Tag: प्रहरी जवान

  • कार्यालय परिसरमै गरे प्रहरी जवानले आत्महत्या

    रूपन्देही । बर्दियाको कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत पाल्पाका एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

    बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

    पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसरभित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ ।

    कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पुष्टि गरेका छन् ।

    शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको डीएसपी शाहीले बताए ।

  • नेपाल प्रहरीका १ सय २१ प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका १ सय २१ प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्राविधिक प्रहरी जवान हवल्दार बढुवाका लागि सिफारिस भएका छन् ।

    सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह, सञ्चारतर्फका १ सय २१ प्रहरी जवान प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

    यसअघि बढुवा समितिको बैठकले प्रहरी हवल्दारबाट प्रहरी सहायक निरिक्षक असईमा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नायव निरीक्षक सई सुभाषचन्द्र नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

    बढुवा भएका सबै जनाले दज्र्यानी चिन्ह लिन भने बाँकी छ ।