Tag: फोटो पत्रकार

  • अफगानिस्तानमा मारिएका फोटो पत्रकारको स्मृतिमा दीप प्रज्वलन

    अफगानिस्तानमा मारिएका फोटो पत्रकारको स्मृतिमा दीप प्रज्वलन

    काठमाडौं । अफगानिस्तानको कान्दाहार क्षेत्रमा मारिएका भारतीय फोटोपत्रकार दानिश सिद्धिकीको सम्झनामा नेपाली फोटो पत्रकारले दीप बालेका छन् ।

    पुलित्जर पुरस्कार विजेता सिद्धिकीको साउन १ मा तालिवान विद्रोही र सुरक्षाकर्मीको भीडन्तमा मृत्यु भएको थियो । उनी समाचार एजेन्सी रोयटर्समा कार्यरत थिए ।

    सिद्धिकीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीजे क्लबको आयोजनामा स्वयम्भू क्षेत्रमा फोटो पत्रकारहरूले दीप प्रज्वलन गरेका हुन् ।