Tag: प्रधानमन्त्री देउवा

  • दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सुर्खेत आउँदै

    दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा सुर्खेत आउँदै

    सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत आउने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत आउन लागेका हुन् ।

    एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी संकायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।

    प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बिहान १० बजे विश्वविद्यालयको सिनेट बस्ने भएको छ । सिनेटमा दीक्षान्त समारोहबारे निर्णय गरिने छ भने ११ बजे देखि सहकुलपति शिक्षा मन्त्री देवेन्द्र पौडेल, नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी लगायतको उपस्थितिमा ती विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।

    दीक्षित हुने विद्यार्थीमा एकजनाले विद्यावारिधि गरेका पनि छन् । एमयूबाट पूर्णमान श्रेष्ठ पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएको भन्दै विश्वविद्यालयले उनलाई दीक्षित गर्ने भएको हो ।

  • प्रधानमन्त्री देउवा बनारस पुगेर आजै स्वदेश फर्कँदै

    प्रधानमन्त्री देउवा बनारस पुगेर आजै स्वदेश फर्कँदै

    काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

    भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ । देउवा तीनदिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।

    शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

  • प्रधानमन्त्री देउवा आज भारत जाँदै

    प्रधानमन्त्री देउवा आज भारत जाँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् ।

    भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

    शुक्रबार दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस। जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । शुक्रबारको कार्यक्रम यही अन्त हुनेछ ।

    शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

    मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

    शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

    प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।

     

  • स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड (भिडिओ)

    स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड (भिडिओ)

    स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

    स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले भने ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ।’

    स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

    सबैको साथ र सहयोगमा आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताउँदै स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा जोड समेत दिए ।

    चुनाव वैशाख ३० मै सम्पन्न हुने भन्दै देउवाले सरकार पूर्ण तयारीमा लागेको बताए ।

  • प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका

    प्रधानमन्त्री देउवा आज पूर्वी नेपाल जाँदै, उद्‍घाटन र शिलान्यासका व्यस्त तालिका

    काठमाडौं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।

    उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।

    त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।

  • प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

    प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

    काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

    रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् । उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो ।

    ब्लिनकनले भनेका छन्– रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।

    नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो ।

    नेपालको संसदबाट एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।

  • प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री भएको छ महिनापछि आज शेरबहादुर देउवाले पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।

    सम्बोधनमा सरकारले यस अवधिमा गरेका कामबारे देशबासीलाई जानकारी गराउने बताइएको छ । यससँगै कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले गरेका प्रयासबारे पनि प्रधानमन्त्रीले जानकारी दिनेछन् ।

    पाँच दलीय गठबन्धनबाट बनेको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ ।

  • मन्त्रीहरू साथमै राखेर सचिवसँग प्रधानमन्त्रीको छलफल

    मन्त्रीहरू साथमै राखेर सचिवसँग प्रधानमन्त्रीको छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा सचिवहरूसँग छलफल गरेका छन् ।

    बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

    मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले सचिवहरूलाई योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सो क्रममा सचिवहरूले मन्त्रालयबाट भएगरेका काम र बाधाअप्ठ्याराका बारेमा रिपोर्टिङ गरेका छन् ।

  • यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

    यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

    लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् ।

    नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् ।

    लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् । देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

    प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको खनालले बताइन्।

    भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।

    देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् । प्रधानमन्त्रीको टोली ३ नोभेम्बरका दिन ग्लास्गो सहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

  • अर्ली इलेक्सनबारे प्रधानमन्त्री देउवाको जवाफ – गठबन्धनले भने अनुसार हुन्छ

    अर्ली इलेक्सनबारे प्रधानमन्त्री देउवाको जवाफ – गठबन्धनले भने अनुसार हुन्छ

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका छन् ।

    शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा वैशाखमा ताजा जनादेशसम्बन्धी जिज्ञासामा प्रधानमन्त्रीले गठबन्धनले भने अनुसार हुने बताएका हुन् ।

    अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । कांग्रेसकै नेताहरू अर्ली इलेक्सनमा सकारात्मक रहेका बेला देउवाले अर्ली इलेक्सनबारे सकारात्मक जवाफ दिएका हुन् ।

    यद्यपि, यसबारे आफू एक्लैले भनेर नहुने उनले बताए । प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

  • सय दिनको समीक्षा : सरकार, संसद र अदालत सबैतिर बेथितिका बाछिटा

    सय दिनको समीक्षा : सरकार, संसद र अदालत सबैतिर बेथितिका बाछिटा

    काठमाडौं । गत असार २८ गते संविधानको धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा परमादेश जारी गर्‍यो । असार २९ गते साँझ मुलुकको नयाँ कार्यकारी प्रमुखको रूपमा कांग्रेस सभापति देउवाले सपथ लिए ।

    देउवा नेतृत्वको सरकारले बुधबार १ सय दिन पूरा गर्‍यो । राजनीतिक वृत्तमा १ सय दिनको अवधिलाई मधुमास वा ‘हनिमुन पिरियड’ भन्ने चलन छ । कुनैपनि सरकारको प्राथमिकता , गति र दिशा पहिल्याउनका लागि सुरुआती १ सय दिन पर्खने चलन छ । यही अनुसार सरकारको सय दिनका समीक्षा विभिन्न कोणबाट भइरहेका छन् ।

    सरकार आफैंले १ सय दिनका उपलब्धी भनेर २४ बुँदा सार्वजनिक गरेको छ । कोभिड नियन्त्रण, खोप वितरण, सन्तुलित परराष्ट्रनीति, गम्भीर रोग लागेकाहरूलाई मासिक ५ हजार जीविकोपार्जन भत्तादेखि साफ उपविजेता बनेको फुटबल टोलीलाई ५-५ लाख रूपैयाँ दिने घोषणासम्म सरकारको उपलब्धीमा समेटिएका छन् । आलोचकहरूले भने सरकारले राजनीतिक औचित्य पुष्टी गर्न नसकेको, नियुक्ति र मनोनयनमा पारदर्शीता नदेखिएको, जनताले राहतको महसुस नगरेको तथा प्राथमिकता बिर्सिएको सरकारका रूपमा टिप्पणी गरेका छन् ।

    एउटा राष्ट्रको जीवनमा १ सय दिन धेरै लामो अवधि होइन । यद्यपि खास अवस्थामा १ सय दिनको राजनीतिले दशकौंसम्म प्रभाव राख्छ । पछिल्लो एक सय दिन नेपाली राजनीतिमा त्यस्तै प्रभाव राख्नेमध्येका दिन थिए । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि कसैको दावी नपुगेको घोषणा गरेको र प्रतिनिधिसभाबाट सरकार बन्न नसकेको दावीसहित तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको पृष्ठभूमी पछिल्लो सय दिनको राजनीतिका लागि महत्वपूर्ण छ ।

    सय दिनअघि सत्ताको बागडोर सम्हाल्दा प्रधानमन्त्री देउवाको दावी थियो- हामीले संविधान जोगायौं । उनै प्रधानमन्त्रीलाई सयदिनभित्रै संविधान मिचेको आरोप लाग्यो । विगतमा अध्यादेशको विरोध गर्ने देउवाले एमाले फुटाउन अध्यादेश ल्याए । गैरसांसदलाई मन्त्री मनाउने देउवाको निर्णयपनि संविधानको ‘स्पिरिट’ विपरीतको थियो । यी प्रसंगहरूमा प्रधानमन्त्री देउवामात्रै नभएर सत्तारुढ गठबन्धन नै आलोचित भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूह , जसपा र राष्ट्रिय जनमोर्चाले ७६ (५) को प्रधानमन्त्रीका रूपमा देउवालाई शपथ गराउने लगायतका माग राखेर सर्वोच्च अदालतमा रिट दिएका थिए । सोही रिटउपर असार २८ मा फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनका लागि परमादेश दिएको थियो । फैसलाबाट असन्तुष्ट नेकपा एमाले लगायतका दलले आज पर्यन्त वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको’ आरोप लगाउँदै आएका छन् । जबकी प्रधानमन्त्री देउवा संसदमा लिएको विश्वासको मत देखाएर आफू ‘जनादेश’ कै प्रधानमन्त्री रहेको बताउँदै आएका छन् ।

    कार्यपालिका : औचित्य देखाउनै धौ धौ

    सय दिनअघि सत्ताको बागडोर सम्हाल्दा प्रधानमन्त्री देउवाको दावी थियो- हामीले संविधान जोगायौं । उनै प्रधानमन्त्रीलाई सयदिनभित्रै संविधान मिचेको आरोप लाग्यो । विगतमा अध्यादेशको विरोध गर्ने देउवाले एमाले फुटाउन अध्यादेश ल्याए । गैरसांसदलाई मन्त्री मनाउने देउवाको निर्णयपनि संविधानको ‘स्पिरिट’ विपरीतको थियो । यी प्रसंगहरूमा प्रधानमन्त्री देउवामात्रै नभएर सत्तारुढ गठबन्धन नै आलोचित भएको छ ।

    सरकारले उपलब्धीका रूपमा सार्वजनिक गरेका कामहरू हरेक सरकारका ‘नियमित कर्म’ भन्दा फरक छैनन् । डेढ करोड जनसंख्यालाई कोभिड खोप लगाउन सरकार सफल भएको सत्य हो तर त्यसको एकल जस देउवाले पाउने अवस्था छैन । किनकी सिंहदरबार छाड्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आवश्यक खोपको जोहो गरिसकेको’ दावी गरेका थिए ।

    प्रधानमन्त्रीको रूपमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ दिँदै देउवा ।

    पछिल्लो १ सय दिनमा प्रधानमन्त्री देउवाले शासकीय प्रभाव छाड्ने गतिलो उदाहरण प्रस्तुत गर्न सकेका छैनन् । पार्टीका आन्तरिक बैठक र व्यवस्थापनमा अल्झिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ८८ दिन लगाउनु र सय दिनसम्म सचिवालयसमेत गठन गर्न नसक्नुले कार्यपालिकाले औचित्य सावित गर्न नसकेको प्रष्ट हुन्छ । राजनीतिक नियुक्तिलाई विवादरहित बनाउन नसकेको मात्रै होइन ‘स्वार्थको द्वन्द्व’ देखिनेगरी काम गरेको आरोप सरकारमाथि छ । संसदीय शासनको वकालत गर्ने तर संसदलाई बिजनेश दिन नसक्ने, स्वतन्त्र न्यायालयको नारा लगाउने तर न्यायालयलाई विवादित बनाउने काम कार्यपालिकाले यो अवधिमा गरेको छ ।

    व्यवस्थापिका : बिजनेश छैन, विवादमात्रै

    दुईपटक विघटित भएर पनि ब्यूँतिएको संसदले सयदिनयता बिजनेश पाउन सकेको छैन । संसदलाई सुचारु गराउने र काम दिने मुख्य दायित्व सरकारकै हो । सय दिनमा संसदबाट विश्वासको मत लिने र बजेट पारित गराउनेबाहेक उल्लेख्य काम हुन सकेको छैन । संसद निष्प्रभावी देखिनुमा प्रमुख प्रतिपक्षको अवरोध पनि एउटा कारण हो तर त्यसको समाधानका लागि सत्तापक्षले पर्याप्त चासो राखेको देखिदैन । संसद सुचारु गराउने विषयमा पारदर्शी पहल गर्नुको साटो दूत पठाएर ‘गोप्य संवाद’ गर्ने प्रधानमन्त्रीको शैलीले परिणाम दिन सकेको छैन ।

    प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कदम सरकारको दृष्टिमा सफलता हुनसक्छ तर संवैधानिक र राजनीतिक कसीमा होइन । संसदले भूमिका नपाइरहने अवस्थाको निरन्तरताले संसद जोगाएर ‘सर्वोच्चता’ कायम गर्‍यौं भन्ने दावीमाथि नै प्रश्न उठिरहेको छ ।

    न्यायपालिका : सत्तामा भाग, घट्दो विश्वास

    आजपर्यन्त न्यायपालिका नागरिक विश्वासको केन्द्र हो । न्यायका लागि स्वतन्त्र न्यायालयको निष्पक्ष भूमिका अपेक्षित हुन्छ । अदालतमाथि राजनीतिको छायाँ परेको आरोप निरन्तर लागिरहेका बेला वर्तमान सरकारका कामले पनि न्यायालयलाई विवादमै ल्यायो । स्वतन्त्र र निष्पक्ष न्यायालयको वकालत गर्ने तर मन्त्रिपरिषद् विस्तारमै ‘न्यायालय’ लाई भाग छुट्याउने अस्वभाविक निर्णय भयो ।

    उद्योगमन्त्रीमा गजेन्द्र हमालको नियुक्ति र बहिर्गमन जेजति कारणले भएपनि त्यसले ‘स्वतन्त्र न्यायालय’ लाई लाञ्छित गर्ने काम भयो । सत्तारुढ गठबन्धनको बैठकमा ‘प्रधानन्यायाधीशलाई भाग छुट्याउने’ सहमति हुनु र त्यसको परिणाम मन्त्रिपरिषद विस्तारमा देखिनुले न्यायलयको छवि धुमिल बनाएको छ ।

    हिजो होस् वा आज, सत्ताधारीले उपलब्धीका सूची लामै सार्वजनिक गर्छन् । जनताले अनूभूति नगरेको उपलब्धी न हिजो ‘सदर’ भयो न आज हुनेछ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको मर्ममाथि नै प्रहार हुने पछिल्लो सय दिनको राजनीतिले निराशालाई नै निरन्तरता दिएको छ ।

    प्रारम्भमै सरकारलाई ‘जनादेशको नभएर परमादेशको’ भन्ने आरोप लागेकै थियो । सय दिनको कामले त्यो आरोपलाई खण्डन गर्नुको साटो अझ मलजल गरेको छ । अझ परमादेशमा संलग्न अन्य चार न्यायाधीशले पनि यथोचित समयमा यथोचित भागबण्डा पाउने भद्र सहमति भएको चर्चा सत्ताधारी नेताहरूबीचमै चलिरहेकाले न्यायपालिका सत्ताको हिस्सेदार बनेको आरोपमा मलजल भएको छ ।

    हिजो होस् वा आज, सत्ताधारीले उपलब्धीका सूची लामै सार्वजनिक गर्छन् । जनताले अनूभूति नगरेको उपलब्धी न हिजो ‘सदर’ भयो न आज हुनेछ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको मर्ममाथि नै प्रहार हुने पछिल्लो सय दिनको राजनीतिले निराशालाई नै निरन्तरता दिएको छ ।

  • प्रधानमन्त्रीद्वारा मुस्लिम धर्मावलम्वीलाई मोहम्मद जयन्तीको शुभकामना

    प्रधानमन्त्रीद्वारा मुस्लिम धर्मावलम्वीलाई मोहम्मद जयन्तीको शुभकामना

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना सन्देश दिएका छन् । आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ ।

    यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिएका हुन् ।

    ‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात मोहम्मद जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण मुस्लिम धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ ट्वीटमा प्रधानमन्त्री देउवाले लेखेका छन् ।

  • अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

    काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति प्रधानमन्त्री शेर बहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण सोमबार राति निधन भएको थियो ।

    पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।

    सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।

    उनको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सन् २००२ मा नेपालमा उनीसँगको भेटसमेत सम्झिएका छन् ।

  • फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    फोहोर व्यवस्थापनका लागि पहल गर्न प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको पत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थालेका छन् ।

    आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले बताए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्रीसँगको भेटपछि शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौं । उहाँले त्यहीँबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्रीले बोलाएर भन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुनेबितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताए । ‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ । त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ । आज भेटघाटको मिति तय भयो ।’

    प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।

    शाक्यले सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराएका छन् । सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन । जसका कारण उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।