Tag: प्रमुख

  • सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले

    सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले

    कैलाली । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।उनी बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी पुगेका थिए ।

    पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानुन र संविधान बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिला कुमारी त्रिपाठी हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । त्रिपाठी माओवादी केन्द्र निकट थिइन् ।

    त्रिपाठी भन्दा अघि सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख थिए ।