Tag: बाढी–पहिरो

  • स्याङ्जा आसपासमा बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

    स्याङ्जा आसपासमा बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

    काठमाडौं । देशको मध्यपश्चिम क्षेत्रमा आज भीषण वर्षासँगै बाढी तथा पहिरोको जोखिम रहेको नेपाल नेपाली बाढी सूचना केन्द्रले जनाएको छ ।

    स्याङ्जा आसपासका जिल्लामा दिउँसो बाढी तथा पहिरोको जोखिम बढी भएकाले उच्च सतर्कतना अपनाउन पनि केन्द्रले आग्रह गरेको छ ।

    साना खहरे खोलामा बाढीको जोखिम बढी भएको जनाइएको छ । त्यस्तै देशका अन्य भूगोलमा पनि आज बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

    आजदेखि केही दिन मनसुन सक्रिय हुने भएकाले देशभरका नागरिकलाई सतर्कतना अपनाउन भनिएको छ ।

  • बाढी पहिरोमा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने

    बाढी पहिरोमा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

    कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मंगलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो ।

    समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को सुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।

    मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।

    यसैबीच हेलम्बु-मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारबिहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन् ।

    इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ ।

    हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।

    उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासंघ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गरेका हुन् ।

  • डोजर आतंकः विकासको नाममा विनाशको बाढी

    डोजर आतंकः विकासको नाममा विनाशको बाढी

    चुरे, महाभारत क्षेत्रसँगै देशका विभिन्न ठाउँबाट ढुंगा, गिटी, बालुवा जस्ता प्राकृतिक स्रोत उत्खनन् तथा बिक्री गरी व्यापार घाटा घटाउने भन्ने सरकारी नीतिमाथि बहस भइरहेकै बेलाबीच नेपालमा बाढी तथा पहिरोले सताउन थालेको छ । मनसुनको सुरुवाती समयमै भएको बाढी पहिरो आतंकले आमनेपाली त्रस्त छन् । आगामी दिनमा हुनसक्ने क्षतिले देशबासी भयवीत छन् । यससँगै बाढी तथा पहिरोको कारणबारे पनि चर्चा सुरु भएको छ ।

    पछिल्लो समयमा बढेको प्राकृतिक विपद्अन्तर्गत बाढी पहिरोको प्रकोप बढ्नुमा ‘डोजर आतंक’ प्रधान रहेको तर्क हुँदै आएको छ । हुन पनि दुई दशकदेखि विकासका नाममा प्रयोग भएको डोजरले अहिले आतंकको रुप लिएको छ ।

    गाउँगाउँमा मनलाग्दी डोजर लगाएर भूबनोट नै खल्बलिने गरी सडक निर्माण भएका कारण बाढी तथा पहिरोको प्रकोपले उघ्र रुप लिएको हो । अहिले पानी धेरै परेर भन्दा पनि जमिन खल्बल्याएका कारण थोरै पानी पर्दा पनि धेरै पहिरो गएको हो ।

    नेपालमा स्थापित विकासे अवधारणाले हिमालय क्षेत्रको अत्यन्त संवेदनशील धरातलीय स्वरुप, जटिल भू–बनोट, छरिएर रहेका बस्ती, जैविक विविधता र जीविकोपार्ननबीच स्थापित अन्योन्याश्रित सम्बन्धलाई आत्मासाथ गर्न सकेको छैन, जसकारण अहिलेको कहालीलाग्दो आएको हो ।

    प्रकृतिलाई दोहन गरेर मात्रै प्रगति र समृद्धि पाइन्छ भन्ने गलत विकासे अवधारणा, भूकम्पले थिलथिलो पारेको जमिनमाथि चलाइएको डोजर आतंक, जलवायु परिवर्तनसंगै हिमालय क्षेत्रमा बढेको तापक्रम, परम्परागत जीवनयापनका तरिकालाई विस्थापित गरी भूमी, जंगल र नदी तटीय क्षेत्रमा फस्टाउँदो दलाल अर्थतन्त्रका माध्यमबाट ल्याइएका नकारात्मक परिवर्तन र अव्यवस्थित रुपमा जताततै भएको सहरीकरणका कारण नेपालमा बाढी पहिरोको खतरा झन् बढेको हो ।

    नेपालमा स्थापित विकासे अवधारणाले हिमालय क्षेत्रको अत्यन्त संवेदनशील धरातलीय स्वरुप, जटिल भू–बनोट, छरिएर रहेका बस्ती, जैविक विविधता र जीविकोपार्ननबीच स्थापित अन्योन्याश्रित सम्बन्धलाई आत्मासाथ गर्न सकेको छैन, जसकारण अहिलेको कहालीलाग्दो आएको हो । प्राकृतिक स्रोत दोहनमा आधारित दलाल पुँजीवादी विकासलाई निरन्तरता दिने हो भने नेपालले झनै कठिन दिन भोग्नुपर्ने निश्चित छ ।

    प्रकृतिको दोहन गरेर धन सिर्जना गर्नु नै विकास हो भन्ने अवधारणा युरोपियन सभ्यताको पछिल्लो चरणले गरेको हो । त्यहीं बेलादेखि प्राकृतिक स्रोतमा कब्जा जमाइ शक्तिशाली हुने नियतले संसारभर उपनिवेशको सुरुवात गरेका थिए । यसैलाई आधार बनाएर दास युगको सुरुवात गरे र धनले धन कमाउने उद्देश्यका साथ पुँजीवादको उदय भयो । त्यसकारण गरिब जनता र प्राकृतिक स्रोतको दोहनबाट नै पुँजविादी विकास हुन्छ भन्ने विचार विकसित हुन पुग्यो । यही अवधारणालाई हालसम्म विकास भन्ने बुझिएको छ ।

    प्रकृतिको पूजा गर्ने, डाँडापाखा, खोलानालालाई नै देवता मान्ने आदिबासीहरु को बसोबास भएको देश पनि हो यो । तर त्यस्ता मान्छेहरुले आफ्नो समाज विकासका लागि भने प्राकृतिक दोहनलाई रोज्नु आश्चर्यको विषय हो ।

    प्राकृतिक स्रोतलाई कच्चा पदार्थको रुपमा मात्रै बेच्ने अथवा प्राकृतिक स्रोतको विनास हुने गरी विकासका गतिबिधि गरेका कुनै पनि देशमा शुख, शान्ति, समृद्धि हासिल भएको छैन ।

    प्रकृतिको दोहनलाई प्राथमिकता दिएका देशमा कि लडाईं भएका छन्, कि कसैको अर्ध–उपनिवेश अवस्थामा बस्नु परेको छ । वा, गरिबी बढेर गएको छ, भोकमरी र पराधिनता चुलिएको छ । नेपालले त्यस्ता देशबाट सिक्न ढिला गर्नु हुँदैन ।

    नेपालमा भने अनौठो भएको छ । सांस्कृतिक रुपमा प्रकृतिसँगै हिमालय शृंखलालाई नै आफ्नो मुख्य केन्द्र ठान्ने र प्राकृतिक छँटालाई स्वर्गको उपमा दिने हिन्दू संस्कारवालाहरुको बाहुल्य रहेको देश हो, नेपाल । प्रकृतिलाई ज्ञानको स्रोत मान्ने र प्रकृतिको नियमबाट चल्नु र प्रकृतिमा समाहित हुनु नै मोक्ष हो भन्ने बुद्ध जन्मेको देश हो, नेपाल । प्रकृतिको पूजा गर्ने, डाँडापाखा, खोलानालालाई नै देवता मान्ने आदिबासीहरु को बसोबास भएको देश पनि हो यो । तर त्यस्ता मान्छेहरुले आफ्नो समाज विकासका लागि भने प्राकृतिक दोहनलाई रोज्नु आश्चर्यको विषय हो ।

    प्राकृतिक दोहन गरेर पुँजीवादी विकास गर्ने कुरा भौगोलिक रुपमा मात्रै होइन, संस्कृतिक र जीवनशैलीका हिसाबले उपयुक्त होइन । तर दिनभर डोजरले पिपलको रुख लडाउने अनि बेलुका बुद्धको फोटोमा धूप बाल्ने दलाल सँस्कारमा पुगेका कारण विनास पनि बढ्दो छ ।

    राणाकालदेखिकै समस्या

    प्रकृतिलाई दोहन गर्ने पश्चिमा विकासे अवधारणा राणाकालदेखि भित्रिन थालेको हो । पश्चिमालाई धपाएर नेपाललाई मौलिक ढंगको विकासबाट अघि बढाउनु पर्छ भन्ने पृथ्वी नारायण शाहको दिव्य उपदेशबाट निर्देशित नेपालमा बेलायतीहरुका लागि सुराकी अथवा चाकरी गर्ने जंगबहादुर राणालाई सत्तामा पुगेको केही समयभित्रै बेलायत घुमाएर नेपालमा पश्चिमा विकास भित्र्याउने कुराको थालनी भएको थियो । चारकोशे झाडीको दोहन त्यहीं बेलादेखि सुरु भएको हो ।

    २००७ सालदेखि २०४६ सालसम्मको अवधिमा नेपाललाई विकासे सहयोगको कालखण्ड भन्दा पनि हुन्छ र यो बेला नेपाली जनतालाई पश्चिमा विकासको अवधारणामा अभ्यस्त बनाउने र यो खाले विकासलाई धर्म जसरी नै सबैले मानुन् भन्ने ढंगले विकास गरियो ।

    तर २०४६ सालपछिको राजनीतिक परिवर्तनलाई आधार बनाएर उदार अर्थतन्त्रको नाममा नेपालमा अहिलेको कालखण्डलाई दलाल पुँजिवादी विकासे कालखण्ड भन्न सकिन्छ । प्राकृतिक स्रोतको दोहनलाई पहिलो प्राथमिकतामा राखेर निजी अथवा पुँजीपति दलालको हातमा अर्थतन्त्र रहने गरी यो विकासको कालखण्ड अघि बढेको छ । यो दोहन कालखण्डले तलदेखि माथिसम्म जरा गाड्न सफल भएको छ । र, प्राकृतिक स्रोत र वातावरणलाई भन्दा तिनीहरुको दोहनलाई मुख्य उद्देश्य राखेर विकास योजनाहरु बन्ने गरेका छन् ।

    आतंका मतियार जनप्रतिनिधि

    यहीं कालखण्डमा डोजर आतंक शक्तिशाली भएको हो । यो आतंकको नेतृत्व डोजर कम्पनी, ठेक्केदार, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षहरु, वडा अध्यक्षहरु, पालिका पधाधिकारी सबैको जालो मिलेर बनेको छ । यो अवस्था सिर्जना गर्ने र निरन्तरता दिने काम चाहिँ छिटो भन्दा छिटो प्रगति देखाउनु पर्ने मन्त्रीहरु, प्रदेश सरकारहरु र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले गरेका छन् । र यो विशाल सञ्जालको रुपमा स्थापित भइसकेको छ ।

    राजनीतिकर्मीहरुमा डोजर कुदाएपछि मात्रै भोट पाइन्छ भन्ने भ्रम छ । सँगसँगै डोजर चलाउँदा आएको फाइदाले नै अर्को चुनाव लड्ने आकांक्षा पनि छ । यो आतंकले वातावरण विनास मात्रै होइन, सामाजिक, राजनीतिक र आर्थिक रुपमा दलालतन्त्रलाई नै स्थापित गरिदिएको छ । सामाजिक बिखण्डन बढाएर नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा ठूलो खाडल निर्माण गरिदिएको छ ।

    हामीले विकास योजनाहरु निर्माण गर्दा नदी तथा जलाधार क्षेत्र एवम् उत्तर दक्षिण कोरिडोरको आधारमा गर्ने चलनको सुरुवात हुन आवश्यक छ । अन्यथा माथिल्लो क्षेत्रमा भत्किने र तल्लो क्षेत्र पुरिने क्रम जारी रहन्छ ।

    डोजर आतंकले दिर्घकालीन निर्माण कहिल्यै गरेन, भत्काउने मात्रै काम गरेकोले सरकारी बजेट ‘बालुवामा पानी’ हाले सरह भएको छ ।

    अब नेपालले वैकल्पिक विकासको बाटो रोज्नै पर्छ । अरु देशले जे गरे, त्यस्तै हामीले गर्नुपर्छ भन्ने होइन । नजिकैको भुटानले भने अलि फरक ढंगको विकासको अवधारणा अघि सारेको छ ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा दलालतन्त्र, डोजर आतंक र प्रकृतिको दोहनले प्राप्त हुँदैन । यो नारा भित्र वैैकल्पिक विकासको अवधारणा लुकेको छ तर त्यो व्यवहारतः लागू भएको छैन ।

    हामीले विकास योजनाहरु निर्माण गर्दा नदी तथा जलाधार क्षेत्र एवम् उत्तर दक्षिण कोरिडोरको आधारमा गर्ने चलनको सुरुवात हुन आवश्यक छ । अन्यथा माथिल्लो क्षेत्रमा भत्किने र तल्लो क्षेत्र पुरिने क्रम जारी रहन्छ । जैविक क्षेत्र अथवा ‘इको रिजन’का आधारमा विकासे योजना बनाए वातावरणमा पर्ने असर कम गर्न सकिन्छ ।

    त्यस्तै निश्चित भूगोलका आधारमा विकासका योजनाहरु अघि बढाउनु पर्छ । जस्तै, भिरालो जग्गा भएको ठाउँमा सडकभन्दा केवुलकार प्रभावकारी हुन्छ । जसले क्षति कम गर्छ ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको आशय एकोहोरो पैसा आर्जन गर्ने पश्चिमा प्रणालीको पुँजीवादभन्दा समग्र हिसाबले सद्भावयुक्त, वातावरणमैत्री र साँस्कृतिक एवम् प्राकृतिक हिसाबले सुसम्पन्न नेपालको परिकल्पना गरेको छ । जुन डोजर आतंकको अन्त्यपछि मात्रै सम्भव छ ।

    त्यसैगरी नेपाल जस्तो देशले जमिन फुटाएर खानीजन्य कच्चा पदार्थ (ढुंगा, गिटी) भारत निकासी गर्नु आत्मघाती हुन्छ । चुरेदेखि महाभारतसम्म त्यस्ता चलाउने कुरा क्षणिक फाइदाका लाई दीर्घकालीन असर निम्त्याउनु हो ।

    माथिल्लो भेगमा जमिनको सतह खनेर ढुंगा खानी संचालन गर्दा ठूलो परिणाममा माटो निकाल्नुपर्ने हुन्छ । जुन माटोलगायत अन्य बस्तु बगेर भित्री मधेस तथा तराईमा जम्मा हुन्छ । पहाडमा ठूलाठूला पहिरो जाने, खेतीयोग्य जमिन बग्ने र जलाधारलाई क्षति पुग्नुका साथै तराईमा जमिन पुरिने समस्या उत्पन्न हुन्छ ।

    र, ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको आशय एकोहोरो पैसा आर्जन गर्ने पश्चिमा प्रणालीको पुँजीवादभन्दा समग्र हिसाबले सद्भावयुक्त, वातावरणमैत्री र साँस्कृतिक एवम् प्राकृतिक हिसाबले सुसम्पन्न नेपालको परिकल्पना गरेको छ । जुन डोजर आतंकको अन्त्यपछि मात्रै सम्भव छ ।

    हामीले अब विकासको मोडेल परिवर्तन नगर्ने हो भने ठूला झन् ठूला विपत्तिको सामना गर्नुपर्ने निश्चित छ । अब पनि डोजर आतंकलाई निरन्तरता दिनु आत्माघाती हुनेछ ।

  • बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

    बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

    रुपन्देही । तीन दिनदेखि निरन्तर वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् । रुपन्देहीमा हिजोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने भएको छ ।

    प्रदेश प्रहरी कार्यालयले बाढीका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरु अवरुद्ध भएको जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि डुबानमा छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाउँठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।

    मंगलबार दिउसोदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको देवदह नजिकै भास्सिएको सडक आजसम्म खुल्न सकेको छैन ।

    निरन्तर वर्षा जारी रहेका कारण बैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

    त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी, रिडी तम्घास र रिडी वामीटक्सार खण्ड पनि बन्द रहेका छन् ।

    सिद्धार्थ राजमार्गको तिनाउ ५ कालिमाटी, तानसेनको गौडा पुल, तानसेन ८ को जरेपिपल तथा तानसेन १४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । पाण्डेका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

    कपिलवस्तुको गारुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले जानकारी दिए ।

    वर्षापछि रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले सतह पार गरेपछि दजनौं घर सारिएको जनप्रतिनिधि नकुल शाहीले बताए । बुटवल वडा नं ११ मा मंगलबार राती धेरै घरलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । सो क्षेत्रका दजर्नौ घर बाढीले डुबानमा परिसकेका छन् ।

    उपमहानगरपालिकाले मंगलबारदेखि नै सर्वसाधारणलाई क्षतिबाट जोगाउन अपील गरेको र ठाउँठाउँमा प्रहरी तथा स्काउटको टोली खटाइएको प्रमुख शिवराज सुवेदीले बताए ।

     

  • बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

    बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेस सभापतिको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज विहान सामाजिक सन्चालमाफर्त उनले भनेका छन्, ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’

    प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन् ।

  • बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने

    बाढी–पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिइने

    काठमाडौं । अघिल्लो वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि सरकारले ५० करोड दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ता स्वरुप ५० करोड दिने निर्णय गरेको हो ।

    विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको परिषद्का सदस्य सचिव समेत रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनले भने । ‘रकम यस अघि नै दिइसक्नुपर्ने हो । तर बजेट अभावका कारण रकम पठाउन सकेका थिएनौं । आजको परिषद् बैठकले निर्णय गरेको छ । अब तत्काल हामी पहिलो किस्ता रकम दिन्छौ ।’ ‘मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनःनिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि’ अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ प्रति घर दिइने भनिएको छ ।