Tag: बागमती प्रदेशसभा

  • वागमतीको मन्त्रिपरिषद विस्तार हुँदै, माधव नेपाल पक्ष सहभागी नहुने

    वागमतीको मन्त्रिपरिषद विस्तार हुँदै, माधव नेपाल पक्ष सहभागी नहुने

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद बिस्तार र पुनर्गठन गर्ने भएका छन् । पार्टीको शीर्ष नेतृत्वसँग कुरा गरेपछि आजै साँझसम्म नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

    तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीनजना मन्त्री छन् । पुराना मन्त्रीहरुलाई हटाएर नयाँ ल्याउन खोजिए पनि बजेट आउन लागेको भन्दै खाली रहेका ठाउँमा नयाँ ल्याउन सुझाव दिइएको एक नेताले बताए ।

    अर्थ तथा योजनामन्त्री कैलाश ढुंगेल बजेटको तयारीमा छन् । प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल लगायतका नेताहरुले माधव नेपाल पक्षका नेताहरुलाई सरकारमा सहभागी हुन आग्रह गरे पनि उनीहरुले केन्द्रमै पार्टी नमिलेसम्म प्रदेशमा मिल्न नसकिने बताएपछि एकतर्फी मन्त्रिपरिषद विस्तार गर्न लागिएको स्रोतले जनाएको छ ।

    मन्त्री र राज्यमन्त्रीमा नुवाकोटका केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामा, दोलखाकी सरस्वती बस्नेत, धादिङका रामकुमार अधिकारी, चितवनका कृष्ण भुर्तेल, विजय सुवेदी, ललितपुरका ज्ञानेन्द्र शाक्य, काठमाडौंका अजय क्रान्ति शाक्य लगायतको नाममा छलफल भइरहेको बताइइएको छ ।

    चार मन्त्री र अरु राज्यमन्त्री थप गरिने स्रोतले जनाएको छ । नाम टुंगो लाग्ने क्रममा रहे पनि मन्त्री र राज्यमन्त्री हुन लागेका सांसदहरुलाई हेटौंडा बोलाइएको छ ।

  • बागमती प्रदेशसभा बैठक फेरि स्थगित

    बागमती प्रदेशसभा बैठक फेरि स्थगित

    काठमाडौं । बागमती प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको छ । बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

    बुधबार बिहानै सूचना जारी गरी बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य सरेश नेपालले जानकारी दिए । मंगलबाको सर्वदलीय बैठकमा बुधबार बैठक डाक्ने सहमति भएको भनिएको थियो ।

    बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

    प्रदेशसभा बैठक यसअघि पनि स्थथगित भएको थियो ।