Tag: फूलपाती

  • फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    फूलपातीको साँझ मैतीदेवी मन्दिरको रमझम (तस्बिरहरू)

    काठमाडौँ । नवरात्रको सातौँ दिन आज फूलपाती । आज हर्ष उल्लासका साथ सबैले आफ्नो घर-घरमा फूलापती भित्र्याएका छन् । फूलपातीको अवसरमा सदा झैं गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा पनि विधिपूर्वक भित्र्याइएको छ ।

    नवरात्रको नौ दिन हरेक देवीको मन्दिरमा बिहान र साँझ विशेष पूजाअर्चना हुन्छ । विभिन्न मनोकामना पूरा गर्न देशैभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    सोहीक्रममा आज साँझ मैतीदेवी मन्दिरमा देखिएको मनोरम दृष्य र भक्तजनको जमघटका केही तस्बिरहरू

  • टुँडिखेलमा फूलपाती बढाइँ: राष्ट्रपति सरिक हुने

    टुँडिखेलमा फूलपाती बढाइँ: राष्ट्रपति सरिक हुने

    काठमाडौं । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन्।

    सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुुनेछ ।

    कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।