Tag: प्रधानमन्त्री केपी शर्मा ओली

  • प्रधानमन्त्री भन्छन्-हाम्रो आदत बिग्रियो, किन आयात गर्ने इण्डिया गेट र लालकिल्ला चामल ?

    प्रधानमन्त्री भन्छन्-हाम्रो आदत बिग्रियो, किन आयात गर्ने इण्डिया गेट र लालकिल्ला चामल ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्याप्त उत्पादन भएर पनि सोखका लागि विदेशबाट चामल आयात भइरहेको बताएका छन् । स्वदेशमा पनि हेर्दा राम्रो देखिनेभन्दा पौष्टिकता बढी भएको र स्वस्थकर धान उत्पादन गर्न जनतालाई सुझाव दिए ।

    कृषि महासंघको कार्यक्रममा बोल्दै ओलीले आफू किसानको छोरो भएको र कृषि क्षेत्रको सबै ज्ञान आफूसँग रहेको उल्लेख गरे । ओलीले दिएको मन्तव्यका केही अंशः

    म आफैं दाम्ला बाटेर, गाईभैँसी दुहेर, परालको पिर्का बनाएर, हलो ताछेर हुर्केको हुँ । जोतारो केलाई भन्छन्, फाली केलाई भन्छन्, सोइलो केलाई भन्छन्, सबैले बुझ्दैनन् । तर, हामी बुझ्छौं । कतिले जुवा भनेको सुनेका छन् तर, फाली देखेका छैनन् । हलोमा ठोक्नेलाई के भन्छन् भन्ने भन्यो भने धेरै नेतालाई आउँदैन । कस्तो पर्‍या हुन्छ रे भन्छन् । यो अवस्था छ ।

    म कृषि पृष्ठभूमिबाटै आएको हो । हामी सबै कृषिबाटै आएका हौं । कृषि बुझ्छौं । बोट-बिरुवा, बीउ बुझ्छौं । कलमी केलाई भन्छन्, कसरी गरिन्छ, त्यो बुझ्छौं । ६५ प्रतिशतभन्दा बढी कृषिसँग सम्वन्धित र कृषिमा आधारित मजदूर भए पनि बिहान बेलुका कृषि नै गर्छन् ।

    कृषिको आधुनिकीकरण र व्यवसायीकरण नगरिकन हामी माथि उठ्न सक्दैनौं । कृषिमा आत्मनिर्भर बन्नका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्‍यो । त्यसपछि कृषि उत्पादनलाई निर्यातको वस्तु बनाउनुपर्‍यो । हाम्रोजस्तो उर्बर देश कृषि उत्पादन निर्यातक हुन सक्छ । तर, आज हामी अरबौंको आयात गरिरहेका छौं ।

    हामीलाई चाहिएर भन्दा बढी हामी अलिकति स्वाङ पार्न थालेका छौं । हामीलाई लालकिल्ला भन्ने लामो सिता भएको चामल चाहिन्छ । इण्डिया गेट भन्ने चाहिन्छ । किन चाहियो इण्डिया गेट ? इण्डिया गेट भनेको कति वर्ष पुरानो चामल हो ? त्यसको कति उपचार गर्दागर्दा समाप्त भइसकेको होला । तपाईंहरूले हेर्नुभएको छ एक इन्च लामो सिता हुन्छ । त्यो सक्कली हो ? त्यो तपाईं-हामीले बुझेका छौं । यति पुरानो भएको छ । मर्मत-सम्भार गरेर यहाँ पठाइन्छ । तर, हामीलाई बास्मती, लालकिल्ला चाहियो । इण्डिया गेट चाहियो । अर्को के चाहियो ।

    यस्ता चामल किन आयात गर्छौं भन्दा आनिबानी बिग्रयो । यस्ता चामल किन आयात गर्ने ? हामीलाई वार्षिक ९४ लाख मेट्रिक टन चामल चाहिएला । १०७/०८ लाख मेट्रिक टन उत्पादन गर्छौं । खान पुग्नेभन्दा बढी छ । हाम्रो आवश्यकताभन्दा १० प्रतिशत बढी खाद्यवस्तु उत्पादन हुन्छ । तर, आदत विग्रेकोले थुप्रै कुरा आयात गर्छौं । त्यस स्थितिलाई पनि हामीले बदल्नु पर्छ ।

    बास्मती लगाउनुस, मसिना चामल लगाउनुस् भन्ने सल्लाह म दिन्न । यो चौथाई फल्छ । हामीलाई बढी फल्ने, पौष्टिक र स्वस्थकर चाहियो । मसिना पनि फलाउनुस्, ठीक छ । अलिक महंगो दाममा बिक्छ । तर, फल्छ कम । मोटा धानको जस्तो ठूल्ठूला गाँज आउँछ, मसिनाको त्यस्तो गाँज आउँदैन । सिल्के हुन्छ । त्यसको उत्पादकत्व वृद्धि गरेपछि मात्रै प्रतिफलदायी हुन्छ । त्यस्तो परिवर्तन नगरिकन, सुधार नगरिकन हुँदैन । उत्पादकत्व दुई गुणा वृद्धि नगरी हुन्न नत्र पोसाउँदैन ।

  • ‘छलफलवाला’ मान्छेको पाटीको बास भएपछि धमाधम काम हुन थाल्यो: ओली (भिडियो)

    ‘छलफलवाला’ मान्छेको पाटीको बास भएपछि धमाधम काम हुन थाल्यो: ओली (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न खोज्दा जहिले पनि केही व्यक्तिले छलफल गर्नुपर्छ भन्दै अवरोध सिर्जना गरेकोमा अब छलफलवालाहरू हिँडेपछि धमाधम काम हुन थालेको बताएका छन् ।

    नेकपानिकट भूमिहीन सुकुम्बासी संघको राष्ट्रिय भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल र नारायणकाजी श्रेष्ठले हरेक कुरामा छलफल गर्नुपर्छ भनेर आफूलाई सधैँ अवरोध गरेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘मैले भेटेको तीनजना मान्छे छलफलवाला माधव नेपाल ,घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ, सुकुम्बासी आयोग बनाउँ भन्यो छलफल गर्नुपर्छ । यसो गरौं भन्यो छलफल हुनुपर्छ भन्‍ने । ती मान्छेहरू पार्टी छाडेर पाटीतिर लागे । तिनीहरूको पाटीको बास हुन थालेपछि अब काम हुन थालेको छ ।’

    आयोगले अब भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र कोही पनि भूमिहीन नहुने प्रधानमन्त्रीले बताए । ओलीले आउने चुनावमा कसरी बहुमत आउँछ भन्ने प्रश्न आवश्यक नरहेको बताए ।

    उनले भने, ‘कतिपयले प्रश्न गर्छन्,नेकपा फुटेपछि कसरी वहुमत आउछ ? यसमा कुनै भ्रम पाल्नु जरुरी छैन । हामीलाई वहुमत नदिए जनताले कसले दिन्छन् ? त्यो हामी गरेर देखाउँछौं ।’

  • स्वर्गीय यादवको स्मृति दिवसमा प्रधानमन्त्री सिरहा आउँदै, सुरक्षा व्यवस्था कडा

    स्वर्गीय यादवको स्मृति दिवसमा प्रधानमन्त्री सिरहा आउँदै, सुरक्षा व्यवस्था कडा

    जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सांसद स्वर्गीय हेमनारायण यादवको १७ औं स्मृति दिवस मनाउन आउन लागेका कारण सिरहा सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयदेखि हेमनारायण चोकसम्म  सडक खाली गरेको छ । पैदल यात्रुलाई समेत आवतजावत गर्न दिइएको छैन ।

    प्रधानमन्त्री ओली आएलगत्तै स्वर्गीय यादवको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । सालिक अगाडि प्रधानमन्त्री ओलीको स्वागतका लागि रातो कार्पेटओछ्याइएको छ ।

    नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाउने योजना बनाउन सक्ने भन्दै सुरक्षाकर्मीले पसल समेत बन्द गराएका छन् ।

    स्वर्गीय यादवको सालिकमा माल्यार्पणपछि प्रधानमन्त्री ओलीले सिरहा क्याम्पसमा आयोजित सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

  • प्रधानमन्त्री चितवनमा : सभागृह शिलन्यास, सडक स्तरोन्नती शुभारम्भ

    प्रधानमन्त्री चितवनमा : सभागृह शिलन्यास, सडक स्तरोन्नती शुभारम्भ

    चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक-गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् ।

    भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन् । साथै उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरे ।

    शनिबारै प्रधानमन्त्रीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास समेत गरे । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उनले आज शिलान्यास गरेका हुन् ।

    देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण शुरु गरेको हो ।

    सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो । सिटीहल निर्माणपछि यसको व्यवस्थापन भरतपुर महानगरले गर्नेछ ।

    शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागि थिए ।

  • हिमाल आरोहणमा जानेलाई सरकारले सहयोग गर्छ:  प्रधानमन्त्री

    हिमाल आरोहणमा जानेलाई सरकारले सहयोग गर्छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।
    मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका १० नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    उनले माउन्ट केटू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।

    प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाई छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए। वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाई छ ।

    माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए । माउन्ट के टू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाई छ ।

     

     

     

  • प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् ।

    धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

    सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

    पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

    सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

    पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिए ।

  • नेपालकै दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

    नेपालकै दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालकै दोस्रो लामो पुल उद्घटन गर्न आज दाङ जाँदैछन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको पुलको लम्बाइ ८६५ दशमलव ४२ मिटर रहेको प्रधानमन्त्रीको विकास मामिला विज्ञ गजेन्द्र थपलियाले बताए ।

    राप्ती गाउँपालिकाको सिसहनीया र गढवा गाउँपालिकाको महादेवा जोड्ने यो पुल कोठियाघाटपछिको सबैभन्दा लामो हो । करीव एक अर्ब लागतमा निर्माण भएको पुल २०७३ साल मंसिरबाट निर्माण शुरु भएको थियो ।

    पुल उद्घाटनपछि आजै प्रधानमन्त्रीले राप्तीको लालमटिया गाउँमा आयोजना गरिएको नेकपाको आमसभालाई सम्बोधन गर्नेछन् । सभामा ५० हजार जनसहभागिता जुटाउने दावी स्थानीय नेकपाको छ ।

  • प्रधानमन्त्री पशुपतिनाथमा

    प्रधानमन्त्री पशुपतिनाथमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै पशुपतिनाथ पुगेका छन् । सोमबार शिवजीको विशेष दिन पारेर प्रधानमन्त्री बिहान साढे आठ बजे पशुपतिनाथ मन्दिर पुगेका हुन् ।

    उनी पूजाअर्चना गर्न नभइ मन्दिरको अवलोकन गर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कोरोनाका कारण लकडाउन भएपछि लामो समय बन्द भएको पशुपतिनाथ मन्दिर केही दिनअघि मात्रै खुला गरिएको थियो ।

    प्रधानमन्त्रीले पशुपति क्षेत्रमा भएका विकासनिर्माणको बारेमा पनि जानकारी लिंदैछन् ।

  • प्रधानमन्त्रीले भने– म पनि अपांग नै हुँ, अर्काको किड्नीको बैसाखी टेकेर हिंडेको छु

    प्रधानमन्त्रीले भने– म पनि अपांग नै हुँ, अर्काको किड्नीको बैसाखी टेकेर हिंडेको छु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि ‘अपांग’ भएको भन्दै अपांगता भएका व्यक्तिहरुलाई हरेस नखान आग्रह गरेका छन् । दुवै मिर्गौला फेरेर पनि अझै देश र जनताका लागि केही गर्न लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले भने– म अर्काको मिर्गौलाको बैसाखी टेकेर हिंडिरहेको छु । एक हिसाबमा म पनि अपांग नै हुँ । शारीरिक रुपमा अपांग हुँदैमा हरेस खानुहुँदैन ।

    आइतबार काठमाडौंमा अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा उनले शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने बताए । ‘कोही-कोही सबलांग छु भन्नेहरु देशको हितविपरीत लागेका छन् । शारीरिक रुपमा हुने कमजोरी भन्दा मानसिक दरिद्रता ज्यादै खतरनाक हुन्छ’ उनले भने । उनले साहित्यकार तथा लेखक झमक घिमिरेको उदाहरण दिंदै अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने बताए । घिमिरेबाट सबैले प्रेरणा लिन सक्नुपर्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले शारीरिक रुपमा अशक्त, सहाराविहीनहरुका लागि सरकार अभिभावक भएको बताए । ‘अब कोही सडक बालबालिका हुने छैनन्, कसैले सडकमा मागेर खानु पर्दैन’ उनले भने, ‘सहाराविहीनका लागि सरकार छ ।’

  • प्रधानमन्त्रीको निर्देशनपछि चिकित्सा शिक्षा शुल्क नबढ्ने

    प्रधानमन्त्रीको निर्देशनपछि चिकित्सा शिक्षा शुल्क नबढ्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो ।

    आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबिबीएस कार्यक्रमका लागि रु आठ लाख बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    बैठकले उक्त विषयमा निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री केष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने गठन गरेको छ । कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्य तथा जनसङ्ख्यान्त्री हृदयेश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा उषा झा, आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहनुभएको छ ।

    बैठकमा राष्ट्रिय चिकित्सा ऐन २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ पहिलो संशोधन, एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, नेशनल बोर्ड आफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि, चिकित्सा शिक्षासम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेका संस्थाहरुको स्तरोन्नतिका सम्बन्धी मापदण्डहरु भने अनुमोदन भएको छ ।

  • चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षामा शुल्क नबढाउन निर्देशन दिएका छन् ।  शुक्रबार भएको बैठकमा  चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

    बैठकमा  आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपिया बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो ।

    आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धी गरी ४८ लाख रुपिया सिफारिस गरेको थियो ।
    आयोगको अध्यक्ष समेत रहेका प्रम ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् । ‘कोरोनाले अर्थतन्त्र धरासायी बनिरहेको वेला शुल्कवृद्धी गर्नु हुदैन,’ प्रधानमन्त्री ओलीले भने,  अहिले शुल्क बढाउने कुरा नगर्नुस, स्थगित गर्नुहोस  ।’

    प्रम ओलीले कार्यदललाई निर्देशन दिंदै भने बरु शुल्क घटाउने विषयमा कुरा गर्नुस , बढाउनु हुदैन । लगत्तै आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले गलत शन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिए ।

    सिफारिस समितिले १७ विषय मध्ये अधिकांसमा बढाउने सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजी मा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    बैठकमा  बिडिएसमा करिब एक लाखरुपिया बढाउन सिफारिस गरेको थियो । एमडिएमएस क्लिनिकल, र एमडिएस क्लिनिकलमा यथावत राख्न सिफारिस गरेको थियो । बैठकले यो विषयमा कुनै निर्णय गर्न नसकेपनि तत्कालको अवस्था विश्लेषण गरी शुल्क निर्धारण गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

    कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुईटेल रहेका छन् ।

    सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ । तर ८ लाख रुपिया बढाउने विषयमा कसैको सहमति रहेको छैन । आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले यस्तो अवस्थामा शुल्क बढाउन नहुने बताए ।

    बैठकमा उनले शुल्क बढाउने विषयमा छलफल भएतापनि अहिले निर्णय गर्न नसकिने उल्लेख गरे । उनले समितिको बैठकले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

    बैठकले शुल्क निर्धारण सगै सबै निर्णय एकैपटक स्विकृत गर्नेगरी बैठक सकिएको छ । बैठकमा सहअध्यक्ष सहित अधिकांसले अन्य विषयका कुनै प्रतिक्रिया नजनाएपनि शुल्क बढाउन नहुने धारणा राखेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको धारणा र निर्देशनलाई सबैले समर्थन गरेका थिए ।

    भत्ता नलिऔ : प्रम
    प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक भत्ता नलिन आग्रह गरे । बैठकमा सम्बोधन गरेर बाहिरिनेक्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपुर्ण विषयमा कुनैपनि किसिमको भत्ता लिन नहुने बताए । यस्तो बैठकको भत्ता कसैले नलिऔ– आयोगका अध्यक्ष समेत रहेका प्रम ओलीले सबैलाई भने ।
    अध्यक्षको भनाईलाई सबैले सहमति जनाएपछि पाचौ बैठकमा कसैलाईपनि भत्ता उपलब्ध गराइएको थिएन ।

  • को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    को हुन् ओलीले प्रचण्ड-माधवसँग तुलना गरेका मुंगेरीलाल ?

    काठमाडौंमा शुक्रबार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी टेलिभिजन सिरिजको एउटा पात्रसँग तुलना गरेका छन् ।

    उनले कार्यकर्तालाई युट्युवमा खोजेर ‘मुंगेरीलालके हँसिन सपने’ नामको सिरिज हेर्न समेत सुझाए । सन् १९९० मा रिलिज भएको प्रकाश झा निर्देशित यो सिरिजले काम नगर्ने तर दिवास्वप्न मात्र देख्ने मुख्य पात्रको मानसिक स्थितीलाई चित्रण गर्छ ।

    अफिसमा जागिर गर्ने मुंगेरीलाल घरमा पत्नी र अफिसमा हाकिमबाट आजित छ । एकदिन मुंगेरीलालको ससुराले आफू प्रहरीको इन्सपेक्टर भएको झूठो सूचना ज्वाइँलाई दिन्छन् । आफ्नै ससुरा पुलिस भएको भन्दै मुंगेरीलालले एकदिन बोसलाई नै बदला लिन्छ । आफ्नै राम्री साथीलाई डेटिङ गर्छ तर सपनामा ।

    जब उसकी पत्नीले निद्राबाट ब्युँझाइदिन्छिन्, तब ऊ झल्याँस्स हुन्छ र सबै अवास्तविक थिए भन्ने कुरा बुझ्छ । यो सिरिज हलिउडको चर्चित फिल्म ‘सेक्रेट लाइफ अफ वाल्टर’बाट प्रभावित छ । मुंगेरीलालको भूमिकामा रघुवीर यादवले अभिनय गरेका छन् ।

    यसको अर्थ, प्रधानमन्त्री केपी ओलीले पनि प्रचण्ड–माधवलाई मुंगेरीलाल पात्रसँग तुलना गर्दै उनीहरुले दिवास्वप्न मात्र देखेको भन्न चाहेका हुन् । उनको यो अभिव्यक्ति संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गरेको सडक आन्दोलनतर्फ लक्षित थियो भन्ने बुझ्न कठिन छैन ।

  • बाइडेनको सन्देश लिएर अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री

    बाइडेनको सन्देश लिएर अमेरिकी राजदूतले भेटे प्रधानमन्त्री

    काठमाडौं । राष्ट्रपति जो बाइडेनको सन्देश लिएर अमेरिकी राजदूत र्‍यान्डी बेरीले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

    विश्वव्यापी स्वास्थ्य र वातावरणीय परिवर्तनको समस्यासँग जुध्ने विषयमा अमेरिका र नेपालले कसरी आपसी सहकार्य गर्न सक्छन् भन्ने विषयमा छलफल भएको राजदूत बेरीले ट्वीटरमा उल्लेख गरेका छन् ।

    बाइडेन प्रशासनले ती मुद्दामा अमेरिका नेपालसँग सहकार्य गर्न इच्छुक रहेको राष्ट्रपतिय सन्देश पनि बेरीले सुनाएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा बाइडेनले सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले बधाइ दिँदै साझा चासोका विषयमा दुई मुलुक मिलेर काम गर्नुपर्ने बताएका थिए ।

  • खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    काठमाडौं । कोभिड–१९ खोप उपलब्ध गराएकोमा नेपालले भारतलाई धन्यवाद व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका हुन् ।

    ओली लेख्छन्– आफ्नै नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको भारतले यस्तो संकटपूर्ण घडीमा नेपाललाई गरेको सहयोगप्रति हामी धन्यवाद दिन चाहन्छौं । छिमेकी मित्र हुनुको दायित्व गरेकोमा पनि ओलीले मोदीको प्रशंसा गरेका छन् ।

    भारतले १० लाख डोज कोभिडविरुद्धको खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिकरुपमा हस्तान्तरण गरे । उक्त अवसरमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।

     

  • योगेशबारे ओलीको टिप्पणी– बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो (भिडियोसहित)

    योगेशबारे ओलीको टिप्पणी– बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो (भिडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटाकेटी’को बारेमा आफूले टिप्पणी नगर्ने बरु नयाँ युवा अघि बढाउने बताएका छन् ।

    प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई काठमाडौंमा शनिर सम्बोधन गर्दै अ‍ोलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिए । प्रदेश १ मै पनि बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने उनको भनाइ थियो ।

    ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।

    ओलीले यस्ता कुरामा आफू अल्झिन नचाहेको भन्दै नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने बताए ।

  • न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली

    न्यायाधीश भेटेको छैन, सपनाबाहेक अरुलाई चिन्दा पनि चिन्दिनँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशलाई आफूले नभेटेको प्रष्टीकरण  दिएका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यसपटक नभएर न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए ।

    ‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन’ उनले भने । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुने क्रममा शुक्रबार न्यायाधीशलाई भेटेको भन्दै संबैधानिक इजलासमै प्रश्न उठेको थियो । दाहाल–नेपाल समूहकी नेतृ शशी श्रेष्ठले इजलासमा प्रश्न उठाएकी थिइन् ।

    तर, प्रधानन्यायाधीश चोलेन्द्र जबराले यस्तो कुरा यहाँ नगर्नूस भन्दै रोकेका थिए ।

  • बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)

    बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)

    काठमाडौं । राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको बिहानै प्रधानमन्त्री निवास बालुवाटारको प्राङ्गणमा पलेटी कसेर योगासन गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई योग दिवसका अवसरमा योगा गराइएको हो । प्रधानमन्त्रीले कोरोनापछि योगको महत्व अझ बढेको बताएका छन् ।

  • नसोचेको काम गर्नुभयो, अब यति गरेर देखाइदिनुस् त !

    नसोचेको काम गर्नुभयो, अब यति गरेर देखाइदिनुस् त !

    प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

    फेरि एकचोटि कसैले नसोचेको काम गरिदिनु भयो नि ! तपाईं ले भनेझैँ सरकार बन्नुभन्दा अघिदेखि सुरु भएको थियो, तपाईंको पार्टी भित्रको रडाँको । न तपाईंलाई खुरुखुरु प्रधानमन्त्री हुन दिनका लागि त्यो एकता गरिएको थियो न तपाईंलाई सहजै स्वीकारिएको थियो । तपाईंको नाममा सहमति जनाउनुपर्ने अवस्था त अरु कुनै उपाय नभएपछि वाध्यताको परिणाम थियो ।

    प्रतिस्पर्धीहरुलाई तपाईँ ‘खुत्रुक्क’ भैहाल्नु हुन्छ कि भन्ने झिनो आशा पनि थियो । तर दोस्रोचोटि मृगौला फेरेर झन् ‘कडा’ भएर निस्कनु भएपछि सहयोद्धा कमरेडहरुमा चरम निराशा छायो ।

    उहाँहरुमा बढेको निराशाका कारण तपाईका कमरेडहरुबाट देशलाई लगातार अनिर्णयको बन्दी बनाइएको अवस्थालाई चिर्न धेरैले सम्भावना देखेको तर कसैले विश्वास नगरेको काम ड्याम्मै गरिदिनुभयो, प्रतिनिधिसभा विघटन गरेर ।

    पाँच वर्षसम्म झन्डै दुई तिहाइ बहुमतका साथ सरकार चलाउन पाउने प्रधानमन्त्रीले संसद विघटन गरी चुनावमा जानुपर्ने अवस्था तपाईंले लहडमा गर्नु भएको होइन ।

    प्रतिस्पर्धीहरुलाई तपाईँ ‘खुत्रुक्क’ भैहाल्नु हुन्छ कि भन्ने झिनो आशा पनि थियो । तर दोस्रोचोटि मृगौला फेरेर झन् ‘कडा’ भएर निस्कनु भएपछि सहयोद्धा कमरेडहरुमा चरम निराशा छायो ।

    धेरैले बुझेका छन्, इतिहास पनि साक्षी छ र बाँकी अन्य कुराहरु धेरैले बुझ्दै जाने छन् । तर अब ती सबैले बुझेको कुरा गरेर मात्रै पुग्दैन, तपाईंले गर्न खोजेको तर गर्न नपाएका कामहरु के के हुन् ? फेहरिस्तसहित सबै नेपाली जनतालाई प्रस्ट पार्नु पर्छ ।

    तपाईंले यसबीचमा जनताले बुझ्ने र सुन्ने गरी केही बताइसक्नुभएको छ । र अब ती काम फटाफट सम्पन्न गर्नै पर्छ, हिन्दी चलचित्र नायकको ‘नायक’ले जसरी ।

    नायकका ‘नायक’सित झैँ तपाईंसँग पनि धेरै समय छैन । चुनाव हुँदा पनि तपाईले नै जित्नु हुन्छ भन्ने निश्चित छैन । संसद पुनःस्थापना भयो भने त सबै मिलेर तपाईंलाई गलहत्याउने नै छन् ।

    अवरोध हटाउनुभयो, अब अवसर खोज्नुस्

    दुई कारणले चाहे जस्तो काम गर्न सकिनँ भन्नुभएको छ । पहिलो, अनिर्णयको बन्दी बनाए । दोस्रो, घेराउमा परेँ ।

    आफ्नै पार्टीभित्र प्रचण्ड र माधव नेपालको जसरी पनि पद हत्याउने चाहनाले केही हुन दिएनन् भन्नु भएको छ । धेरै लामो समयको खिचातानी र विवाद नेपाली जनताले देखेका पनि छन् । त्यस्तै, सभामुख र संसदीय समितिहरुका मध्यमबाट हलो अड्काउने काम गरे भन्नु भएको छ । यो विषयमा अलि प्रष्ट पार्न जरुरी छ ।

    अब यी दुबै अवरोध छैनन् । प्रचण्ड र माधब नेपालसँग बैठक गरेर महिनौं बिताउनु पर्ने अवस्था पनि छैन । पार्टीमा तपाईले जे चाह्यो, त्यहीं हुन्छ । संसदै विघटन गरिदिनु भयो, त्यहाँबाट पनि अवरोध हुँदैन । अब थोरै नै समय भए पनि चाहे जस्तो काम गरेर देखाउने बेला आएको छ । अब काम गर्न थाल्नुस् ।

    तपाईंले बोलेर मात्रै पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । कसैले नसोचेको कामको थालनी होस्, जसरी नसोचेको तरिकाबाट तपाईंले संसद भंग गर्नुभयो । आफ्नै बहुमतलाई तिलान्जली दिनसमेत डराउनु भएन ।

    तपाईंले बोलेर मात्रै पुग्दैन, काम गरेर देखाउन सक्नुपर्छ । कसैले नसोचेको कामको थालनी होस्, जसरी नसोचेको तरिकाबाट तपाईंले संसद भंग गर्नुभयो । आफ्नै बहुमतलाई तिलान्जली दिनसमेत डराउनु भएन ।

    हुन त पहिले पनि धेरैले नसोचेको तर देशलाई दीर्घकालीन फाइदा हुने धेरै कामको नेतृत्व गर्नु भएको थियो । विरोधी स्वरहरुले ती काम नदेख्लान् तर इतिहासमा दर्ज छन् ।

    पहिलो, देशलाई जातीय राज्य हुनबाट जोगाउन तपाईंले ठूलै भूमिका खेल्नु भएको हो । त्यो बेला जातीय राज्य बनाउन दिएको भए आज राजनीतिक लडाईँ होइन, जातीय युद्ध हुन्थ्यो ।

    दोस्रो, तपाईंको अडानले अहिलेको संविधान बन्न मद्धत गरेकै हो, नेपाललाई निकास दिन अहिलेको संविधान सफल छ ।

    तेस्रो, भारतीय नाकाबन्दीलाई परास्त गर्न नपाईले नेतृत्व प्रदान गर्नु भएको थियो, जसकारण नेपालले लामो समयदेखि गुमाएको भूराजनीतिक अस्तित्व पुनः प्राप्त गरी छुट्टै भूराजनीतिक वातावरण निर्माण गर्ने अवसर प्राप्त भयो ।

    चौथो, चीनतिर भएका पारवहन तथा व्यापार सम्झौता ऐतिहासिक र देशको अस्तित्वसंग गाँसिएको विषय हो, जुन काम तपाईको नेतृव्वमा मात्र सम्भव भयो ।

    पाँचौं, चुच्चे नक्सा जारी गर्नसक्ने अवस्थामा नेपाललाई पुर्याउनु चानचुने कुरा होइन । नाकाबन्दीलाई परास्त गर्न नसकेको भए र चीनतिर थप सम्झौता नभएका भए यो अवस्था आउने थिएन । भूराजनीतिक घटनाक्रमहरु एकअर्कामा अन्योन्याश्रित हुन्छन् र परिपुरक पनि ।

    त्यो बेला पनि यस्ता धेरैले नसोचेका काम गर्नु भएकै हो । जसको पुरस्कारस्वरुप तपाईंलाइ प्रस्ट बहुमतसहित सरकार बनाउने अवसर दिएका थिए जनताले ।

    अब फेरि चुनावमा जानु हुनुहुन्छ । अब पनि केही नसोचेका कामको थालनी गरेपछि मात्रै फेरि नेपाली जनतामा नयाँ जाँगर आउनेछ । पन्ध्र दिन होस् वा एक महिना वा तीन महिना, जति दिन सरकारमा बस्नु हुन्छ हरेक दिन ती नसोचेका कामहरु गरेर जनतालाई देखाउनै पर्छ । तपाईंका लागि यो कठिन परिस्थितिसँगै सुनौलो अवसर पनि हो ।

    के के हुन सक्छन् नसोचेका काम ?

    धेरैले नसोचेका तर गर्नु पर्ने साहसिक कामहरु धेरै छन् ।

    पहिलो, राजनीतिक परिवर्तनपछि देशलाई न्यायोचित र समानतामा आधारित समृद्धिको नयाँ गोरेटोमा लाने तपाईंको अभियानले धेरैलाई उत्साहित बनाएको थियो ।

    भारतीय बजारतन्त्रको दबदबा बढेर देशलाई पराधीन अर्थतन्त्रमा सिमित राख्ने दलाल पुंजिवादलाई नचिनेसम्म राष्ट्रिय पुँजिवादको निर्माण हुँदैन । राष्ट्रिय पुँजी निर्माण अथवा राष्ट्रिय उद्यमशीलताको विकासबिना गरिएका आर्थिक गतिविधिहरु बालुवामा पानि खन्याए जस्तो मात्रै हो ।

    देशलाई जातीय राज्य हुनबाट जोगाउन तपाईंले ठूलै भूमिका खेल्नु भएको हो । त्यो बेला जातीय राज्य बनाउन दिएको भए आज राजनीतिक लडाईँ होइन, जातीय युद्ध हुन्थ्यो ।

    तपाईंले खोजेको समृद्धिको खाका कस्तो हो ? यो खाकाले दलालतन्त्रलाई कसरी चिर्छ ? अहिलेसम्म के कारणले यो अभियान प्रस्टसँग अघि बढ्न सकेन र अब कसरी अघि बढ्न सक्छ ? भन्ने कुरा नेपाली जनतालाई प्रस्ट पार्नु पर्छ । यो तपाईंको दायित्व पनि हो ।

    चुनावमा भोट माग्न जानलाई मात्र होइन, तपाईंले देखेको सपना के हो ? थाहा पाउनु नेपाली जनताको अधिकार हो । अन्यथा समृद्धिको अभियान एउटा गफ मात्रै रहेछ भन्ने बुझाई हुनेछ ।

    दोस्रो, नेपालको दीर्घकालीन स्वाभिमान र समृद्धिका लागि हिमालय क्षेत्रमा चीनसँगको सहकार्यमा बिआरआई लगायतका अभियान तदारुकताका साथ अघि बढ्नु पर्ने थियो । नेपाल र हिमवत् खण्डको समृद्धिको लागि कोशेढुंगा बनेका यस्ता अभियानहरु तत्कालै सुरु गराउनुस्, किन हुन सकेनन् प्रस्ट पार्नुस् ।

    नेपाललाई भूराजनीतिक शक्तिहरुको खेल मैदान हुनबाट जोगाउने मुख्य मुख्य कामहरु के के हुन् ? नेपाली जनतालाई देखाइदिनुस् ।

    सम्झौता र भ्रमण आदान–प्रदानमा सिमित रहेको अहिलेको अवस्थालाई चिरेर प्रस्ट खाकासहित आर्थिक कोरिडोर र कनेक्टिभिटिका काम युद्धस्तरमा अघि बढाउनु आवश्यक छ । अहिले सुरु नगर्ने हो भने यी अवसरहरु गुम्ने खतरा छ ।

    तेस्रो, चुच्चे नक्सा निर्माण नेपालको इतिहासमा एउटा उदाहरणीय घटना हो । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली अधीनमा ल्याउने कठिन काम तपाईंको सबै भन्दा ठूलो प्राथमिकता हुनु पर्छ । हिजो मात्रै भारतीय मिडियालाई दिनुभएको अन्तर्वार्ता अडानयुक्त, प्रस्ट र नेपाली जनताले गर्व गर्न लायक छ । भूमि फिर्ताका लागि भारतीय सरकारसँग एउटा वातावरण पनि बनाउँदै हुनुहुन्छ जस्तो देखिन्छ ।

    हुन त चुच्चे नक्सा आए देखि नै तपाईंको पद धरापमा परेको हो । तर सन् २०२१ भित्र सबै सिमानाका समस्याहरु समाधान गर्छु भन्ने कुराको खाका जनतालाई बुझाउन बाँकी छ । त्यसका लागि परेका समस्याबारे पनि बताइदिनुस् ।

    साँच्चै लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सेना हटाएर नेपाली सेना राख्न सक्नु भयो भने तपाईं न चुनावमा भोट माग्दै हिँड्नु पर्छ न संगठन विस्तारको दौडधूप नै आवश्यक छ । सबै नेपाली तपाईंको साथमा हुनेछन् ।

    चौथो, लामो समयदेखि राजनीतिक क्षेत्रमा बढेको भ्रष्टाचार र दलालीतन्त्रले नेपाली युवा निराश छन् । बहुदल आएदेखि नै राजनीतिक अस्थिरताको फाइदा उठाउँदै राजनीतिक, प्रशासनिक, विकास निर्माण र बजार क्षेत्रमा भ्रष्टाचार र अनियमितताले संस्थागत रुप नै लिएको छ ।

    कुनै राजनीतिक पूर्वाग्रह नराखी अथवा कुनै प्रतिशोध साँध्ने नभई साँचो अर्थमा भ्रष्टाचारविहीन समाज निर्माण गर्ने अभियान लिएर सयौंको संख्यामा भ्रष्टाचारका काण्डहरुलाई पर्दाफास गरिदिनुस् र कारवाहीको दयारामा ल्याउनुस् ।

    हुन त अख्तियारमा नियुक्तिकै विषय अहिलेको फुटको एउटा आधार हो भन्ने बाहिरी हल्ला छ । तर भ्रष्टाचारविरोधी अभियान कुशलताकासाथ अघि बढाउनु भयो भने लाखौँ युवा तपाईको पछि लाग्नेछन् ।

    पाँचौ, देशलाई कोरोना महामारीले पारेको ठूलो असरबाट मुक्ति दिने प्रस्ट खाकाको आवश्यकता छ । कति बिरामी भए र कति मरे भन्ने एउटा आँकडा हो तर नेपाली जनतालाई यो महामारीको असर लामो समय रहनेछ ।

    उपचारको व्यवस्था, खोपको सुनिश्चितता मुख्य काम भए नै । तर जसरी नाकाबन्दीले नेपाललाई स्वतन्त्र भूराजनीतिक उचाई लिन अवसर प्रदान गरेको थियो, त्यसैगरी महामारीलाई स्वाधीन अर्थतन्त्र निर्माण र राष्ट्रिय समृद्धिको अभियानमा नयाँ खुड्किलो उक्लिन मद्धत गर्ने मौकाको रुपमा प्रयोग गर्नु आवश्यक छ । यो मौका नगुमोस् र नेपाली जनताले अनुभूति गर्न पाउन् ।

    यति काम तदारुकताका साथ गर्न सके तपाईंलाइ भोटको चिन्ता हुँदैन, न संगठन कै चिन्ता हुन्छ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि छोटो समय बस्नु भयो तर जनताले ठूलो मूल्यांकन गरे । मनमोहन अधिकारी पनि नौ महिना मात्रै प्रधानमन्त्री हुनु भयो तर अहिलेसम्म जनताले उच्च सम्मान गर्छन् ।

    अन्त्यमा,

    अहिलेको अवस्थामा धेरैले नपत्याएको तर तपाईंले गर्नसक्ने एउटा काम छ, त्यो हो पार्टी एकतावद्ध गर्ने । पार्टी र सरकार नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्ने भनाइमा प्रतिबद्ध रहनुस् । कार्यकर्तास्तरमा एमाले र माओवादी एकता गर्दा ठूलो उत्साह थियो ।

    बरु एमालेकै कार्यकर्ताहरुमा केही शंका थियो– कतै एमालेको मजबुत संगठन र एकतालाई तहस–नहस पार्ने खेल त होइन भनेर । तर पनि जिल्ला तथा गाउँमा पार्टी एकता मजबुत हुँदै थियो । को सानो को ठूलो भन्दा पनि सबैलाई समेट्ने अभियानको नेतृत्व लिनु पर्छ ।

    तपाईंले नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ भनीसक्नु भएको छ । तर अब प्रचण्ड र माधव नेपाल पार्टी नेतृत्व बाहिर रहने शर्तमा पुनः पार्टी एकै ठाउँ ल्याउनुस् । पद लिनकै लागि अहिलेको भाँडभैलो आएको हो भन्ने कुरा नेपाली जनताले देखि सकेका छन्, तर त्यस्तो पात्र तथा प्रवृत्तिलाई नाङ्गेझार पार्न आममानिसको चाहनाअनुसार नयाँ ढंगको एकता प्रस्ताव जानु पर्छ । हो, तपाईंले फेरि एकपटक नसोचेको काम गर्न आवश्यक छ ।

    (लेखक अमेरिकाको नर्थ क्यारोलिन विश्वविद्यालयमा अध्यापन गर्छन् । उनी हिमालयन भूराजनीतिक विषयका अद्येता हुन् ।)

     

  • ‘मेरो लोकप्रियताको ग्राफ जिरोमा झर्यो कि माइनसमा ? निर्वाचनमा हेरौंला’ (भिडियो)

    ‘मेरो लोकप्रियताको ग्राफ जिरोमा झर्यो कि माइनसमा ? निर्वाचनमा हेरौंला’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफ्नो लोकप्रियता घटेको बताएको भन्दै त्यसको परीक्षणका लागि चुनावमा आउन चुनौती दिएका छन्।

    ‘कतिपयले भने केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न । अब गफ फिट्ने दिन गए । अब गफ फिटेर हुँदैन, अब मैदानमा ।’

    रेस्लिङ खेलको उदारण दिंदै ओलीले अब निर्वाचनको मैदान तयार भएको तर त्यसमा आउन खुट्टा नकमाउन आग्रह गरे। उनको भनाइ छ– अब मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, त्यहाँ जितेर अनि लागउनुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’

    ओलीले चुनाव हुनु अस्थिरता नभएको पनि बताए। उनले भने, ‘चुनाव हुनु अस्थिरता होइन । अस्थिरता त्यतिबेला हुन्छ, जब बाह्यि शक्तिको ईसारामा राष्ट्रिय शक्तिहरु गोटी बन्न थाल्छन् ।

    यो पनि पढ्नुहोस्

    काठमाडौंबाट एक घण्टाभित्र चिनियाँ नाका पुग्ने गरी काम गर्दैछौं– प्रधानमन्त्री (भिडियो)

    ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

     

  • ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    ‘लिम्पियाधुरा फिर्ता गर्न तथ्यका आधारमा छलफल हुँदैछ’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गरेका छन् ।

    राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताए । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी गरे ।

    प्रधानमन्त्रीले भने– सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ ।

    आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए ।

  • प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

    प्रधानमन्त्रीको प्रष्टोक्ति– फोहोरी खेलबाट राजनीति प्रदूषित हुन नदिन प्रतिनिधिसभा विघटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

    राष्ट्रियसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्ड र माधवकुमार नेपालको नाम नलिई व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताएका हुन् ।

    ओलीले भने– सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेलमात्रै सिर्जना गर्ने । केही व्यक्तिका व्यक्तिगत आकांक्षा, पदलोलुपता जस्ता कुराले राष्टि«य राजनीतिलाई प्रदूषित बनाउन थाल्यो । बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लाग्ने काम भयो ।

    ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोग भएको बताए ।

    ओलीले पार्टी र सरकार विघटन गर्न प्रचण्डको घरमा मात्र वैशाख १३ देखि पुस ४ सम्म २८० वटा गुटका बैठक बसेको र ३५ वटा बैठक अन्यत्र बसेको दावी गरे । ती सबै बैठक मुलुकलाई अस्थिरतामा लैजाने र अनैतिक साँठगाँठबाट भएको उनले बताए ।

  • थारुलाई ओलीको आश्वासन–प्रचण्डले जात जात भिडाए, म समाधान दिन्छु

    थारुलाई ओलीको आश्वासन–प्रचण्डले जात जात भिडाए, म समाधान दिन्छु

    काठमाडौं । पार्टी विभाजनपछि पहिलो पटक काठमाडौं बाहिर कार्यक्रममा निस्केका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले धनगढी पुगेर प्रचण्ड–माधव नेपाल र भीम रावलको आलोचनामात्र गरेनन्, थारु समुदायका असन्तुष्टि सम्बोधन गर्ने प्रयास पनि गरे ।

    धनगढीको खुलामन्चमा शुक्रवार आयोजित नेकपाको जनसभामा भाग लिन टीकापुरदेखिका थारुहरु पनि ठूलो संख्यामा पुगेका थिए । उनीहरुका कतिपय आफन्त टीकापुर घटनाको घानमा परेर अहिले पनि जेलमा छन् भने कोही भारततिर भागेर बसेका छन् ।

    प्रचण्डहरुको जातीय पहिचानको नाराकै कारण जातजातबीच भिडन्त निम्त्याउन खोजिएको र आफूले जातीय संघीयताको विरोध गरेर संविधान बनाएको अ‍ोलीले बताए । प्रधानमन्त्रीले प्रचण्डलगायतका केही नेता र दलले देशलाई जात जातबीच भिडाएर रुवाण्डा बनाउन खोजेका थिए भने ।

    ओलीले थारु समुदायमाथि सोही क्रममा ज्यादती भएको भन्दै आफूले यो विषयलाई समाधान गर्ने बताए । कन्चनपुरदेखि झापासम्मको भूभाग थारुको भएको भन्दै उनले थारुमाथि अन्याय हुन नदिने बताए ।

    ओलीले भने–पहिले नै अदालती प्रक्रियामा गएकाहरुलाई मुद्दाको किनारा नपुगी अहिले हामीले केही गर्न सक्दैनौं । कतिपय थारु साथीहरु जेलमा छन् । त्यो प्रक्रिया सकिएपछि हामी समाधान दिन्छौं । यो भूमि हामी सबैको साझा हो । थारु यो देशमा मात्रै छन् ।

  • भीम रावलबारे ओलीको टिप्पणी– मन्त्री नबनाएपछि पर्नु पिर पर्‍यो

    भीम रावलबारे ओलीको टिप्पणी– मन्त्री नबनाएपछि पर्नु पिर पर्‍यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड-माधव नेपाललगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको बताएका छन् ।

    धनगढीमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने– नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं,संविधान संशोधन गर्‍यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो । यही प्रदेशको एउटा मान्छेको (भीम रावल) टाउको दुख्यो । नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो ।

    नेकपा अध्यक्षसमेत रहेका ओलीले भीम रावलको नाम लिएनन् तर अछामको एउटा केटो बाटो हिड्दा हिँड्दै पुलिसले समातेर जेलमा ल्याएपछि आफूले जेलमा राजनीतिक सिकाएको दावी गरे । पद नपाएपछि रावल आफ्नो विपक्षमा मनपरी बोल्दै हिडेको उनको भनाइ छ ।

    ओलीले भने– मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो । तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ । मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो । आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ,सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला ।

    प्रधानमन्त्री ओलीले चार जना मन्त्री सुदूरपश्चिमले पाउँदा पनि रावल खुसी हुन नसक्नुको कारण वन मास्न नपाउनु हो भने । वनमन्त्री अहिले सुदूरपश्चिमकै प्रेम आले बनेका छन् ।

    ओलीले भने– वैज्ञानिक वन व्यवस्थापनका नाममा सखुवाघारी देशभरीबाट फाँडेर सिध्याउने उहाँहरुको योजनामा ब्रेक लाग्यो । त्यसकारण उहाँहरुलाई पर्नु पिर पर्‍यो । बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने ।

  • प्रचण्ड–माधव पक्षलाई ओलीको चुनौति–देशभरमा १० सिट ल्याएर देखाउनुस्

    प्रचण्ड–माधव पक्षलाई ओलीको चुनौति–देशभरमा १० सिट ल्याएर देखाउनुस्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् ।

    सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले भने–तपाईहरु चुनाव लड्न किन डराउदै हुनुहुन्छ मलाई थाहा छ । दुई अंकमा जितेर देखाउनुस । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौति दिन्छु ।

    ओलीले ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जना पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गरे । उनले पार्टी छाडेर जाने भगौडाहरुलाई जनताले सजाय दिने बताए ।

    ओलीले भने–छोरी वुहारी,भाइ भतिजा नाता परिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले ।

  • आफूलाई हटाउन सात महिनामा ३१५ बैठक गरेको ओलीको दाबी

    आफूलाई हटाउन सात महिनामा ३१५ बैठक गरेको ओलीको दाबी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १३ देखि मंसिर ४ गतेसम्म प्रचण्ड–माधव नेपाल पक्षले ३१५ वटा बैठक गरेको बताएका छन् ।

    काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक भएको आरोप लगाए ।

    ओलीले भने– मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको के रे ? (अर्याल) होटलमा उहाँहरुले ३१५ वटा बैठक गर्नुभएछ ।

    ओलीले प्रचण्ड–माधव पक्षले जमघट भएका ठाउँमा मान्छे भेट्यो कि सही गराउँदै, पछि त्यसको माथि केपी ओली हटाउने व्यहोरा लेखेर टाँस्ने गरेको आरोप लगाए ।

    महिलाको हुर्मत लिनलाई आफूलाई किड्नी दिने भान्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गर्ने र महिलाको किड्नी लगाएको व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको समेत उनले बताए ।

  • कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप चाँडो भन्दा चाँडो सबैको पहुँचमा पु¥याउन निजी क्षेत्रलाई पनि खोप ल्याउने अनुमति दिन लागिएको बताएका छन् ।

    नेपाल स्काउटले नयाँ वर्षको अवसरमा आयोजना गरेको वालवालिकासँग प्रधानमन्त्री कार्यक्रममा बालिकाहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भने,‘निजी क्षेत्रलाई पनि भ्याक्सिन लाउन अनुमति दिने,सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको छ,आज पनि हामीले त्यसको बैठक गरेका छौं ।’

    प्रधानमन्त्रीले खोप ल्याएपछि सबैभन्दा पहिले फ्रन्टलाइनकाा डाक्टर,नर्स,सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए । त्यसपछि क्रमशः सबै नेपालीलाई भ्याक्सिन उपलब्ध गराउन सरकारले सबै तयारी गरिरहेको बताए ।

    उनले भने,‘सबै नेपालीलाई भ्याक्सिन आवश्यक हुन्छ । सबैमा भ्याक्सिन पु¥याउन तीब्र तयारी भइइरहेको छ । विश्व स्वास्थ्य संगठनबाट हामीले कोभ्याक्स प्राप्त गर्दासम्म ढिला हुन्छ भनेर सरकारकाले आफैं किनेर ल्याउँदैछ । सकेसम्म हाम्रा छिमेकी देशमा बनेको र परीक्षण सफल भएको भ्याक्सिनमा हामी जोड दिन्छौं ।’

  • ‘सूर्य चिह्नबाट चुनाव लड्ने सहमति उल्ट्याएर प्रचण्डको खेल शुरु भएको थियो’

    ‘सूर्य चिह्नबाट चुनाव लड्ने सहमति उल्ट्याएर प्रचण्डको खेल शुरु भएको थियो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डबाट सहमति तोड्ने सिलसिला सूर्य चिह्नबाट चुनाव लड्ने समझदारी दुई दिनभित्रै उल्ट्याएर तीन वर्षअघि नै शुरु गरेको आरोप लगाएका छन् ।

    नयाँ वर्षको उपलक्ष्यमाा विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्रीले प्रचण्डबाट चुनाव अघिदेखि नै धोखा शुरु भएको र त्यो सिलसिला कायम राख्दै पार्टी एकता टुंगो नलाग्दै विभाजनमा संलग्न भएको दाबी गरे ।

    ओलीले प्रवासी नेपालीसँग भने– त्यो बेला सूर्य चिह्नबाट चुनाव लड्ने सहमति दुई दिनमा उल्ट्याउँदा हाम्रो ११ लाख भोट बदर भयो । १४/१५ सिट गुम्यो । सहमति तोड्ने सिलसिला त्यहीँबाट शुरु भयो । प्रचण्डजीले फागुन ३ गते सरकार गठन हुँदा आफ्नातर्फबाट नाम दिनुभएन, किनकि उहाँ त्यतिबेला पनि अरुसँग मिलेर सरकार बनाउन खोज्दै हुनुहुन्थ्यो ।

    ओलीले मंसिर १० र २१ मा भएको चुनावको परिणाम २४ गतेसम्म आइसक्दा पनि त्यसलाई तीन महिनासम्म रोक्ने काममा प्रचण्ड संलग्न रहेको आरोप लगाए ।

    अनेक राजनीतिक शक्तिसँग मिलेर सरकार गठन गर्ने प्रयास सफल नभएपछिमात्र प्रचण्डले एकता गरेको ओलीले बताए ।

    ओलीले बडो मुस्किलले पार्टी एकता गरे पनि प्रचण्डले सधैं बार्गेनिङ मात्र गरेको र तीन महिनाभित्र सम्पन्न गर्ने भनेको पार्टी एकीकरण तीन वर्षसम्म पनि हुन नदिएको आरोप प्रचण्डमाथि लगाए ।

  • ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई भन्नु केही छैन’

    ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्, मलाई भन्नु केही छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन्। ‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्’ राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मलाई केही भन्नु छैन।’

    ओलीले आफूसँग रहँदा सधैं नगद सम्झौताको कुरा गरेको भए पनि अहिले प्रचण्डसँग लागेर पनि खासै केही नपाएको बताए। ‘उहाँ सधैं उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो’ उनले भने, ‘उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुन्छ।’

  • प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली

    प्रचण्डसँग गरेका सम्झौताले एउटा ब्रिफकेस भरियो– ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग गरेका सम्झौताले आफ्नो एउटा ब्रिफकेस भरिएको टिप्पणी गरेका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक दिन एउटा माग लिएर आउने र त्यसमा सम्झौता गर्दै जाँदा सम्झौताहरुले ब्रिफकेस भरिएको बताए ।

    ओलीले भने– आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाईं नै हुनुस् जनताले तपाईंलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ती पनि गरेँ कि कमरेड भन्दै आउनुभयो ।

    प्रचण्डलाई धुँदा धुँदा डोभ साबुनका डल्ला र स्याम्पू सकिएको भन्दै ट्यांकीका ट्यांकी पानीले धुँदा पनि प्रचण्डलाई सफा गर्न नसकेको टिप्पणी ओलीले गरे । ओलीले प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत हुन्छ भन्ने जान्दा जान्दै आफूले पार्टी एकता गरेको बताए ।

  • मैले सधैं मित्रताको अँगालो हाल्न खोज्ने, प्रचण्ड सधैं धृतराष्ट्र बन्न खोजेः ओली

    मैले सधैं मित्रताको अँगालो हाल्न खोज्ने, प्रचण्ड सधैं धृतराष्ट्र बन्न खोजेः ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सधैं कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मित्रता गर्न खाेजेको बताएका छन् ।

    ‘मैले मित्रताको अँगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नुपर्ने होइन ?’

    ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनुभयो’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’

  • ‘हामी नभएको भए नाकाबन्दीको डटेर सामना कसले गर्न सक्थ्यो ?’

    ‘हामी नभएको भए नाकाबन्दीको डटेर सामना कसले गर्न सक्थ्यो ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतीय नाकाबन्दीको सामना गरेको भन्दै त्यो ठाउँमा अरु भएको भए त्यो सम्भव नहुने बताएका छन्।

    बुधबार राजधानीमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संविधान पनि आफैंले बनाएको बताए ।

    ‘हामी नभएको भए संविधान बन्दैनथ्याे’ उनको भनाइ थियो, ‘हामी नभएको भए नाकाबन्दीको डटेर सामना कसले गर्न सक्थ्यो ? कसैले पनि सक्दैनथ्याे।’

    ओलीले आफ्नै कार्यकालमा चीनसँग पारवहन सम्झौता गर्न सम्भव भएको बताए । ‘इतिहासमा नेपाल यहीं थियो, चीन, भारत पनि त्यहीं थिए’ उनको भनाइ छ, ‘इतिहासमा चीनसँग किन पारवहन सम्झौता भएन ? हामीले नै त्यो काम गरेका हौं ।’

  • ‘केपी ओली केही होइन भन्ने नेताको लोकप्रियता जाँच्न चुनाव’ (सम्बोधनको पूर्ण पाठ)

    ‘केपी ओली केही होइन भन्ने नेताको लोकप्रियता जाँच्न चुनाव’ (सम्बोधनको पूर्ण पाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणाले नेकपाको एकता बलियो बनाएको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतकाे तिताेपिराे बिर्सेर एकताबद्ध भई निर्वाचनमा सहभागी हुन नेकपा नेताहरुलाई आग्रह गरेका छन् ।

    ‘पार्टीले बहुमत ल्याउनु र लोकप्रिय हुनुमा केपी ओलीको कुनै योगदान छैन, हामी नै निर्णायक हौं भन्ने नेताहरुलाई निर्वाचन घोषणाले लोकप्रियता जाँच्ने मौका दिएको ओलीले बताए । प्रधानमन्त्रीले निर्वाचन घोषणाले प्रतिपक्षलाई पनि आफ्नो एजेण्डा लिएर जनतामा जाने मौका दिएको बताए ।

    प्रधानमन्त्री हुन प्रयास गरेका र व्यग्र प्रतीक्षामा रहेका नेकपाका नेताहरुलाई निर्वाचनले मौका दिएको बताए । जननिर्वाचित सरकारलाई कामै गर्न नदिएर बन्द कोठामा अनुचित सम्झौता गर्नुभन्दा आफूले जनतामा जाने निर्णय गरेको बताए ।

    जननिर्वाचित सरकारको लागि पुनरावेदनमा जाने ठाउँ नै जनता भएकाले आफूले बाध्यात्मक अवस्थामा ताजा जनादेशमा जाने निर्णय लिनुपरेको प्रधानमन्त्रीले बताए । निर्वाचनमा जाँदा मुलुक अस्थिरतामा जान्छ भन्ने हल्ला निराधार रहेको प्रधानमन्त्रीले बताए ।

    प्रधानमन्त्री ओलीले जनताबाट निर्वाचित बहुमतको सरकारलाई काम गर्न नदिइएका सर्वाभौम जनतालाई फैसला गर्ने अधिकार दिइएको बताएका छन् । नेपाल टेलिभिजनमार्फत गरिएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘जनताको फैसला’ नै अन्तिम हुने बताए ।

    ‘जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो । मैले यहीं बाटो अवलम्बन गरे’, प्रधानमन्त्री ओलीले भने’, ‘बहुमत प्राप्त दलको सर्वसम्मत नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पुर्याउन मैले उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठाने’, उनको भनाई छ ।

    आफ्नो नेतृत्वमा वामगठबन्धनले जनताको व्यापक समर्थन पाएपनि सुरुवातदेखि नै असहयोग महसुस गरेको गुनासो प्रधानमन्त्री ओलीको छ । ‘सुरुदेखि नै सरकार गठनमा अवरोध गर्ने र जनादेश विपरीतका गतिविधि भयो । बाधाहरु पन्छाउँदै सरकार गठन भयो र जनअपेक्षा अनुसार काम गर्न थालियो’, प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक उपलब्धीलाई हानि नगर्ने भन्दै प्रतिगमनको हल्ला चलाउनेबाट सचेत रहन आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले विगतका तीता मिठा कुरा बिर्सेर निर्वाचनमा होमिन पार्टी पंक्तिलाई आग्रहसमेत गरेका छन् । ‘विगतका तीता कुराहरुलाई बिर्सेर निर्वाचनको तयारीमा होमिन कमरेडहरुलाई अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

    यस्ताे छ सम्बोधनको पूर्ण पाठ :

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

    १. निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनादेशका निम्ति जनता समक्ष जानु पर्ने अवस्था सिर्जना होला भन्ने अनुमान हामी कसैलाई पनि थिएन । २०७४ साल मङ्सिरमा सम्पन्न आम निर्वाचनको जनादेश राजनीतिक स्थायित्वको पक्षमा थियो । तर जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि, संसदलाई अर्थहीन तुल्याइएपछि र जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पुर्‍याइएपछि मेरा सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन । त्यसैले जनता समक्ष प्रस्तुत गर्ने निष्कर्ष अनुरुप हिजो २०७७ साल पुस ५ गते प्रतिनिधिसभाको विघटन गरेर आगामी २०७८ साल बैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरिएको व्यहोरा म निवेदन गर्न चाहन्छु ।

    २. सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुका असङ्गत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो । २०७४ साल असोज १७ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीच वाम गठबन्धन बनाएर निर्वाचन लड्ने र निर्वाचन लगत्तै पार्टी एकता गर्ने उद्घोष गरिएको थियो । यो निर्णय आम निर्वाचनमार्फत् आम जनताद्वारा स्पष्ट रुपमा अनुमोदन भएको थियो । तर निर्वाचनपश्चात् राष्ट्रिय राजनीतिलाई जनअपेक्षा अनुरुप अगाडि बढ्न नदिने विभिन्न विसङ्गत गतिविधि सुरु भए । सुरुमा सरकार गठनमा विलम्ब गराउने र जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ र दबाबमा राष्ट्रिय राजनीतिलाई अल्झाउने त्यतिबेलाका गतिविधिहरु तपाईँहरुको सम्झनामा ताजै छन् भन्ने ठान्दछु ।

    ३. वाधाहरु पञ्छाउँदै सरकार गठन भयो र सरकारले जनअपेक्षा अनुरुप काम गर्न पनि सुरु गर्‍यो । त्यसपछि केही नेताहरुद्वारा निरन्तर रुपमा अस्थिरताका सन्देश र प्रयाश जारी रहे । सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बँचाउन माझी गुहार्न थाल्नुभयो । सरकार संविधानको कार्यान्वयनका लागि नयाँ कानुन निर्माण, सङ्घीयताको कार्यान्वयन र मुलुकको सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित थियो । तर कतिपय साथीहरुका आँखा निरन्तर पद, प्रतिष्ठा र पद–सोपानमा मात्रै केन्द्रित भए । आफ्नो काँधमा आएको ऐतिहासिक अभिभारा पूरा गर्ने गरी नीति निर्माण, राज्यसञ्चालन र जनपरिचालनमा केन्द्रित हुनु पर्ने नेकपालाई केही नेताहरुले आफ्ना असन्तुष्टि, कुण्ठा र आत्मकेन्द्रित सोचहरुको बन्धक बनाउने र निष्प्रभावी तुल्याउने प्रयाश गर्नुभयो ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    ४. समस्या समाधानका लागि दुई अध्यक्षहरुका बीचमा कार्यविभाजन गरेर एकजना सरकार र अर्कोले पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो । मैले सोही अनुरुप आफूलाई पूर्ण रुपमा सरकारमा केन्द्रित गरेँ । यसबीचमा पार्टी काम कति अगाडि बढ्यो, एकीकरणका बाँकी काम कति पूरा भए, महाधिवेशनको तयारी कति अगाडि बढ्यो र जनतालाई समस्या परेको बेला विशाल पार्टी पङ्क्तिलाई कति परिचालन गरियो– मैले केही भन्नु पर्दैन । तथ्यहरु आफै बोल्छन् । तर सरकारलाई भने राम्रोसँग चल्नै दिइएन । पार्टी घोषणापत्रको मर्म र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई हाँक्न सक्ने गरी योेग्यता – क्षमताका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्यो भने आफ्नो र पराइका कित्ताकाट गरेर टुङ्गोमा पुग्न दिइएन । महत्वपूर्ण संवैधानिक अङ्गहरुमा रिक्तता सिर्जना हुन थाल्यो– पूर्ति गर्न पाइएन । पछाडि परेका सामाजिक समुदायको हितका लागि विभिन्न संवैधानिक आयोगहरुको व्यवस्था छ, तर साढे दुई वर्षसम्म पनि त्यहाँ नियुक्ति हुन पाएन । सरकारले दूरगामी महत्वका काम गरेको छ, प्रतिकूलताका बीचमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ, युगान्तकारी काम सुरु भएका छन्– तर विपक्षी दलहरुलाई पनि उछिनेर केही नेताहरु सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत् भइरहनु भयो । सरकारले प्रस्तुत गरेका कतिपय प्रस्तावमाथि सार्वभौम संसदलाई छलफल पनि गर्न नदिइकन जबर्जस्ती रोकेर राखियो । विगत केही महिना यता सरकार कस्तो कठिनाइबीच काम गर्न वाध्य भयो र कस्तो घेराबन्दीको शिकार भयो भन्ने बारेमा यहाँहरु अनभिज्ञ हुनुहुन्न भन्ने म ठान्दछु ।

    ५. मैले राज्यप्रणालीमा पनि र पार्टी संरचनामा पनि नेतृत्व हस्तान्तरणको एउटा वैधानिक प्रणाली बसाल्ने प्रयाश गरेँ । प्रधानमन्त्री चयन ताजा जनादेशका आधारमा बन्ने संसदले गरोस् र पार्टी नेतृत्वको चयन महाधिवेशनबाट होस् भन्ने विधि स्थापित गर्न खोजेँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अगुवाइ गरेको पहिलो पुस्ताले संरक्षक र उत्प्रेरकको सम्मानजनक भूमिकामा रहोस् र मुलुकको नेतृत्व सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको ‘मिशन’ पूरा गर्न सक्षम र सक्रिय नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने मार्गचित्र प्रस्तुत गरेँ । यसै मान्यताका आधारमा पाँच वर्षको सरकारको नेतृत्वपछि सुयोग्य नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने र महाधिवेशनद्वारा पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिने घोषणासमेत गरेँ । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गरेँ र योजना प्रस्तुत गरेँ । तर महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सक्नुभएन । उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेश गर्नुभयो । त्यसलाई पार्टीको लोगो र कार्यालयको दुरुपयोग गर्दै राष्ट्रव्यापी रुपमा वितरण गर्नुभयो र वस्तुतः पार्टी विभाजनको अप्रत्यक्ष घोषणा गर्नुभयो । अर्कातिर भित्रभित्रै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनु भयो । पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद अधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गरेर साथीहरुले संविधान विपरित पार्टी, प्रणाली र पद्धतिमाथि यस अघि नै गंभीर आघात पुर्‍याउनु भयो । यसपछि नै पार्टीभित्रको अवस्था निकै गंभीर र सङ्कटपूर्ण बन्न पुगेको हो ।

    ६. अस्ति पुस ४ गते मात्रै पनि मैले पुष्पकमल दहालजीको निवासमै पुगेर उक्त विग्रहकारी आरोप–पत्र फिर्ता लिन, पार्टीमा सहज र स्वस्थ वातावरण सिर्जना गर्न र विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व हस्तान्तरणका लागि पटक–पटक आग्रह गरेँ । पार्टी एकीकरणको सङ्क्रमणकालीन प्रयोजनका लागि मनोनयनद्वारा गठन भएका र महाधिवेशन सम्पन्न गर्ने मुख्य दायित्व भएका पार्टीका नेतृत्वदायी कमिटीहरुलाई पार्टी विधान र एकीकरणको भावना विपरीत पार्टीलाई मतदानको अवस्थातिर नधकेल्न र कर्तव्यको लिकबाट बाहिर नजान बारम्बार आग्रह गरेँ । तर यस प्रयाशलाई मेरो कमजोरी ठानियो । केही भएको छैन, केही गरिने छैन भन्ने कुरामा अल्मलाउँदै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी अगाडि बढाइयो ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    ७. सरकार विरुद्ध यसरी घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो र ? सरकारले यस बीचमा राष्ट्यितालाई सुदृढ गर्ने सन्दर्भमा ऐतिहासिक कामहरु गरेको छ । नेपालको वास्तविक भूभाग समेटेको नयाँ नक्सा प्रकाशन गरिएको छ । तदनुरुप सर्वसम्मतिका आधारमा संविधान संशोधन गरिएको छ । समस्या समाधानका लागि मित्र राष्ट्र भारतसँग वार्ताको तयारी भइरहेको छ । चीनसँग पारवहन यातायात प्रोटोकलमा हस्ताक्षर भएको छ । नेपालको अन्तर्राष्ट्रिय छवि, भूमिका र आकर्षण बढेको छ । यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नु पर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गंभीर षडयन्त्र लुकेको स्पष्ट छैन र ?

    यी घटनाक्रम हेर्दा म आजभन्दा चार वर्ष अगाडिका परिदृश्यहरुलाई सम्झिरहेको छु । नाकाबन्दीको साहसका साथ सामना गर्दै त्यसलाई अन्त्य गरे वापत्, नेपालको पारवहन सुविधा विस्तार गरेर फेरि कहिल्यै नाकाबन्दी नहुने कुराको सुनिश्चित गरेबापत् त्यतिबेलाको सरकारलाई यसै गरी षडयन्त्रपूर्ण ढंगले अपदस्थ गरिएको थियो । परिस्थिति र समयसन्दर्भ फरक भए पनि पात्रहरु उनै हुनुुहुन्थ्यो । के यसले हाम्रा कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतामा फँसाउने योजनामा सहभागी भएको स्पष्ट रुपमै देखिनु हुन्न र ?

    ८. थुप्रै प्रतिकूलताका बाबजुद नेपालले गएको तीन वर्षमा उल्लेख्य उपलव्धि हासिल गरेको कुरा माथि पनि उल्लेख भइसकेको छ । प्रायः सबै जसो विकास सूचकांकहरुमा नेपालले प्रगति गरेको छ । कतिपय क्षेत्रमा फड्को नै मारेको छ । शान्ति सुरक्षाको स्थितिलाई सुदृढ तुल्याइएको छ । पृथकतावादी गतिविधिलाई समाधान गरिएको छ । मुलुकले विकास, सुशासन, समृद्धि र स्थायित्वतिर सकारात्मक कदम चालिरहेको यस स्थितिबाट पार्टी खुशी हुनु पर्ने होइन ? सबै मिलेर यसलाई थप गति दिनु पर्ने होइन र ?

    तर कतिपय नेताहरुबाट यसको उल्टो काम भइरहेको छ । सरकारलाई पाँच वर्ष काम गर्न दिने र उसका कामको परिक्षण जनताबाट निर्वाचनका क्रममा हुने लोकतान्त्रिक बाटो छाडेर सधैभरि सत्ता, सधैभरि सरकार र सधैभरि पदीय भागबण्डाको चक्रव्यूहमा राजनीतिलाई बन्दी बनाउने काम भयो । लोकतन्त्रमा सत्तापक्षले जनताको आदेश अनुसार काम गर्छ, प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ । तर हामीकहाँ सत्तापक्षका कतिपय साथीहरु नै प्रतिपक्ष भन्दा बढी आक्रामक, असहयोगी र षडयन्त्रपूर्ण गतिविधिमा संलग्न हुने विडम्बनापूर्ण अवस्था सिर्जना भयो । आजको स्थिति विकसित हुनुमा कतिपय नेताहरुको गतिविधिको मुख्य जिम्मेवारी रहेको तथ्यलाई हेक्का राख्नु पर्छ । यस्तो काम कुनै पनि अर्थमा लोकतान्त्रिक हुन सक्दैन ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    ९. पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउने, नेतृत्व हस्तान्तरणको विधि र प्रणाली बसाउने र पार्टी, सरकार र संसदलाई जनताको हितमा केन्द्रित गर्ने मेरा प्रयाशहरुमा यसरी निरन्तर वाधा सिर्जना गरिए । यसपछि नै म यस निर्णयमा पुग्न बाध्य भएको हुँ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुचि या छनोटको विषय थिएन । तर मुलुकलाई अकर्मण्य अवस्थामा राखिराख्नु उचित हुँदैनथ्यो । संसदलाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जान्थ्यो । जनताको भावना अनुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिनै पथ्र्यो । जनअनुमोदित नेकपाको यस सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने र दलभित्रको कचिंगलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्नै पथ्र्यो । यसै पृष्ठभूमिमा म नयाँ जनादेशका लागि सार्वभौम जनतासमक्ष जाने निष्कर्षमा पुगेको हुँ ।

    १०. म अझै पनि विगतका सबै तिता–पिराहरुलाई बिर्सेर एकतावद्ध भई निर्वाचनमा सहभागी हुन कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने अपेक्षा गरेको छु । पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने छ । प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ । प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर प्रदान गर्ने छ ।

    ११. निर्वाचन लोकतन्त्रको आत्मा हो । यो सबैभन्दा उन्नत लोकतान्त्रिक अभ्यास तथा विधि पनि हो । जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो । मैले यही बाटो अवलम्बन गरेको छु । पार्टीले मेरो नेतृत्वमा विगत आम निर्वाचन लडेको थियो । म पार्टी संसदीय दलबाट सर्वसम्मत रुपमा नेता चयन भएको थिएँ र त्यसै हैसियतमा प्रधानमन्त्री निर्वाचित भएको थिएँ । बहुमत प्राप्त दलको सर्वसम्मत नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पुर्‍याउनु मैले उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठानेँ । त्यसै पनि जस्केलाबाट सरकारमा छिर्ने र जनमतको उपहास गर्ने अलोकतान्त्रिक चरित्रप्रति मैले सधै विमति राख्दै आएको छ ।

    दिदीबहिनी तथा दाजुभाइहरु,

    १२. नेपालको संविधानले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित रहने व्यवस्था गरेको छ । राज्य सञ्चालनको अन्तिम निर्णयकर्ता जनता हुन् । जनताको यो सार्वभौमसत्ता, राजकीयसत्ता र निर्णय निर्वाचनमार्फत् व्यक्त हुन्छ । जनताको अभिमत व्यक्त हुने निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ । हाम्रो लोकतान्त्रिक प्रणाली नयाँ छ, तर कमजोर छैन । मुलुक जनप्रतिनिधिविहीन अवस्थामा छैन । राष्ट्यि सभा क्रियाशील छ । प्रदेश सरकार र प्रदेश सभा एवं स्थानीय सरकारहरु मुलुकको संविधान र कानुन अनुरुप आफ्नो तहमा राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् । राष्ट्रपति र न्यायालय लगायतका संस्थाहरु र राज्यका निजामति एवं सुरक्षा अंगहरु सबै आफ्नो कत्र्तव्य निर्वाहमा दृढ छन् । साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्ने नै छ । एक्काइसौं शताव्दीको नेतृत्व गर्न तयार भएर बसेको हाम्रो युवा पुस्ता लोकतन्त्रप्रति प्रतिवद्ध छ । यो पुस्ता नै लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार हो । यस परिस्थितिमा म सम्पूर्ण युवाहरुलाई लोकतन्त्रको रक्षाका निम्ति एकजुट भएर सक्रिय हुन आह्वान गर्दछु । त्यसैले निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतान्त्रिक गणतन्त्र सङ्कटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार या आशङ्का निराधार छन् । राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो ।

    तसर्थ कुनै पनि कुरामा नअल्मलिइकन आम निर्वाचनको तयारीमा केन्द्रित हुन म सबैमा हार्दिक आह्वान गर्दछु ।

    धन्यवाद ।

  • सिद्धान्तहीन सम्झौताभन्दा जनताको फैसला उपयुक्तः प्रधानमन्त्री ओली

    सिद्धान्तहीन सम्झौताभन्दा जनताको फैसला उपयुक्तः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित बहुमतको सरकारलाई काम गर्न नदिइएका सर्वाभौम जनतालाई फैसला गर्ने अधिकार दिइएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने सरकारी निर्णयको बचाउ गर्दै प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । नेपाल टेलिभिजनमार्फत गरिएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘जनताको फैसला’ नै अन्तिम हुने बताए ।

    ‘जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै हो । मैले यहीं बाटो अवलम्बन गरे’, प्रधानमन्त्री ओलीले भने’, ‘बहुमत प्राप्त दलको सर्वसम्मत नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पुर्याउन मैले उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक विकल्प हो भन्ने मैले ठाने’, उनको भनाई छ ।

    आफ्नो नेतृत्वमा वामगठबन्धनले जनताको व्यापक समर्थन पाएपनि सुरुवातदेखि नै असहयोग महसुस गरेको गुनासो प्रधानमन्त्री ओलीको छ । ‘सुरुदेखि नै सरकार गठनमा अवरोध गर्ने र जनादेश विपरीतका गतिविधि भयो । बाधाहरु पन्छाउँदै सरकार गठन भयो र जनअपेक्षा अनुसार काम गर्न थालियो’, प्रधानमन्त्रीले भने ।

    प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र र राजनीतिक उपलब्धीलाई हानि नगर्ने भन्दै प्रतिगमनको हल्ला चलाउनेबाट सचेत रहन आग्रहसमेत गरे । प्रधानमन्त्री ओलीले विगतका तीता मिठा कुरा बिर्सेर निर्वाचनमा होमिन पार्टी पंक्तिलाई आग्रहसमेत गरेका छन् । ‘विगतका तीता कुराहरुलाई बिर्सेर निर्वाचनको तयारीमा होमिन कमरेडहरुलाई अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

  • साथीहरुले चार महिना पनि कुर्न सकेनन्: प्रधानमन्त्री

    साथीहरुले चार महिना पनि कुर्न सकेनन्: प्रधानमन्त्री

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही साथीहरुले केही पनि कुर्न नसक्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश दिएको भन्दै रोष प्रकट गरे ।

    भने, ‘कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै माझी गुहारे ।’

  • प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

    प्रधानमन्त्री ओली सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । संसद विघटन भएपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् । त्यसअघि ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरुसँग छलफल गरेका थिए ।