Tag: प्रेस चौतारी नेपाल

  • प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

    प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

    काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ ।

    लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३-६, मा गर्ने निर्णय बैठकले गरेको छ ।

  • गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल

    गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा एमसीसी अलपत्र परेको बताएका छन् ।

    घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको बताएका हुन् । उनले अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा नलागेको बताए ।

    अस्थिरताको बिजारोपण माओवादीले गरेको उनको आरोप छ । ‘कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’, उनले भने ।

  • पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनद्वारा पुरस्कार स्थापना

    पत्रकार द्वारिका नेपालको स्मृतिमा प्रेस चौतारी चितवनद्वारा पुरस्कार स्थापना

    चितवन । प्रेस चौतारी नेपाल चितवनले स्वर्गीय पत्रकार द्वारिका नेपालको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारीको सचिवालय बैठकले गत असोज ३१ गते मष्तिकघात भइ निधन भएका प्रेस चौतारी वागमती प्रदेश कमिटी सदस्य नेपालको स्मृतिमा १० हजार राशीको पुरस्कार स्थापना गरेको हो ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकार तथा योगदान दिने व्यक्तिहरुलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने जानकारी दिए । हाललाई १० हजारबाट सुरू गरिएको पुरस्कार कोष कार्यविधि बनाएर बढाउँदै लैजाने उनले बताए ।

    प्रेस चौतारी चितवनको बैठकले आगामी मंसिर १०, ११ र १२ गते नेकपा (एमाले) को चितवनका हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी चौतारी बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट आउने प्रतिनिधीहरुलाई चितवनको शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, विकास, आदिवासी जनजातीको अवस्था, विभिन्न राजनीतिक महत्वपूर्ण घटनाक्रम, चितवनको पत्रकारिता लगायतका विषय जानकारी गराउने उद्देश्यले चौतारी बुलेटिन निकाल्न लागिएको हो ।

    बुलेटिन प्रकाशनका लागि पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेल, महासंघका पूर्वअध्यक्ष राधेश्याम खतिवडा, पूर्वसचिव नारायणप्रसाद सापकोटा तथा वागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको सम्पादक मण्डल चयन गरिएको छ ।