Tag: बगभी

  • मेरो जब बगभीसँग जोडियो, ह्याकरले ३०० अमेरिकी डलरसम्म कमाउन सक्ने

    मेरो जब बगभीसँग जोडियो, ह्याकरले ३०० अमेरिकी डलरसम्म कमाउन सक्ने

    काठमाडौं । लोकप्रिय अनलाइन जब सर्च पोर्टल- मेरो जब डटकम पनि साइबर सेक्युरिटी टेस्टिङ प्लेटफर्म ‘बगभी’मा जोडिएको छ । मंगलबारदेखि बगभीमा आवद्ध भएको मेरो जब डटकमको वेबसाइटमा अब इथिकल ह्याकरहरूले समस्या पत्ता लगाएर पैसा कमाउन सक्नेछन् ।

    मेरो जब डटकमको साइटमा भएका प्रत्येक समस्या पत्ता लगाएबापत अब ह्याकरले १० अमेरिकी डलरदेखि ३०० अमेरिकी डलरसम्म कमाउन सक्नेछन् ।

    गत वर्षको नेपालमा स्थापना भएको बगभीमा १०-१५ वटा ठूला कम्पनी जोडिइसकेको र बाँकी पनि प्रक्रियामा रहेको कम्पनीका व्यबस्थापक नरेश लामगादेले जानकारी दिए । ‘मेरो जब डटकम जस्तो चर्चित वेबसाइट पनि हामीसँग जोडिएकाले यसले बजारमा सकारात्मक म्यासेज जानेमा हामी विश्वस्त छौं’ लामगादेले भने, ‘यसले अन्य कम्पनीलाई पनि बगभीमा जोडिन प्रेरित गर्छ ।’

  • नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक

    नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक

    काठमाडौं । नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सार्वजनिक भएको छ । साइनिकल टेक्नोलोजीले साइबर सुरक्षा सेवा सस्तो र सर्वसुलभ बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो प्लेटफर्म ल्याएको हो ।

    यससँगै अब विश्वभरका एथिकल ह्याकर तथा राइबर सुरक्षा अनुसन्धानकर्ताले बगभीमार्फत विभिन्न कम्पनीको सिस्टम तथा सफ्टवेयरको जोखिम पत्ता लगाउन र त्यस वापत रिवार्ड प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीहरुले आफ्नो सफ्टवेयर सिस्टमको टेस्टिङका लागि नभएर बगलाई मात्र पैसा भुक्तानी गर्नुपर्ने भएकाले सेवा सस्तो मूल्यमै उपलब्ध हुने साइनिकल टेक्नोलोजीका संस्थापक नरेश लाम्गादेले बताए ।

    यसलाई ग्लोबल प्रडक्ट बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको उनको भनाई छ । ‘कुनै प्लेटफर्ममा बग फेला पारेको खण्डमा एथिकल ह्याकरले बगभीमार्फत रिपोर्ट गर्न सक्छन्,’ नयाँ प्लेटफर्मको बारेमा जानकारी दिँदै उनले भने, ‘बगको आधारमा त्यस्ता ह्याकरलाई हामीले निश्चित रकम सहितको रिवार्ड उपलब्ध गराउँछौं ।’

    बगभीले ईसेवा तथा फोन पेसँगको सहकार्यमा डिजिटल भुक्तानीको व्यवस्था मिलाएको छ । एथिकल ह्याकरका लागि बग पत्ता लगाउन हाल ईसेवा लगायतका विभिन्न छ कम्पनी बगभीमा सूचीकृत भइसकेका छन् ।

    अबको केही दिनमा थप सूचीकृत कम्पनीको नाम समेत सार्वजनिक गरिने लाम्गादेको भनाई छ । उनका अनुसार सेवाग्राही कम्पनी तथा संघ-संस्थाहरूले आफ्नो प्रडक्ट तथा सफ्टवेयर सिस्टममा भेटिन सक्ने बगको स्वयम्‌ मूल्य निर्धारण गर्न सक्छन् ।

    गत शुक्रबार मात्रै बगभीको प्लेटफर्ममाथि लाइभ ह्याकिङको कार्यक्रम आयोजना गरिएको थियो । जसमार्फत फेला परेका बग फिक्स गरेर चाँडै प्लेटफर्मलाई पब्लिकमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

    साइबर सुरक्षाको आवश्यकता पर्ने सरकारी निकाय, कम्पनी, संघ-संस्थालाई पब्लिकसँगै प्राइभेट सेवा समेत उपलब्ध गराइनेछ । जसमा उनीहरुले बगभीमा रहेका निश्चित ह्याकरमार्फत आफ्नो सिस्टममा रहेको सुरक्षा कमजोरी खोज्ने काम गराउन सक्छन् ।

    हाल बग फेला पारेको अवस्थामा सम्बन्धित कम्पनी तथा प्लेटफर्मसँग सञ्चार गर्ने उपयुक्त माध्यम नहुँदा डेटा ब्रिच तथा लिकका घटना भइरहेको उल्लेख गर्दै लाम्गादेले बगभी त्यसको समाधानमा समेत सहयोगी बन्ने आशा व्यक्त गरे ।

    सेवाग्राही कम्पनी तथा संघ संस्थाहरुले बगभीमा सूचीकृत हुन निश्चित शुल्क तिर्नुपर्ने हुन्छ भने बग फेला पारेवापत एथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्तालाई आफूले निर्धारण गरेको बगको मूल्य समेत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    तर साइबर सुरक्षा अनुसन्धानकर्ताहरू भने विश्वभरबाट नि:शुल्क रुपमा बगभी प्लेटफर्ममा जोडिन सक्ने बताइएको छ ।