Tag: प्रधानमन्त्री नरेन्द्र मोदी

  • फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली

    फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । यद्यपि फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको भनाइ छ ।

    प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाए ।

    उनले भने, ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ । राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ । तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’

  • २१ वर्षदेखि बिनाबिदा काम गर्दै भारतीय प्रधानमन्त्री मोदी !

    २१ वर्षदेखि बिनाबिदा काम गर्दै भारतीय प्रधानमन्त्री मोदी !

    दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् ।

    भारतीय जनता पार्टी (भाजपा)को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उहाँले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन् ।

    उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए ।

    प्रधानमन्त्री मोदीले भने- “मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।”

    उनले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिएका थिए ।

    उनले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गर्नुभएको मन्त्री मेघवालले बताए ।

    असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो । प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिएका थिए ।