Tag: फुटबल

  • ‘१३ वर्षदेखिको सपना पूरा भयो, नेपालका लागि केही गर्छु भन्ने छ’

    ‘१३ वर्षदेखिको सपना पूरा भयो, नेपालका लागि केही गर्छु भन्ने छ’

    काठमाडौं । इटलीबाट ए डिभिजन लिग खेल्न काठमाडौं आएका विकास मेराग्लीयाले नेपाल आउने १३ वर्षदेखिको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन् । नेपालमा फुटबल खेल्नका लागि आफू उत्साहित रहेको उनले प्रतिक्रिया दिए ।

    नेपाल प्रेससँग कुरा गर्दै विकासले भने, ‘फ्लाइट थकानपूर्ण भयो । यति लामो होला जस्तो लागको थिएन । अहिले चाहिँ स्वतन्त्र भएको महसुस गरेको छु ।’

    नेपालको राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो भने तयार हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यस्तो अवसर आयो भने खुशी हुनेछु । यहीँ बसेर यो गर्छु, त्यो गर्छु भन्ने सोचेको छैन । केही निर्णय लिएको छैन । यहाँको वातावरण हेरेर निर्णय गर्नेछु ।’

    आफू बसिरहेको देश इटाली मनपर्ने भए पनि मुटुमा नेपालका लागि केही गर्नुपर्छ भन्ने भाव आइरहेको उनले बताए । ‘१३ वर्षअघि मुटुमा नेपाललाई लिएर इटली गएको थिएँ । त्यहाँ पुगेदेखि नै कसरी नेपाल फर्किन सक्छु भन्ने सोचिरहन्थेँ,’ उनले भने ।

    अहिले नेपाली फुटबल आफूले हेर्ने गरेको विकासले बताए ।

    उनले भने, ‘पहिले नेपाली फुटबल कसरी हेर्ने भन्ने थाहा थिएन । तर अहिले हेरिरहेको छु । खुसी लागेको छ ।’ उनले आफू फुटबल खेल्नकै लागि अहिले नेपाल आएको स्पष्ट पारे ।

    ‘त्यो बाहेक मेरो अर्को उद्देश्य पनि छ, त्यो अहिले म खुलाउन सक्दिन । उचित समयमा खुलाउने छु,’ उनले भने ।

  • सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

    सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

    सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गतेदेखि सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौवटै स्थानीय तहको टोलीको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कर्णालीमा फुटबल संस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले बताए ।

    ‘सुर्खेत जिल्लाका खेलाडिलाई पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वी गर्न मिनि गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागेका हौं,’ उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि खेलकुदबाट सहयोग गर्न लागेका हौं ।’

    कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले जानकारी दिए ।

    टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने/बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । सोही व्यहोरासहितको पत्र सबै स्थानीय तहमा पठाइएको पत्रकार सम्मेलनमा शाहीले बताए ।

    प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको दुई वडा, नपरपालिका, कर्णाली खेलकुद परिषद, जिल्ला फुटबल र खेलकुद विकास समिति तथा सामाजिक विकास मन्त्रालयले सहयोगको आश्वासन दिएका छन् ।

    वीरेन्द्रनगर रंगशालामा आयोजना हुने प्रतियोगिता हेर्न आउने दर्शकका लागि पनि टिकटको व्यवस्था गरिएको छ । टिकट शुल्क २० रुपैयाँ निर्धारण गरिएको छ ।

  • नेपाललाई इतिहास रच्ने मौका, ‘गर या मर’ को अवस्थामा भारत

    नेपाललाई इतिहास रच्ने मौका, ‘गर या मर’ को अवस्थामा भारत

    काठमाडौं । फुटबलमा भन्ने गरिन्छ- जित र हारबीच एक प्रतिशतको मात्र ‘मार्जिन’ हुन्छ । त्यही ‘मार्जिन’ लाई नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शनिबार पत्रकार सम्मेलनमा ईंगित गर्न खोजे । तर, जित र हारबीचको त्यो ‘मार्जिन’ आज माल्दिभ्सको राजधानी मालेमा नेपालको पक्षमा रहन्छ कि भारतको ? त्यो भने राती स्थानीय समयअनुसार पौने १० बजेदेखि सुरू हुने खेलले प्रस्ट पार्नेछ ।

    अघिल्लो दुई खेलमा अंक बाँडेर आहत भएको सातपल्टको च्याम्पियन भारत साफ च्याम्पियनसीपअन्तर्गत ‘गर या मर’ को अवस्थामा नेपालसँग भिड्दै छ । दक्षिण एसियाका यी परम्परागत प्रतिद्वन्द्वी मालेको ८ हजार दर्शक अटाउने एक मात्र रंगशालामा १३ वर्षपछि पुनः भिड्दै छन् ।

    सन् २००८ मा मालेमा भएको साफ च्याम्पियनसीपको समूह चरणको खेलमा भाइचुङ भुटिया र सुनिल क्षेत्रीको गोलको सहयोगले भारत ०-४ गोलले विजयी भएको थियो । १३ वर्षपछि सुनिलकै नेतृत्वमा भारत आज नेपालसँग भिड्दैछ ।

    नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा अंक तालिकाको शीर्ष स्थानमा छ । भुटान र पाकिस्तान अनुपस्थित साफ च्याम्पियनसीपअन्तर्गत यसपालीको खेल ‘राउन्ड रोबिन’ को आधारमा भइरहेको छ भने शीर्ष दुई स्थान ओगट्ने टिमले फाइनल भिड्न पाउने छन् ।

    यस हिसाबले भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि भने साफ च्याम्पियनसीपको फाइनल पुगेर इतिहास रच्ने सुनौलो मौका छ । नेपाल हालसम्म साफ च्याम्पियनसीपको सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन । च्याम्पियनसीपको इतिहासमा नेपालले एकपल्ट मात्र भारतलाई पराजित गरेको छ । सन् २०१३ काठमाडौंमा भएको प्रतियोगितामा अनिल गुरुङ र जुमानु राईको गोलमा नेपालले २-१ ले भारतलाई पराजित गरेको थियो । त्यसयता नेपाल ५ पल्ट भारतसँग पराजित भइसकेको छ ।

    यसअघि सन् २०१५ भारतमा भएको साफ च्याम्पियनसीपमा नेपाल १-४ ले पराजित भएको थियो । त्यतिबेला पनि सुनिल क्षेत्रीले गोल गरेका थिए । विमल घर्तीमगरले सुरूआतको ३ मिनेटमै गोलको अग्रता दिलाए पनि नेपालले यसलाई कायम राख्न सकेन र नतिजा भारतलाई सुम्पियो ।

    नेपाली टोलीको अहिलेको सकारात्मक पक्ष भनेको बलियो डिफेन्स हो । अनन्त तामाङ उत्कृष्ट लयमा देखिन्छन् । अग्रपंक्तिमा अञ्जन विष्टको प्रदर्शन प्रशंसनीय छ ।

    यसपालि नेपालले समूह चरणको अघिल्लो दुई खेलमा प्रभावशाली प्रदर्शन गरेको छ । मनिष डाँगीले ८६ औं मिनेटमा गरेको गोलको सहयोगले आयोजक माल्दिभ्सलाई नेपालले उसकै घरमा १-० ले पराजित गर्दै सुखद सुरूआत गरेको थियो । साफ च्याम्पियनसीपमा माल्दिभ्समाथि नेपालको त्यो पहिलो जित पनि थियो । यस्तै, श्रीलंकालाई पनि दोस्रो खेलमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानको गोलमा ३-२ ले पराजित गर्दै नेपालले दुई खेलबाट ६ अंक बटुलेको छ ।

    आजको खेलमा भारतलाई पराजित गरेको खण्डमा नेपालको फाइनल सुनिश्चित हुनेछ भने भारत लगभग प्रतियोगिताबाट बाहिरिने छ । भारत हाल अंक तालिकाको चौथो स्थानमा छ । उसले दुई खेलबाट २ अंक मात्र बटुलेको छ । नेपालपछि दोस्रो स्थानमा ४ अंकका साथ बंगलादेश छ भने तेस्रो स्थानमा ३ अंकका साथ माल्दिभ्स छ ।

    सुनिल क्षेत्रीको गोलमा बंगलादेशसँग अग्रता बनाएको अवस्थामा अंक बाँड्न भारत वाध्य भयो । दोस्रो हाफको ५४ औं मिनेटदेखि १० खेलाडीमा सीमित भएको बंगलादेशबाट उल्टै बराबरी गोल खानु भारतका लागि कुनै कल्पना बाहिरको कुरा थियो । बंगलादेशले रातो कार्डका कारण ५४ मिनेटमा विश्वनाथ घोषलाई गुमाएको थियो ।

    प्रतियोगितामा सबैभन्दा कमजोर आँकिएको श्रीलंकासँग पनि गोलरहित बराबरी खेल्नु भारतका लागि अर्को नमिठो नतिजा थियो । यसपालिकोे प्रतियोगितामा भारतीय टिम एकजुट भएर खेलेको देखिदैन । दक्षिण एसियाकै प्रभावशाली स्ट्राइकर मानिने सुनिल क्षेत्रीले आफ्नो स्तरअनुरुप प्रदर्शन गर्न सकेका छैनन् । केही समयअघि भारतीय टोलीमा सिनियर खेलाडी र क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाकबीच सम्बन्ध त्यति सुमधुर नभएको खबर बाहिरिएको थियो ।

    साफ च्याम्पियनसीपभन्दा अगाडि नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न काठमाडौं आउने क्रममा प्रशिक्षक इगोरले सुरुमा सुनिललाई टिममा राखेका थिएनन् । तर, पछि दबाबका बीच पुनः उनलाई टिममा स्थान दिइएको थियो । काठमाडौंमा भएको दुई मैत्रीपूर्ण खेलअन्तर्गत पहिलो खेल १-१ को बराबरी र दोस्रो खेल १-२ गोलले नेपाल पराजित भएको थियो ।

    यसपालिको साफ च्याम्पियनसीपअन्तर्गत दुवै खेलमा नेपालले गोलको अग्रता बनाएको थियो । नेपालका लागि यो अर्को सकारात्मक पक्ष हो । बंगलादेशविरूद्ध पहिलो गोलको अग्रता लिए पनि भारत बराबरीमा रोकिएको थियो । यसले भारतको डिफेन्सको पोल खोलेको छ ।

    पहिलो खेलमा नेपालले अञ्जन विष्टको गोलमा ३७ मिनेटमा अग्रता लिएको थियो । तर, सुनिलले १८ यार्डबाट हानेको सटिक प्रहारमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका अनिरुद्ध थापाले ६० मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । दोस्रो खेलमा फारुक चौधरी र सुनिल क्षेत्रीको गोलमा भारतले दोस्रो हाफमा दुई गोलको अग्रता लियो । नेपालका तेज तामाङले एक गोल फर्काए ।

    आज नेपालले दिनेश राजवंशीलाई डिफेन्समा पुनः उतार्ने सम्भावना बलियो छ । श्रीलंकाविरूद्धको खेलमा उनलाई विश्राम दिँदै नेपालले सुमन अर्याललाई उतारेको थियो । माल्दिभ्सविरूद्ध दिनेशले पहेँलो कार्ड पाएका कारण श्रीलंकाविरूद्धको दोस्रो खेलमा प्रशिक्षक अल्मुताइरीले कुनै जोखिम लिन नचाहेका हुन् । दिनेशको अनुपस्थितिमा अल्मुताइरीले मिडफिल्डबाट खेल्ने रोहित चन्दलाई पनि डिफेन्सको भूमिकामा तल झारेका थिए । आज रोहितलाई उनले कुन पोजेशनबाट खेलाउँछन्, त्यसले नेपाल आक्रामकरूपमा प्रस्तुत हुन्छ कि डिफेन्सिभ भन्ने निर्धारण हुनेछ ।

    भारतीय प्रशिक्षक इगोरले नेपाल ‘काउन्टर अट्याक’ मा प्रभावशाली देखिएको भन्दै शनिबारको पत्रकार सम्मेलनमा भारत ‘आक्रामक’ रूपमा प्रस्तुत हुने संकेत देखाइसकेका छन् ।

    नेपाली टोलीको अहिलेको सकारात्मक पक्ष भनेको बलियो डिफेन्स हो । अनन्त तामाङ उत्कृष्ट लयमा देखिन्छन् । अग्रपंक्तिमा अञ्जन विष्टको प्रदर्शन प्रशंसनीय छ ।

    मार्विन ह्यामिल्टन, अहमद वासेम राजेक र डिल्लन डि सिल्भाजस्ता तीन प्रभावशाली श्रीलंकन मिडफिल्डरलाई आफ्नो डिबक्सभित्र हल्लिन नदिएका नेपाली डिफेन्डरको ‘वाल’ तोड्न भारतले विशेष रणनीति बुन्ने पक्का छ । कप्तान तथा गोलकिपर किरण चेम्जोङको प्रदर्शन पनि नेपालका लागि उत्तिकै महत्वपूर्ण हुनेछ ।

    यसपालिको साफ च्याम्पियनसीपअन्तर्गत दुवै खेलमा नेपालले गोलको अग्रता बनाएको थियो । नेपालका लागि यो अर्को सकारात्मक पक्ष हो । बंगलादेशविरूद्ध पहिलो गोलको अग्रता लिए पनि भारत बराबरीमा रोकिएको थियो । यसले भारतको डिफेन्सको पोल खोलेको छ ।

    आजको खेलमा भारत सुरुदेखि नै गोलको खोजीमा निस्किने पक्का छ। किनभने नेपालसँगको बराबरी पनि भारतका लागि प्रतियोगिताबाट बाहिरिने कारण बन्न सक्छ । यसपछि भारतको अन्तिम खेल डिफेन्डिङ च्याम्पियन माल्दिभ्सविरूद्ध हो । नेपालले भने अन्तिम खेल बंगलादेशविरूद्ध अक्टोबर १३ मा खेल्नेछ ।

  • २२ वर्षको खडेरी चिर्दै श्रीलंकाविरुद्ध जित निकाल्ने ध्याउन्नमा नेपाल

    २२ वर्षको खडेरी चिर्दै श्रीलंकाविरुद्ध जित निकाल्ने ध्याउन्नमा नेपाल

    माले, माल्दिभ्स । सन् १९९७ काठमाडौंबाट साफ च्याम्पियनसीपको पहिलो संस्करण सुरु हुँदा आयोजक नेपालले श्रीलंकालाई कमजोर आँक्ने भूल गर्‍यो । लामो तयारी र स्टार खेलाडीले भरिपूर्ण नेपालले घरलु मैदानमा १-३ गोलको अप्रत्याशित हार व्यहोर्‍यो । सो खेलमा श्रीलंकन स्टार रोशन परेराले ह्याट्रिक गोल गरेका थिए ।

    साफ च्याम्पियनसीपअन्तर्गत नेपाल प्रतियोगिताको दोस्रो खेलमा आज श्रीलंकाविरूद्ध भिड्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने यस खेलमा २४ वर्षअगाडिको गल्ती दोहार्‍याएमा त्यो नेपालका लागि ठूलो भूल हुनेछ ।

    आयोजक माल्दिभ्सलाई पहिलो खेलमा १-० ले पराजित गरेपछि नेपाल यहाँ सबै टिमको नजरमा चढेको छ । भारतपछि प्रतियोगिताको सबैभन्दा बलियो मानिएको माल्दिभ्सलाई उसैको मैदानमा पराजित गर्दै शुक्रबार नेपालले साफ च्याम्पियनसीपमा ऐतिहासिक प्रदर्शन गरेको थियो । यसअघि नेपालले साफ च्याम्पियनसीपको कुनै खेलमा माल्दिभ्सलाई हराउन सकेको थिएन ।

    श्रीलंकाली टिममा मार्विन र डि सिल्भाको रूपमा लामो र सशक्त प्रहार गर्नसक्ने दुई महारथ उपस्थित छन् । यसैले आजको खेलमा श्रीलंकन खेलाडीलाई बल खेल्न ज्यादा स्पेस दिनु भनेको नेपालका लागि आत्मघात हुन सक्छ ।

    विगतमा नेपाल बलियो प्रतिस्पर्धीलाई ढालेको अवस्थामा पनि कमजोर आँकिएको टोलीसँग पराजित बन्दै आएको नमिठो इतिहास छ । यो ट्रेन्डलाई उल्टाउन नेपालले आज श्रीलंकासँग संयमित भएर खेल्नुबाहेक अर्को विकल्प छैन ।

    मालेमा नेपालका लागि दुईवटा अनुकूलता देखिएका छन् । पहिलो- नेपालका तीनवटा खेल राति परेका छन् । समुन्द्री सतहभन्दा २ फिटमाथि रहेको माल्दिभ्समा राति चिसो तटीय हावा चल्ने गरेको छ । जुन नेपाली टोलीका लागि बरदान बन्न सक्छ । माल्दिभ्सविरूद्ध राति ९ बजेर ४५ मिनेटमा खेलेको नेपाल आज पनि सोही समयमा मैदानमा उत्रिँदै छ ।

    नेपालका लागि दोस्रो अनुकूलता भनेको समर्थकहरू हुन् । मालेमा विदेशी टोलीका लागि समर्थकको बलियो उपस्थिति बंगलादेशपछि नेपाललाई छ । माल्दिभ्सविरूद्ध पहिलो खेलमा नेपाली टोलीको हौसला बढाउन गर्न हजारभन्दा बढी नेपाली समर्थक टिकट काटेर मैदान प्रवेश गरेका थिए । आज श्रीलंकाविरूद्ध खेल भएका कारण माल्दिभ्सका समर्थक पनि नेपालको पक्षमा देखिने निश्चित छ ।

    माल्दिभ्समा नेपाली समुदायको बेग्लै सम्मान छ । समुन्द्री तटलाई पुरेर बस्नलायक बनाउने इन्जिनियरदेखि चिकित्सकहरूसम्म ठूलो संख्यामा नेपालीहरू छन् । माल्दिभ्समा १२ हजार नेपाली रहेको अनुमान गरिन्छ ।

    साफ च्याम्पियनसीपमा श्रीलंकाविरूद्ध ६ वर्षपछि नेपाल भिड्दै छ । सन् २०१५ मा भारतमा आयोजना भएको साफ च्याम्पियनसीपमा नेपाल र श्रीलंका पछिल्लोपटक भिडेको थिए । जसमा नेपाल ०-१ गोलले पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा राखेको नेपाल अतिरिक्त समयमा पराजित बन्न पुगेको थियो ।

    श्रीलंका नेपालका लागि साफ च्याम्पियनसीपको पुरानो प्रतिद्वन्द्वी हो । सन् १९९७ मा नेपालबाट सुरु भएको साफ च्याम्पियनसीपभन्दा अगाडि दुईवटा संस्करण साफ गोल्ड कपको नामले पाकिस्तान र श्रीलंकामा आयोजना भएका थिए । सन् १९९३ मा इस्लामावादमा भएको पहिलो साफ गोल्ड कपमा श्रीलंकाले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

    श्रीलंकाले उपाधि जितेको दोस्रो साफ गोल्ड कपमा सेमिफाइनलमा नेपाल १-२ गोलले पराजित बन्न पुगेको थियो । त्यतिबेला नेपालविरूद्ध पहिलो गोल मोहम्मद अमानुल्लाह र रोशन परेराले गरेका थिए । अमानुल्लाहले घरेलु टोलीलाई दिलाएको अग्रता रोक्न नेपालका पूर्वकप्तान दीपक अमात्यले गोल फर्काएका थिए । तर, परेराले अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई स्तब्ध तुल्याए ।

    साफ च्याम्पियनसीपमा श्रीलंकाविरूद्ध ६ वर्षपछि नेपाल भिड्दै छ । सन् २०१५ मा भारतमा आयोजना भएको साफ च्याम्पियनसीपमा नेपाल र श्रीलंका पछिल्लोपटक भिडेको थिए । जसमा नेपाल ०-१ गोलले पराजित भएको थियो । निर्धारित ९० मिनेटको खेल बराबरीमा राखेको नेपाल अतिरिक्त समयमा पराजित बन्न पुगेको थियो ।

    काठमाडौंमा २-३ गोलले पराजित खेलमा श्रीलंकाविरूद्ध गोल गरेका दीपक अमात्य भन्छन्, ‘उनीहरू तीव्र गतिमा खेल्छन् । अहिले उनीहरू फिफा र्‍याङ्किङमा खस्किएको देखिए पनि कमजोर आँक्ने गल्ती हामीले गर्नु हुँदैन ।’

    साफ च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई एकपल्ट मात्र जितेको छ । त्यो सन् १९९९ भारतको गोवामा आयोजना भएको च्याम्पियनसीपमा हो । दुई वर्षअघि काठमाडौंमा रोशन परेराले नेपालविरूद्ध गरेको ‘ह्याट्रिक’ गोलको बदला लिँदै नरेश जोशीले श्रीलंकाविरूद्ध ‘ह्याट्रिक’गरेका थिए । उनले ४, ४१ र ८१ मिनेटमा गोल गर्दै नेपाललाई ३-२ गोलको जित दिलाएका थिए । साफ च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई पराजित गर्न नसकेको २२ वर्ष बितिसकेको छ ।

    च्याम्पियनसीपका ‘ह्याट्रिक ब्वाई’ नरेश जोशी विगतको खेलको अनुभवको आधारमा श्रीलंकालाई कमजोर नआँक्न नेपाली खेलाडीलाई सुझाव दिन्छन् । ‘उनीहरूको खेल शैली राम्रो छ । ड्रिब्लिङ पनि राम्रै छ । त्यसमा पनि स्पिड खेल्छन् । त्यसैले सावधानी भएर खेल्नु राम्रो हुनेछ,’ उनी भन्छन् ।

    नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि फिफा वरियताको आधारमा श्रीलंकालाई कमजोर आँक्नु मुर्खता हुने बताउँछन् । उनले आइतबार ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा बताइसकेका छन्, ‘हरेक खेल हाम्रो लागि महत्वपूर्ण छ । माल्दिभ्सविरूद्धको जितलाई बिर्सिएर हामीले श्रीलंकासँग नयाँ सुरूआत गर्नुपर्छ ।’

    बंगलादेशविरूद्धको पहिलो खेल ०-१ ले गुमाएको श्रीलंका अंक तालिकामा तल परे पनि उसले बलियो खेल प्रदर्शन गरेको थियो । दोस्रो हाफको ५५ मिनेटमा डिफेन्डर योगेन्द्र डक्सन पुस्लासले डिबक्सभित्र रातो कार्ड पाएपछि बंगलादेशलाई पेनाल्टीको अवसर जुरेको थियो, जसलाई तोपु बर्मनले गोलमा परिणत गरे । दोस्रो हाफमा श्रीलंका १० खेलाडीमा सीमित भए पनि उसले आफ्नो आक्रमणको धार कम गरेन । ४० मिनेट १० खेलाडीले बंगलादेशलाई आच्छुआच्छु पारेका थिए ।

    पुस्लास श्रीलंकाली टिमका स्टार डिफेन्डर हुन् । नेपाली गोलकिपर किरण चेम्जोङआबद्ध माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका पुस्कासको अनुपस्थिति नेपालका लागि आज फाइदाको विषय हुनसक्छ ।

    श्रीलंकाको कुरा गर्दा, यो टिममा दुई स्टार खेलाडी छन् । बेलायतमा बसेर व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर मार्विन ह्यामिल्टन आजको खेलमा नेपालको सबैभन्दा ठूलो टाउको दु:खाइ बन्ने सम्भावना छ । आमा श्रीलंकाली भएका कारण उनी सन् २०१७ मा पहिलोपल्ट श्रीलंकाली फुटबल संघसँग आबद्ध हुन पुगेका थिए ।

    विपक्षी खेलाडीलाई छेकेर खेल्ने उनको कला नेपाली डिफेन्डरका लागि आज महंगो पर्न सक्छ । यस्तै, इंग्ल्याण्डको क्विन्स पार्क रेञ्जर्सको युथ-२३ टिमका विङ्गर डिल्लन सेनान डिसिल्भालाई पनि यसै वर्ष विश्वकप छनोटको खेल खेल्न श्रीलंकाले आफ्नो टिममा बोलाएको थियो । तीब्र गतिमा बल दौडाउन माहिर मानिने उनी पनि नेपाली डिफेन्डरका लागि चुनौती बन्न सक्छन् ।

    नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि फिफा वरियताको आधारमा श्रीलंकालाई कमजोर आँक्नु मुर्खता हुने बताउँछन् । उनले आइतबार ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा बताइसकेका छन्, ‘हरेक खेल हाम्रो लागि महत्वपूर्ण छ । माल्दिभ्सविरूद्धको जितलाई बिर्सिएर हामीले श्रीलंकासँग नयाँ सुरूआत गर्नुपर्छ ।’

    नेपालले आजको खेलमा पनि ‘काउन्टर अट्याक’ लाई आफ्नो हतियार बनाउने सम्भावना प्रबल छ । श्रीलंकालाई प्रतियोगितामा टिकिरहन आज जसरी पनि नेपाललाई हराउने चुनौती छ । जसका कारण उसले खेलको सुरूआत नै आक्रामकरूपमा गर्ने सम्भावनालाई नकार्न सकिन्न ।

    २० वर्षअघि बोस्निया हर्ज गोभिनाको युथ-१९ टिम सम्हालिसकेका श्रीलंकाली प्रशिक्षक आमिर अलाजिक आक्रामक फुटबल खेलाउन माहिर छन् । गत वर्ष श्रीलंकाले उनलाई प्रशिक्षक नियुक्त गरेपछि टिममा थुप्रै सुधार देखिन्छ । यद्यपि श्रीलंकाले सोचेजस्तो सफलता पाउन भने अझै सकेको छैन ।

    माल्दिभ्सविरूद्धको खेलमा नेपाली डिफेन्डरको सशक्त ‘वाल’ देखेका अलाजिकले आज लामो ‘क्रस पास’ र ‘हाइ-बल’ खेलाउने सम्भावना प्रबल छ । नेपाली खेलाडी अहिले ‘बल-प्रोसेसिङ’ मा अन्य टिमभन्दा बलिया देखिन्छन् । काठमाडौंमा नेपालसँग भएको मैत्रीपूर्ण खेलमा भारतीय कप्तान सुनिल क्षेत्रीले डिबक्स बाहिरबाट गोल-पोस्टको फ्रेममा गरेको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले राम्ररी क्लीएर गर्न सकेका थिएनन्, जुन अन्ततः गोलमा परिणत भएका थियो । उक्त खेललाई राम्रोसँग अध्ययन गरेका अलाजिकले त्यही रणनीति अपनाए अन्यथा नमान्दा हुन्छ ।

    मालेमा नेपालका लागि दुईवटा अनुकूलता देखिएका छन् । पहिलो- नेपालका तीनवटा खेल राति परेका छन् । समुन्द्री सतहभन्दा २ फिटमाथि रहेको माल्दिभ्समा राति चिसो तटीय हावा चल्ने गरेको छ । जुन नेपाली टोलीका लागि बरदान बन्न सक्छ । माल्दिभ्सविरूद्ध राति ९ बजेर ४५ मिनेटमा खेलेको नेपाल आज पनि सोही समयमा मैदानमा उत्रिँदै छ । नेपालका लागि दोस्रो अनुकूलता भनेको समर्थकहरू हुन् ।

    श्रीलंकाली टिममा मार्विन र डि सिल्भाको रूपमा लामो र सशक्त प्रहार गर्नसक्ने दुई महारथी उपस्थित छन् । यसैले आजको खेलमा श्रीलंकन खेलाडीलाई बल खेल्न ज्यादा स्पेश दिनु भनेको नेपालका लागि आत्मघात हुन सक्छ ।

    नेपालले आजको खेल जित्नु भनेको लगभग फाइनलको यात्रा तय गर्नु हो । त्यसैले आजको खेल नेपालका लागि इचिहास रच्ने अवसरका रूपमा रहेको छ । नेपाल साफ च्याम्पियनसीपमा आजसम्म फाइनल पुगेको छैन ।

  • नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणले कीर्तिमान बनाउँदै

    नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणले कीर्तिमान बनाउँदै

    काठमाडौं । नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । विहीबारको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेका यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा आज साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

    सरकारले रंगशालाको पूर्ण क्षमताको एक तिहाई दर्शक राख्न अनुमति दिएसँगै विहीबार पनि ५ हजार दर्शकले प्रवेश पाएका थिए । आजको खेलमा पनि एन्फाले ५ हजार १ सय टिकट विक्री गर्ने बताएको छ । भीआईपी प्यारापिटका लागि २ हजार र साधारण प्यारापिटमा १ हजार टिकटशुल्क तोकिएको छ ।

    विहीबार अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा रोकिनुपरेको थियो । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुआतमै अनिरुद्र थापाको गोलमार्फत भारतले बराबरी गरेको थियो ।

    आइतबारको खेल नेपाली कप्तान किरण चेम्जोङका लागि ऐतिहासिक हुनेछ । उनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बनाउनेछन् । यसअघि यो कीर्तिमान पूर्व कप्तान विराज महर्जनको नाममा थियो ।

    विहीबारको खेलमा ७३ औं क्याप जितेर किरणले विराजको कीर्तिमान बराबर गरेका थिए । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप अन्तर्गत लाओसविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

    नेपाल र भारत निकै चिरप्रतिद्धन्द्धीका रुपमा रहेका छन् । नेपालले दक्षिण एशियाली स्तरमा भारतलाई मुख्य प्रतिद्धन्द्धीका रुपमा लिँदै आएको छ । अहिलेसम्म यी दुई टिम २० पटक खेलेका छन् । नेपालले एक खेलमात्र जितेको छ भने ६ खेल बराबरी गरेको छ । बाँकी खेल भारतको पोल्टामा गएको छ ।

    यो मैत्रीपूर्ण खेलपछि नेपाली टिम थप तयारीका लागि कतार जानेछ । जहाँ नेपालले दुई साता भन्दा बढीको समय विताएर साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।

    अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेको छैन ।

  • नेपाल-भारत मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति, कोरोना भ्याक्सिन वा पीसीआर रिपोर्ट अनिवार्य

    नेपाल-भारत मैत्रीपूर्ण खेलमा दर्शकलाई अनुमति, कोरोना भ्याक्सिन वा पीसीआर रिपोर्ट अनिवार्य

    काठमाडौं । भोलि (बिहीबार) र आइतबार दशरथ रंगशालामा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकका लागि अनुमति दिइने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।

    दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुुपर्ने एन्फा अध्यक्ष शेर्पाले बताए ।

    प्रवेशका लागि पीसीआर परीक्षण नेगेटिभको रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनु पर्नेछ ।

  • मच्छिन्द्रसँग रन्जित धिमालको सम्झौता नवीकरण

    मच्छिन्द्रसँग रन्जित धिमालको सम्झौता नवीकरण

    काठमाडौं । डिफेन्डर रन्जित धिमालले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । शहीद स्मारक ए डिभिजन लिगको तयारीमा रहेको मच्छिन्द्रले २०२१/२२ का लागि रन्जितसँग सम्झौता गरेको हो ।

    राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका रन्जित अहिले बन्द प्रशिक्षणमा छैनन् । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले रन्जितलाई ३८ जनाको टोलीमा समेटे पनि २८ जना घोषणा गर्दा उनलाई बाहिर राखेका थिए । थ्री स्टार, एपीएफ तथा एनआरटीबाट खेलिसकेका ३० वर्षीय रन्जित गत संस्करणमा मच्छिन्द्र लिग च्याम्पियन बन्दा महत्त्वपूर्ण सदस्य थिए ।

    उनले गत वैशाखमा भएको नेपालकै पहिलो फुटलब फ्रेन्चाइज- नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबको कप्तानीसमेत गरेका थिए ।

    ए डिभिजन लिग आगामी कार्तिक २९ गतेदेखि सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को तयारी छ ।

  • नेपाल र भारतबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल म्याच हुने

    नेपाल र भारतबीच दशरथ रंगशालामा दुई मैत्रीपूर्ण फुटबल म्याच हुने

    काठमाडौं । नेपाल र भारतको राष्ट्रिय फुटबल टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।  भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा म्याच तय गरिएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बीचको सहमतिमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । दुवै टोली आउदै गरेको साफ च्यापियनसिपको तयारी गरिरहेका छन् ।

    यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

    अहिलेसम्म नेपाल-भारत टिम १९ खेलमा आमने-सामने भएका छन् । त्यसमध्ये भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक जितेको छ । नेपालले अन्तिमपटक काठमाडौंमा भएको २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २-१ गोलले पराजित गरेको थियो ।

  • ओलम्पिक फुटबलमा सर्वाधिक गोलकर्ता को हुन् ? सूचीमा टेभेजदेखि नेइमारसम्म

    ओलम्पिक फुटबलमा सर्वाधिक गोलकर्ता को हुन् ? सूचीमा टेभेजदेखि नेइमारसम्म

    काठमाडौं । सन् १९९२ देखि ओलम्पिक गेम्समा यु-२३ फुटबल टोलीले खेल्न थालेको हो । जुनसुकै टोलीमा पनि बढीमा तीन जना खेलाडी मात्रै २३ वर्षभन्दा माथिका समावेश गर्न पाइने नियम छ ।

    ओलम्पिक फुटबलको इतिहासका सर्वाधिक सफल टोली- हंगेरी र संयुक्त अधिराज्य हुन् । ओलम्पिकको पुरुष फुटबलतर्फ दुवै देशले तीन/तीन पटक स्वर्ण जितेका छन् । हंगेरीले दुई रजत र एक कास्यसमेत जितेको छ ।

    विश्व फुटबलको ‘ट्र्याडिसनल जायन्ट’ अर्जेन्टिनाले पनि दुई पटक स्वर्ण पदक जितेको छ । अर्जेन्टिनाको चरम प्रतिद्वन्दी तथा पाँच पटकको विश्वकप विजेता ब्राजिलले एक पटक मात्र (२०१६)मा स्वर्ण पदक जितेको छ ।

    डेनमार्कका सोफुस नेलसन र हंगेरीका अन्तल दुनाई ओलम्पिकमा पुरुष फुटबलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । यी दुवै खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्दै ओलम्पिकमा १३/१३ गोल गरेका छन् ।

    अर्जेन्टिनाका कार्लोस टेभेज र ब्राजिलका बेबेटोले समान ८ गोल गरेका छन् । यस्तै, दक्षिण अमेरिकी सुपर पावर- ब्राजिलकै नेइमार र रोमारियोले ७/७ गोल गरेका छन् ।

    ओलम्पिकको इतिहासकै सबैभन्दा छिटो गोल भने नेइमारको नाममा छ । २०१६ मा घरेलु मैदानमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जित्दा नेइमारले होन्डुरसविरुद्ध १६ सेकेन्डमै गोल गरेका थिए ।

    १६ सेकेन्डमै नेइमारको कीर्तिमानी गोलसँगै अग्रता लिएको ब्राजिलले त्यो खेलमा ६-० को सहज जित निकालेको थियो ।

    ओलम्पिकमा पुरुष फुटबलतर्फ सर्वाधिक गोलकर्ताको सूची यस्तो छ:

    पोजिसन खेलाडी देश गोल संस्करण
    सोफुस नेलसन डेनमार्क १३ १९०८, १९१२
    अन्तल दुनाई हंगेरी १३ १९६८, १९७२
    फेरेन्च बेने हंगेरी १२ १९६४
    डोमिङ्गो तारास्कोनी अर्जेन्टिना ११ १९२८
    पेड्रो पेट्रोन उरुग्वे ११ १९२४, १९२८
    गोटफ्रिड फुच्स जर्मनी १० १९१२
    काजिमिरेज डेना पोल्यान्ड १० १९७२, १९७६
    हारोल्ड वाल्डेन ग्रेट ब्रिटेन १९१२
    भिल्हेल्म वोल्फागेन डेनमार्क १९०८, १९१२
    १० यान भोस नेदरल्यान्ड्स १९१२
    १० कार्लोस टेभेज अर्जेन्टिना २००४
    १० हराल्ड नेलसन डेनमार्क १९६०
    १० इब्राहिम रियाद इजिप्ट १९६४
    १४ हेक्टर स्कारोन उरुग्वे १९२४, १९२८
    १४ बेबेटो ब्राजिल १९८८, १९९६
    १६ जोन हान्सेन डेनमार्क १९४८
    १६ एन्थोन ओल्सेन डेनमार्क १९१२
    १६ गुनार नोर्दल स्वीडेन १८४८
    १६ एनिबेल फ्रोसी इटाली १९३६
    १६ हबर्ट काल्सेन स्वीडेन १९२०
    १६ ब्रान्को जेबेक युगोस्लाभिया १९५२
    १६ मिलन गालिच युगोस्लाभिया १९६०
    १६ कुनिसिङ्गे कामामोटो जापान १९६८
    १६ आान्द्रेज जुस्कोवाक पोल्यान्ड १९९२
    १६ रोमारियो ब्राजिल १९८८
    १६ नेइमार ब्राजिल २०१२, २०१६

     

  • टोकियो ओलम्पिक: साउदी अरबमाथि ब्राजिलको सहज जित

    टोकियो ओलम्पिक: साउदी अरबमाथि ब्राजिलको सहज जित

    काठमाडौं । दुई पटकको स्वर्ण पदक विजेता ब्राजिलले ओलम्पिकमा पुरुष फुटबलमा साउदी अरबलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ ।

    समूह डीअन्तर्गत बुधबार भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले दुई तथा म्याथ्युज कुन्हाले एक गोल गरे ।

    टोकियोस्थित साइतामा स्टेडियममा भएको खेलको १४औं मिनेटमा कुन्हाको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । अब्दुलाह अल अमरीले २७औं मिनेटमा गरेको गोलसँगै बराबरीमा फर्किएको साउदी अरबले दोस्रो हाफमा थप दुई गोल खायो ।

    रिचार्लिसनले ७६औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै ब्राजिललाई पुन: अग्रता दिलाएका थिए ।

    जित नजिक पुगिसकेको ब्राजिलका लागि इन्जुरी समयमा रिचार्लिसनले थप एक गोल गर्दै ३-१ को सहज नतिजा सुनिश्चित गरे ।

  • ए डिभिजन लिगबारे मेरो प्रस्ताव

    ए डिभिजन लिगबारे मेरो प्रस्ताव

    अमृत आचार्य । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि नेपाली फुटबल र समर्थकका लागि सुखद् खबर दियो । एन्फाको त्यो खबर कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४४औं संस्करण आगामी असोज ३ गतेबाट गर्ने भन्ने थियो ।

    आगमी लिगमा गत सिजनका १३ र दोस्रो डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लब गरी १४ टोलीले प्रतिस्पर्धा हुने सम्भावना छ । एन्फाको तयारी अनुसार ४४औं संस्करणको लिग कम्तिमा ६ महिना लामो हुनेछ । आगामी लिगका लागि साउन १५ गतेबाट खेलाडी दर्ता हुनेछन्, र त्यसका लागि क्लबहरूले पनि विभिन्न खेलाडी भित्र्याउन र तयारी सुरु गर्न आक्रमक शैलीले अगाडि बढेका छन् ।

    यसअघि ४३औं संस्करणको ’ए’ डिभिजन लिग २०७६ सालमा भएको थियो । त्यो संस्करणमा मच्छिन्द्र फुटबल क्लबले पहिलो पटक लिग जितेको थियो । तर, कोरोना महामारीका कारण ४४औं संस्करण दुई वर्षपछि हुन् लागेको हो ।

    पछिल्लो समय यदि कुनै संघ खेलाडी र खेल केन्द्रित छ भने त्यो एन्फा हो, अन्य खेल संघको तुलनामा । तर, एन्फाको पनि कार्ययोजना पर्याप्त चाहिँ पक्कै छैन ।

    एन्फासँग आगामी १० वर्षे  फुटबल  रणनीति छैन । आगामी दशकपछि नेपाली फुटबल कुन स्तरमा पुग्ने यकिन पनि छैन । राष्ट्रिय फुटबल टोलीको कुरा गर्ने हो भने १० वर्षपछिको नेपाली फुटबल कहाँ हुन्छ भनेर अनुमान लगाउनसमेत कठिन छ ।

    एन्फा एकेडमीका युथ खेलाडीलाई एसियाली स्तरमा प्रतिस्पर्धा गर्ने सक्ने बनाउन एन्फाको चासो छैन । ती प्रशिक्षार्थी खेलाडीमध्ये २५ कम्तिमा खेलाडीलाई युरोप-एसियाका उत्कृष्ट फुटबल एकेडेमीमा प्रशिक्षणको व्यवस्था एन्फाले गर्न नसक्ने पक्कै होइन । अझै पनि त्यसका लागि पहल गर्ने हो भने त्यसले नेपाली फुटबलको स्तरवृद्धिमा पक्कै सहयोग पुर्‍याउँछ । खेलाडी उत्पादन र खेलाडीलाई तिखार्न लिग नियमित हुनुपर्छ ।

    भर्खरै नेपाल को पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) सफलतापूर्वक सम्पन्न भयो । राम्रो ‘भिवरसिप’सहित एनएसएललाई नेपाली फुटबल समर्थकले पनि सकारात्मक प्रतिक्रिया दिए । त्यसको एक प्रमुख कारण रह्यो, विकेन्द्रिकृत क्लबहरू ।

    नेपालका विभिन्न ठूला शहर र ६ प्रदेशलाई समेट्दै क्लब निर्माण गर्नु एनएसलले पाएको सकारात्मक फिडब्याकको आधार स्तम्भ रह्यो ।

    विकेन्द्रिकृत टिम किन बनाउने ?

    आधुनिक फुटबलको मेरुदण्ड नै लिग हो । लिगलाई प्रभावकारी बनाउनसके राष्ट्रिय टिम बलियो त हुन्छ नै, नेपाली क्लब फुटबल पनि व्यावसायिकतातर्फ अगाडि बढ्ने निश्चित छ ।

    क्लब फुटबलको लागि सबैभन्दा ठूलो कुरा समर्थक हुन् । जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो हुन्छ ।

    ए डिभिजन लिगमा सबैभन्दा ठूलो समस्या समर्थकको कमी हो । नेपाली लिग फुटबलमा पनि समर्थक छन् । तर, सोचे अनरुपमा नहुनको एक मात्रै कारण हो, काठमाडौं केन्द्रीत लिग ।

    उपत्याकालाई नै समेटर निर्माण भएका क्लबले लिग खेल्छन् । तर, अर्को पाटो हेर्ने हो भने जुन समयमा क्लब निर्माण भए, त्यो समय काठमाडौं बाहिर फुटबल गतिविधि शून्य झैँ थिए ।

    तर, अहिले समय परिवर्तन भएको छ । अब यीनै काठमाडौं बेस्ड क्लबहरूमा मात्र लिग सीमित गरिरहनु हुँदैन । उपत्यकाबाहिरका टोलीलाई पनि लिगमा उपस्थित गराएर ठूलो संख्यामा देशभर छरिएका समर्थकलाई ए डिभिजन लिगमा आकर्षित गर्नुपर्छ ।

    क्लब सधैं चन्दाबाट चल्न सम्भव छैन, समर्थक र प्रायोजकलाई सक्रिय रूपमा फुटबलमा आकर्षित गरेर मात्रै क्लबलाई व्यावसायिक बनाउनसके मात्रै फुटबललाई व्यावसायिक बनाउन सम्भव हुन्छ । यसका लागि ए डिभिजन क्लबलाई काठमाडौं बाहिर लैजानु र त्यहाँका समर्थकलाई पनि फुटबलको स्ट्रेन्थका रूपमा प्रयोग गर्नेबारे एन्फा र क्लबले सोच्नु पर्ने समय आएको छ ।

    क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट सेक्टरले क्लबलाई प्रायोजन गर्छन् । क्लबले समर्थक बढाउन तब मात्र सम्भब छ, जब ए डिभिजन लिग खेल्ने क्लबहरू काठमाडौंमा मात्र सीमित नभएर देशभरका समर्थकलाई पनि समेट्न सक्षम हुन्छन् ।

    काठमाडौं बाहिर पोखरा, विराटनगर, झापा लगायतमा स्थानमा लिग खेलाउन योग्य मैदान छन् । यसरी लिगलाई होम् एन्ड अवे फर्म्याटमा परिवर्तन गरेर काठमाडौं बाहिर गर्नसके टिकटबाट पनि प्रशस्त आम्दानी गर्ने सकिन्छ । टिकट र प्रायोजन नै क्लबको प्रमुख आम्दानीको स्रोत बनाउनसके पनि फुटबललाई व्यावसायिक बनाउने नयाँ आधारस्तभ्म खडा हुनेछ ।

    एन्फा, ए डिभिजन लिग कमिटी र क्लब प्रतिनिधिले बहस गर्ने र नेपाली लिगको प्रभावकारिताका लागि निर्णय लिने समय सुरु भइसकेको छ ।

  • ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    ३४ खेलमा अपराजित इटली विश्वकीर्तिमान नजिक

    काठमाडौं । रोबर्टो मान्चिनीको इटालीले फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ को नतिजामा पराजित गर्दै युरो २०२० को उपाधि जित्यो । आइतबार राति इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा बाजी मारेसँगै इटालीले ३४ खेलमा अपराजित यात्रा तय गरेको हो ।

    निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको सेमिफाइनलमा स्पेनलाई ४-२ को नतिजामा पराजित गर्दै इटालीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको इटालीले २-१ गोलको नतिजामा जित हासिल गरेको थियो ।

    इटालीले आफ्नो उपाधि यात्रामा १३ गोल गरेर ४ गोल मात्र खाएको थियो । इटाली अन्तिम पटक नेसन्स लिगअन्तर्गत २०१८ को सेप्टेम्बर १० मा पोर्चुगलसँग पराजित भएको थियो ।

    प्रशिक्षक भिट्टोरियो पोज्जो नेतृत्वको ‘अज्जुरी’ले सन् १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित यात्रा तय गरेको थियो । त्यो समयमा इटालीले दोस्रो विश्वकप (१९३८)को उपाधि र ओलम्पिक गोल्ड मेडल (१९३६) जितेको थियो ।

    अहिले मान्चिनी नेतृत्वको इटाली विश्व फुटबलको इतिहासकै सर्वाधिक लामो अपराजित यात्राको कीर्तिमान बनाउन नजिक पुगेको छ । अहिलेसम्म फुटबलको इतिहासमा ब्राजिल र स्पेनले समान ३५ खेलमा अपराजित यात्रा तय गरेर कीर्तिमान राखेका छन् ।

    अहिले इटाली मात्रै नभएर अल्जेरया पनि लामो अपराजित यात्रामा छ । अफ्रिक कप अफ नेसन्स विजेता अल्जेरिया २०१८ यताका २८ खेलमा अपराजित छ ।

    कुन राष्ट्रिय टोलीको छ सबैभन्दा लामो अपराजित यात्रा ?

    टिम खेलहरू समय
    ब्राजिल ३५ १९९३-१९९६
    स्पेन ३५ २००७-२००९
    इटाली ३४ २०१८-अहिलेसम्म
    अर्जेन्टिना ३१ १९९१-१९९३
    इटाली ३० १९३५-१९३९
    फ्रान्स ३० १९९४-१९९६
    अल्जेरिया २७ २०१८-अहिलेसम्म
    वेस्ट जर्मनी २३ १९७८-१९८१
    फ्रान्स २३ २०१०-२०१२
  • कोपा अमेरिकामा चम्किएका १० स्टार

    कोपा अमेरिकामा चम्किएका १० स्टार

    काठमाडौं । अन्य प्रतियोगिता जस्तै कोरोना भाइरसका कारण एक वर्षपछि धकेलिएको कोपा अमेरिका पनि केही खेलाडीका लागि विश्व फुटबलमा स्थापित हुने माध्यम बन्यो । अहिले पनि जेम्स रोडरिग्वेजले विश्वकप २०१४ मा गरेको अपत्यारिलो गोल सम्झिन्छन् । त्यही गोलले रोडरिग्वजलाई विश्व फुटबलमा चिनाएको थियो । उरुग्वेविरुद्ध कोलम्बियाबाट रोडरिग्वेजले गरेको त्यो गोलपछि उनले युरोपेली फुटबलको सर्वाधिक सफल क्लब– रियाल मड्रिडबाट खेल्ने अवसर प्राप्त गरेका थिए । त्यो गोल मात्रै नभएर उनले प्रतियोगिताभर गरेको प्रदर्शन नै उनलाई विश्व फुटबलमा चिनाउने माध्यम बनेको थियो ।

    कहिले काहीँ यस्ता क्षणले खेलाडीको करियरमा नयाँ अध्यायको सुरुआत गरिदिन्छन् । जसरी २०१४ विश्वकपले रोडरिग्वेजको करियरलाई नयाँ उचाइमा पुर्‍याएको थियो । त्यस्तै, अहिले ब्राजिलमा जारी कोपा अमेरिका २०२१ को सेमिफाइनलसम्मका खेलबाट विश्व फुटबलमा आफ्नो पहिचान बनाउन तत्पर देखिएका १० खेलाडीलाई यसरी सूचीकृत गर्नसकिन्छ ।

    १. निकोलस गोन्जालेज

    अर्जेन्टिनाका युवा खेलाडी गोन्जालेज अन्तर्राष्ट्रिय करियरको सुरुआत सोचेजस्तो भएन । इक्वेडरविरुद्धको खेलमा अर्जेन्टिनाबाट डेब्यू गरेका गोन्जालेले पहिलो खेलमै रातो कार्डको सामना गर्नुपरेको थियो । यद्यपि, उनको प्रदर्शनले पहिलो खेलमा खाएको रातो कार्डलाई छायाँमा पार्दै प्रशिक्षक लियोनेल स्कोलोनीको योजनामा आफूलाई स्थापित गर्न सफल भएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Nico Gonzalez (@nicoigonzalez)

    विङ्गबाट विपक्षीको रक्षापंक्तिमा प्रभुत्व जमाउन रमाउने यी फरवार्डले अर्जेन्टिनी आक्रमणमा नयाँ ताजापन थपेको थियो । उत्कृष्ट ड्रिबलिङ क्षमता भएका गोन्जालेज गोलका लागि पनि उत्तिकै भोकाएका देखिन्छन् । उनको बल पास गर्ने क्षमतामा त्यति निपूर्णता नदेखिए पनि क्रसिङ र फिनिसिङ भने प्रशंसनीय छ । इटालियन क्लब फियोरेन्टिनामा अनुबन्ध भइसकेका २३ वर्षीय गोन्जालेज सिरी एमा चम्किने लगभग निश्चित छ ।

    २. बेन ब्रेरिटोन

    उमेरले २२ वर्ष मात्रै पुगेका ब्रेरिटोन इङ्लिस फुटबलको दोस्रो डिभिजन– ईएफएलमा आफूलाई स्थापित गरिसकेको स्ट्राइकर हुन् । चिलीको राष्ट्रिय टोलीको जर्सी लगाएर मैदानमा उत्रिएसँगै ब्रेरिटोन एक स्टार खेलाडी बन्ने बाटोमा छन् भन्ने सहजै आंकलन गर्नसकिन्छ । ब्ल्याकबर्नका स्टार फरवार्ड राष्ट्रिय टोलीबाट १० खेल पनि खेलेका छैनन् । इङ्ल्यान्डका पूर्व फरवार्ड ब्रेरिटोनले गत वर्ष आफ्नो नागरिकता परिवर्तन गरेका चिलीबाट खेल्ने निर्णय लिएका थिए । उनले गत वर्ष नै चिली उर्फ ला रोजाबाट डेब्यू गरेका थिए ।

    चिलियन आमाबाट जन्मिएका इङ्लिस फरवार्ड दुवै देशबाट खेल्न योग्य खेलाडी हुन् । तर, उनले अन्तर्राष्ट्रिय स्तरमा भने दक्षिण अमेरिकी ला रोजाको प्रतिनिधित्व गर्ने निर्णय गरे । र, उनको त्यो निर्णय सही सावित हुन थालिसकेको छ । बाोलिभियाविरुद्ध चिलीले १–० को जित निकाल्दा ब्रेरिटोनले अन्तर्राष्ट्रिय स्तरको पहिलो र त्यो खेलको निर्णायक गोल गरेका थिए ।

    एक प्राकृतिक फरवार्ड आफ्नो ड्रिबलिङ र फिनिसिङ क्षमताले विपक्षीको रक्षापंक्तिलाई दबाबमा राख्न माहिर छन् । जारी कोपा अमेरिकामा गरेको उल्लेखनीय प्रदर्शनसँगै उनले ठूला क्लबको ध्यान आफूतिर खिचिसकेका छन् । र, कोपा अमेरिकामा उनले गरेको प्रदर्शन करियरको नयाँ अध्यायको सुरुआत सिद्ध हुनसक्छ ।

    ३. गोन्जालो प्लाटा

    स्पोर्टिङ सिपीका विङ्गर जारी कोपा अमेरिकामा इक्वेडरका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहे । राइट–विङ्गर प्लाटा दुवै फ्लान्कबाट मात्रै होइन, एक सेन्टर फरवार्डको रूपमा पनि खेल्ने क्षमता राख्छन् । गोल गर्ने प्रवल क्षमता भएका प्लाटा आफ्नो तीव्र गतिका कारण विपक्षी टोलीको रक्षापंक्तिमा समस्या उत्पन्न गर्न अझै प्रभावकारी देखिन्छन् । जारी प्रतियोगितामा गरेको प्रदर्शनसँगै २० वर्षीय प्लाटाले टोलीमा आफ्नो भूमिका अझै महत्त्वपूर्ण बनाउने निश्चित छ ।

     

    View this post on Instagram

     

    A post shared by Gonzalo Plata (@gonzalo_plata20)

    कोपा अमेरिकको जारी सिजनमा चार खेलमा एक गोल मात्र गर्नसके पनि सोचेकोभन्दा उत्कृष्ट प्रदर्शन गर्न प्लाटा सफल भएका थिए । भर्खरै २० वर्ष पुगेका प्लाटाले आगामी दिनमा आफूलाई अझै निपूर्ण बनाउन पर्याप्त समय र सम्भावना छ । स्तरीय युरोपियन फुटबल बुझ्ने क्षमताको विकास भयो र उनले आफूमा भएको प्राकृतिक क्षमतालाई अझै तिखार्ने हो भने एक स्टार खेलाडीको रूपमा प्लाटालाई देख्न सकिने छ ।

    ४. पिएरो हिन्कापी

    अर्का एक इक्वेडरका युवा स्टार– हिन्कापीले पनि दक्षिणी अमेरिकी फुटबलको सर्वोत्कृष्ट प्रतियोगितामार्फत् विश्व फुटबल जगतको ध्यान आफूतिर खिँचे । प्लाटा जस्तो आक्रामक शैलीले होइन, रक्षात्मक कौशलले हिन्कापीले सबैको ध्यान आकर्षित गरेका थिए । कोपा अमेरिकामा इक्वेडरले खेलेका सबै खेलको सुरुआती–११ मा परेका हिन्कापीले अर्जेन्टिनाविरुद्धको खेलमा आफूलाई ‘रक–सोलिड’को रूपमा प्रस्तुत गरे ।

     

    View this post on Instagram

     

    A post shared by Piero Hincapie (@pierohincapie)

    हिन्कापीले प्रत्येक खेलमा २.२ ट्याकल गरेका थिए भने कम्तिमा एक इन्टरसेप्सन गर्न सफल भएका थिए । यी खेलाडीको खेललाई लिएर सिरियसनेस र कन्सर्नटेसन पनि प्रशंसनीय रह्यो । मात्रै १९ वर्ष पूरा गरेका हिन्कापीले उक डायनामिक डिफेन्डरको रूपमा आफूलाई उभ्याएका छन् । दक्षिण अमेरिकी फरवार्डहरूको गतिमा डिफेन्ड गर्नु कहिल्यै सरल हुँदैन । तर, यी युवा स्टारले त्यो परीक्षाका लागि आफू तयार रहेको सन्देश यसै प्रतियोगितामार्फत् दिइसकेका छन् । यी खेलाडीलाई टोलीमा भित्र्याउने होडमा युरोपेली क्लबहरूले लडाईँ गर्ने निश्चित छ । र, त्यसले यी युवा डिफेन्डरको युरोपेली फुटबलमा सुन्दर भविष्य सुनिश्चित हुनेछ ।

    ५. म्याथियास भिना

    भिना ब्राजिलियन क्लब पाल्मेइरसका लेफ्ट–ब्याक हुन् । मोर्डन फुटबलमा देखिँदै आएको प्राचिन विङ्ग–ब्याकको कमी उरुग्वेका २३ वर्षीय भिनाको उपस्थितिसँगै पूरा हुन्छ । उनको प्रमुख लक्ष्य खेलमा विपक्षीका मौका लागि असफल बनाउनु र आवश्यकता अनुसार अगाडि बढेर बल पोसेसन जित्ने र रक्षात्मक अवस्थालाई तुरुन्तै आक्रमणमा रुपान्तरण गर्ने क्षमता राख्छन् । बल जित्ने क्षमताले भिनालाई कोपा अमेरिका २०१२ मा उदाएका एक स्टारको रूपमा चिनाएको छ ।

     

    View this post on Instagram

     

    A post shared by Matias Viña (@matiasv17)

    प्रतियोगिताभर उरुग्वे लगातार अगाडि बढेर आक्रमण गर्न सकेनन् । त्यसमा सफल खेलाडी भिना रहे । यद्यपि, हालसम्म धेरै खेलमा अवसर पाइनसकेका भिनाले आगामी समयमा आफूलाई एक क्षमतावान् खेलाडीको रूपमा स्थापित गर्न ‘ग्रिन–सिग्नल’ दिइसकेका छन् । धेरै युरोपेली फुटबल क्लबलाई उनलाई क्लबमा भित्र्याउन प्रयास गर्नेमा विश्वस्त हुन सकिन्छ ।

    ६. एन्जेल रोमेरो

    पाराग्वेका लागि कोपा अमेरिका २०२१ का सबै (५) खेलमा उपस्थित खेलाडी हुन्, रोमेरो । त्यस क्रममा उनले दुई गोल पनि गरे । अर्जेन्टिनाको सान लोरेन्जोबाट व्यावसायिक फुटबल खेल्दै आएका रोमेरोले राष्ट्रिय टोली लगाएर मैदानमा उत्रिने मौका पाएसँगै आफूलाई चम्काउन सुरु गरिसकेका छन् । गोलका सुन्दर मौका सृजना माहिर रोमेरोको उपस्थितिमै पाराग्वेको आक्रमण निर्भर रहेको व्यथित हुन्थ्यो । पाराग्वेका स्टार खेलाडी अल्मिरोनको अनुपस्थितिमा पनि उत्कृष्ट प्रदर्शन दिएका रोमेरो कोपा अमेरिका २०१२ मा उदाएका एक स्टार हुन् ।

    बलमा हाइ प्रेस गर्न र अनुकुल परिस्थितिमा बल पोसेसन जित्न माहिर २९ वर्षीय रोमेरो प्रतियोगिताको सुरुआतदेखि नै आफूलाई ड्रप गर्न नहुने खेलाडीको रूपमा पारग्वेको टोलीमा स्थापित गरे । महत्त्वपूर्ण समयमा आफ्ना टिममेटसम्म पास पुर्‍याउन र आक्रामणको सुरुआत गर्न माहिर रामेरोलाई आगामी वर्षहरूमा युरोपेली फुटबलमा देखियो भने त्यसको श्रेय यसै कोपा अमेरिकालाई दिइनेछ ।

    ७. विल्मर ब्यारिओस

    जेनिट सेन्ट पिटर्सबर्गका डिफेन्सिभ मिडफिल्डर ब्यारिओस जारी कोपा अमेरिकामा कोलम्बियाका लागि एक उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत भए । अर्जेन्टिनाविरुद्ध उनको प्रदर्शन ‘रिमार्केकल’ रह्यो । त्यो मात्र नभएर प्रतियोगिताभर उनले दिएको एकनासको उत्कृष्ट प्रदर्शन पनि प्रशंसनीय थियो । उत्कृष्ट पोजिसनमा रहन, खेल रिड गर्न, ट्याकल गर्न र मिडफिल्डलाई सन्तुलित राख्न निपूर्ण देखिएका ब्यारिओस एक क्षमतावान् खेलाडीको रूपमा उदाए ।

    यी खेलाडीले प्रत्येक खेलमा कम्तीमा दुई इन्टरसेप्सन र तीन सफल ट्याकल गरेका थिए । प्रत्येक ९० मिनेटमा ६० भन्दा धेरै पटक बल टच गरेका ब्यारियोसले कोलम्बियाको मिडफिल्डलाई सन्तुलित राख्न उल्लेखनीय प्रदर्शन गरे । उत्कृष्ट रक्षात्मक खेलाडी र खेल नियन्त्रणमा लिन सक्ने खेलाडी ब्यारिओस कोलम्बियाका लागि कोपा अमेरिकामा महत्त्वपूर्ण सदस्य रहे ।

    ८. आर्यटोन प्रेसियाडो

    कोपा अमेरिका २०२१ मा इक्वेडरको मिडफिल्डमा देखिएको एक उत्कृष्ट खेलाडी थिए, प्रसियाडो । कोपा अमेरिकामा राष्ट्रिय टोलीका लागि दुई गोल गरेका प्रेसियाडोले फुटबलप्रेमीको ध्यान आफूतर्फ तान्नका लागि ती गोल पर्याप्त रहे । त्यतिमात्र नभएर, जारी कोपा अमेरिकाको ‘टिम अफ दी विक’मा लगातार दुई पटक समेटिएका प्रेसियाडाको फ्लान्कमा उपस्थिति विपक्षी टोलीका डिफेन्डरका लागि टाउको दुखाइको विषय बनेको थियो । द्रुत गतिको रन बनाउन सक्षम प्रेसियाडाले इक्वेडरका लागि उत्कृष्ट फुटबल खेले ।

    प्रयिोगितमा चार खेलेका प्रेसियाडोले प्रत्येक खेलमा ४५ पटकभन्दा बढी बल टच गरेका थिए । प्रतियोगिताभर उनको आक्रमण र मौका सृजना गर्ने क्षमता प्रशंसनीय रहे । उनले प्राय जसो प्रत्येक मिनेटमा गोलका लागि ठूला मौका सृजना गरेका थिए । रक्षात्मक एप्रोचमा पनि पोजिटिभि देखिएका प्रेसियाडो आवश्यकता अनुसार डिफेन्सिभ हाफमा सृजना भएका खाली ठाउँमा उपस्थित रहन अब्बल देखिए । राष्ट्रिय टोलीबाट प्रतियोगितामा गरेका यो प्रदर्शनले २६ वर्षीय उनलाई ठूला क्लबहरूको राडारमा तान्ने छ । इक्वेडरले प्रतियोगितामा जन्माएका आफ्ना दुई खेलाडीप्रति गर्वान्वित हुनैपर्छ । यी दुई खेलाडीले भविष्यमा स्टार फुटबलर हुने प्रवल सम्भावना पनि बोकेका छन् ।

    ९. लुकास डियाज

    कोलम्बियन विङ्गर डियाजले टोलीका लागि अर्जेन्टिनाविरुद्धको सबैभन्दा महत्त्वपूर्ण खेलमो आफ्नो करियरकै उत्कृष्ट फुटबल खेले । ब्राजिलविरुद्धको सेमिफाइनलमा उनको प्रदर्शन अझै उत्कृष्ट रह्यो । कोलम्बिया (लस क्याफेटेरोस)का लागि कोपा अमेरिका २०२१ मा स्टार बनेका २४ वर्षीय डियाजले ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्ने सुवर्ण अवसरको रूपमा प्रयोग गरे ।

    उनको उत्साहजनक प्रदर्शनले विश्व फुटबललाई आफूतिर आकर्षित गरे । डियाजले आफ्नो गोलको मद्दतमा कोलम्बियालाई पेनाल्टी सुटआउटसम्म पुर्‍याएका थिए । उनको त्यो बराबरी गोलप्रेरित कोलम्बियाले अर्जेन्टिनाविरुद्ध फाइटिङ स्प्रिन्ट देखाएको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका तीन खेलाडीको प्रहार रोक्दै अर्जेन्टिनी गोलपिकर इमिलियानो मार्टिनेज नायक बन्दा कोलम्बिया डियाजको लस क्याफेटेरोस प्रतियोगिताबाट बाहिरियो । त्यो खेलसँगै कोलम्बियाको जारी कोपा अमेरिकामा पूर्णविराम लागे पनि डियाजले प्रदर्शन भने स्मरणीय रह्यो ।

    डियाजको उपस्थितिले कोलम्बियाको प्रतियोगितामा मौकाको निर्धारण गरेको महसुस खेलका दौरान हुने गरेको थियो । डियाज लेफ्ट फ्लान्कबाट अट्याकिङ थर्डमा प्रवेश गर्न रुचाउँछन् । पोर्टोबाट व्यावसायिक फुटलब खेलिरहेका डियाजले आफूसँग बल पोसेसन भएको जुनसुकै समयमा ठूला मौका सृजना गर्ने क्षमता राख्छन् । आफ्नो पासिङ र चतुर टचले जुनसुकै विपक्षी डिफेन्डरलाई पनि समस्यामा पार्नसक्ने डियाज यो ट्रान्सफर विन्डोमा हेडलाइन मेकर बन्ने प्रबल सम्भावना छ ।

    १०. जुनियर अलोन्सो

    पाराग्वेयन डिफेन्डर अलोन्सोलेको लेफ्ट साइडमा उपस्थिति कोपा अमेरिका २०२१ मा प्रशंसनीय रह्यो । एक गोल गरेर सोही खेलमा ७७ पटक बल टच गरेका अलोन्सोको रेकर्ड जारी प्रतियोगितामा कुनै पाराग्वेयन खेलाडीले म्याच गर्नसकेनन् । लामो पासमा पनि सक्षम देखिएका डियाजले ९० प्रतिशतभन्दा सफल पास खेले । डिप पोसेसनबाट पाराग्वेले बनाएका आक्रामणको सुरुआत पटक–पटक उनै अलोन्सोबाट सुरु भएको थियो ।

    https://twitter.com/junior_alonso4/status/1408257436507688960?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1408257436507688960%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.foottheball.com%2Fcopa-america%2Ften-breakout-stars-breakthrough-world-stage-copa-2021-brereton-plata-perciado-hincapie-july2021

    पोसेसन राख्न र बल जित्न २८ वर्षीय डिफेन्डरले आफ्नो अनुभनवको पनि भरपुर प्रयोग गर्छन् । उनीविरुद्ध विपक्षी खेलाडीले कमै मात्र ड्रिबल गरेर सफल भएका छन् । डियाजले कुनै पनि यस्ता गल्ती गरेनन्, जसमा विपक्षी टोलीले गोल गर्न र अवसर सृजना गर्न सकोस् । आगामी समयमा अलोन्सोले कुनै ठूलो क्लबको प्रस्तावलाई स्विकारेको चाँडै सुन्न पाइने सम्भावना प्रबल देखिन्छ ।

    एजेन्सीहरूको सहयोगमा
  • ला लिगा फेरि टिभीमा हेर्न पाइने

    ला लिगा फेरि टिभीमा हेर्न पाइने

    काठमाडौं । स्पेनिस ला लिगा र एमटीभीबीच आगामी तीन वर्षका लागि सम्झौता भएसँगै स्पेनिस लिग टेलिभिजनमा हेर्न पाइने भएको छ । भारतीय च्यानल कम्पनी भियाकम18 अन्तर्गतको एमटीभी (MTV)ले तीन वर्षका लागि स्पेनिस ला लागि इन्डियन कन्टिनेन्टमा प्रशारण गर्ने सम्झौता गरिसकेको छ ।

    भारत तथा दक्षिण एसियाली मुलुकमा पछिल्लो समय युरोपेली फुटबलको क्रेज बढ्दै गएको छ । ला लिगाको ९१औं सिजन आगामी अगस्ट महिनाबाट सुरु हुँदैछ । विश्व फुटबलका स्टार खेलाडी तथा धेरै फ्यान फलोइङ भएका क्लबहरू- बार्सिलोना तथा रियाल मड्रिडका कारण पनि ला लिगा चर्चित छ ।

    भारतीय कम्पनीले प्रशारणका लागि अनुमती लिएसँगै नेपालमा पनि ला लिगा फेरि टेलिभिजनमा हेर्न पाइने भएको छ । विगतमा स्पेनिस ला लिगा सोनी पिक्चर्सले अधिकार लिएर प्रशारण गरेको थियो ।

    तर, पछिल्लो दुई वर्षमा इन्डियन सब्कन्टिनेन्टमा टेलिभिजनमा ला लिगा प्रशारण भएको थिएन । त्यो समयमा ला लिगाले सामाजिक सञ्जाल फेसबुकबाट इन्डियन सब्कन्टिनेन्टका दर्शकलाई नि:शुल्क ला लिगा हेर्न दिएको थियो ।

    नेपालमा डिस्ट्रिब्युटर कम्पनी डिजिटल सिस्टम अफ नेपालले विभिन्न च्यानल कम्पनीलाई एमटीभी वितरण गर्दै आएको छ ।

    डिस होम, म्याक्स टिभी, नेट टिभी, प्रभु टिभी लगायतका च्यानलबाट टेलिभिजन हेरिरहेका दर्शकले एमटीभीमा ला लिगा हेर्न पाउने छन् ।

    *हेडलाइनमा अन्यथा भएकोले क्षमा याचनासहित सच्याइएको छ ।
  • ग्रिजम्यानको गोलमा हारबाट जोगियो फ्रान्स

    ग्रिजम्यानको गोलमा हारबाट जोगियो फ्रान्स

    काठमाडौं । युरो २०२० को पहिलो खेलमा जर्मनीविरुद्ध जित निकालेको विश्वकप च्याम्पियन फ्रान्स समूह ‘एफ’मा आफ्नो दोस्रो खेलमा हंगेरीविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको छ ।

    शनिबार भएको खेलमा हंगेरीविरुद्धको पहिलो हाफमा १-० ले पछि परेको फ्रान्सले दोस्रो खेलमा गोल फर्काउँदै बराबरी गरेको हो ।

    पहिलो हाफको इन्जुरी समयमा अटिला फिओलाले गरेको गोलसँगै घरेलु टोलीले अग्रता लिएको थियो । उनले रोलान्ड सल्लाईको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए ।

    दोस्रो हाफमा आक्रामक बनेको फ्रान्सका लागि एन्टोइन ग्रिजम्यानले ६६औं मिनेटमा काउन्टर अट्याकमा बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको थियो ।

    बराबरीसँगै फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ भने पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीको यो पहिलो अंक हो ।

    हंगेरीले समूह चरणको अन्तिम खेलमा जर्मनी तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।

  • इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टोली अभ्यासमा (तस्बिरहरु)

    इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टोली अभ्यासमा (तस्बिरहरु)

    मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले इराकको बार्सा शहरमा छ । नेपालले शनिबार इराकसँग अल फेया रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल नेपाली समयअनुसार राती सवा १० बजेदेखि सुरु हुनेछ ।

    त्यसअघि नेपालले बिहीबारदेखि अभ्यास सुरु गरेको छ । विश्वकप र एसियाली कप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल कुवेतमा खेल्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    नेपालको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेबारी लिएपछिको यो पहिलो खेल हो । कुवेती प्रशिक्षक अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाली प्रशिक्षकका रुपमा आएका हुन् ।

    फिफा प्रो लाइसेन्स प्रशिक्षकको मातहतमा नेपाली खेलाडीले पहिलोपल्ट प्रशिक्षण गरेका हुन् । नेपाली टोली बुधबार इराक पुगेको हो । प्रशिक्षक अल्मुताइरीले नतिजा अनुकुल नआएको अवस्थामा खेलाडीलाई होइन आफूलाई गाली गर्न अपीलसमेत गरेका छन् ।

    सो खेलपछि नेपाली टोली कुवेत जानेछ । कुवेतमा नेपालले विश्वकप र एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँगको बाँकी खेल खेल्नेछ । नेपाल विश्वकपको छनोट सम्भावनाबाट बाहिरिइसकेको छ भने एसियन कपको सम्भावना कायम छ ।

  • फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    फुटबल हेर्न प्रधानमन्त्री रंगशालामा (तस्विरहरु)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बंगलादेशबीचको फुटबल म्याच हेर्न रंगशाला पुगेका छन् । थ्रि नेसन्स कपको फाइनलमा प्रधानमन्त्री पुग्दा दर्शकले तालीको गड्गडाहटले स्वागत गरेका थिए ।

    प्रधानमन्त्री ओलीको उपस्थितिलाई नेपाली टिमले खल्लो हुन दिएन । मध्यान्तरपूर्व नेपालले बंगलादेशविरुद्ध दुई गोलको अग्रता लिएको छ । नेपालका लागि संयोग राई र विशाल राईले गोल गरेका छन् ।

    नेपालले गोल गर्दा प्रधानमन्त्री ओलीले ताली बजाएर खेलाडीहरुको हौसला बढाएका थिए ।

  • एएफसी कप तयारीस्वरुप आर्मीले किर्गिस्तान-२३ सँग अभ्यास खेल खेल्दै

    एएफसी कप तयारीस्वरुप आर्मीले किर्गिस्तान-२३ सँग अभ्यास खेल खेल्दै

    काठमाडौं । पहिलोपल्ट एएफसी कप खेल्न लागेको त्रिभुवन आर्मी क्लबले आज थ्री नेशन्स कपका लागि नेपाल भ्रमणमा रहेको किगिस्तान यू–२३ टिमसँग अभ्यास खेल खेल्दैछ ।

    आर्मी र किर्गिस्तान टोलीबीचको खेल दशरथ रंगशालामा आज दिउँसो साढे ३ बजेदेखि हुनेछ । यो खेल हेर्न दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ ।

    यसै वर्ष एएफसी क्लब लाइसेन्स पाएको आर्मीले पहिलोपल्ट एएफसी कप खेल्न लागेको हो । अघिल्लो वर्षको शहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबले एएफसी क्लब लाइसेन्स नपाएपछि दोस्रो भएको आर्मीले अवसर पाएको हो ।

    आर्मीले चैत २५ गते एएफसी कप समूह चरणको प्ले अफ खेलका रुपमा श्रीलंका पुलिससँग दशरथ रंगशालामा खेल्दैछ ।

  • ६ वर्षपछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदा

    ६ वर्षपछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदा

    काठमाडौं । दशरथ रंगशाला नेपाली फुटबल खेलाडीहरुको लागि सबैभन्दा प्यारो मैदान हो । तर, ६ वर्षदेखि नेपाली राष्ट्रिय टिमले यहाँ अन्तर्राष्ट्रिय म्याच खेल्न पाएका थिएन । ७२ सालको भूकम्पले भत्काएको रंगशाला पुनर्निमाण हुन लामो समय लाग्यो ।

    गत वर्षबाट पुनर्निमित रंगशालामा खेलहरु हुन थाले पनि कोरोनाका कारण फेरि फुटबल गतिविधि ठप्प भयो । त्यसयता आज पहिलोपटक नेपाली राष्ट्रिय टोलीले रंगशालामा खेलेको हो । किर्गिस्तान–यु २३ विरुद्ध नेपालले राम्रो खेल प्रस्तुत गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । स्वदेशी मैदानमा जितको खोजीमा रहेको टोली बराबरीमा रोकियो र दर्शक निराश बने । यद्यपि, दशरथ रंगशालामा फुटबल फर्किएको खुशी भने खेलाडीहरुमा झल्किएको थियो ।

    हेर्नुस आजको म्याचका केही तस्वीर:

                
  • थ्री नेशन्स कप आजदेखि, नेपालको खेल पर्सी

    थ्री नेशन्स कप आजदेखि, नेपालको खेल पर्सी

    एजेन्सी । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपालको राष्ट्रिय टोलीसमेत सम्मिलित थ्री नेशन्स कप फुटबल प्रतियोगिता आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।

    नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको ओलम्पिक (यू–२३) टोलीबीच हुने प्रतियोगिताको उद्घाटन खेलमा आज किर्गिस्तान यू–२३ र बंगलादेश आमने सामने हुनेछन् । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

    नेपालको राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा करिव ५ वर्षपछि प्रतियोगिता खेल्न लागेको हो । नेपालले आफ्नो पहिलो खेल पर्सी विहीबार किर्गिस्तान यू–२३ सँग खेल्दैछ ।

    विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुनः स्थगित भएपछि एन्फाले थ्री नेशन्स कपको अयाोजना गरेको हो ।

    प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा सोमबार नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले विश्वकपको तयारीलाई यस प्रतियोगितामा प्रयोग गर्ने बताएका थिए ।

    १५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट विक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

  • अन्तिम खेलमा मध्यपुरको जित

    अन्तिम खेलमा मध्यपुरको जित

    काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैठौं मिनेटमा मनिष खड्काले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । मध्यपुरका कप्तान रोनिश ढिके राजभाकले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रोमाञ्चक बनेको थियो । अन्तिम मिनेटसम्म बराबरी रहेको खेलको इन्जुरी समएमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरको जित २-१ ले सुनिश्चित गरे ।

    जितसँगै मध्यपुर ११ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । पराजित झम्सिखेल समान खेलबाट ६ अंकसहित लिग तालिकाको ११औं स्थानमा छ ।

  • गुइडेजको गोलमा भ्यालेन्सियाको रोमाञ्चक जित

    गुइडेजको गोलमा भ्यालेन्सियाको रोमाञ्चक जित

    काठमाडौं । गोन्कालो गुइडेजको निर्णायक गोल प्रेरित भ्यालेन्सियाले स्पेनिस लालिगामा शुक्रबार राति भिलारियाललाई २-१ को नतिजामा पराजित गरेको छ ।

    भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १-० ले पछि परेको भ्यालेन्सिया दोस्रो हाफमा आक्रमक शैलीमा प्रस्तुत भएको थियो । निरन्तर गरेका प्रयासमा भिलारियालको रक्षापंक्ति बाधक बनेपछि भ्यालेन्सिले बराबरी गोलका लागि ८६औैं मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो ।

    भ्यालेन्सियाले पाएको पेनाल्टीको सदुपयोग गर्दै कार्लोस सोलेरले ८६औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटसम्म १-१ को बराबरीमा रहेको खेलको इन्जुरी समयमा गुइडेजले गोल गर्दै भ्यालेन्सियाको रोमाञ्चक जित सुनिश्चित गरे ।

    जितसँगै २६ खेलबाट ३० अंक जोडेको भ्यालेन्सिया अंक तालिकाको ११औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको भिलारियाल सातौं स्थानमा छ ।

  • रोनाल्डोको ६ सयौं क्लब खेल, लगातार १२ सिजन २० भन्दा बढी गोल

    रोनाल्डोको ६ सयौं क्लब खेल, लगातार १२ सिजन २० भन्दा बढी गोल

    एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको करिअरमा अर्को कोशेढुंगा पूरा गरेका छन् । सिरी ए अन्तर्गत युभेन्टसले सजिलै जितेको स्पेइजाबिरुद्धको खेलमा रोनाल्डोले क्लब करिअरमा ६ सयौं खेल पूरा गरे ।

    त्यही खेलको अन्तिम मिनेटमा गोल गरेपछि उनले सिरी ए मा युभेन्टसका लागि यो सिजन बीसौं गोल गरे । पछिल्लो १२ सिजनयता उनले हरेक सिजन २० भन्दा बढी गोल गरेका छन् । युरोपको शीर्ष पाँच लिगहरुमा यस्तो कीर्तिमान राख्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् ।

    युभेन्टसका लागि तीनै गोल दोस्रो हाफमा निस्किएको थियो । रोनाल्डोले तेस्रो गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा उनले तीव्र काउन्टर एट्याकमा गोल गरेका हुन् ।

    ६२ औं मिनेटमा अल्भारो मोराटाले फेडेरिको बेनार्डेचीको क्रसमा गोल गरेपछि युभेन्टसले अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फेडेरिको सिसेले दोस्रो गोल गरेका थिए ।

    यो जितले युभेन्टस तेस्रो स्थानमा तीन अंकको दूरीमा पुगेको छ । समान २४ खेलबाट युभेन्टस दोस्रो स्थानको एसी मिलानभन्दा ३ र शीर्ष स्थानको इन्टर मिलानभन्दा ७ अंकले पछाडि छ ।

  • ‘बी’ डिभिजन लिग पुन: सुचारु, नयाँबस्तीसँग मध्यपुर पराजित

    ‘बी’ डिभिजन लिग पुन: सुचारु, नयाँबस्तीसँग मध्यपुर पराजित

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै एक वर्ष स्थगित भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग मंगलबारदेखि पुनः सुचारु भएको छ । एक वर्षपछि सुरु भएको लिगमा पनि मध्यपुर युथ एसोसिएसनले जहाँ रोकिएको त्यहीँबाट सुरु गरेको छ ।

    गत वर्ष ‘बी’ डिभिजन लिग स्थगित हुनुभन्दा अगाडिको (अन्तिम) खेल २०२० को मार्च १३ मा रानीपोखरी कर्नर टिम (आरसीटी)विरुद्ध खेलेको थियो । त्यो खेलमा ३–० को हार बेहोरेको मध्यपुरले मंगलबार नयाँबस्ती युथ क्लबसँग २–१ को पराजय बेहोरेको छ ।

    एक वर्षपछि सातदोबाटोस्थित एन्फामा उत्रिएको नयाँ बस्तीका लागि सातौं मिनेटमा सचु गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको सुरुआतमै १–० ले पछाडि परेको मध्यपुरका लागि भुपासिंह गुरुङले ५७औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै बराबरीमा ल्याएका थिए ।

    तर, ७९औं मिनेटमा अबय धिमालले गरेको गोलसँगै नयाँबस्तीले रोमाञ्चक जित हासिल गर्‍यो । जितसँगै ६ खेलबाट ११ अंक जोडेको नयाँबस्ती लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित मध्यपुर समान ६ खेलबाट १ अंक मात्रै जोडेर तालिकाको पुछारमा छ ।

    लिग लिडर सातदोबाटो युथ क्लबलको ६ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको खुमलटार युथ क्लबले ५ खेलबाट १३ अंक जोडेको छ । तेस्रो स्थानको बाँसबारी युथ क्लबको ५ खेलबाट ११ अंक छ।

  • तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

    काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगमा ‘इन्भिन्सिबल’ रहँदै एपिएफ क्लब च्याम्पियन बन्यो । सतप्रतिशत नतिजासहित लिग लिडर रहेको एपिएफले दुई खेल अगावै उपाधि सुनिश्चित गरिसकेको थियो ।

    र, शुक्रबार भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० को नतिजामा पराजित गर्दै लिगको सुखद् सुरुआत गर्‍यो । पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् ।

    दोस्रो हाफमा थप आक्रमक बनेको एपिएफका लागि ८६औं मिनेटमा अनित केसीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । लिगको मोस्ट भ्यालुएबल खेलाडीसमेत घोषित भएकी सरुले इन्जुरी समयमा व्यक्तिगता दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गरे ।

    लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गरे ।

        
           
  • शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि

    शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि

    काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग चैत्र १ गतेदेखि काठमाडौंमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा २४ दिनसम्म चल्ने लिगका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।

    समूह ‘ए’बाट सात र ‘बी’बाट सात गरी लिगमा १४ टोली सहभागी हुने एन्फाले जानकारी दिएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार लिगको उद्घाटन खेलमा खालिबारी युथ क्लब र झापा फुटबल क्लब भिड्ने छन् ।

    लिगमा सहभागी टिमहरू- समूह ‘ए’बाट- वीरगंज युथ क्लब, खालिबारी युथ क्लब, मनोहरा युनाइटेड क्लब, सानोगौचरण युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, महाबिर क्लब, झापा फुटबल क्लब ।

    समूह ‘बी’बाट- प्लानिङ ब्वाइज युनाइटेड, ओसिस क्लब, सानेपा क्लब, सामाजिक युवा क्लब, स्वयम्भु क्लब, वीरगंज युनाइटेड क्लब, चर्च ब्वाइज युनाइटेड ।

  • बायर्नसँगको अंक दूरि घटाउँदै लाइपजिग

    बायर्नसँगको अंक दूरि घटाउँदै लाइपजिग

    काठमाडौं । आरबी लाइपजिगले शुक्रबार राति अग्सबर्गलाई २–१ गोलको नतिजामा पराजित गरेसँगै जर्मन बुन्डेसलिगामा लिग लिडर बायर्न म्युनिखसँगको अंक दूरि चार अंकमा घटाएको छ । रेड बुल एरिनामा भएको खेलमा लाइपजिगलाई विजयी बनाउन ड्यानियल ओल्मो र क्रिस्टोफर एन्कुन्कुले एक/एक गोल गरे ।

    लाइपजिगले ३६औं मिनेटमा पाएको पेनाल्टीमा ओल्मो असफल भएका थिए । तर, त्यसको दुई मिनेट नबित्दै लाइपजिगले पाएको दोस्रो पेनाल्टीलाई गोलमा परिणत गर्दै ओल्मोले अग्रता दिलाएका थिए । अग्सबर्गमाथि हाबी बनेको लाइपजिगका लागि पहिलो हाफको खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्कुन्कुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

    पहिलो हाफमा २–० ले पछि परेको अग्सबर्गले ७७औं मिनेटमा पाएको पेनाल्टीमार्फत एक गोल गर्न सफल भए पनि हारबाट जोगिन पर्याप्त भएन । अग्सबर्गका लागि ड्यानियल क्यालिग्विरीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

    जितसँगै लाइपजिगले २१ खेलबाट ४४ अंक जोडेको छ । लिग लिडर म्युनिखको २० खेलबाट ४८ अंक छ । पराजित अग्सबर्ग २१ खेलबाट २२ अंक जोडेर १३औं स्थानमा छ ।

  • आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिगको उपाधि दाबेदार मानिएका दुई विभागीय टोली हुन्, एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब । तर, मंगलबार भएको यी दुई टोलीको खेलमा  एपिएफ क्लबले २–० को जित दर्ता ग¥यो ।

    सुरुआतमा प्रतिस्पर्धात्मक देखिएको खेल एपिएफले गोल गर्ने बित्तिकै उसैको पक्षमा देखियो । अञ्जली योञ्जनले २७औं मिनेटमा गरेको गोलसँगै खेलमा अग्रता लिएको एपिएफका लागि पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।

              
  • एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    एन्फा र बक्सिङ संघका पूर्व महासचिव शाहीको निधन

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक, अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

    बिभिन्न रोगको संक्रमणले थलिएका शाहीको ६५ वर्षको उमेरमा गएराति साढे ९ बजे दैलेखस्थित आफ्नै निवासमा निधन भएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

    शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा तथा सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा राष्ट्रिय टोलीको प्रमुख खेलाडीका रुपमा थिए ।

    २०५२ सालमा एन्फाको निर्वाचनबाट महासचिव निर्वाचित भएका शाहीले २ कार्यकाल विताए । २०६० सालयता २ कार्यकाल उनले नेपाल बक्सिङ संघको महासचिवका रुपमा जिम्मेबारी संहालेका थिए । उनी नेपाल आइस हकी संघका संस्थापक अध्यक्षसमेत हुन् ।