Tag: प्रहरी चौकी

  • दोलखाको वोच प्रहरी चौकीमा आगलागी

    दोलखाको वोच प्रहरी चौकीमा आगलागी

    दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ ।

    सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए

    भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

  • भोजपुरको वासिखोरामा प्रहरी चौकी स्थापना

    भोजपुरको वासिखोरामा प्रहरी चौकी स्थापना

    भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका-७ वासिखोरामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।

    वासिखोरा २००७ सालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जन्मथलो हो ।

    प्रहरी सहायक निरीक्षकको कमाण्डमा वासिखोरामा प्रहरी चौकी राखिएको हो । प्रहरी चौकी स्थापनासँगै यस क्षेत्रका नागरिकलाई सुरक्षाको सहयोग पुगेको स्थानीय अगुवा पारुहाङ राईले बताए ।

  • चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

    चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

    झापा । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते भएको थियो ।

    तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

    मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको हुनुहुन्थ्यो । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।