Tag: बजेट भाषण

  • वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

    वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्न माग गरेका छन् । यसका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने उनको भनाइ छ ।

    राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए के हुन्थ्यो ? यदि संविधान र नियम-कानूनले रोक्छ भने त्यो बदलौं । राष्ट्रियसभा संघीय सांसदको अंग हो । प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइयोस् ।’

    उनले थपे, ‘अर्थमन्त्रीले राष्ट्रियसभामा बजेट भाषण गरेर त्यसमा छलफल गराउनुपर्छ । अनि मात्र पारित गर्दा राम्रो हुन्छ ।’

  • लुम्बिनी सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने

    लुम्बिनी सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणमा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।

    आज आर्थिक मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

    कोरोना उपचारका लागि यो क्षेत्रमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई ऊर्जा दिनका लागि शुरुको तलब स्केलका आधारमा यो व्यवस्था गरिएको हो– मन्त्री चौधरीले भनेका छन् ।

    यससँगै प्रदेशमा रहेका ४ कोरोना विशेष अस्पताललाई थप दरबन्दी व्यवस्थापन तथा परीक्षण कार्यलाई विशेष ध्यान दिने उनले बताएका छन् ।

  • बजेटमार्फत नयाँ घोषणा–‘समृद्धिका लागि सञ्चार’

    बजेटमार्फत नयाँ घोषणा–‘समृद्धिका लागि सञ्चार’

    काठमाडौं । समृद्ध नेपालको सञ्चार पहुँच अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन नेपाल सरकारले अंग्रेजी च्यानल ‘एनटिभि वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल सुरु गर्ने घोषणा भएको हो ।

    नेपाली टेलिभिजन प्रशारणको इतिहासमा उक्त च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझ्ने गरी सामग्री प्रस्तुत गर्ने पहिलो कदमका रुपमा लिइएको छ । जुन च्यानलले नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने छ । च्यानल सञ्चालनका लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । ‘नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनटिभि वल्र्ड च्यानल सञ्चालनमा ल्याइनेछ’, नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा भनिएको छ ।

    अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सिधैं पहुँच नभएकाले छिट्टै सञ्चालन हुने ‘एनटिभि वल्र्ड’ सहज माध्यम बन्ने विश्वास लिइएको छ । आफ्नै सञ्चार पहुँच नहुँदा नेपालबारे बेलाबेला उत्पन्न हुने भ्रमले देशको पर्यटन क्षेत्रलाई समेत प्रभावित तुल्याएको छ ।

    ‘समृद्ध नेपाल : सुखी नेपालीको सन्देश अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म पुग्ने माध्यम छैन । नेपाली टेलिभिजनको इतिहासमा एनटिभि वल्र्ड च्यानल मार्फत् पहिलो पटक अन्तर्राष्ट्रिय समुदायसँग पहुँच पुग्नेछ’, नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने । सञ्चारको संसार भन्ने मान्यतासहित सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको प्रवक्ता गुरुङले बताए ।

    इन्टनेटको पहुँच तीव्र
    सरकारले जनताको सहज पहुँचका लागि डिजिटल नेपाल पे्रmमवर्कलाई कार्यान्वयन गर्ने बताएको छ । ‘समृद्धिका लागि सञ्चार’ भन्ने मुख्य ध्येय भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले भने– ‘समृद्धिका लागि सञ्चार र सूचनामा सबैको सहज पहुँच अनिवार्य हो । यसका लागि अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने छौं ।’

    सुशासन र पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तारको काम सरकारले अघि बढाएको छ । उक्त कार्यक्रम मन्त्रालयबाट कार्यान्वयन भइसकेको छ । हाल ८ जिल्ला स्थानीय निकायसँग ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार भइसकेको छ ।

    इन्टरनेट माध्यमबाट शिक्षा र स्वास्थ्यमा जनताको सहजताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार सुरु गरिएको छ । जुन कार्यका लागि सरकारी निकायबाट प्रदान गरिने सेवा सेवाग्राहीले नागरिक एप्सबाटै प्राप्त गर्ने छन् ।

    कोभिड पीडित पत्रकारलाई सम्बोधन
    कोभिड–१९ को प्रभावित बनेका पत्रकारको समस्या समेत सरकारले सम्बोधन गरेको छ । कोभिड–१९ का नाममा बेरोजगार बन्न पुगेका पत्रकारका लागि सरकारले ‘लेखनवृत्ति’को व्यवस्था गरेको छ । त्यसैगरी श्रमजीवी पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ । विमाको हकमा बीमा प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्ने छ ।

    नेपाली पत्रकारको दक्षता अभिवृद्धि तथा व्यवसायिकता विकास गर्न आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई आगामी आर्थिक वर्षभित्र स्थापना गर्ने सरकारले घोषणा गरेको छ । लामो समयदेखि नेपाली पत्रकारको साझा व्यवसायिक संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान स्थापनाका लागि माग गर्दै आएका थिए ।

    पहिलोपल्ट प्रेस संग्राहलय बन्ने
    नेपाली प्रेस र पत्रकारिता सम्बन्धि विभिन्न कालखण्डमा भएको प्रविधिका विकासलाई जीवन्त राख्न प्रेस संग्रहालय स्थापना गरिएको छ । सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच पुग्ने व्यवस्था गरिएको बजेटमा घोषणा गरिएको छ । जसबाट माध्यमहरुमा छापा, विद्युतीय टेलिभिजन, रेडियो, अनलाइन सबै पर्ने छन् ।

    नागरिकको मनोरञ्जन र मुलुकभरका पर्यटकीय, सांस्कृतिक, धार्मिक क्षेत्रको समेत प्रचार–प्रसार हुने उद्देश्यसहित सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने सरकारले शनिबारको बजेट भाषणमा समावेश गरिएकाे छ ।

  • गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

    काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    यसअघि चालु आर्थिक वर्षमा ४०% प्रतिशतले कटौती भएर २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन भएको थियो । त्यसअघि घोषित ३ अर्ब ९९ करोड बजेटबाट ४० प्रतिशत कटौती भएको थियो ।

    सक्रिय खेल जीवनबाट निवृत भएका खेलाडीलाई सहुलियत कर्जा उपलब्ध गराउने, प्रादेशिक रंगशाला, हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना लगायतका विषयलाई समेटेर उक्त रकम विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने छ,’ उनले भने, ‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

    आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने जानकरी दिँदै उनले भने, ‘सक्रिय खेल जीवनबाट निवृत खेलाडीलाई व्यवसाय सञ्चालन सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।’

    आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।

    आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम छुट्याएको र सोलुखुम्बु, मनाङ मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्थासमेत गरिएको उनले बताए ।

    ‘आगामी आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ । नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने छ ।’

  • आगामी वर्ष १ लाखलाई नि:शुल्क तालिम दिइने

    आगामी वर्ष १ लाखलाई नि:शुल्क तालिम दिइने

    काठमाडौं । सकारले आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८-०७८ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको जानकारी गराएका हुन् ।

  • प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री, बजेट भाषणको तयारी

    प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री, बजेट भाषणको तयारी

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण केही बेरमा प्रस्तुत गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उनले बजेट भाषण गर्ने कार्यक्रम छ ।

    अर्थमन्त्री पौडेल बजेट भाषणका लागि व्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगिसकेका छन् । यसपाली संसद नभएकाले प्रधानमन्त्री कार्यालयमा बजेट भाषण गर्न लागिएको हो । बजेटसम्बन्धी अध्यादेश मन्त्रीपरिषदले स्वीकृत गरेर राष्ट्रपतिले स्वीकृत गरिसकेकी छन् ।

    बजेट भाषणको लाइभको लागि  यहाँ क्लिक गर्नुहोस् ।