Tag: फिफा विश्वकप छनाेट

  • बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

    बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

    एजेन्सी । विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स र बेल्जियम सन् २०२२ कतार विश्वकपका लागि छनोट भएका हुन् ।

    समूह ‘डी’ को खेलमा सुपरस्टार स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्दतमा फ्रान्सले काजखस्तानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । एकोहोरो फ्रान्सले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।

    फ्रान्सको जितमा केलिएन एम्बाप्पेले ४ गोल गरे । उनले खेलको ६, १२, ३२ र ८७ मिनेटमा गोल गरे ।करिम बेन्जेमाले खेलको ५५ र ५९ मिनेटमा गोल गरेका थिए ।

    एड्रियन रविओटले खेलको ७५ मिनेटमा गोलगर्दा एन्टोनियो ग्रिजम्यानले खेलको ८४ मिनेटमा पेनाल्टीमा गोल गरे । समूह ‘डी’कै अर्को खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

    सातौं चरणको खेल समाप्तीसँगै फ्रान्सले ४ जित, ३ बराबर खेल्दै १५ अंक बनाएर विश्वकपमा स्थान पक्का गरेको हो । समूह ‘डी’ मा ११ अंक बनाएको फिनल्याण्ड दोस्रो स्थानमा छ । ९ अंकको युक्रेन तेस्रो स्थानमा रहँदा ७ अंकको बोस्निया हर्जगोभिना चौथो स्थानमा छ भने काजखस्तान ३ अंकसहित पाँचौ स्थानमा छ ।

    समूह ‘ई’ को खेलमा बेल्जियमले ५ अंकको अग्रता राख्दै विश्वकपमा छनोट भयो । शनिबार राति घरेलु मैदानमा बेल्जियमले इस्टोनियालाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा १ गोल गरेको बेल्जियमले दोस्रो हाफमा २ गोल गर्दा १ गोल ब्यहोरेको थियो ।

    बेल्जियमको जितमा क्रिष्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गन हाजार्डले समान एक एक गोल गरे । इस्टोनियाको लागि एरिक सोर्गले सान्त्वना गोल गरे ।

    समूह ‘ई’ कै अर्को खेलमा वेल्सले बेलारुसलाई ५–१ गोल अन्तरले पराजित गर्यो । वेल्सलको जितमा आरोन राम्सेले दुई गोल गरे । यस्तै निको विलियम्स, बेन डेभियस र कनर रोबर्टस्ले एक एक गोल गरे । बेलारुसका अर्टम कोन्टनेभोजले एक सान्त्वना गोल गरे ।

    जितसँगै समूह ‘ई’ बाट ७ खेलमा अपराजित रहँदै १९ अंक बनाएको बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको छ । १४ अंक बनाएको वेल्स दोस्रो स्थानमा रहँद चेक रिपब्लिक ११ अंकसहित तेस्रो स्थानमा छ भने एस्टोयिना चौथो स्थानमा रहँदा बेलारुस पाँचौ स्थानमा छ ।

  • हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    हेभिवेट अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा

    काठमाडौं । विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटमा शुक्रबार नेपालले अस्ट्रेलियाको सामना गर्दैछ । समूह ‘बी’ मा यसअघिका सबै खेलमा सतप्रतिशत जित निकालेको अस्ट्रेलियाविरुद्ध नेपालको कठिन परीक्षा निश्चित छ ।

    कोरोना भाइरसका कारण प्रभावित बनेको छनोटका खेलहरू अहिले सेन्ट्रल भेन्यू कुवेतको जाबेर अल-अहमद रंगशालामा भइरहेका छन् । जसअनुसार नेपालले भोलि नेपाली समयअनुसार ९:४५ बजे फिफा बरियताको ४१औं स्थानको अस्ट्रेलियाको सामना गर्दैछ ।

    यसअघिको खेलमा नेपाल जोर्डनसँग ३-० को नतिजामा पराजित भएको थियो भने अस्ट्रेलियाले चाइनिज ताइपेइविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो । उत्कृष्ट फर्ममा रहेको र विश्वकप खेलिसकेको अस्ट्रेलियाविरुद्ध फिफा बरियताको १७१औं स्थानमा भएको नेपालले नतिजा भन्दा पनि प्रदर्शनका लागि खेल्ने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

    संयुक्त छनोटको अन्तिम खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालले नतिजाभन्दा पनि राम्रो फुटबल खेल्ने आफ्नो टोलीको लक्ष्य हुने बताए ।

    ‘नतिजाभन्दा पनि राम्रो खेल खेल्ने नेपालको लक्ष्य छ,’ उनले भने, ‘नेपालले पहिले लामो पासकमा फुटबल खेल्थ्यो, अहिले त्यसमा परिवर्तन भएको छ । हामीले शैलीमा फेरबदल गरेका थियौं, त्यो प्रदर्शनमा देखिँदैछ ।’

    खेलमा नतिजा पनि महत्त्वपूर्ण हुने बताउँदै प्रशिक्षक अल्मुताइरीले नेपाली समर्थकलाई खुशी पार्न सकेको र आगामी दिनमा अझै सकारात्मक नतिजा ल्याउनेछौं

    यसअघि जोर्डनविरुद्धको खेलमा रेफ्रीको निर्णय चित्तबुझ्दो नभएको बताउँदै अब्दुल्लाहले भने, ‘गोलरक्षकलाई रातो कार्ड दिएको भए सायद खेलको नतिजा पनि परिवर्तन हुन सक्थ्यो ।’

    केही समयअघि प्रशिक्षक अल्मुताइरीले युरोपेली फुटबलबाट प्रेरित भएको संकेत दिँदै दी वर्ल्ड गेमसँग भनेका थिए- ‘यदि नर्थ मेसिडोनियाले जर्मनीलाई हराउन सक्छ भने नेपालले पनि अस्ट्रेलियामाथि आक्रामण गर्न सक्छ ।

    नेपालको विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ भने एसियनकपको आशा बाँकी छ । भोलिको खेलमा पराजित भए नेपालले प्लेअफ खेल्नुपर्नेछ ।

    नेपालले पहिलो लेगमा २०१९ मा अस्ट्रेलियासँग क्यानेरामा ५-० को पराजय बेहोरेको थियो । उक्त खेलमा अस्ट्रेलियाका लागि जेमी म्याक्लारेनले ह्याट्रिक तथा ह्यारी साउटरले १ गोल गरेका थिए । एक गोल नेपालकै खेलाडी दिनेश राजवंशीले आत्मघाति गोल गरेका थिए ।

  • विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    काठमाडौं । पहिलो लेगकै नतिजालाई कायम राखि विश्वकप तथा एसिया कप छनोटमा नेपालले जोर्डनसँग ३-० गोलअन्तरकोे पराजय व्यहोरेको छ ।

    समूहको चौथो स्थानमा रहेको नेपालले जोर्डनसँग उसकै मैदानमा खेलिएको अवे खेलमा पनि ३-० ले नै हारेको थियो ।

    कोरोना महामारीका कारण तथस्ट मैदानका रुपमा कतारको जुवेर अलअहमद अन्तर्राष्ट्रिय रंगशालामा खेलाइएको होम खेलमा नेपाल पहिलो हाफ पेनाल्टीमा गोल खाँदै १-० ले पछि थियो ।

    २२ औं मिनेटमा रोहित चन्दले मोउसा मोहम्मद सुलेमनलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा जोर्डनका बाहा फैजालले गोल गरे ।

    दोस्रो हाफको सुरुमै फैजालले नै गोल गरी अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा याजान अलनैमातको क्रसमा याजान अल अरवले शानदार हेडर गोल गरे ।

    फिफा वरियतामा आफूभन्दा ७६ स्थान माथि रहेको जोर्डनको पोष्टमा नेपालले एउटै शशक्त आक्रमण गर्न सकेन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पेनाल्टी नभएको भए खेलको नतिजा अर्कै हुनसक्ने अनुमान गरे । तर उनले आफ्नो योजनाअनुसार नै खेलेकोमा टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताए ।

    नेपालले अघिल्लाे खेलमा चार दिनअघि चाइनिज ताइपेईलाई २–० गाेलले पराजित गरेकाे थियाे । समूहचरणकाे अन्तिम खेलमा नेपालले शुक्रबार सबैभन्दा बलियाे प्रतिस्पर्धी अस्ट्रेलियासँग खेल्नेछ ।

     

  • अञ्जनको गोलमा नेपाललाई अग्रता

    अञ्जनको गोलमा नेपाललाई अग्रता

    काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले १-० को अग्रता लिएको छ ।

    कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सुन्दर गोलमा परिणत गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाएका हुन् ।

  • विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

    विश्वकप छनोटमा नर्थ मासेडोनियासँग हार्‍यो जर्मनी

    एजेन्सी । अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि युरोपको छनोट अन्तर्गत पूर्व विश्व विजेता जर्मनी घरेलु मैदानमा नर्थ मासेडोनियासँग २-१ पराजित भएको छ ।

    फिफा बरियतामा ६५ औं स्थानमा रहेको मासेडोनियाले १३ स्थानमा रहेको सन् २०१४ को विश्वकप विजेता जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्दा उसका सुपरस्टार गोरन पान्डेभले सुरुआती गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

    राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै ३६ गोल गरेका पान्डेभले इनिस बार्डीको पासमा गोल गरेका हुन् । इलके गुण्डोगानले पेनाल्टीमार्फत ६३ औं मिनेटमा खेल बरारबीमा ल्याए पनि अन्त्यतिर मासेडोनियाले निर्णायक गोल गरी सनसनी जित हासिल गरेको हो । ८५ औं मिनेटमा इलजिफ इलमासले गोल गरेका हुन् ।

    यो हारले समूह जे मा रहेको जर्मनी तेस्रो स्थानमा झरेको छ । अघिल्ला २ खेलमा गोल नखाएको जर्मनीले यही खेलमा पहिलो गोल खाएको हो । यो समूहको शीर्ष स्थानमा रोमानिया ९ अंकसहित र दोस्रो स्थानमा मासेडोनिया ६ अंकसहित छ ।

  • बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

    बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

    एजेन्सी । कतारमा अर्को वर्ष हुने विश्वकपका लागि युरोपियन छनोट अन्तर्गत बेल्जियमले बेलारुसमाथि ८–० गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।

    गएराति भएको खेलमा समूह ई को शीर्ष स्थानमा रहेको बेल्जियमले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि हान्स भानाकेन र लान्द्रो ट्रोसर्डले २–२ गोल गरेका थिए ।

    यही समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्यो । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

    दोस्रो हाफको सुरुमै चेक स्ट्राइकर प्याट्रिक चिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा समेटियो । ७७ औं मिनेटमा वेल्स मिडफिल्डर कोनर रोवर्टस दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिनुपर्‍यो ।

    त्यसको चार मिनेटपछि वेल्सले गोल गर्न सक्यो । उसका लागि ड्यानियल जेम्सले गोल गरेका हुन् । गोका लागि ग्यारेथ बेलले पास उपलब्ध गराएका थिए ।

    यता समूह एमा लक्जेम्वर्गमाथि ३–१ गोलअन्तरको जितसहित पोर्चुगल शीर्ष स्थानमा पुगेको छ । उसले ३ खेलबाट ७ अंक भएको छ ।

    घरेलु टोलीका लागि ३० औं मिनेटमा रोड्रिग्वेजले गोल गरी अग्रता दिलाए पनि त्यसयता पोर्चुगलले तीन गोल थप्यो । डिएगो जोटाले पहिलो हाफको इन्जूरी समयमै गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

    दोस्रो हाफ सुरु भएलगत्तै क्रिष्टियानो रोनाल्डोले गोल गरे । ८० औं मिनेटमा जोआओ पाल्हिनाले गोल गरेपछि पोर्चुगल ३–१ ले विजयी भयो । यो समूहमा सर्विया पनि समान ७ अंकसहित दोस्रो स्थानमा छ ।

    समूह जी अन्तर्गत दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले जिव्राल्टरमाथि ७–० गोलको फराकिलो जित निकाल्यो । उसका लागि मेम्फिस डिपेले २ गोल गरेका थिए । यो समूहमा टर्की ७ अंकसहित शीर्ष स्थानमा छ ।