Tag: प्रधानसेनापति प्रभुराम शर्मा

  • भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन शर्मा दिल्ली प्रस्थान, कार्की कामु प्रधानसेनापति (भिडिओ)

    भारतीय सेनाको मानार्थ महारथीको दर्जा लिन शर्मा दिल्ली प्रस्थान, कार्की कामु प्रधानसेनापति (भिडिओ)

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा आज दिल्ली प्रस्थान गरेका छन् ।

    श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण दलकासाथ शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

    भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र अन्य राष्ट्रका सैनिक सहचरीहरुको पनि उपस्थिति थियो ।

    प्रधानसेनापतिको नियुक्तिपछिको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणका क्रममा शर्मालाई मंसिर २४ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    शर्माले दिल्लीमा आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भीआर चौधरीसँग भेटघाट गर्नेछन् ।

    प्रधानसेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

  • प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको हो ।

    प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूत यान्छीले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् । प्रधानसेनापतिमा शर्मा गत भदौ २४ गते नियुक्त भएका थिए ।

  • प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार(भिडिओ)

    प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार(भिडिओ)

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै नेपाली सेनाको जंगी अड्डा पुगेर कार्यभार सम्हालेका हुन् ।

    यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् ।

    राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित पद तथा गोपनीयताको शपत ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

    अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् । शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।