Tag: बाढी र पहिरो

  • सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

    ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

    अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

    ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने ।

    प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

    नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।

    ‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

    साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

    बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।

  • पछिल्लो २४ घण्टाको अवधिमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टाको अवधिमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर दार्चुलामा ३ जना तथा स्याङजा, सुर्खेत, काभ्रेपलाञ्चोकमा एक-एक जना गरेर ६ जनाको मृत्यु भएको हो ।

    आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म पहिरो, बाढी, अबिरल बर्षा तथा आगालागीका २७ घटनामा परेर विभिन्न जिल्लामा १० जना घाइते भएका र एक जना बेपत्ता पनि भएका छन् । जसमा पहिरोमा परेर स्याङजामा ३, काभ्रेपलाञ्चोकमा एक, दार्चुलामा एक, म्याग्दीमा तीन जना घाइते भएका छन् भने आगलागीका घटनामा परेर कपिलवस्तुमा २ जना घाइते भएका छन् । घाइतेको विभिन्न स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाडीका ३८ वर्षका एक पुरुष भने पेन्टको काम गरी घर फर्किने क्रममा मोहना नदी तर्ने क्रममा बगेर बेपत्ता भएका हुन । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पहिरो, बाढी, अबिरल बर्षा तथा आगलागीका घटनाबाट ४८ लाख ४७ हजार बराबरको आर्थिक क्षती भएको छ भने ५ वटा सडक अवरुद्ध तथा ९ पशु चौपायको मृत्यु भएको छ ।

  • ४ दिनमा बाढी र पहिरोमा १५ जनाको मृत्यु, २५ बेपत्ता, ११ घाइते

    ४ दिनमा बाढी र पहिरोमा १५ जनाको मृत्यु, २५ बेपत्ता, ११ घाइते

    काठमाडौं । बितेको ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्म देशभरका विभिन्न जिल्लामा गएको बाढी पहिरोमा परेर १५ जनाको मृत्यु भएको हो । यस्तै बाढी र पहिरोमा परेर अहिलेसम्म २५ जना बेपत्ता रहेका र ११ जना घाइते भएका केन्द्रका प्रमुख दिल बहादुर तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।

    केन्द्रका अनुसार अहिलेसम्म ९ जना बाढीमा र ६ जना पहिरोमा परेर जम्मा १५ जनाको मृत्यु भएको हो । जसमा सिन्धुपाल्चोकमा ३ जना र सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको बाढीमा परेर मृत्यु भएको छ । यस्तै डोटीमा ३ र पाल्पा, कालिकोटमा र जुम्लामा पहिरोमा परेर १–१ जनाको मृत्यु भएको हो ।

    यस्तै बाढी र पहिरोमा परेर २५ जना बेपत्ता भएका छन् । जसमा ्सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना बेपत्ता भएका छन् भने दोस्रोमा जाजरकोटमा ७ जना बेपत्ता भएका छन् । यस्तै रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएका केन्द्रले जनाएको छ ।

    यस्तै सिन्धुपाल्चोकमा नै सबैभन्दा बढी ६ जना बाढीमा परेर घाइते भएका छन् भने जुम्लामा र डोटीमा २–२ जना घाइते भएका छन् । स्याङजामा पनि १ जना घाइते भएका छन् ।

    ३२ जिल्लामा मनसुनको प्रभाव, २२ जिल्ला बाढी, पहिरो र अविरल बर्षाबाट प्रभावित

    मुलुकभरका ७७ जिल्लामध्ये २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाको प्रभाव परेको छ । मुलुकभरमा ७७ जिल्लामध्ये ३२ जिल्लामा विभिन्न प्रकारका मनसुनको प्रभाव परेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता बेदनिधी खनालले नेपाल प्रेसलाई जानकारी दिए ।

    १ सय २९ घरमा पूर्ण र १ सय १४ घरमा आंशिक क्षती
    यस्तै मनाङमा सबैभन्दा बढी ५९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने २० घरमा आंशिक क्षती पुगेको छ । सिन्धुपाल्चोकमा पनि १६ घरमा नै पुर्ण रुपमा क्षती पुगेको छ । यस्तै लमजुङमा १८ घरमा पूर्ण क्षती र ७७ घरमा आंशिक क्षती पुगेको छ । १४ जिल्लामा गरेर १ सय २९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने १ सय १४ घरमा आंशिक क्षती पुगेको छ ।

    ३२ वटा सार्वजनिक क्षेत्रमा आंशिक तथा पूर्ण रुपमा क्षति
    यस्तै मनाङमा एउटा सडक, एउटा बेलिब्रिज, एउटा सामुदायिक भवन, ५ वटा झोलुंगे पुल र ४ वटा सरकारी कार्यालय पूर्ण रुपमा क्षती पूगेको छ भने एउटा आयोजनामा पनि क्षती पुगेको छ । सिन्धुपाल्चोकमा पक्की पुल ४, झोलुंगे पुल ५, माछा फर्म ७ र एउटा सशस्त्र प्रहरी बलको अस्थार्य सुरक्षा पोष्ट पनि बगाएको छ । यस्तै लमजुङमा एउटा मन्दिर र एउटा भवनमा पूर्ण क्षती पुगेको छ भने ४ वटा आयोजनामा पनि क्षति पुगेको जनाइएको छ । कास्कीमा पनि एउटा सडकमा र ४ वटा आयोजनामा क्षति पुगेको छ ।

    सिन्धुपाल्चोकमा ८० जनाको सकुसल उद्धार, मनाङका प्रभावितलाई राहत पठाउने प्रयास

    गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ८० जनाको सकुसल उद्धार गरिएको छ भने ६ जना घाइतेलाई उपचारका लागि केलिकोप्टरबाट विएण्डवी अस्पताल लतिलपुर ल्याइएको छ । थपको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस स्थानमा २ सय ५० थान त्रिपाल, १ सय थान टेन्ट र ५० वटा स्लिपिङ व्याग पठाइएको छ ।

    मनाङका प्रभावितलाई हेलीकोप्टरमार्फत राहत सामग्री पठाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रभावित जिल्लाको नासो गाउँपालिका १ को सिरनतालमा पाल टागेर बसेका छन् । यस्तै जिल्लाको तार्फाभुमि गाउँपालिकाका यार्स संकलनका लागि नमयूलेकतर्फ गएका ५० जना सम्पर्कमा रहेको र लपुलेक तर्फ गएका २० तथा कुलुङलेक तर्फ गएका ३० जना सम्पर्कमा नआएकाले उद्धा गर्नुपर्ने देखिएको जनाइएको छ । यस्तै दाङको राप्ती नदीको टापु बिचमा भैसी चराउन गएका ४ जना फसेकालाई सकुसल उद्धार गरिएको पनि स्थानीय प्रशासनले जनाएको छ ।

    यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित १८ जनाको घर पूर्णरुपमा क्षति भएकाले विस्तापित घर परिवारलाई दुधपोखरी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ । गुल्मी र बाग्लुङमा प्रभावित व्यक्तिलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ । काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ बस्ते वर्ष २३ का गिता शाह र देबिटारस्थित सुनकोशी नदीमा बगाएर ल्याएको सामान खोज्ने क्रममा बगाई बेपत्ता भएकोमा बिहिबार दिउसो पौने १ बजे फेला पारिएको छ ।

    रुपन्देहीको मायादेवी गाउँपालिका ५ गोनाहा स्थित झोलुंगे पुलबाट कोटहीमाई गाउँपालिका २ पकडीका ६ वर्षका बालक काजु जैसवाल पुलबाट अचानक तिनाउ नदीमा खसी नदीमा बेपत्ता भएकोले खोजतसला कार्य भइरहेको पनि जनाइएको छ । म्याग्दीको अन्नपुर्ण गाँउपालिका २ भुरुङ तातोपानीमा कालीगण्डकीको बहाब बढ्न गाई प्लनवाल भत्किएर बेनी–जोमसोम सडक खण्डको २० देखि २५ किलोमिटर कटान गरेकाले १५ देखि १७ घर स्थानीय सुरक्षित स्थानमा सरेको र सिमा प्रहरी चौकी समेत स्थानान्तरणको क्रममा रहेको जनाइएको छ ।

    सल्यानको शारदा नगरपालिका ६ स्थित खेतमा रोपाइ गरिरहेको अवस्थामा शारदा खोला बढ्न गई १२ जना टापुमा फसेको र प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली खटिएर साँझ ७ बजे १२ जनाकै सकुशल उद्धार भएको स्थानी प्रशासनले जनाएको छ । कालिकोटको खाडाचक्र नगरपालिका ६ सेरा गाउँका ५४ वर्षका बल बहादुर बिक सडकमा हिडिरहेको अवस्थामा माथीबाट आएको पहिरोमा पुिरएपछि घटनास्थलमै मृत्यु भएको थियो । यस्तै सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्ही खेतमा काम गरिहुको अन्य मानिसलाई १२ वर्षका सन्तोस भडारीले खाजा पुर्याउन जाने क्रममा खोलामा आएको बाढीले बगाएपछि बेपत्ता भएकोमा मृत अवस्थामा फेला परेका छन् ।