Tag: बागमती प्रदेश प्रहरी कार्यालय

  • बागमती प्रदेश प्रहरी प्रमुख र मातहतका १४ कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

    बागमती प्रदेश प्रहरी प्रमुख र मातहतका १४ कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता

    काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक बर्षका लागि मातहतका १४ वटा कार्यालय प्रमुखसंग कार्य सम्पादन सम्झौता गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यको सुचक निर्धारण गरि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्की र मातहत कार्यालय प्रमुखबीच कार्य सम्पादन सम्झौता भएको हो ।

    एक बर्षे कार्य अवधी रहेको कार्य सम्पादन सम्झौताले निर्धारण गरेका सुचकको मासिक मुल्यांकन गरी मातहत कार्यालयको कार्य सम्पादनको स्तर समेत निर्धारण गरीने छ । सोमबार भिडियो कन्फ्रेन्समार्फत आयोजना गरीएको ‘कार्य सम्पादन सम्झौता एवम् मासिक मुल्यांकन मापदण्डको शुभारम्भ’ कार्यक्रम मार्फत सम्झौता भएको हो ।

    बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयसंग कार्य सम्पादन सम्झौता गरीएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रहरीको प्रशासनिक कार्यका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रण लगायतका कार्यको व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले मातहतका कार्यालय प्रमुखसंग कार्य सम्पादन करार गरीएको हो ।

    प्रत्येक प्रहरी कार्यालयलाई कार्य सम्पादनको सुचक निर्धारण गरी सम्झौता गर्ने कार्यालयले सम्पादन गरेका कार्यको मासिक मुल्यांकन गर्ने मापदण्ड समेत शुभारम्भ गरीएको छ। शान्ति सुरक्षा, बिपद व्यवस्थापन, अपराध अनुसन्धान एवम् नियन्त्रण, आन्तरिक व्यवस्थापनका साथै प्रहरी कर्मचारी दक्षता एवम् उत्प्रेरणा अभिबृद्धि र प्रहरी सेवा प्रवाहसंग सम्बन्धीत बिषयलाई प्रमुख लक्ष्य निर्धारण गरी त्यस अन्तर्गतका सम्पादन गर्नुपर्ने कार्य सुचक निर्धारण गरिएको छ ।

    सुचक अनुरुप मातहत कार्यालयले सम्पादन गरेका कार्यलाई मासिक रुपमा मुल्यांकन गरी देखीएका कमिकमजोरीलाई तत्कालै सुधार गर्ने उद्धेश्य सहित कार्य सम्पादन सम्झौता गरीएको बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) प्रकाशजंग कार्कीले नेपाल प्रेससँग बताए । उनका अनुसार बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक बर्षदेखी शुरुवात गरेको कार्य सम्पादन सम्झौता र मातहत कार्यालयको मासिक मुल्याङकन प्रणालीलाई यस बर्ष थप परिमार्जन र बस्तुनिष्ठ बनाउँदै कार्य सम्पादन सुचक निर्धारण गरीएको छ ।

    कार्य सम्पादन सम्झौताको मुख्य उद्देश्य के के छन् ?
    सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी वनाउने

    तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही वनाउने
    सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्ने

    जिम्मेवारी क्षेत्र भित्रको विद्यमान सुरक्षा चुनौतीहरुको बिश्‍लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुती दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य कृयाकलाप समेत हुन नदिने

    स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सकल दर्जाको मनोबल अभिबृद्धि गर्ने, नागरिक र प्रहरी विचको सहकार्यलाई थप प्रभावकारी बनाउने

    कार्य सम्पादन सम्झौताको अवधि २०७८ श्रावण १ गतेदेखि २०७९ असार मसान्तसम्म एक आर्थिक वर्षको रहने जनाइएको छ । सहभागी कार्यालयले मासिक रुपमा प्रत्येक महिनाको अन्तमा कार्यसम्पादनको प्रगती विवरण पठाउनुपर्ने र त्यसको आधारमा सम्बन्धित कार्यालय प्रमुखको कार्यसम्पादन स्तरको अभिलेख व्यावस्थापन गर्नुपर्नेछ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याँकनसँग आवद्ध गरिने र कार्यसम्पादन स्तरको मुल्यांकन मासिक रुपमा नै हुने जनाइएको छ ।