Tag: प्रमुख सचेतक

  • नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

    नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

    कैलाली । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले जनाएको हो ।

    संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा तत्कालीन नेकपा र पछि नेकपा एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको हो ।

  • सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी

    सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी

    कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले प्रमुख सचेतकबाट तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नयाँ जिम्मेवारी दिएका छन् ।

    तामाङ र खड्का दुबै कञ्चनपुरका हुन् । त्यस्तै आज नै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामकी हुन् । यस अघि एमालेमा सचेतक थिएनन् ।

  • स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    स्पष्टीकरणको विश्लेषण गरी कारवाही अघि बढाउँछौं : एमाले प्रमुख सचेतक (भिडियो)

    काठमाडौं । नेकपा एमालेले सांसदले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरी थप कारवाही अघि बढ्ने बताएको छ । कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएको आरोपमा एमालेले संघ र प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

    नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले स्पष्टीकरणको जवाफ आउन थालेको भन्दै त्यसलाई विश्लेषण गरी कारवाही प्रक्रिया बढाउने बताएका छन् । केहीले संसदीय दलको कार्यालयमै उपस्थित भएर त केहीले इमेलबाट स्पष्टीकरण पत्र पठाएको भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘समानान्तर गतिविधि गर्ने गल्ती भएको छ । सार्वजनिक सञ्चार माध्यममा पार्टी नेतृत्व, सरकारलाई खुइल्याउने प्रयासहरू भएका छन् । कर्णाली प्रदेशको ह्वीप उलङ्घनलाई निर्देशन गर्ने काम भएको छ । हाम्रो पार्टीलाई समाप्त गर्न चाहने केही व्यक्तिहरूसँग पटक-पटक उहाँहरुको उठबस हुने, गोप्य बैठकहरू हुने, अँध्यारा कोठाहरूमा बसेर पार्टी नेतृत्वलाई समाप्त गर्ने, पार्टी अध्यक्षको नेतृत्वको सरकारको विकल्प खोज्ने र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बन्दिनुस् भन्दै हिँड्ने ? स्पष्टीकरण बुझाउने क्रम जारी नै छ । त्यसको विश्लेषण गरेर हामी थप कारवाही अघि बढाउँछौँ ।’

    कर्णाली प्रदेशमा पार्टीलाई ह्वीपलाई उल्लंघन गर्दै अर्को राजनीतिक दलको सरकार टिकाउनु संसदीय इतिहासकै कलङ्क भएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए । ‘फ्लोर क्रस’ गर्ने सांसदहरूलाई पार्टीले निष्कासन गर्ने पनि उनले जानकारी दिए ।

    ‘कर्णाली प्रदेशका पाँच जना विधायकले हाम्रो पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै बहुमत प्राप्त दलको सरकार गठन गर्ने कुरामा सहयोग गर्नुको बदला हामीले जारी गरेको ह्वीपको उलङ्घन गर्दै अर्को कुनै राजनीतिक दललाई सहयोग गर्ने र उसको सरकार टिकाउने जुन खालको प्रयास गर्नुभयो त्यसका लागि पार्टीले स्पष्टीकरण सोधेको छ । उहाँहरूमाथि पार्टीले कारवाही गर्छ । पार्टीले निष्कासन गर्छ । यो पार्टी हाटबजार जस्तो बन्न हामी कुनै हालतमा दिदैँनौ ।’