Tag: प्रेमबहादुर आले

  • अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

    अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

    रुपन्देही । निर्माणको अधिकांश काम सकिएर पनि लामो समय रोकिएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्धजयन्तीमा जसरी पनि अन्तर्राष्ट्रिय उडान हुने संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

    शनिबार अनुगमनका लागि भैरहवा विमानस्थल आएका मन्त्री आलेले अब कुनै बहानामा ढिलाई नहुने दावी गरे । परीक्षण उडानको तयारीमा रहेको तर पटकपटक मिति सर्दै आएकाले धेरैलाई विश्वास गर्न नै कठिन भएको तर अब त्यसो नहुने उनले बताए ।

    उनले भने,म पत्रकार साथीहरुलाई साक्षी राखेर भनेको छु अब कुनै बहानामा ढिलाई हुँदैन म यहीँबाट निर्देशन दिन चाहन्छु बुद्धजयन्ती यसको अन्तिम मिति बनोस् उडानका लागि, त्यो भन्दा अगाडि भए अझै राम्रो सन्देश जान्छ म विशेष धन्यवाद दिनेछु ।’

    मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ । यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएको भन्दै मन्त्री आलेले त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

    नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसम अनुकूल बन्दै गए ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेबु्रअरी २१का दिनसम्म विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए ।

    परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको जिममा लिएको थाइल्याण्डको सरकारी विमान कम्पनी एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको जानकारी गराए ।

    निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षणका लागि मन्त्री आलेसँगै मन्त्रालयका सचिव,नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक,राष्ट्रिय गौरव आयोजनाका निर्देशक,राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली सहभागी थियो ।

  • बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

    बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेले निरीक्षण गर्दै

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।

    पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले बिहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।

    यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।

  • मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण

    मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको दवावले मात्र धनगढी विमानस्थलको स्तरन्नोतिका लागि बजेट विनियोजन नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले मंगलबार एक विज्ञप्ती जारी गर्दै हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार नै विमानस्थलको स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाउन खोजिएको स्पष्ट पारेको हो ।

    ‘विमानस्थलमा स्तरन्नोतिका लागि विनियोजित बजेट माननिय मन्त्रीज्यूको नीजि चाहना नभई हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार देश संघीय प्रणालीमा गई सकेको अवस्थामा हवाई सेवालाई सोही अनुरुप विकास, विस्तार र सो क्षेत्रका जनताको सेवा सुविधा र चाहनालाई दृष्टिगत गरी विमानस्थललाई स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाईने प्रयास स्वरुप प्रथम चरणमा जग्गा अधिकरणका लागि बजेट विनियोजन भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ।’

    बजेट तथा कार्यक्रम केही ढिला हुनुमा कोही कसैको दवाव तथा प्रभाव कारक नभई देश संघीय प्रणालीमा गई सकेको हुनाले सोही अनुरुप बजेट तथा कार्यक्रम समेत परिमार्जन गनुपर्ने र यसको लागि सबै सरोकारवाला पक्षसंग गहन छलफल गरेर मात्र अगाडी बढाउनुपर्ने भएकाले केही ढिलाई भएको प्राधिकरणले विज्ञप्तीमार्फत नै जानकारी गराएको छ ।

    प्राधिकरणले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक बजेटमा विमानस्थल विकास तथा सुदृढिकरण आयोजनाको प्राथमिकताका लागि विभिन्न चरणमा गहन अध्ययन र छलफल पश्चात् आवश्यक सुधारका लागि पुष ११ गते बसेको प्राधिरकरणको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । प्राधिकरणको आर्थिक बर्ष ०७८-०७९ बजेट तथा कार्यक्रम पारित हुन केही ढिला भए पनि बजेटले भविष्यमा नमूना पूर्वाधार खडा हुने विश्वास लिएको जनाइएको छ ।

  • महामारी रोकथाममा जुट्न वनमन्त्रीको निर्देशन

    महामारी रोकथाममा जुट्न वनमन्त्रीको निर्देशन

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कोरोना महामारीविरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताए ।

    उनले भने, ‘कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौँला ।’

    मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिएका छन् । कोरोना संक्रमणले नागरिकको मृत्युपश्चात जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शवहरु आइरहेकाले जलाउनका लागि दाउराको कमी हुन नदिन उनले निर्देशन दिए ।

    सबै कर्मचारीले आफ्नो क्षेत्रबाट एक ढिक्का भएर नागरिकलाई सेवा दिन तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विकासका काम गर्न मन्त्री आलेले निर्देशन दिए । निर्देशनकै क्रममा मन्त्री आलेले महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन आग्रह गरे ।

    -रासस

  • कर्णालीमा कोरोना रोकथामका लागि स्रोतसाधन उपलब्ध गराउन पहल गरिने : मन्त्री आले

    कर्णालीमा कोरोना रोकथामका लागि स्रोतसाधन उपलब्ध गराउन पहल गरिने : मन्त्री आले

    कर्णाली । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज टेलिफोन गरी जानकारी दिए ।

    सो अवसरमा मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गरेको सचिव हेमन्त रेग्मीले बताए ।

    वनमन्त्री आलेले आजै टेलिफोन गरेपछि कर्णाली प्रदेशका सबैै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ-आफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेका थिए । उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि गरेका थिए ।

    नेकपा(एमाले) ले सातै प्रदेशका लागि कोभिड फोकल पर्सन तोक्ने क्रममा वनमन्त्री आलेलाई कर्णालीको जिम्मेवारी दिएको छ । जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिकजसो जानकारी लिएका छन् । यसैगरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनै पनि जिल्लामा समस्या आइपरे तत्काल आफूलाई फोन गर्न सबैमा आग्रह गरेका छन् ।

  • धुर्बे हात्तीको आक्रमणबाट घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन

    धुर्बे हात्तीको आक्रमणबाट घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गैंडा गणनामा धुर्वे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

    मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिएका हुन् ।

    यसैगरी मन्त्री आलेले उक्त धुर्वे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैँडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिए ।

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका-२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।

    राष्ट्रिय निकुञ्जका प्रमुख डा खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय पे्रमलाल कहार चौधरी रहेका छन् ।

    घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।