Tag: बढुवा

  • ३० शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    ३० शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

    बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो ।

    नेपाल प्रशासन सेवाकाे सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि ३ सय १५ जनाले उम्मेदवारी दिए पनि २ सय ८८ जनाकाे उम्मेदवारी कायम भएकाे थियाे ।

    शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेकाे सूची यस्ताे रहेकाे छ ।

  • लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

    लोकसेवामा पदपूर्तिसँगै बढुवाको बाढी, तीन महिनाभित्र २५ सचिव र ७५ सहसचिवमा बढुवा

    काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा मात्र नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा २५ जना बढुवा भएका छन् । लोकसेवा आयोगमा लामो समयपछि पदपूर्ति भएसँगै एकैपटक धेरै सहसचिव सचिवमा बढुवा भएका हुन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाका अनुसार प्रशासन सेवातर्फ १५ जना, इन्जिनिरयरिङ सेवातर्फ पाँच जना, कृषि वन सेवातर्फ तीनजना, परराष्ट्र सेवा र स्वास्थ्य सेवातर्फ एक/एक जना बढुवा भएका हुन् । एक सय ८६ जना उम्मेदवारमध्येबाट ५० वटा बढुवा समितिको बैठकले ६५ जना सहसचिवलाई सचिवमा बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको थियो ।

    यसै अवधिमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा ७५ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ४४ जना, इन्जिनियरिङ सेवा तर्फ २३ जना, परराष्ट्र सेवातर्फ पाँचजना, गत आर्थिक वर्षको विज्ञापनबाट कृषि सेवातर्फ दुईजना र वन सेवातर्फ एकजना बढुवा भएका हुन् । बढुवा समितिको ६३ वटा बैठकले तीन सय ८७ जना उम्मेदवारबाट ७५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    यस्तै राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा भने एक सय ६३ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ एक सय १९, शिक्षा सेवातर्फ २२, परराष्ट्र सेवातर्फ ६, लेखा परीक्षण र विविध सेवातर्फ पाँच/पाँच जना, आयोजना तर्फ र वन सेवातर्फ दुई/दुई जना र इन्जिनियरिङ सेवातर्फ एक जना बढुवा भएका छन् ।

    तीन महिनाको अवधिमा राजपत्रांकित तृतिय श्रेणी अर्थात् शाखा अधिकृतमा ९७ जना बढुवा भएका छन् । जसमा सबैभन्दा बढी प्रशासन सेवातर्फ ९४, आयोजनातर्फ दुई, विविध सेवातर्फ एक जना बढुवा भएका छन् । यसका लागि नौ सय ७८ जना उम्मेदवारमध्येबाट बढुवा समितिको २६ वटा बैठकले ९७ जना नै सिफारिस गरेको थियो ।

    यस्तै राजपत्र अनंकित प्रथम अर्थात नायव सुब्बामा ५१ बढुवा भए । जसमा विविध सेवातर्फ २९ जना र प्रशासन सेवातर्फ २२ जना बढुवा भएका छन् । बढुवाका लागि ९३ जनाको माग भए पनि आवश्यक संख्या अपुग भएको बढुवा समितिले जनाएको छ ।

    राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदारमा भने चारजना बढुवा भएका छन् । जसमा शिक्षा सेवातर्फ दुईजना र लेखा परीक्षण सेवा तथा नेपाल न्याय सेवातर्फ एक/एक जना बढुवा भएका छन् ।

    सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार सबै तहमा गरेर चार सय ६१ संख्या बढुवाका लागि तीन हजार ४३ जना उम्मेदवार थिए । जसमध्येबाट बढुवा सिफारिस समितिले चार सय १४ जनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

  • बढुवा भएका ६१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरहरू)

    बढुवा भएका ६१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरहरू)

    काठमाडौं । नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिन्ह पाएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरे ।

    सुशोभित हुनेहरुमा २०७८ साउन १४ को क्याबिनेट निर्णयअनुसार पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरूङ र सचिवस्तरको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षक गरी जम्मा ६१ प्रहरी अधिकृत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन ऊर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।

  • नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित)

    नेपाल प्रहरीका ९८ जना सईको इन्सपेक्टरमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ९८ जना नायव निरीक्षक (सई) को निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरूको बढुवा सिफारिस सार्वजनिक गरेको हो।

    २०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा समावेश छन् ।

    हेर्नुहाेस सूची-

  • परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवा

    परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवा

    काठमाडौं । परराष्ट्र सेवाका पाँचजना उपसचिव ज्येष्ठता र कार्यक्षमताका आधारमा सहसचिव बढुवा भएका छन् । गत पुसअघि नै बढुवा हुनुपर्नेमा मुद्दा मामिलाका कारण ढिला भएको थियो ।

    लोकसेवा आयोगले ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र सुधीर भट्टराईलाई सहसचिवमा बढुवा गरेको हो । उनीहरू दुई वर्षदेखिनै बढुवाको प्रतीक्षामा थिए ।

    त्यस्तै कार्य क्षमता र कार्य सम्पादनका आधारमा उपसचिवहरू कृष्णचन्द्र अर्याल र धनबहादुर ओली पनि बढुवामा परेका छन् । सहसचिव बढुवामा परेका उपसचिवहरू २०५४ सालमा एकैपटक परराष्ट्र सेवामा प्रवेश गरेका थिए ।

    बढुवा भएकामध्ये तेजवहादुर क्षेत्री,कृष्णचन्द्र अर्याल र धनवहादुर ओली मन्त्रालयमा कार्यरत छन् भने घनश्याम लम्साल दक्षिण अफ्रिका र सुधीर भट्टराई ब्रसेल्स नियोगमा कार्यरत छन् ।

  • राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित)

    राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा ५ जना उप-निर्देशक निर्देशकमा बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेको उप-निर्देशकहरूको शुक्रबार बढुवा भएको हो ।

    कर्मचारी विनियमावली अनुसार बढुवा मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने उम्मेद्वारलाई उप-निर्देशकबाट निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    बढुवा हुनेमा निरा ताल्चाभडेल, विज्ञानराज सुवेदी, माधव दंगाल थानेश्वर आचार्य, नारायणप्रसाद पोखरेल छन् ।

  • २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    २२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । लोक सेवा आयोगले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । आयोगका सदस्यको संयोजकत्वमा बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।

    समितिले बिहीबार सिफारिस गरेपछि मन्त्रालयले शुक्रबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानविन गर्नेछ ।

    लोक सेवा आयोगका अध्यक्षले तोकेको सदस्यको संयोजकत्वमा ५ सदस्यीय बढुवा समिति बनेको छ । समितिमा आयोगका अर्का एक सदस्य, मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने व्यवस्था छ । मन्त्रालयका सचिव समितिका सदस्य सचिव हुने प्रावधान छ ।

    एक वर्षअघि ७४ जना उप–सचिवको पनि सहसचिवमा बढुवा भएको थियो । हरेक वर्ष जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा उपसचिवबाट सहसचिवमा बढुवा हुने गरेको छ । उपसचिवबाट सहसचिव बढुवा गर्दा कम्तिमा पनि उपसचिव भएर ५ वर्ष निजामती सेवामा सेवा गरेको हुनुपर्छ । अहिले बढुवा हुने उपसचिव ५ वर्षदेखि १० वर्षसम्म सेवा गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    कम्तिमा पनि ५ वर्ष उपसचिव भएर सेवा गरेका १ सय ३ जनाले सहसचिव बढुवाका लागि दरखास्त दिएका थिए । जसमा २२ जनाको नाम मात्र अन्तिम बढुवा सूचीमा परेको छ ।