Tag: बस दुर्घटना

  • बस दुर्घटना अपडेट: मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो, घाइते १६ को अवस्था गम्भीर

    बस दुर्घटना अपडेट: मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो, घाइते १६ को अवस्था गम्भीर

    रूपन्देही । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

    दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

    घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

  • दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ४७ जना घाइते

    दैलेखमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु, ४७ जना घाइते

    सुर्खेत । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    घाइतेमध्ये ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाएको दैलखेका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था गम्भिर रहेको छ ।

    उनले भने, ‘कति जना बसमा सवार थिए भन्ने एकिन तथ्यांक आइसकेको छैन । सामान्य अवस्थाका घाइतेको घटनास्थल नजिकैको अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई उपचारका लागि सुर्खेत पठाईसकिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको काम गरिरहेको छ ।’ अँध्यारो भएकोले उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनका अनुसार बस दुर्घटनाको कारण खुलिसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटना राति ८ बजे भएको हो । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको छ ।

  • संखुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    संखुवासभामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा  कम्तीमा ७ जनाको मृत्यु भएको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस  मादी नगरपालिका-६ रामदेवी भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

    बस दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।

    उनले नेपालप्रेससँग भने,‘अहिलेसम्म ७ जनाकाे घटनास्थलमै मृत्यु भएकाे भन्ने खबर छ ।  सडकबाट ३ सय मिटर तल खोलामा खसेको भन्ने आएको छ । यहाँबाट घटनास्थल धेरै टाढा छ । सशस्त्र प्रहरी र प्रहरी पुगिसकेको छ ।’

    घाइतेको उद्धारको काम भइरहेको उनले बताए । बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।

  • पाल्पामा ४० यात्रु सवार बस दुर्घटना

    पाल्पामा ४० यात्रु सवार बस दुर्घटना

    रूपन्देही । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ ।

    लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । शव लिएर गएको बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

    दुर्घटनामा केहीको मृत्यु भएको बताइए पनि घटनास्थलतर्फ प्रहरी पठाइएको र क्षति विवरण भने आउँन बाँकी रहेको प्रहरीको भनाइ छ ।

  • भारतमा नेपाली मजदुर चढेको बस दुर्घटनाः चार महिने शिशुको मृत्यु , पाँच घाइते

    भारतमा नेपाली मजदुर चढेको बस दुर्घटनाः चार महिने शिशुको मृत्यु , पाँच घाइते

    कैलाली । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा चार महिनाको शिशुको मृत्यु भएको छ । ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरको बस भारतको लखिमपुर स्थित भिरा नजिक दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ महिने शिशु विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    उनीहरू धनगढीको कालिका मष्टामण्डली टुर एन्ड ट्राभल्सबाट टिकट लिएका भारत जाँदै गरेका थिए । मृतक शिशुका बुवा आमा भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा अन्य पाँच जना नेपाली भने घाइते भएका छन् । घाइतेहरूको भारतमा उपचारपछि नेपाल आएका छन् । उनीहरूको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा थप उपचार भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

  • जुम्लामा बस दुर्घटना: दुई जनाको मृत्यु

    जुम्लामा बस दुर्घटना: दुई जनाको मृत्यु

    जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

    बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए।

    बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ घाइते

    रोल्पामा बस दुर्घटना ४ जनाको मृत्यु, ११ घाइते

    दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

    बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।

    विस्तृत विवरण आउन बाँकी छ ।

  • धनुषाको मालटोलमा बस दुर्घटना, १२ यात्रु घाइते

    धनुषाको मालटोलमा बस दुर्घटना, १२ यात्रु घाइते

    जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मालटोलमा ना. ६ ख ७१०२ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ ।

    राजमार्गभन्दा २० फिट तल खसेपछि बसमा आगो लागेको छ ।

    दाङबाट विराटनगरका लागि छुटेको उक्त बस बिहान करिब ८ बजे दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

    बसका चालक र सहचालक भने फरार छन् । आगो लागेपछि बस क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

  • सल्यान बस दुर्घटनामा मृतकमध्ये ८ यात्रुको पहिचान खुल्यो (सूचीसहित)

    सल्यान बस दुर्घटनामा मृतकमध्ये ८ यात्रुको पहिचान खुल्यो (सूचीसहित)

    दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा. १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ८ यात्रुको नाम-ठेगाना खुलेको छ ।

    आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा सडकबाट करिब २ सय मिटर खसेको थियो । बसमा ३० यात्रु सवार थिए ।

    मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका-१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा-२ की ६१ वर्षीया मिना डाँगी, शारदा-३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी-१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका-४ बस्ने ६० वर्षीया डुली रेउले, बबई-६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी-२ का २९ वर्षीय तिलक ओली रहेको प्रहरीले जानकारी दिएको छ ।

  • सल्यान बस दुर्घटना : १२ जनाको मृत्यु, तीन यात्रुको पहिचान खुल्यो

    सल्यान बस दुर्घटना : १२ जनाको मृत्यु, तीन यात्रुको पहिचान खुल्यो

    दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा.१ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
    आज कपुरकोट गाउँपालिकामा बस सडकबाट करिब २ सय मिटल तल खसेको थियो । बसमा ३० जना यात्रु सवार थिए । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।

    मृतक १२ जनामध्ये १० महिला र दुई पुरुष छन् । तीनजनाको नाम ठेगाना खुलेको र बाँकी ९ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

    परिचय खुलेका तीनजना मृतकहरू :

    १) सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक वली

    २) दाङ जिल्ला घोराही उपमहानगरपालिका नारायनपुर बस्ने ६५ वर्षकी ईन्द्रा अधिकारी

    ३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

  • सल्यानमा बस दुर्घटना हुँदा  ८ जनाकाे मृत्यु

    सल्यानमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु

    सल्यान । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

    सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका ६ र घटनास्थमै दुई बालबालिका गरी आठ जनाको मृत्यु भएको हो ।

    बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • फिदिम अपडेट: बस दुर्घटनामा घाइते भएका दुईको मृत्यु

    फिदिम अपडेट: बस दुर्घटनामा घाइते भएका दुईको मृत्यु

    फिदिम । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ।

    उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए। जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

    फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

  • पाँचथरको सिवा खोलामा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते

    पाँचथरको सिवा खोलामा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते

    विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् ।

    को. १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

    नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

    नुवाकोट । नुवाकोटको किस्पाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएको छन् । घाइतेहरुलाई स्थानीय अस्पताल लगिएको छ ।

    नुवाकोट प्रहरीका अनुसार भाल्चेबाट काठमाडों आउँदै गरेको बस किस्पाङ -५ स्थित मानेगाउँमा दुर्घटनाग्रस्त भएको हो । बस सडक छेउको नालीमा खसेर भित्तामा ठोक्किएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

  • सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ३५ जना घाइते

    सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ३५ जना घाइते

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ।

    बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

    अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ। बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

    काठमाडौँ-धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियो।

     

     

  • मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु

    मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु

    काठमाडौं । मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो ।

    सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको भएको नगरपालिकाका प्रमुख हरि जंङ्ग शाहीले नेपाल प्रेसलाई जानकारी दिए । करिब २५–२६ जना घाइते भएको उनले बताए ।

    प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहतिको टोली अहिले घटनास्थलमा उद्दारमा सक्रिय छ ।

    घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले नेपालप्रेसलाई बताए । सुर्खेतबाट सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल पुयाइरहेको उनले बताए ।

    घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।

     

  • डडेल्धुरामा बस दुर्घटना, २ बालबालिकासहित १६ जना घाइते

    डडेल्धुरामा बस दुर्घटना, २ बालबालिकासहित १६ जना घाइते

    काभ्रेपलाञ्चोक । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका-१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    रासस

  • बाँकेकाे कोहलपुरमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

    बाँकेकाे कोहलपुरमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

    बाँके । बाँकेको कोहलपुरमा भएको बस दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    दुर्घटनामा २१ जना भने सामान्य घाइते रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अहिलेसम्म मृतकको सनाखत हुन सकेको छैन् ।

    सुर्खेतबाट धरान आउँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र टिपर आपसमा ठोक्किँदा अघि साँझ कोहलपुरको चपरगौडीमा बस दुर्घटना परेको थियो । घाइतेको उपचार कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेमा भइरहेको छ ।

  • कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २९ घाइते

    कैलालीमा बस दुर्घटना हुँदा १ को मृत्यु, २९ घाइते

    कैलालीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा बस दुर्घटना भएको हो ।

    पश्चिमबाट पूर्ब जाँदै गरेको ना. ६ ख ७४६१ नम्बरको बस अनियन्त्रित हँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

  • विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

    विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

    रामेछाप । रामेछापमा  विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    मन्थली नगरपालिका ५ मच्छेडाँडीस्थित सडकमा बा ५ ख २८५७ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

    सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरु लिई मन्थलीतर्फ आउँदै गरेको उक्त बस दुर्घटना हुँदा सवार १७ जना विद्यार्थीहरु र १ जना सहचालक गरी १८ जना घाइते भएका हुन् ।

    घाइतेहरुलाई उपचारको लागि तामाकोसी अस्पताल मन्थलीतर्फ पठाइएकोमा थप उपचारको लागि ५ जनालाई काठमाडौंतर्फ पठाइएको हो ।

    दुर्घटना स्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरूको उद्वार गरेको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • बस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

    बस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

    सुर्खेत ।दाङबाट रिजर्भ लिन सल्लिबजार आउँदै गरेको ना५ ख ७७५० नम्बरको बस दुर्घटनामा मृत्यु भएको मृतकको पहिचान खुलेको छ ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खस्दा बबइ गाउँपालिका ३ दाङका २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको छ भने सल्यानको कालिमाटी गाउँपालिका —४ खैरेनीका ३० वर्षीय इश्वर सुनारलाई कोहलपुरमा थप उपचारका लागि पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको अवस्था गम्भिर रहेको छ ।नदीमा एक जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार उनको पहिचान भने खुलेको छैन ।