Tag: बागलुङ

  • दलित र महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

    दलित र महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

    बागलुङ । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो ।

    नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालेएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको र यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्ने उनको भनाइ छ । नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने उनले बताए ।

    अमहिला तथा दलितमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दारका रुपमा उनीहरुलाई स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको नगरप्रमुख पौडेलको भनाइ छ । समाज परिर्वतनका लागि महिला तथा दलितको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले उनीहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउँदै अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ महिला तथा दलित वर्गले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध हुने उनले बताए ।

    लोकसेवा आयोगमा यहाँका महिला तथा दलितको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको बताउँदै गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन हुने भएपछि यहाँका दलित तथा महिला खुसी भएको नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले बताए ।

    हिले ५२ जना महिला तथा दलितहरुका लागि लोकसेवा तयारी कक्षा स्थानीय संयोजनकर्ता हेमन्त मल्टी एजुकेशनल ट्युसन सेन्टरमा सञ्चालन गरिएको छ । अहिले २२ महिला र ३० दलितका लागि लोक सेवा तयारी कक्षा दिन थालिएको हो ।

  • बागलुङमा लोकल रक्सी खाएर सुतेका ४ मजदुरको मृत्यु, २ गम्भीर घाइते

    बागलुङ। बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा ‘लाेकल रक्सी’ पिएर सुतेका ६ मध्ये ४ जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।

    उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।

    गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

    दुवैको गम्भीर किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • विवाहभोजमा गएपछि संक्रमित एकै परिवारका तीनको मृत्यु

    विवाहभोजमा गएपछि संक्रमित एकै परिवारका तीनको मृत्यु

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोजमा गएकामध्ये तीन जनाको एक साताको अन्तरमा मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ८७ वर्षीय बाबुसँगै उनका ५१ र ४० वर्षीय छोराहरु छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरी अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् ।

    गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

    रासस

  • कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

    कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

    पोखरा । ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो ।

    आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार नभइसकेको अवस्थामा त्यसरी संक्रमित फेला पर्नु सबैका लागि चुनौतीको विषय बन्यो । बागलुङस्थित धौलागिरि अस्पतालमा आइसोलेसन वार्ड त बनाइएको थियो । तर, न स्वास्थ्यकर्मीमा अनुभव थियो न त अस्पतालसम्म कसले ल्याउँछ भन्ने स्वीकारोक्ति नै !

    कोरोना नियन्त्रणका लागि गठित ‘जिल्ला कमान्ड पोस्ट’ ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएको ७ घन्टासम्म अन्यौल नै रह्यो ।त्यतिबेलासम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर फैलिइसकेको थियो ।

    यहाँसम्म कि संक्रमितलाई आइसोलेसन वार्डसम्म ल्याउने जिम्मेवारी पाएको एम्बुलेन्स चालकसमेत बरु आफूले जागिर छोड्ने तर, बिरामी नबोक्ने भन्दै सम्पर्कविहीन भइदिए । अस्पतालसम्म ल्याउन कोही तयार नभएपछि आफैं तम्सिए, जिल्ला स्वास्थ्य प्रमुख डा सुरज गुरौं र उनका चालक रुद्र पराजुली ।

    सम्भवतः उनी नेपालमै पहिलो पटक पिपिईको अनुभव लिने ती २ पहिलो व्यक्ति हुन् । पुनः चैत १९ मा ६५ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । ती संक्रमितलाई पनि उनीहरुले नै अस्पतालसम्म ल्याएका थिए ।

    अनुभव र तयारीबिनै पनि धौलागिरि अस्पतालमा उनीहरूको सफल उपचार भयो । दुवैले कोरोना जिते र घर फर्किए । धौलागिरि अस्पतालमा कोरोना संक्रमितको सफल उपचार भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पटकपटक भन्थे, ‘धौलागिरि अस्पताल र त्यहाँ कार्यरत कर्मचारीलाई धेरै धन्यवाद । अरु सरकारी अस्पतालले पनि सिक्नुपर्छ ।’

    अरु अस्पतालले कोरोना संक्रमितलाई राख्न नमान्दा धौलागिरि अस्पतालले भने आँट गरेको भन्दै मुख्यमन्त्री गुरुङ पटकपटक प्रशंसा गर्छन् । तर, अहिले नेपालमा ‘न्यु भेरियन्ट’ फैलिइसकेको छ । जुन अघिल्लो कोरोनाभन्दा जटिल प्रजातिको रहेको चिकित्सकहरू सुझाउँदै आएका छन् ।
    कोरोनासँग लड्न ‘आइसोलेसन बेड’
    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा ४ हजार ६२० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये बागलुङका ३ सय ३२ जना छन् । कोरोनाबाट अहिलेसम्म बागलुङमा ९ जनाको मृत्यु भएको छ ।

    अघिल्लो लहरमा पहिलो पंक्तिमा उभिएर कोरोनासँग लडेको बागलुङ दोस्रो लहरसँग पनि लड्न अहिले स्थानीय तहले धमाधम आआफ्नै आइसोलेसन बेड बनाइरहेका छन् ।

    जिल्लाका स्थानीय तह ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला, निसीखोला, बरेङ र बागलुङ नगरपालिका लगायतले आ-आफ्नै आइसोलेसन कक्ष बनाउन लागेका हुन् ।

    जसमध्ये बागलुङ नगरपालिकाले ३५ बेडको आइसोलेसन वार्ड बनाउने तयारीमा छ भने बाँकी गाउँपालिकाले बनाइसकेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन कक्ष बनाइसकेको छ ।

    ‘५ बेड पहिल्यै थियो । तर, कोभिडढ महामारी बढ्ने देखिएपछि १० बेड थपेका हौं,’ गाउँपालिका प्रकाश घर्तीमगर भन्छन्, ‘गम्भीर बिरामीलाई आवश्यक पर्ने अक्सिजन पनि तयारीका साथ राखेका छौं ।’

    अध्यक्ष मगरले गाउँपालिकाले बनाएको ‘कोभिड अस्पताल’मा एक जना चिकित्सक र ३ जना स्टाफ नर्सको व्यवस्था गरिएको जानकारी दिए । ‘अप्ठेरो अवस्थामा चाहिने एम्बुलेन्स पनि तयारी अवस्थमा राखेका छौं । पोजेटिभ आएकाको सुरुमा यहीं उपचार हुन्छ । बढी गाह्रो हुन थालेमा सम्बन्धित ठाउँमा रेफर गर्छौं,’ उनले भने ।

    निसीखोला गाउँपालिकाले ५ बेड क्षमताको आइसोलेसन वार्ड बनाएको उपाध्यक्ष शोभाकुमारी कार्कीले जानकारी दिइन् । त्यस्तै, बडिगाड गाउँपालिकाले पनि स्थानीय स्वास्थ्य संस्थामै १० बेडको आइसोलेसन कक्ष बनाएको छ । ‘गाउँपालिकाका गम्भीर बिरामीलाई आवश्यक पर्ने १५ वटा अक्सिजन पनि तयारी अवस्थामा राखेका छौं,’ गाउँपालिकाअध्यक्ष मेहरसिंह पाइजाले भने ।

    बागलुङ नगरपालिकाले आफ्नो साविकको कार्यालयमा ३५ बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरेको छ । धौलागिरि अस्पतालको थोरै क्षमता भएकाले र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको मेयर जनकराज पौडेलले जानकारी दिए ।

    नगर स्वास्थय शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ती बेडका लागि अक्सिजनको व्यवस्था गरिएको उनले बताए ।

  • मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

    मंगलबारदेखि बागलुङ नगरपालिकामा निषेधाज्ञा घोषणा

    काठमाडौं । कोरोनाभाइरसको जोखिम बढेको भन्दै बागलुङ नगरपालिकामा बैशाख २१ गतेदेखि लकडाउन घोषणा भएको छ ।

    नगरपालिकाका मेयर जनकराज पौडेलले २१ गते विहान ६ देखि निषेधाज्ञा घोषणा गरिएको जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले बागलुङ सदरमुकामलाई कोरोना अति प्रभावित जिल्लाको रुपमा राखेको छ ।

    आइतबार बागलुङमा ६ जना संक्रमित थपिएका छन् । यसअघि भाइरसको संक्रमण रोक्न बलेवा क्षेत्रमा बन्दाबन्दी गरिएको थियो ।