Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

  • ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

    ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैं क्रियाशील रहेको बताएका छन् ।

    शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेको बताएका हुन् ।

    नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको उल्लेख गर्दै देउवाले भनेका छन्- यहाँ हरेक जातजातिका आ-आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।

    उनले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।

  • देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेः एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ

    देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेः एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका हुन्।

    ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

    उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।

  • जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ: प्रधानमन्त्री (भिडिओ)

    जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्द्धनमा केन्द्रित भएका छौँ: प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, ‘जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।’

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई आज  सम्बोधन गर्दै उनले जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने भन्दै चिन्ता व्यक्त गरे ।

    प्रधानमन्त्रीले हालै अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत त्यस विषयले प्राथमिकता पाएको र नेपालले स्पष्ट ढङ्गले आफ्ना मत दर्ज गराएको उल्लेख गरे । प्रधानमन्त्रीले यहाँ उत्पादित बिजुली देशभित्रै खपत गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढेको जानकारी दिए ।

    उनले विद्युतीय सवारी साधनको प्रवर्द्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन पनि सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने उल्लेख गरे । प्रधानमन्त्रीले भने, ‘आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्छ । त्यसका लागि सरकार अनुदान दिन तयार छ ।’ प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत दिलाए ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर लागिपरेको बताइन् । उनले उत्पादित बिजुली खेर नजाओस् भन्नेतर्फ मन्त्रालय गम्भीर भएर लागेको भन्दै त्यसमा साथ दिन निजी क्षेत्रलाई आग्रह गरिन् ।

    उनले बिजुलीको अन्तर्राष्ट्रिय व्यापारका लागि आधारसहित आए निजी क्षेत्रलाई अनुमति दिन कुनै पनि समस्या नभएको दोहो¥याइन्। ऊर्जामन्त्रीले भने,‘मैले यसअघि पनि भनेको छु । तपाईंहरु आधार र कार्ययोजनासहित आउनूस् । अनुमति दिन मन्त्रालय तयार छ ।’

    ऊर्जामन्त्रीले विगतमा जस्तै झोलामा खोला राख्ने प्रवृत्ति बिजुली व्यापारको हकमा पनि नआओस् भन्नेमा सरकार सचेत रहेको स्पष्ट पार्नि। ‘हामीले विगतमा जलविद्युत् आयोजनाको लाइसेन्स लिने र काम नगर्ने प्रवृत्तिका बारेमा धेरै सुनेका थियौँ । बिजुली व्यापारको सन्दर्भमा पनि त्यस्तै नहोस् । अनुमति लिने तर कुनै पनि काम नगर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ,’ उनले भने ।

    वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले शून्य कार्बनको नीतिका विषयमा स्पष्ट प्रतिबद्धता जनाएकाले स्वच्छ ऊर्जाको विकास नै हाम्रो प्रमुख आवश्यकता भएको बताए ।

  • स्वास्थ्य मापदण्ड अपनाएर भाइटीका मनाउन प्रधानमन्त्री देउवाकाे आग्रह

    स्वास्थ्य मापदण्ड अपनाएर भाइटीका मनाउन प्रधानमन्त्री देउवाकाे आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहारलाई खुशीयालीका साथ मनाउन अनुरोध गरेका छन् ।

    भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको जनाएका छन् ।

    कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।

    ‘यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ–आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन सक्दैन,’ देउवाले भनेका छन् ।

    उनले तिहारजस्तो दिदीबहिनी र दाजुभाइको मिलन गराएर आपसी भाइचाराको सम्बन्ध बढाउने पर्वले हामी सबैलाई त्यो किसिमको प्रेरणा र खुशी देओस् भन्ने कामना गर्दै मुलुकमा शान्ति, अमनचयन र सुशासनको प्रत्याभूतिमा उचाइ हासिल गर्न मद्दत पुगोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

    स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

  • प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बुझे बाढीपहिरो र डुबानको अवस्था, पीडितलाई भेटेनन्

    प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बुझे बाढीपहिरो र डुबानको अवस्था, पीडितलाई भेटेनन्

    सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् ।

    उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई नभेटी हेलिकप्टरबाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् ।

    उनीसँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् ।

    बिहानै सुनसरी आएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए । उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बुझेका थिए ।

    विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडौं फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्रै बाँडे ।

    करिब पाँच मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताए । उनले बाढीले पुर्‍याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेकोसमेत बताए ।

     

  • बाढीपहिरो पीडितका लागि विशेष प्याकेज घोषणा हुन्छ: प्रधानमन्त्री देउवा (भिडिओ)

    बाढीपहिरो पीडितका लागि विशेष प्याकेज घोषणा हुन्छ: प्रधानमन्त्री देउवा (भिडिओ)

    सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने जानकारी दिएका छन् ।आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

    प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको उल्लेख गरे । खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने देउवाको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले भने,‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्शान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’

    प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।

     

     

  • प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान, सँगै गए पर्यटनमन्त्री आले पनि

    प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान, सँगै गए पर्यटनमन्त्री आले पनि

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न गृहप्रदेश सुदूरपश्चिम प्रस्थान गरेका छन्।

    आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल प्रस्थान गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीको टोलीले बझाङको थालारा र चैनपुर, बैतडीको ढुंगाड, डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

    त्यस्तै जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढी पहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको टोली शुक्रबारमात्र काठमाडौं फर्किनेछ । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि सुदूरपश्चिम प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् ।

     

  • प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

    प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवम् पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    नेपाली काँग्रेसका सभापतिसमेत तथा प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व. राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए ।

    राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए । राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमितरूपमा डायलायसिस गर्दै आएका थिए ।

    गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाई शाहले बताए । स्व. राणाका एक श्रीमती र एक छोरी छन् ।

    राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

    राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घकोसमेत अध्यक्ष रहेका थिए । कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूत भएका थए। राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवम् प्रबन्ध निर्देशक पनि थिए ।

    रासस

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

    प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच शनिबार भेटघाट भएको छ ।

    प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसुबकमार्फत दिएको जानकारी अनुसार उनीहरूबीच यथाशिघ्र मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल भएको थियो ।

  • मन्त्रिपरिषद विस्तारबारे देउवा-प्रचण्ड छलफल, माधव नेपाल पक्षलाई समेट्ने प्रयास

    मन्त्रिपरिषद विस्तारबारे देउवा-प्रचण्ड छलफल, माधव नेपाल पक्षलाई समेट्ने प्रयास

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।

    प्रचण्डले यसबीचमा जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । सरकारको बहुमत सुरक्षित गर्न र गठबन्धन जोगाउनका लागि माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउनुपर्ने पक्षमा प्रचण्ड छन् । एमाले एकताको प्रयास जारी रहेको र माधव नेपाल आफ्नो समूहका केही नेताको दबाबमा परेकाले निर्णय हुन सकेको छैन ।

    स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई शनिवारसम्म निर्णय गर्न आग्रह गरेका थिए । नेपालले सरकारमा सहभागी हुनेबारेमा आफ्नो निर्णय सुनाएमा आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ ।

    माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् । नेपाल पक्ष संस्थागत रुपमा सहभागी हुन अप्ठेरो परेमा नेपालले सिफारिस गरेका सांसदहरूलाई स्वतन्त्र हैसियतमा मन्त्री बनाउन समेत गठबन्धन तयार छ ।

  • मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, देउवालाई भेटेर फर्किए प्रचण्ड

    मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, देउवालाई भेटेर फर्किए प्रचण्ड

    काठमाडौं । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको बताइको छ ।

    प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

    देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेकोमा कांग्रेसभित्र अशन्तुष्टी छ । यसअघि प्रचण्डले गठबन्धनका अन्य नेतासँग पनि छलफल गरेका छन् ।

    जसपाको आधिकारिकता उपेन्द्र यादवले पाइसकेपछि अब सरकारमा सहभागी हुने बाटो खुलेको छ । यादवले तत्कालै जसपा सरकारमा जाने बताएका छन् ।

    यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।

  • निर्मला पन्तका हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    निर्मला पन्तका हत्यारालाई कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तका दोषीलाई पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापालाई बोलाएर निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित अहिलेसम्मको अनुसन्धानबारे जानकारी पनि लिएका छन् । उनले जतिसक्दो चाडै दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

    आइतबार मात्रै निर्मलाका आफन्तजनले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा दोस्रो दिन उखुबारीमा शव भेटिएको थियो ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भेटे प्रधानमन्त्री, कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन माग

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम नियन्त्रणका लागि खोप उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

    प्रदेशको समग्र विकासको बारेमा पनि भेटका क्रममा छलफल भएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिए ।

  • प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

    प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

    शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले छलफल गरिसकेका छन् ।

  • प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा, बुझे सीता दाहालको स्वास्थ्य

    प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा, बुझे सीता दाहालको स्वास्थ्य

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

    प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केही बेरअघि खुमलटार पुगेका हुन् ।

    अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

    पार्किन्सस रोगका कारण सीता लामो समयदेखि अस्वस्थ छिन् ।

    रासस

  • प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै

    प्रधानमन्त्री देउवा उपत्यकाको कोरोना खोपकेन्द्र अनुगमनमा निस्किँदै

    काठमाडौं । कोरोनाविरुद्धको खोप आपूर्ति र वितरणलाई सरकारको अर्जुनदृष्टि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं उपत्यकाका कोरोना खोप केन्द्रको निरीक्षण तथा अनुगमन गर्दैछन् ।

    आज विहान १० बजेपछि प्रधानमन्त्रीको टोली उपत्यकाका केहि सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणका सहजता÷असहजताबारे जानकारी लिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्नेछन् ।

    आजैदेखि काठमाडौंमा अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप वितरण सुरु हुँदैछ ।

    खोप अभियानका क्रममा तोकिएको उमेरसमूहका नागरिक भन्दा अन्य उमेरसमूहलाई वितरण गरिएको गुनासो आइरहेको समयमा प्रधानमन्त्री आफैं अनुगमनमा निस्किएका हुन् ।

    हिजो प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता भनेको कोरोना खोपमात्र रहेको बताएका थिए ।

     

  • कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

    कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

    स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    त्यस्तै कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले निर्देशन गरेका छन् ।

  • साइत हेराएर बालुवाटार छिरे प्रधानमन्त्री देउवा (भिडियो)

    साइत हेराएर बालुवाटार छिरे प्रधानमन्त्री देउवा (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्  ।

    गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् । प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

    उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए । सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।

     

  • देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    देउवालाई विश्वासको मत दिलाउन एमालेको नेपाल पक्षले सहयोग गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ । सकभर सिंगो एमालेलाई नै विश्वासको त दिन लगाउने नभए आफूहरुले देउवालाई विश्वासको मत दिने नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए ।

    एमालेको नेपाल पक्षका २३ सहित १ सय ४६ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट हालेपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली पदमुक्त भएका छन् । सर्वोच्च अदाले उक्त रिटमाथि फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    ‘सकभर सिंगो पार्टीलाई नै देउवाका लागि विश्वासको मत दिन लगाउने, नभए हामी २३ जनाले भए पनि मत दिने भन्ने कुरा छ,’ नेपाल प्रेससँग चौधरीले भने, ‘हामी आँखा चिम्लेर विश्वासको मत दिन्छौं । नभए यो व्यवस्था टिक्दैन ।’

    सर्वोच्चको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भइ कार्यभार ग्रहण गरिरहेका छन् । तर, देउवाले ३० दिन भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । सर्वोच्चको फैसलामा संविधानको धारा ७६ (५) अन्तर्गत नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत लिँदा दलीय ह्वीप नलाग्नेसमेत उल्लेख छ । विश्वासको मत लिन देउवा सफल नभए प्रतिनिधिसभा स्वतः विघटन भएर देश चुनावतिर जाने छ।

    सर्वोच्चको फैसला आएकै दिन सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफूहरु गठबन्धनबाट बाहिरिने घोषणा गरेका थिए । सर्वोच्चको फैसला र कार्यदलमा भएको १० बुँदे सहमतिले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको भन्दै परिस्थिति विझिदिन नेता नेपालले अन्य नेताहरुसँग आग्रह गरेका थिए ।

    तर फैसलापछि ओली पक्ष माधव नेपालसँग रुष्ट बनेको छ। एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ फैसलापछि नेपालको गतिविधिले संवादको सम्भावाना नरहेको बताउँछन् । उनले भने, ‘फैसलापछि उहाँको गतिविधि जुन देखिएको छ, त्यसले स्थिति त्यति धेरै सकरात्मक देखिन्न।’

    विपक्षी गठबन्धनमा लागेर नेपाल पक्ष सर्वोच्चमा गएका कारण ओली पदमुक्त हुनुपरेपछि संस्थापन पक्ष नेपाल पक्षसँग रुष्ट छ। नेपाल पक्षका केन्दीय सदस्य चौधरी यसलाई बालुवाटार छोड्नु परेको पीडा र आवेग भन्दै त्यो केही समय मात्रै रहने बताउँछन्।

    सर्वोच्चको फैसला आउनु अघिल्लो दिन विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो। कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ ।

    उक्त सहमतिलाई क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने, त्यसअघि ओली र नेपाल भेटघाट गरेर त्यसलाई अन्तिमरुप दिने सहमति कार्यदलमा बनेको थियो।