Tag: बाबुराम भट्टराई

  • अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु

    अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु

    काठमाडौं । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

    देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उनले बताएका छन् ।

    ‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’

  • ‘गठबन्धनसँग जित्ने बानी परिसक्यो, हामीलाई केही फरक पर्दैन’

    ‘गठबन्धनसँग जित्ने बानी परिसक्यो, हामीलाई केही फरक पर्दैन’

    नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको प्रमुखको पदमा उम्मेदवार बनेका छन् । २०३२ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध भट्टराई अघिल्लो निर्वाचनमा पनि बुटवलको मेयरका लागि अन्तिम दौडमा रहेका थिए । १३ वर्ष हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका उनी पार्टीका नेताहरु भूमिगतकालमा भेट भएपछि जोडिएका हुन् ।

    लामो समय व्यवसाय सेक्टरमा रहेर काम गरेका उनी पार्टीको जिल्ला कमिटीहुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका छन् । दुई दशकदेखि बुटवलमा स्थायी बसोबास गर्दै आएका उनले बुटवलको सबै समस्या बुझेको बताएका छन् ।

    लामो समय पार्टीको स्वास्थ्य क्षेत्रको जिम्मेवारी सम्हालेका उनी मतदाताको घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर भएकाले पनि यहाँको जितहार उनको प्रतिष्ठासँग जोडिएको छ । पाँच दलीय गठबन्धनले जसरी पनि एमालेको विरासत तोड्न चाहेकाले यहाँको निर्वाचन रोचक बनेको छ । दुई दशकदेखि बुटवलमा बसेका भट्टराईसँग रामप्रसाद आचार्यले गरेको कुराकानी नेपाल टकमा–

    मतदातासँग भोट माग्दै गर्दा कस्तो महसुस भएको छ ?

    निकै माया पाएको छु, जितको संघारमा पुगेको महसुुस गरिरहेको छु । औपचारिकता दिन वैशाख ३० गते पर्खिरहेको छु । सिंगो पार्टी पंक्ति एकताबद्ध भएर लागेको छ । व्यवसायी, अन्य मतदाताको उस्तै माया पाएको छु ।

    निर्वाचन जित्ने आधार के–के हुन् ?

    म त मतदाता र पार्टीको वारिस हुँ । पार्टीको निर्वाचन परिचालन कमिटी र श्रद्धेय नेताहरु, पार्टीको लागि असिनपसिन भएर खट्नुहुने आदरणीय साथीहरु, आफ्नो पार्टीको विजयको अभियानमा तन मनले लाग्नुभएको छ । यो मेरो जित हैन, उहाँहरुको जित हो । नेकपा एमालेको जित हो ।

    अनि अनुशासित र विनम्रतापूर्वक गरिएको मतदातामैत्री घरदैलो भेटघाट कार्यक्रममा देखिएको जनसहभागिता र उत्साह यसको उदाहरण हो । यो नै जितमा महत्वपूर्ण आधार हो । मलाई पार्टीभित्रको मात्र होइन अन्य क्षेत्रबाट पनि निकै ठूलो रेस्पोन्स पाएको छु ।

    मतदातालाई के योजना सुनाउनुभएको छ ?

    मेरो उद्देश्य बुटवललाई आर्थिक राजधानी बनाउनु हो । बुटवल लुम्बिनी प्रदेशको सबभन्दा ठूलो आर्थिक केन्द्र त हुँदै हो । यसलाई पूर्वाधारले युक्त बनाएर संघीय राजधानीपछिको दोस्रो आर्थिक केन्द्र बनाउँछौँ ।

    संघीय सरकार र प्रदेश सरकारले पूरा गर्ने अन्तर्राष्ट्रिय सभागृह, प्रदर्शनी केन्द्र, सिद्धबाबा सुरङ मार्ग, पोखरासम्मको सिद्धार्थ राजमार्गको स्तरवृद्धि, नारायणघाट–बुटवल ६ लेनको सडक खण्ड, बुटवल– भालुवाङ् ६ लेन सडक खण्ड, बेल्बास बेथरी सडक, तिनाउ सिङ्नेचर ब्रिज, वसन्तपुर नुवाकोट केबुलकार, रामापिथेकस जियोलोजिकल पार्कलगायत थुप्रै निर्माणधीन संरचनाहरुले बुटवल कस्तो बन्ला ?

    बुटवलमा थामी नसक्नु गरी लाखौँ पर्यटकहरु ओइरिन्छन् । भैरहवा एयरपोर्ट, बुटवल बेलहिया सडकले हामीलाई आर्थिक केन्द्रको लागि अनुकूलता दिएको छ । बुटवल पश्चिममा सबैभन्दा बढी आर्थिक कारोबार हुने क्षत्र हो । बुटवल राजधानी त बनिसक्यो । पूर्वाधारले आर्थिक गतिविधिहरु अरु तीव्र रुपमा बढ्छन् । अब व्यवस्थित गर्न बाँकी छ । हामी व्यवस्थित गर्छाै ।

    निर्वाचनपछि मतदातालाई उम्मेदवारले वास्ता नगरेका गुनासा आउने गरेका छन् ?

    निर्वाचनमा हामीले देखाएको विनयशीलता अन्तिमसम्म देखाउनु पर्छ । सामन्ती चमकदमक र आडम्बर हाम्रो शैली हुन सक्दैन । हामी जनताका वारिस हौँ । मतदाताले हामीलाई बेवारिस बन्न नदिनु होला । आदरणीय मतदाताको निगरानी र नियन्त्रण बलियो बनाउनु पर्छ । सुशासन र पारदर्शिता बलियो बनाउनु पर्छ । लोकतन्त्र संस्थागत होस् । जनता बलियो हुनु नै लोकतन्त्रको विशेषता हो ।

    लोकतन्त्रमा सत्ताको वागडोर मतदातामा हुन्छन् । हामी जनताको अंकुशमा छौँ । मन नपरेमा मतदाताले पाँच वर्षमा अंकुशले तानेर मिल्क्याउँछन् । त्यसैले हामी राजा हैनौँ । गणतन्त्रका जनप्रतिनिधि हौँ । म आममतदाताप्रति त्यसमा ढुक्क हुन आग्रह गर्दछु ।

    बुटवलमा राजधानी राख्न सक्नुभएन भन्ने आरोप छ नि ?

    राजधानी राख्ने, नराख्ने प्रदेशसभाले हो । यो हाम्रो बुताको कुरा हैन । हामी जनता र हाम्रा जनप्रतिनिधिले राजधानी बनाउने इच्छा राखेको साँचो हो । प्रदेशको राजधानी तोक्न निश्चित विधि र प्रक्रिया चाहिन्छ । त्यही विधि प्रक्रियाका आधारमा राजधानी भालुवाङ पुग्यो ।

    लोकतन्त्रमा विधिको शासनलाई स्वीकार गरिन्छ । बहुमतलाई मानिन्छ । संघीय सरकारले गरेको निर्णय पनि हैन । त्यो प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने कुरा हो । व्यक्तिभन्दा विधि ठूलो हो । कसले सक्यो कसले सकेन भनेर व्यक्तिलाई विधिभन्दा माथि ठानेर हल्ला मच्याउनु अराजकता हो ।

    चौराहा गोलपार्क सडकको विषयमा उपमहानगरपालिकालाई आलोचना छ, कसरी पूरा गर्नुहुन्छ ?

    यो सडक संघीय बजेटबाट बन्ने सडक हो । यसमा हाम्रो काम सहजीकरण र समन्वय गर्ने हो । दुई वर्ष त अदालतको स्टे अर्डरले पर धकेलिदियो । अहिले बनिरहेको छ । निर्माणधीन सडकको विषयमा मुद्दा उठाउनु हास्यास्पद हो ।

    विकास बटम थिचेर आउँदैन । निश्चित प्रक्रिया र अवधि पूरा गर्नैपर्छ । धैर्य भएर सम्पन्न हुन दिनु प–यो। हामीले यसलाई धूलो हुन नदिने, खाल्डाखुल्डी पुर्ने काममा सहजीकरण र समन्वय गर्नेछौँ । ठेकदारलाई ढिलो गर्न दिदैनौँ । प्रदेश सरकारले पनि सहजीकरण र समन्वय गर्नेछ । अब छिटो काम सम्पन्न गर्ने कुरामा हामी लाग्छौँ ।

    कालिका पथ र यो सडक बनेपछि बुटवलको मुहारै फेरिन्छ । आगामी ५ वर्षमा त हामीले कालोपत्रे भ्याउन सक्ने सम्भावना छ । यो नेपालकै नमूना सहर बन्छ । यसको लागि पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलजस्ता सङ्घीय साँसद पाएका छौँ । बुटवल मात्र हैन सिङ्गो रुपन्देही उहाँप्रति ऋणी छ । अरु बुटवलमा सयौं परियोजना बनेका छन् । ती कामको फेयरिस्त दिन यो छोटो संवादमा सम्भव छैन ।

    जितेपछिका के–के योजना छन् ?

    हाम्रा थुप्रै योजना छन् । हामीले घरदैलोमा प्रतिबद्धतापत्र दिएका छौँ । हामी त्यसै अनुसार बुटवललाई स्वर्ग बनाउँछौँ । हामी भाग्यभन्दा कर्ममा विश्वास गर्छाैँ । मिहिनेतले स्वर्ग बनाउने हो । बुटवल नेपालकै नमुना सहर बन्छ । यसमा ढुक्क हुनुस् । हामी बुटवलका विकासका लागि आर्थिक विज्ञहरुको टिम बनाएर अघि जान्छौँ ।

    प्रतिस्पर्धीहरुलाई के भन्नुहुन्छ ?

    प्रतिस्पर्धी, प्रतिपक्ष सत्तापक्षकै अभिन्न अङ्ग हो । पक्ष प्रतिपक्षबीच विकासमा एकता र विचारमा संघर्ष रहिरहन्छ । हामी गालीको राजनीति गर्दैनौँ । प्रतिपक्षले गाली हैन,सत्ता पक्षको शिष्ट आलोचना र सम्यक समीक्षा त गर्नैपर्छ । तर बुटवलकै प्रतिपक्षले शैली पूरै फेर्नुपर्छ । एकता र संघर्षको वैज्ञानिक विधिमा आउनु पर्छ ।

    अहिले बुटवलको प्रतिपक्ष मुद्दा नपाएर निर्माणधीन सडकको मुद्दा उठाउँदैछ । एमाले सरकारले लालपुर्जा दिन ठिक्क पारेको कामलाई आयोग विघटन गरेर महिनौ होल्डमा राखेर एमालेविरुद्ध लालपुर्जा दिएन भनेर चिच्याउँदैछ । एमाले सरकार रहेको भए २० हजार अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीलाई आजसम्म ढुक्कसँग हात हातमा लालपुर्जा दिइसक्थ्यौँ । अबको हाम्रो पहिलो काम यही हो ।

    निर्वाचनमा खर्च कसरी चलाउनु भएको छ ?

    योपटक प्रचारप्रसारको छोटो अवधि भएको हुनाले खर्च स्वतः कम भयो । निर्वाचन आयोगले निकै राम्रो काम गरेको छ । अनि नेकपा एमाले बुटवल उपमहानगर कमिटीले योपटक मितव्ययी निर्वाचनको पाठ सिकाउने छ । जमाना फेरिएको छ । अब मत किन्नु एकादेशको कथा बन्न सक्छ । आशा छ, त्यो जमाना छिट्टो आओस् ।

    आजभोलि मतदाताहरु धेरै अगाडि हुनुहुन्छ । मत किन्नु भ्रष्टाचार हो । अभियानमा अति खट्ने साथीहरुले समान्य दाल भात तरकारीले चलाएका छौँ । आचारसँहिता पालन गर्न निर्वाचन आयोगले मात्र हैन यो पटक त हामीलाई आदरणीय नेताहरुले पनि बारम्बार निर्देशन र खबरदारी गरिरहनु भएको छ । समाज सभ्य बन्दैछ । पहिलाको तुलनामा शान्तिपूर्ण पनि बन्दै गइरहेको छ । समाज रुपान्तरण हुन्छ । समाजले अब के गरिदै थियो हैन, के गर्नुपर्ला भनेर सोच्दैछ । मुलुक बदलिन्छ ।

    तपाइँको आलोचना गर्नेहरु स्वभाव अलि कम बोल्ने भएको कारण बाबुराम अन्तरमुखी भन्छन् नि ?

    हो, म कम बोल्छु । दुईटा कानले १० मिनेट सुन्छु, एउटा मुखले ५ मिनेट उत्तर दिन्छु । यो मेरो स्वभाव हो । यस्तो गर्दा सेवाग्रहीमाथि मानसिक दबाब पर्दैन । स्वास्थ क्षेत्रमा रहँदा यो बानी पर्यो ।

    तत्कालीन र दीर्घकालीन योजना के बनाउनुभएको छ ?

    दीर्घकालीन योजना के नेपालको मध्यबिन्दु र आर्थिक राजधानी हो बुटवल । बुटवलमा अहिले जति पनि विकास निर्माणका कामहरू भएका छन्, केही पूरा हुने क्रममै छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजना पूरा गर्ने पहिलो काम हाम्रो हुनेछ ।

    अहिले हाम्रो संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारका कुराहरू र विकास निर्माणका कामलाई हामीले बढी ध्यान दिनेछौं । बुटवल पर्यटकीय क्षेत्र पनि हो । बुटवलको सबैभन्दा ऐतिहासिक ठाउँ जीतगढी किल्ला जहाँ अंग्रेज पनि आएर हारेको ठाउँ हो ।

    कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा अगाडि बढाउछौं । कर्णेल उजिरसिंहले विजय प्राप्त गरेको ठाउँनजिकै गढी टोल भन्ने छ । त्यहाँ धेरै कामहरू भएको छ । त्यसलाई पनि हामीले विकासको रूपमा हेरिरहेका छौं । अहिले जुन कामहरू भइराखेका छन्, अटोभिलेजदेखि लिएर ढुवानी ग्राम लगायतका कामहरूलाई निरन्तरता दिएर तिनलाई अझै विकास गर्दै लैजान्छौं ।

    प्रदेशको सबैभन्दा ठूलो अस्पताल यहीँ छ । अस्पताल बनाउन नेकपा एमालेकै कार्यकालमा प्रदेश सरकारले बजेट छुट्याइसकेको छ । विशिष्ट सेवासहितको दश तले अस्पताल बन्दैछ । त्यो अस्पतालको टेन्डर गर्दा अहिलेका मुख्यमन्त्रीले आर्थिक प्रलोभनमा परेर एक डेढ अबको हिनामिना गर्न थाल्नुभएको थियो । उहाँहरूले नै नियुक्त गर्नुभएका सीईओले बाध्य भएर राजीनामा दिनुभयो ।

    यस्ता कामहरूलाई रोक्न हामीले खबरदारी गर्नुपर्नेरहेछ भन्ने हामीले महशुश गरेका छौं । अन्य विकास निर्माणका कामहरू यहाँको कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्दैछौं । त्यस्तै पुरानो बटौलीलाई पौराणिक खालको बजारको रूपमा विस्तार गर्दैछौं । त्यहाँ पुराना कस्ता खालका घरहरू थिए, त्यही अनुसारको नक्सांकन गरेर नगरपालिकाले नक्सा पास गर्दा पैसा नलिने व्यवस्था बनाउँछौं । पुराना चिजहरू पाइने नाइट मार्केट बनाउने हामीले सोचेका छौं ।

    एमालेविरुद्ध ५ दलको चुनावी प्रतिस्पर्धामा छ । कसरी जित्न सकिने दाबी गर्नुहुन्छ ?

    गठबन्धनले बुटवललाई केही प्रभाव पार्दैन । तत्कालीन नेकपा भइसकेपछि नेकपा एमाले र माओवादी एक बन्यो । नेकपा विभाजन भएर एमाले र माओवादी भएपछि जति माओवादी साथीहरू हुनुहुन्थ्यो, त्यसको ८० प्रतिशत साथीहरू एमालेमा हुनुहुन्छ । पहिले बस्दा ६० प्रतिशत बस्नुभएको थियो । अरू २० प्रतिशत अहिलेसम्म प्रवेश गरी थपिनुभएको छ ।

    पार्टी फुट्यो नेकपा एकीकृत समाजवादी भयो भन्नुहोला । एसमा जति जानुभएको छ, त्यसको दोब्बर तेब्बर माओवादीको साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले हामीलाई मतको हिसाबले फरक पर्दैन । अर्को कुरा के छ भने माओवादी मजबुत हुँदा खेरी २०७४ मा राष्ट्रिय जनमुक्ति, कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यो गठबन्धनलाई पनि हामीले एक्लै जितेको हो ।

    अहिले के छ भन्दाखेरी जनमुक्तिका साथीहरूलाई केही सदस्य दिएर हामीले पनि गठबन्धनको रूपमा अगाडि बढेका छौं । उहाँहरूको भोट पनि थपिँदा हाम्रो अझै राम्रो हुन्छ । हामी त्यसै मजबुत छौं, त्यसमा जनमुक्ति थपिँदा हामीलाई सुनमा सुगन्ध हुन्छ । त्यसैले यहाँ हामी डराउनुपर्ने कुरा केही पनि छैन ।

    तपाईंलाई कसको बलमा टिकट पाएजस्तो लाग्छ ?

    म पार्टीको इमान्दार सिपाही हुँ । सबै अग्रज नेताहरुले मलाई माया गर्नुहुन्छ । यो विष्णु पौडेलको क्षेत्र भएकाले उहाँले नै धेरै जोड गर्नुभयोजस्तो लाग्छ मलाई । उहाँसँगको सम्बन्ध धेरै पुरानो हो । उहाँले यो कस्तो हो भन्ने कुरा पनि जान्नुभएको थियो । र महासचिव शंकर पोखरेलले पनि जान्नुभएको थियो । केपी कमरेडसँग त मजस्ता हजारौं कार्यकर्ता छन् । ओलीले हाम्रो घरमा सेल्टर हुँदा चिन्नुभएको थियो । त्यो दुईचार पटकको भेट न हो तर उहाँले अहिले पनि सम्झनु हुँदोरहेछ । उहाँले पनि अरूसँग बुझिराख्नुभएको होला । त्यसैगरी सचिव तथा प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, अन्य सबै सिनियर नेताहरुको मलाई उस्तै माया छ ।

    अन्तिममा मतदातालाई के भन्न चाहनुहुन्छ ?

    समृद्ध बुटवलको योजना हामीसँग छ । बुटवल र बुटवलवासीको भविश्य बनाउन हामीलाई मतदान गर्नुस् । यो हाम्रो बिगतले बताएको छ । केही योजना पूरा भएका छन्, केही प्रकृयामा छन् बाँकी रहेका योजना पूरा गर्छाै । नयाँ योजना कार्यान्वयन गर्छाैँ । यसको लागि हामी यसअघिका जनप्रतिनिधिहरुले बनाएको बाटोमा हिँड्ने प्रण गर्छाैं । उहाँहरुबाट अनुभव लिन्छौँ ।

    पार्टीले र आर्थिक विज्ञ टिमले तयार गरेको प्रतिबद्धतापत्रमा टेकेर लक्षमा पुग्छौँ । मानव संसाधनको विकास र भौतिक विकास दुबै गर्छाै । ढुक्क हुनुस् । हामीलाई मतदान गरेर भोलि पछुताउनु पर्ने छैन । स्वाभिमान मतदाताको शिर निहुराउन दिनेछैनौँ । हामी इमान्दार रहनेछौँ । ५ वर्षमा समाजवादको आभास दिन्छौँ ।

  • बाबुरामको आरोपः माओवादीले पिसाब फेरेपछि मात्रै चर्पीको दैलो देख्यो

    बाबुरामको आरोपः माओवादीले पिसाब फेरेपछि मात्रै चर्पीको दैलो देख्यो

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीको मामलामा माओवादीले ‘पिसाब फेरिसकेपछि मात्रै चर्पीको ढोका देखेको’ आरोप लगाएका छन् ।

    संसदबाट एमसीसी अनुमोदन भएपछि विगतमा माओवादीले गरेको विरोधलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीले ‘चर्पीको तलसम्म फोहोर पारेको र त्यो सोहोर्न धेरै मेहनत गर्नुपर्ने’ पनि बताएका छन् । चर्पीलाई बिम्ब बनाएर भट्टराईले माओवादीप्रति कटाक्ष गरेका हुन् । उनले भनेका छन्– विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ । पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला !

    त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै उनले बाह्य हस्तक्षेपको हल्ला गरेर चुनावी लाभ लिने अवरवादी प्रवृत्तिको पनि अन्त्य हुनपर्ने बताएका छन् । उनले भनेका छन्– यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् !

  • सत्ता गठबन्धन भत्काएर भए पनि एमसिसी पास गर्नुपर्नेमा बाबुरामको जोड

    सत्ता गठबन्धन भत्काएर भए पनि एमसिसी पास गर्नुपर्नेमा बाबुरामको जोड

    काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् ।

    उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन ।

    पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसिसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ ।

    गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन ।

    भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्– नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन ।

    खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् ।

    भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री÷बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपपर्‍यो, अर्को बाटो छैन ।’

  • बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ

    बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ

    काठमाडौं । सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न उचित नभएको बताएका छन् । एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै उनले एमसीसीको विरोध गर्नेहरुलाई सरकारबाट बहिरिन आग्रह गरेका हुन् ।

    माओवादी केन्द्र र नेकपा एसलाई लक्षित गर्दै उनले सत्ताको तर मार्ने अनि बाहिर साखुल्ले बन्ने छुन नहुने बताएका हुन् ।

    ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन–सरकारमा बस्न मिल्दैन !’ उनले भनेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो !’

    माओवादी र नेकपा एसले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताइरहेको छ ।

  • निर्मला र नकुन्नीको हत्याराले राज्यको आड पाएको बाबुरामको आशंका (भिडिओ)

    निर्मला र नकुन्नीको हत्याराले राज्यको आड पाएको बाबुरामको आशंका (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको टिप्पणी गरेका छन् ।

    यी दुईजनाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ देखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकालाई भेट्दै भट्टराईले घटना शंकास्पद भएको दाबी गरे ।

    अपराधीहरूको विरुद्धमा जनमत सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । त्यसले अहिले सम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म । यो घटनाको न्यायपूर्ण छानबिन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि तिनीहरूले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्‍यो । ठुलै पहुँचवाला मान्छेहरु छन् र तिनीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भिर गल्ती हुन्छ ।’

    निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेस गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरू माइतीघरमा धर्नामा छन् ।

    महिला अधिकारकर्मी रुबी खानले आफूहरू महिनौदेखि न्यायका लागि धर्ना बसेको भए पनि सरकार संवेदनशील नभएको बताइन् ।

     

  • बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

    बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

    गोरखा । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिखेर गोरखामा छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनी गोरखाका सबै स्थानीय तहमा घरदैलो गरिरहेका हुन् ।

    सोमबारदेखि सुरू भएको अभियान मंसिर ३ सम्म संचालन हुने बताइएको छ । भट्टराईले आफू भोट माग्न नभइ जनताको वास्तविकता बुझ्न र समस्या समाधानको पहल गर्न घर-घरमा आएको स्पष्टीकरण दिएका छन् ।

    अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । ‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’

    भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा छन् ।

    दुई-दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएसँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको भट्टराईको भनाइ छ । उनले तर राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथाव्यथा भने उस्तै रहेको बताएका छन् ।

    नेता भट्टराईले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको उनले सुनाए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो ।

  • भीमबहादुरलाई न्याय माग्दै बाबुराम भट्टराई सडकमा (तस्बिरहरू)

    भीमबहादुरलाई न्याय माग्दै बाबुराम भट्टराई सडकमा (तस्बिरहरू)

    काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) निकटको शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जसपा दलित मुक्ति संगठनको आव्हानमा सडकमा प्रदर्शन गरिएको हो । भीमबहादुरलाई न्याय माग्दै गरिएको प्रदर्शनमा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी छन् ।

    चितवनको भरतपुर महानगरपालिका-४ दुर्गाचोकमा महानवमीका दिन केही युवाको कुटपिटबाट स्थानीय भीमबहादुर विकको मृत्यु भएको थियो ।

    प्रदर्शनको क्रममा विकको हत्यारालाई कारबाही गर्न, परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन दबाब दिइएको छ ।

  • ‘गिनिज बुक’ मा राख्नुपर्ने ओलीका कामबारे बाबुरामको व्यंग्यात्मक सूची

    ‘गिनिज बुक’ मा राख्नुपर्ने ओलीका कामबारे बाबुरामको व्यंग्यात्मक सूची

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘गिनिज बुक’ आफूले गरेका कामले आधा भरिने भनाइप्रति टिप्पणी गरेका छन् ।

    बुधबार एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको बैठकमा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले गिनिज बुक आधा भरिने बताएका थिए । त्यसप्रति व्यंग्यात्मक टिप्पणी गर्दै भट्टराईले त्यसको सूची ट्वीटरमा राखेका छन् ।

    उनको सूची यस्तो छ-

    १. दुई-दुई पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुन:स्थापना

    २. संघमा दुईतिहाइ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा

    ३. सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौं कानेखुसी

    ४. मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम

    ५. हावादारी गफ र उखानटुक्कामा ताली लाउने अरिंगाल सेना

  • जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    जसपाले राजेन्द्रको नेतृत्वमा चार मन्त्री पठाउने, उपेन्द्रले एकलौटी गरेको भन्दै असन्तुष्टी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने नामको टुंगो लगाएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीबाट पठाउने नाम टुंग्याएका हुन् ।

    केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहमद इस्तियाक राईले राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय भएको बताए । उनका अनुसार श्रेष्ठका अलवा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने भएका छन् ।

    जसपाले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति गठबन्धनमा भएको थियो ।

    मन्त्रालय बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै असन्तुष्टी बढेको छ। प्रदेश २ बाट मन्त्री बनाउँदा लुम्बिनीबाट नबनाएको र जनआधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाएको भन्दै त्यसमा बाबुराम भट्टराई पनि सहमत नभएको बताइएको छ ।

    यादवले रेणु यादवलाई पटक-पटक अवसर दिएकोमा पनि जसपामा असन्तुष्टी बढेको छ ।

  • बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

    बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

    काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो । इजलासले बहस नोट मगाउने आदेश समेत दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको छ। निकालेर तत्कालीन मन्त्रीहरु विजय गच्छदार,चन्द्रदेव जोशी लगायतविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।

    मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ पटक-पटक पेसी चढ्दै आएको छ ।

    आज प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै सो अग्राधिकार प्राप्त रिटको सुनुवाइ तोकिएको छ ।

    सत्ता गठबन्धनमा प्रधानन्यायाधीशले पनि मन्त्री मागेको र माधव नेपाल र बाबुरामले नमानेको भनिएका बेला सो मुद्दा प्रधान न्यायाधीश आफैंले हेर्ने भएका हुन् ।

  • ठूला लगानीको आयस्रोत नखोज्ने निर्णयको बाबुराम भट्टराईद्वारा बचाउ (भिडिओ)

    ठूला लगानीको आयस्रोत नखोज्ने निर्णयको बाबुराम भट्टराईद्वारा बचाउ (भिडिओ)

    काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

    अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याउनु भयो ।

    उनले भने, ‘जसले संसदलाई २÷२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

    भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

    यस्तै उनले कालो धन वैधानिक भए राम्रो हुने बताए । भट्टराईले अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति रहेको समेत बताए ।

    उनले भने,‘ यहाँ त अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति छ । केपी ओली जीले जुन महारस्थी गर्नुभयो । यति, ओम्नीदेखि दशै प्रकरणहरु गरेर कालो धनलाई झन कालो बनाउनुभयो । कम्तिमा यो सरकारले कालो धनलाई बाहिर ल्याएर राष्ट्रिय उत्पादनमा प्रयोग गर भनेको छ । कालो सेतो जे सुकै भएपनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गरेर विकास गर भन्नु त सहि छ नि उहाँहरुले चाहिँ कालोलाई कालै राखेर कमिसन खाउ भनिराख्नुभएको छ । यो त उल्टो बाटो भएको प्रस्टै छ नि । ’

  • माधव नेपाल र बाबुरामविरुद्ध रिटको सुनुवाइ स्थगित

    माधव नेपाल र बाबुरामविरुद्ध रिटको सुनुवाइ स्थगित

    काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ।

    न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको भए पनि निवेदक पक्षकै मागका कारण आजको सुनुवाइ स्थगित भएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ ।

    उक्त रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पटक-पटक स्थगित हुँदै आएको थियो ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो ।

    तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

    २०७६ माघ २८ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले रिट दायर गरको थिए ।

    नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।

  • प्रचण्ड र माधवलाई बाबुरामको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं(भिडियाे)

    प्रचण्ड र माधवलाई बाबुरामको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं(भिडियाे)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडलको खोजी गनुपर्ने बताएका छन् ।

    बुधबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले-समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तत्कालको चुनावी लोभ त्यागेर नयाँ मोडेलको समाजवादको विकासमा लाग्न आग्रह गरे ।

    ‘हामीले सबैले मेहनत गर्‍यौं भने उन्नत विचार खोज्न सकिन्छ,’ उनले भने, ‘हिजो कसैले माओवादी, कसैले एमाले भयौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्ने पर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नै पर्छ ।’

    कार्यक्रममा माधव नेपाल सहभागी हुने भनिए पनि अहिलेसम्म उनी आएका छैनन् ।

  • बाबुरामको टीप्पणी- ओली सुध्रिन्छन् भन्नु भ्रम

    बाबुरामको टीप्पणी- ओली सुध्रिन्छन् भन्नु भ्रम

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई एउटा प्रवृत्ति भन्दै यो लोकतन्त्रका लागि समेत खतरा भएको टिप्पणी गरेका छन् । समाजिक संजालमा भट्टराईले ओली प्रवृत्ति सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको बताएका छन् ।

    ‘ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो,’ उनको भनाइ छ, ‘यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो । यो सच्चिन्छ र सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो । सबैको चेत खुलोस् ।’

    भट्टराईले केही दिनअघि पनि ओलीप्रति लक्षित गर्दै प्रतिगमनको नयाँ भेरिएन्ट दोहोरिने खतरा रहेकोले माधव नेपाल पक्षलाई नमिल्न आग्रह गरेका थिए ।

  • नेवानी निजीकरण प्रस्तावमा बाबुरामको टिप्पणी- निगमलाई कौडीका दाममा दलाललाई बुझाउने प्रपञ्च

    नेवानी निजीकरण प्रस्तावमा बाबुरामको टिप्पणी- निगमलाई कौडीका दाममा दलाललाई बुझाउने प्रपञ्च

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने प्रस्तावको विरोध गरेका छन् ।

    आज एक विज्ञप्तिमार्फत नेता भट्टराईले ‘निगम निजीकरण गर्नु सरकारका नजिकका दलाल पूँजीपतिहरूलाई संस्थान जिम्मा लगाउने प्रपन्च हो ।’ भनेका छन् ।

    सरकारमा रहेका व्यक्तिले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासेलाई बुझाउने र संस्थानलाई धरासायी बनाएर चल्नै सकेन भनेर बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरण गर्ने कुरा भइरहेको उनको टिप्पणी छ । उनले यो नेपाली जनताको हितमा नभएको दावी गरेका छन् ।

    उनले आफू अर्थमन्त्री र हिसिला यमी पर्यटनमन्त्री हुँदा निगमका लागि दुईवटा न्यारोबडी खरिद प्रक्रिया अघि बढाएकोमा ती आइसकेको बताएका छन् । पछि निगमसँग हुँदै नभएको लामो दूरीको रुट देखाएर सञ्चय कोष र नागरिक लगानी कोषबाट १२/१२ अर्ब रूपैयाँ नेपाल सरकारको जमानतमा निगमलाई ऋण प्राप्त गर्न लगाई दुईवटा वाइड बडी एयरबस-३३० विमान २४ अर्बमा खरिद गर्न लगाइ यसमा ४ अर्ब ५० करोड रुपैयाँ भ्रष्टचार भएकोमा त्यसलाई गुपचुप पारेको भट्टराईले विज्ञप्तिमा लेखेका छन् ।

    अहिले निगमको संचिति नोक्सानी ६ अर्ब रूपैयाँ पुगेको अवस्थामा निगमलाई यस्तो अवस्थामा पुर्‍याउने निणर्यकर्ताहरूको छानवीनको माग उनको छ ।

  • एमाले एकताको प्रयास चलिरहेका बेला माधव नेपाल भेट्न बाबुराम पुगे कोटेश्वर

    एमाले एकताको प्रयास चलिरहेका बेला माधव नेपाल भेट्न बाबुराम पुगे कोटेश्वर

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच कोटेश्वरमा भेटघाट भएको छ ।

    नेता नेपाललाई भेट्न आज अपरान्ह भट्टराई उनकै निवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा रहेका दलका नेताबीच दीर्घकालीन साझेदारीका लागि छलफल चलिरहँदा भट्टराई र नेपालबीच भेटघाट भएको हो ।

    पार्टी एकताको पक्षमा एमाले शीर्ष तथा दोस्रो तहका नेताले आव्हान गरिरहेको बेला नेपाल र भट्टराईले छलफल गरेका हुन् ।

    एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला माधव नेपाल विपक्षी गठबन्धन र आफ्नै समूहको दबाबमा छन् । झलनाथ खनालले पार्टी एकताका पक्षमा वक्तव्य निकालेर उपचारका लागि दिल्ली गए लगत्तै नेपाललाई भेट् बाबुराम कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । माधव नेपाल समूहमै पनि केपी ओली जेठ २ को अवस्थामा फर्किएको अवस्थामा एकता हुने वा नहुने भन्ने मतभेद छ । ओलीले साबिक एमालेको स्थायी कमिटी बैठक बोलाउने सहमति जनाए पनि नेपाल पक्षले स्वीकार नगरेका कारण बुधबार बस्ने भनिएको बैठक स्थित भएको थियो ।

  • संविधान र व्यवस्था फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई (भिडियो)

    संविधान र व्यवस्था फेल गर्ने ग्राण्ड डिजाइन छ : डा. बाबुराम भट्टराई (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको दावी गरेका छन् । आज सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो दावी गरेका हुन् ।

    डा. भट्टराईले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’

    उनी थप्छन्, ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्तत: संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’

    उनले सर्वोच्चबाट संसद पुन:स्थापना भए त्यो नै सबैभन्दा उपयुक्त निकास हुने उनले बताए ।

  • बीजेपी विदेश विभाग प्रमुखको टिप्पणी : बाबुराम जेएनयुको सपनाबाट मुक्त हुन सकेनन्

    बीजेपी विदेश विभाग प्रमुखको टिप्पणी : बाबुराम जेएनयुको सपनाबाट मुक्त हुन सकेनन्

    दिल्ली । सत्तारुढ भारतीय दल बीजेपीको विदेश विभाग प्रमुख विजय चौंथाइवालेले नेपाली पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कटाक्ष गरेका छन् ।

    ‘नेपालको लोकतन्त्र समस्यामा’ शीर्षकमा भारतीय अखबार द हिन्दूमा प्रकाशित आलेखमा टिप्पणी गर्दै चौंथाइवालेले नेता भट्टराई अहिले पनि जवाहरलाल नेहरु युनिभर्सिटीको सपनाबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् ।

    चौंथाइवाले लेख्छन्, ‘नेपालको घरेलु राजनीतिमा टिप्पणी गर्न बाबुराम भट्टराई स्वतन्त्र छन् । भारत र आरएसएसलाई लिएर गरेको टिप्पणी हेर्दा उनी जेएनयुको सपनाबाट मुक्त हुन नसकेको देखिन्छ ।

    उनी अघि लेख्छन्, ‘कट्टर कम्युनिष्टको रुपमा बाबुराम आफ्नो असफलताको दोष अरुलाई दिँदैछन् ।’

  • प्रतिनिधिसभा विघटन गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

    प्रतिनिधिसभा विघटन गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

    काठमाडौं पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले  प्रतिनिधिसभा विघटन गर्नु  संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच रहेको बताएका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि एकपछि अर्का नेता असन्तुष्टि जनाइरहेको बेला डा भट्टराईले यसलाई एकजुट भएर प्रतिवाद गर्न आग्रह गरेका छन् ।

    उनले ट्वीटमार्फत् लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं !;

  • बाबुराम-उपेन्द्र पक्षीय जसपाको बैठक बोलाइयो

    बाबुराम-उपेन्द्र पक्षीय जसपाको बैठक बोलाइयो

    काठमाडौं । जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको छ । महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

    दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको एक नेताले बताए । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।

    केपी ओली सकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो । महन्थ ठाकुर पक्ष तटस्थ रहँदा बाबुराम उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि उपेन्द्र यादवले वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरवहादुर देउवालाई समर्थन गरेका थिए ।

    तर महन्थ ठाकुरले जसपा वैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै राष्ट्रपतिलाई लिखित जानकारी दिएपछि विपक्षी गठबन्धनले वहुमत जुटाउन नसक्दा ओली नै प्रधानमन्त्री बन्ने स्थिति निर्माण भएको थियो । अहिले पनि जसपाको महन्थ ठाकुर पक्ष ओलीलाई सघाउने पक्षमा छ ।

  • बाबुरामको आक्रोश- मिडियाले तिरस्कार गरेका ओली चतुर निस्किए, विकल्प खोज्नैपर्छ

    बाबुरामको आक्रोश- मिडियाले तिरस्कार गरेका ओली चतुर निस्किए, विकल्प खोज्नैपर्छ

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् ।

    उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छ्न् ।

    भट्टराईले राष्ट्रपतिले दिएको समयसिमा घर्किनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै अदालत, मिडिया, संसद र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने र सबैले आत्मसमिक्षण गर्नुपर्ने बताएका हुन् ।

    उनले ओली सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा सावित भएको आरोप लगाएका छन् ।

  • बाबुराम भट्टराई अस्पताल भर्ना

    बाबुराम भट्टराई अस्पताल भर्ना

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

    भट्टराईले आफू केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहने भन्दै कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहूँ भन्ने कामना समेत गरेका छन्।

    ‘पेटको न्यूरो-इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु,’ भट्टराईले ट्वीट गरेका छन्, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सतप्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुने नै छ। केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ-कोरोनाको दोस्रो लहरसँग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं ।’

    ट्युमर चाँडो फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईको भोलि शल्यक्रिया हुनेछ ।

  • जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    जसपामा बैठक बोलाउनै विवाद, बाबुराम उपेन्द्रको प्रस्ताव महन्थ पक्षद्वारा अस्वीकार

    काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) को कार्यकारिणी समितिको बैठक बोलाउने विषयमै विवाद उत्पन्न भएको छ ।

    जसपाका शीर्ष नेताहरूको आजको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।

    अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताएका थिए । बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन् । ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन । शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।

    जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् । ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन् । जसपाले आधिकारिक निर्णय नलिएकै कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणले सार्थकता पाउन सकेको छैन ।

  • विमानस्थलमा नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम

    विमानस्थलमा नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेपालीको शव बुझ्न आएका आफन्तलाई भेट्न अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका छन् ।

    उनी बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् ।

    बैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव आज नेपाल ल्याएको थियो । शव आइपुगेका मध्ये गोरखाका दुईजनाको पनि शव आज आइपुगेको हो ।

    शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो !तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

  • बाबुरामले गरे कांग्रेसको प्रशंसा : सरकार ढाल्ने निर्णय सराहनीय

    बाबुरामले गरे कांग्रेसको प्रशंसा : सरकार ढाल्ने निर्णय सराहनीय

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार ढालेर आफ्नै नेतृत्व नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रति खुसी व्यक्त गरेका छन् । उनले कांग्रेसको प्रशंसा गर्दै भने, ‘कांग्रेसले सरकार ढाल्न खेलेको प्रतिपक्षीय भूमिका सराहनीय छ ।’

    शनिबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले अरु दललाई पनि सरकारविरुद्ध उभिन आह्वान गरेका छन् ।

    ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं’, उनले भने,  ‘आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता-प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

  • बालुवाटार जग्गा प्रकरणमा माधव र बाबुराम क्याबिनेटका निर्णय झिकाउन सर्वोच्चको आदेश

    बालुवाटार जग्गा प्रकरणमा माधव र बाबुराम क्याबिनेटका निर्णय झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ ।

    न्यायाधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इजलासले माधवकुमार नेपाल र बाबुराम भट्टराईको पालामा भएका मन्त्रिपरिषद्‍का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो ।

    बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । सोमवार सो मुद्दामा सुनुवाइ गर्दै अदालतले दुवै मन्त्रिपरिषद्का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने मन्त्रिपरिषद्का निर्णयमा प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन नमिल्ने जनाएको थियो ।

    अख्तियारको त्यो निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अग्राधिकार दिएको थियो ।

    आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले गत फागुन २ गते प्रमाण बुझ्ने आदेश दिएको थियो ।

  • बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा के छ ? (रिटसहित)

    बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा के छ ? (रिटसहित)

    काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ जारी छ ।

    अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर पनि स्थगित हुँदै आएको थियो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरेका छन् ।

    न्यौपानेले २०७६ माघ २८ गते दायर गरेको रिट निवेदनमा मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

    रिट निवेदनमा न्यौपानेले के माग गरेका छन् त ? हेर्नुस्  पूर्णपाठ :

  • बाबुराम भट्टराईको टिप्पणी- कांग्रेसले प्रतिपक्षको धर्म निभाएन

    बाबुराम भट्टराईको टिप्पणी- कांग्रेसले प्रतिपक्षको धर्म निभाएन

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको टिप्पणी गरेका छन् ।

    सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनै पनि बेला वैकल्पिक सरकार दिन प्रतिपक्षी तयार रहनु पर्ने भन्दै भट्टराईले कांग्रेस त्यसमा चुकेको बताएका हुन् ।

    ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ भट्टराईले ट्वीटरमा लेखका छन्, ‘अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है ।’

    तीन दिनअघि विराटनगरमा सञ्चारकर्मीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरू विपक्षी भएकोले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आफ्नो काम नभएको र सरकारको नेतृत्व पनि नगर्ने बताएका थिए ।

  • विप्लवसँगको सम्झौता स्वागतयोग्य, रेशम चौधरीहरूसँग पनि वार्ता होस्: बाबुराम भट्टराई

    विप्लवसँगको सम्झौता स्वागतयोग्य, रेशम चौधरीहरूसँग पनि वार्ता होस्: बाबुराम भट्टराई

    काठमाठौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार र नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई स्वागत गरेका छन् ।

    विप्लवसँगको वार्तालाई स्वागतयोग्य भनेका भट्टराईले सांसद रेशम चौधरी र थारू विद्रोहका राजबन्दीहरूलाई रिहा गरेर सार्थक वार्ता गर्नुपर्ने बताएका छन्।

    ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्। संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है । नत्र जो होचो उसको मुखमा घोचो हुनेछ।’

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको छ।

    दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो।

  • नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि (भिडियो)

    नेपालको नयाँ नक्साबारे भारतीय मिडियामा डा. भट्टराईको असन्तुष्टि (भिडियो)

    काठमाडौं । भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् । उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त भएको हो ।

    डा. भट्टराई हालै आफ्नो स्वास्थ्य उपचारका सिलसिलामा नयाँदिल्ली पुगेका थिए । त्यहाँ बसाइका क्रममा उनले इन्डिया टुडेलाई हिन्दीमा दिएको अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनिरहेको छ । अन्तर्वार्ताकारले नेपालमा नयाँ नक्सा सार्वजनिक गरिएको विषयलाई लिएर प्रश्न गरेकी थिइन् ।

    उनले प्रश्न यस्तो थियो, ‘हालै नेपालमा नक्साको विवाद भयो, तपाईंलाई के लाग्छ ओलीले संसदबाट नक्सा पास गर्न हतार गरे ? के उनले प्रतीक्षा गर्नुपर्थ्याे र भारतसित कुराकानी गर्नुपर्थ्याे कि राष्ट्रवादको झण्डा फहराउनुपर्थ्याे ?

    यसमा डा. भट्टराईले अनपेक्षित जवाफ दिए । नयाँ नक्साको बचाउ गर्नुको सट्टा उनले यसलाई नेपालको आन्तरिक राजनीतिको उपजका रुपमा व्याख्या गरे । देशभित्रको आन्तरिक संकट समाधान गर्न नसकेपछि राष्ट्रियताको विषय ल्याइएको उनको टिप्पणी छ ।

    डा. भट्टराईको जवाफ जस्ताको तस्तैः

    ‘दक्षिण एसियाका धेरै देशहरूमा यस्तो हुन्छ । जब आन्तरिक संकट उत्पन्न हुन्छ, त्यसलाई समाधान गर्न नसकेपछि शासकले राष्ट्रियताको विषय अगाडि ल्याउँछन् र मानिसहरूको ध्यान मोड्छन् । नेपालमा पनि यस्तै भयो । जुन सीमा समस्याको कुरा छ, त्यो त अंग्रेजको जमानादेखि नै थियो । त्यसलाई समाधान गर्नका लगि राजनीतिक संयन्त्र बनाइएको थियो, त्यसलाई क्रियाशील गर्दै समाधान गर्नुपर्ने थियो । गल्ती त दुवैतर्फबाट भएको छ । तर, पनि सानो देश भएकाले ज्यादा नोक्सान नेपाललाई भइरहेको छ । इन्डिया नेपालको सबैभन्दा ठूलो आर्थिक साझेदार हो । हाम्रो आर्थिक सामाजिक सम्बन्ध छ । उसित सम्बन्ध बिग्रिँदा नेपाली जनताले धेरै नोक्सानी व्यहोर्नुपर्छ । हामी चाहन्छौं, यस्ता संवेदनशील कुराहरुलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्छ ।’

    स्मरणीय के छ भने नयाँ नक्सासहितको निशान छाप नेपालको संसदबाट पारित गर्न संविधान संशाेधन हुँदा डा. भट्टराईले पनि समर्थन जनाएका थिए । यति मात्रै होइन, उक्त संशोधनको विपक्षमा बोल्ने र फरक प्रस्ताव गर्ने सांसद सरिता गिरीलाई उनको पार्टीले पार्टी सदस्य र सांसदसमेत नरहने गरी कारबाही गरेको थियो । त्यतिबेला डा. भट्टराईले कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन् । तर, भारत पुगेर त्यहाँको मिडियासँग नयाँ नक्साप्रति असन्तुष्टि जनाउनु अर्थपूर्ण मानिएको छ ।

    भट्टराईले भारत बसाइमा आफूले व्यक्तिगत सम्बन्ध रहेका साथीभाइहरुसँग अनौपचारिक संवाद गरेको अन्तरवार्तामा बताए । औपचारिक कुराकानी भने कसैसँग नगरेको उनको भनाइ छ ।

    नेपाल फर्किएलगत्तै डा. भट्टराईले चाँडै चुनावी सरकार निर्माण हुनुपर्ने वकालत गरेका छन् । उनले ट्वीटरमार्फत राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न आह्वान गरेका हुन् । उनले संविधान संशोधन गर्नुपर्नेलगायत विभिन्न मागहरु पनि अघि सारेका छन् ।

     

  • भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव

    भट्टराईलाई क्यान्सर नभएको निष्कर्ष, ट्युमरको अपरेसन गर्न चिकित्सकको सुझाव

    दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

    ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव छ । छिटै ट्युमरको अपरेसन नगरे क्यानसर हुनसक्ने डा. प्रोफेसर विक्रम भाटियाले बताएका छन् ।

    भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो ।

    भट्टराई स्वास्थ्य परीक्षण सकेर मंगलबार स्वदेश फर्कदैँ छन् ।

  • बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    बाबुराम भट्टराईको रोग निर्क्यौल हुन केही दिन लाग्ने

    काठमाडौं । हिजो अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा जसपा अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

    उनको वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार पीईटी-स्क्यानलगायतका केही परीक्षण गर्न चिकित्सकले सुझाएका छन् ।

    वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि भट्टराईको रोगको निर्क्यौल हुनेछ ।

    न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई भट्टराई उपचाररत छन् ।

  • बाबुरामको प्रतिक्रिया- रोग हराएझैं महसूस भयो !

    बाबुरामको प्रतिक्रिया- रोग हराएझैं महसूस भयो !

    काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएलगत्तै भारतमा उपचार गराइरहेका जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले खबर सुन्दा आफूलाई रोग हराएझैं महसूस भएको बताएका छन् ।

    ट्वीट गर्दै उनले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको उल्लेख गरेका छन् । स्वास्थ्य उपचारका लागि भट्टराई अहिले भारतमा छन् ।