Tag: प्रेमध्वज प्रधान

  • बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

    बरिष्ठ गायक प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी

    बिहिबार निधन भएका बरिष्ठ  गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

    कोभिड–१९ को महामारीका बेला आर्यघाटमा न्युन व्यत्तिको उपस्थितिमा उनको अन्तेष्टी गरिएको हो ।

    गायक प्रधानको पार्थिव शरिरमाथी सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान अर्पण गरका थिए । अन्तेष्टिमा संगीतकर्मीको तर्फबाट संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, लक्ष्मण शेष, पारस मुकारूङको उपस्थिति रहेको थियो ।

     

  • घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !

    घुम्तीमा अब भेटिने छैनन् प्रेमध्वज !

    घुम्तीमा नआऊ है
    आँखा तिमी जुधाउन
    बाँधिए माया फेरी
    गाह्रो हुन्छ फुकाउन…

    काठमाडौं । रत्नशमशेर थापाका शब्द र प्रेमध्वज प्रधानको आवाजमा बुनिएको यो सिर्जना नेपाली सांगीतिक आकाशमा गुञ्जिरहनेछ । यो ‘ब्लकबस्टर’ गीतले सन् ७० को नेपाली समाजलाई ‘रोमान्टिसाइज’ तुल्याएको मात्र थिएन, संगीत र प्रेमका दुई आयामलाई जोडिदिएको थियो ।

    सोही कालजयी गीतका गायक प्रेमध्वज प्रधान अब घुम्तीमा भेटिनेछैनन् । आउने असारमा ८४ औं बर्थडे मनाउने तयारीमा रहेका प्रेमध्वजले विहिबार काठमाडौंको एउटा अस्पतालमा अन्तिम सास लिए । जीवनका ८३ बसन्त बाँचेका प्रेमध्वजले नामजस्तै जीवनमा प्रेमका ध्वजाहरु फैलाए र आफ्ना लाखौं प्रशंसकको मनमा बाँचिरहनेछन् ।

    प्रेमलाई जीवन गहिराइमा अनुभूति गराउने खालका सशक्त सांगीतिक सिर्जना पस्किएका प्रेमध्वजको निधनसँगै नेपाली संगीतमा एउटा युगको अन्त्य भएको छ । सफ्ट मेलोडी अर्थात मखमली स्वरका लागि चिनिएका प्रेमध्वजको तुलना नेपाली सुगम संगीतमा तलत महमुद, मेहदी हसनसँग हुनेगर्छ ।

    सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ को जुन ६ मा जन्मिएका प्रेमध्वजको सांगीतिक यात्रा अनुकरणीय छ । मणिकरत्नसँग उनले काठमाडौंमा गरेको संघर्ष, बलिउड नगरी बम्बैको यात्रा, त्यसपछि फर्किएर नेपाली फिल्म उद्योगमा गरेको संघर्ष र हासिल गरेको सफलताका किस्सा निकै रोचक छन् ।

    काठमाडौंमा घर नभएकालाई छोरी नदिने भएकाले उनका जमिनदार बाजे उत्तरध्वजले बांगेमुढाको नघलः टोलमा घर किनेका थिए राणाकालमा । जिजुबाजे नारायणकृष्ण र बाजे शाष्त्रीय संगीतका सौखिन थिए । उनका बाबु र आमा दुबै कलाकार थिए । असनमै हुर्किएकी उनकी आमा १० वर्षको उमेरमै नारायणहिटी दरबार छिरेकी थिइन् । राजा त्रिभुवनकी प्रियपात्र रहेकी उनकी आमाले दरबारमै तबला र गायनको शिक्षा पाएकी थिइन् । रेडियो नेपालमै उनले गीत गाएकी थिइन् ।

    दरबारमै उनका बाबु रत्नध्वज प्रधान र उनकी आमा प्राणदेवी तुलाधरबीच भेट भयो र सोही क्रममै दुबै मायामा बाँधिए । बाजेको इच्छाविपरित ती दुबैले प्रेमविवाह गरेकाले पे्रमध्वजको बाल्यकाल सुखद हुनसकेन । किनभने प्रधान र तुलाधरबीच त छोएको नखाने सम्मको जातिय छुवाछुतको अवस्था त्यतिबेला थियो । राजा जुद्धशमशेरले उनका बुवा रत्नध्वजलाई हनुमानढोकामा बोलएर सम्बन्ध विच्छेद गर्न लगाएको सम्झन्छन् प्रेमध्वज । त्यसपछि उनी आमासँग डेरामा बस्न थाले ।

    आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए ।

    आमासँगै उनले त्रिताल, दादरा, कहरवा तालमा तबला बजाउन सिके । सात आठवर्षको उमेरमा उनले अक्षर चिन्न थाले । नाचगान सिकेका प्रेमध्वजले २००९ सालमै रेडियो नेपालमा स्वर परिक्षा दिए । ‘याद कसैको आइरहन्छ यो अँधेरी रातमा’ उनको पहिलो रेडियो नेपालमा रेकर्ड भएको गीत थियो । दुईवर्ष भारतमा हराएका प्रेमध्वज काठमाडौं फर्किएर पद्मोदय स्कुलमा भर्ना भए र एसएलसी पास गरे । इन्जिनियर बनाउने बाबुको इच्छा भएपनि उनले त्रिचन्द्रमा विज्ञान पढे । हैजाका कारण परीक्षा छुटेपछि उनले सरस्वती कलेजबाट आइए र बीए गरे ।

    सन् २०१८मा उनले गोरेट त्यो गाउँको, माया नमार मायालु गीत रेकर्ड गरे । रत्न रेकर्डिङ स्थानले त्यतिबेला प्रेमध्वजका १२ गीत निःशुल्क रेकर्ड गरिदिएको थियो । रेडियो नेपालमा ३४० आधुनिक गीत रेकर्ड गराए उनले । राष्ट्रिय गीत, नेवारी गीत र भजन विधामा उनले गीत गाए । नेवारी भाषाको ‘बाला बाला चिगु मिखाः’ रक एन्ड रोलमा गाए उनले । उनले गाएको ‘राजमती कुमती’ हिट गीत हो । बच्चुकैलाश, नारायणगोपल र प्रेमध्वज मात्रै त्यतिबेला हिट गायक थिए । २०२३ मा माइतीघर फिल्मको छायांकनका लागि माला सिन्हा र संगीतकार जयदेव काठमाडौं आएका थिए । सोही बेला उनले टीमसँग भेटेर माइतीघर फिल्ममा गीत गाउन नाम लेखाए । अफिसबाट एक महिने बिदा लिएर उनी गीत गाउन मुम्बई हानिए ।

    आशा भोषलेकी बहिनी उषा मंगेशकरसँग मिलेर प्रेमध्वजले फिल्म माइतीघरका लागि ‘नमान लाज यस्तरी…’ गीत गाए । यो उनको पहिलो पाश्र्वगायन थियो । पोखरामा भएको सुटिङमा माला सिन्हाले प्रेमध्वजलाई त्यतै लगेकी थिइन् । फेवातालमा बसेर मालाले प्रेमध्वजसँगै गीत गाइन् । त्यसपछि प्रेमध्वज मुम्बई हानिए । मालाको अनुरोधमा सत्यकामना फिल्म अवार्डमा गीत पनि गाए र चर्चा बटुले । मुम्बइमा रहँदा संगीतकार मनोहरीले प्रेमध्वजका १० गीत रेकर्ड गराए ।

    सोही बेला रेकर्ड भएको हो ‘घुम्तीमा नआऊ है, टाढा टाढा, भैगयो फेरी, तारा मात्र होइन तिमीलाई । माइतीघरपछि प्रेमध्वजले अन्याय, मायालु, बदलिँदो आकाश, फेरी भेटौंला, जीवनरेखासहितका १२ फिल्ममा पाश्र्वगायन गाए । फागुन २०२८ मा उनले महावीर फुटबल क्लबकी किरणकुमारी श्रेष्ठलाई विहे गरे । ३३ वर्षे प्रेमध्वजले १६ वर्ष कान्छी किरणकुमारीसँग घरजम गरेका थिए ।

    प्रेमध्वजका दुई सन्तान छन् । दुबै छोरा अमेरिकामा । जेठा छोरा प्रसन्नध्वज अमेरिकामा सफ्टवेयर इन्जिनियर हुन् भने गायक पनि । अर्का छोरा इनर्जी अमेरिकी लिगमा फुटबल खेल्ने खेलाडी हुन् ।

    नेपालमा पहिलोपटक गीतार बजाउने गायकको रुपमा पनि प्रेमध्वज चर्चित छन् । उनले आफ्नोकालका स्टाइलिस र संगीतमा नयाँ प्रयोग गर्ने जमर्को गर्थे । प्रेमध्वजलाई जान्नेहरु रोमान्टिक किङ र गोल्डेन भ्वाइसको रुपमा उपमा दिन्छन् । उनले नेपालमा पहिलोपटक गीटार बजाए । अमेरिकबाट आएका चारजना फोक सिंगरहरुले नेपालमा गीटार बजाएको देखेर उनलाई पनि बजाउन मन लाग्यो । इश्वर नाम गरेका आफ्ना दाईलाई २ सय रुपैयाँ दिएर उनले गिटार मगाए । रेडियो नेपालमा रहेका रामशरण दर्नालले ४ महिना गिटार सिकाए प्रेमध्वजलाई । २०२० सालमा राष्ट्रिय नाचघरमा भएको आधुनिक गीत प्रतिस्पर्धामा उनले पहिलोपटक गिटार बजाएर गीत गाए । उनको गायकी सुनेपछि राजा महेन्द्रले सानो मेडल लगाइदिएका थिए ।

    पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

    प्रेमध्वज भर्सटाइल अवधारणा राख्ने मान्छे थिए । पछिल्लो छिमलका कलाकारहरु भर्सटाइल हुनुपर्छ भन्ने उनको सोच थियो । हुनसक्छ यही कारण उनले भजन गाए । नेवारी गीत गाए र आधुनिक गीत गाए । जग्गा जमिनलाई लिएर उनको लामै समय मुद्दा चल्यो । मुद्दाको कारण उनले लामो समय संगीतमा समय दिन सकेनन् । जीवनको यो दुःखजिलो क्षणमा उनलाई अमेरिका पसूँ कि भन्ने सोच आयो । तर, उनले हरेश खाएनन् । जेजस्तो दुःख आइपरे पनि उनले नेपालमै रहेर संगीत बाँच । पछिल्लो समय अमेरिकी सपना देख्ने आधुनिक पुस्ताका लागि यो एउटा ठूलो नैतिक र प्रेरणादायी शिक्षा हो ।

    संगीतको बदलिँदो आयामप्रति प्रेमध्वजको आफ्नै दृष्टिकोण थियो । उनी भन्थे- पहिले हामी लाइभ गाउँथ्यौं । पहिला सीमित कलाकार थियौं । अहिले लाखौंको संख्यामा पुगिसके । अहिले एक किसिमले राम्रो पनि छ र नराम्रो पनि छ । आजकलका गीतसंगीत राम्रो त छन् तर धेरैजसो मनभित्र पस्दैनन् । अहिले लाइफ फास्ट छ । सबैकुरा फास्ट छ ।’ पछिल्लो छिमलको संगीतको गुणस्तरप्रति प्रेमध्वज असन्तुष्ट थिए । मान्छेको जीवनसँग नजिक हुने संगीत सिर्जनामा उनी नयाँपुस्तालाई पटक-पटक सुझाव दिइरहन्थे । उनी स्थापित गायकलाई जस्तै बाथरुम सिंगरहरुलाई पनि राम्रा गायक मान्थे । उल्टै पैसा तिरेर संचारमाध्यममा गीत बजाउनुपर्ने बाध्यताप्रति प्रेमध्वज अन्तुष्ट थिए ।

    प्रेमध्वज निधन लगत्तै उनीप्रति श्रद्धासुमनका शब्दहरु वर्षिए । लकडाउनको यो मझेरीमा उनी कुनै रकस्टारजस्तै महाप्रस्थानमा निस्किएका छन् । उनको निधनमा पत्रकार विजयकुमार ट्वीट गर्छन् :

    तार चुँडियो
    झंकार बाँकी छ

    शरीर गयो
    आवाज अमर छ

    सत सत नमन्
    प्रेमध्वज दाई !

  • नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
    प्रधानको निधनको खबरले मर्माहत बनाएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली साङ्गीतिक क्षेत्रमा प्रधाननले पुर्‍याएको योगदान स्मरणीय रहने सभामुख सापकोटाको भनाइ छ।

    बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको थियो । ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायतका उनले गाएका दर्जनौं गीत चर्चित छन् ।

    सानैदेखि संगीतमा लागेका उनले ७०० बढी गीत रेकर्ड गराएका छन् । प्रधानले ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको पहिलो गीत रेडियो नेपालमा रेकर्ड गराएका हुन् ।

  • गायक प्रेमध्वज प्रधानको निधन

    गायक प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

    विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए ।

    उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

    ८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए ।

    प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

    सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।

     

  • बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना

    बरिष्ठ गायक प्रेमध्वज प्रधान अस्पतालमा भर्ना

    काठमाडौं । बरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई स्वास्थ्यमा समस्या भएपछि विहिबार अस्पताल भर्ना गरिएको छ ।

    गायक योगेश वैद्यका अनुसार प्रधानलाई न्यूरो अस्पतालमा भर्ना गरिएको हो । छातीमा समस्या देखिएपछि उनलाई भर्ना गरिएको गायक वैद्यले जानकारी दिए ।

  • प्रेमध्वज प्रधानले सार्वजनिक गरे उदेशको नयाँ गीत ‘मलाई तिमी मनपर्‍यो’

    प्रेमध्वज प्रधानले सार्वजनिक गरे उदेशको नयाँ गीत ‘मलाई तिमी मनपर्‍यो’

    काठमाडौं । गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्‍यो’ सार्वजनिक गरेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा बरिष्ठ गायक प्रेमध्वज प्रधानले श्रेष्ठको गीत रिलिज गरे ।

    लन्च गरिएको गीतमा गायक श्रेष्ठ स्वयम चित्रित छन् । उनकै स्वर र संगीत छ भने अर्जुन पासवानको शब्द समावेश छन् ।

    ‘उद्देश्य’ गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे । ‘उदेशले आफैले गाउनुका साथै संगीत गर्न सक्छन र लेख्ने क्षमता पनि रहेछ । अब उनले संगीतमा आफुलाई निरन्तर लगाउनु पर्छ । उनलाई श्रोताले रुचाइसकेका छन्’ , त्यसैले निरन्तर गीतसंगीत मार्फत साक्षात्कार गर्नु पर्छ’ प्रेमध्वजले भने ।

    गायक श्रेष्ठले प्रेमध्वजका रुचाइएका गीतहरु गाए । प्रेमध्वजकै अगाडी गीत गाउन पाउँदा आफूलाई भाग्यमानी महसुस भएको उनले बताए । गीत सुनिसकेपछि प्रेमध्वजले पनि मुक्तकण्ठले उनको प्रशंसा गरे ।

    यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरै लगायतका गीतमार्फत चर्चित उदेशले यसैगीत मार्फत मोडलिङ सुरु गरेका हुन् ।

    गीतमा उनलाई ,माङ्गसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएकी छिन् । गीतमा छेवाङ्ग लामाको निर्देशन छ ।