेसले भन्यो- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक

    कांग्रेसले भन्यो- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

    ‘सबैभन्दा ठूलो दलको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानबमोजिम सदनमा विश्वास मत लिनुभएको छैन । उहाँले राष्ट्रपतिसमक्ष राजीनामा दिएको र स्वीकृत भएको पनि देखिदैन । कुन संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको पहल गर्नुभएको हो ? यसमा हाम्रो आपत्ति छ’, खाँडले नेपाल प्रेससंग भने ।

    राष्ट्रपतिले दिएको समयसीमा पनि हास्यास्पद भएको बताए । ‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधी तोकिनु आश्चर्यको विषय छ । यसबारे भोली बिहानै छलफल गरेर थप कदम चाल्नेछौं’, खाँडले भने ।

    राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेसले प्रतिक्रिया जनाएको हो ।

  • संसदमा कांग्रेसको प्रश्न- विघटनको नैतिक दायित्व लिँदै प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन ?

    संसदमा कांग्रेसको प्रश्न- विघटनको नैतिक दायित्व लिँदै प्रधानमन्त्रीले जवाफ दिनु पर्दैन ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने माग गरेको छ।

    शुक्रबार दलको प्रतिनिधिका रुपमा कांग्रेसका तर्फबाट बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्च आदालतको फैसलाको स्वागतसमेत गरे।

    ‘सर्वोच्च अदालतले सरकारको असंवैधानिक कदमको खारेज गरेको छ, नेपाली कांग्रेसका तर्फबाट यसको स्वगत गर्न चाहान्छु,’ उनले भने, ‘यति ठूलो कदम चालिसकेपछि सकारले यसको दायित्व लिने कि नलिने ? प्रधानमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’

    उनले यो सरकार बनेदेखि नै संविधानमाथि आक्रमण गरेको आरोप लगाए । ‘यो सरकार बनेदेखि नै संविधानमाथि हमला भइरहेको थियो,’ खाँडले भने, ‘संविधानको रक्षा गर्नु र पालना गर्नु सरकारको पहिलो दायित्व हो । तर, सरकार बनेकै दिनदेखि संविधानमाथि प्रहार गरेको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आक्रमण गरेको छ ।’

    उनले थपे, ‘ संविधानको किताबमाथि हात राखेर एकचोटी सोच्नुहोस् । जुन स्प्रीटमा हामीले संविधान बनाएका थियौं, त्यसै अनुसार पालना गर्दै हुनुहुन्छ ?