Tag: प्रधानमन्त्री केपी शर्मा ओली

  •  यसरी बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

     यसरी बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।

    सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

    ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।

    हेर्नुहोस् ओलीले बालुवाटार छाड्दै गर्दाको केही तस्बिर

     

     

     

    
    
    
    
    
    
  • प्रधानमन्त्री ओलीले भने – २०२१ भित्रै सबै जनतालाई खोप (भिडियो)

    प्रधानमन्त्री ओलीले भने – २०२१ भित्रै सबै जनतालाई खोप (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ ।

    नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाए ।

    ओलीले भने, ‘भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।’

    प्रधानमन्त्रीले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो । उनले भने, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।”

    स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुनेमा ओलीले विश्वास जनाए ।

    कोभिडको तेस्रो/चौथो लहरको सम्भावनाप्रति सचेत रहँदै सरकारले काम अघि बढाएको उनको भनाइ छ । ‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो’, प्रधानमन्त्रीले भने ।

    रासस

     

  • ओलीको स्वास्थ्यसँगै बौरिएको राजनीतिक खिचातानी

    ओलीको स्वास्थ्यसँगै बौरिएको राजनीतिक खिचातानी

    प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल हुन्छ कि हुँदैन ? भन्ने संशयको विषय थियो । धेरैले उनको मिर्गौला प्रयारोपण सफल नहुने अनुमान गरेका थिए । थोरै सम्भावनाबीच प्रत्यारोपण सफल भयो ।

    ओलीकाे मिर्गौला प्रत्यारोपणसँग देशको राजनीति जोडिनु स्वभाविक थियो । प्रत्यारोपण सफल नहुने आँकलन गर्दै केही राजनीतिक दल र तिनका नेताले राजनीतिलाई आफूअनूकुल बनाउने रणनीति बनाए । त्यहींअनुसार दलभित्र अनेक गुट-उपगुट निर्माण भए । तर जब ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो, तब राजनीति बेग्लै ढंगले अघि बढ्यो । अझ भनौं, ओली बौरिएसँगै राजनीतिक खिचातानी पनि बौरियो ।

    नियमित डायलासिस गरिरहेका ओलीले एक दिन भने, ‘कतिपयले म मर्छ भन्ठानेका थिए । तर म त झन् तन्नेरी हुँदै आएँ । जुँगा पनि झन् कालो हुँदै आयो ।’ उनको उक्त अभिव्यक्तिपछि ‘मृत्युको आश’ गरेर बसेकाहरु बेचैन भए । उनीहरुको पदीय लालच सतहमै छरपस्ट भयो । परिणमतः नेकपा फुट्यो, एमाले फुट्दैछ । जसपाको हालत त्यस्तै छ ।

    अब महागठबन्धनको माध्यमबाट आफू फेरि राजनीतिको केन्द्रमा प्रवेश गर्ने प्रचण्ड दाऊमा कांग्रेस भित्रको कलहसमेत फुटको सतहमा आयो भने अचम्म हुने छैन ।

    ओलीलाई सरकारबाट मात्रै हटाएर उनीहरुको अभीष्ट पूरा हुँदैन । ओली फेरि शक्तिशाली भएर आउने सम्भावना भएकाले विपक्षीहरु ओलीको भौतिक अन्त्य नै चाहन्थे, चाहिरहेका छन् ।

    केही दिनअघि एकजना प्रदेश सांसदले संसदको रोष्टममै उभिएर ‘केपी ओली मार्नु पर्छ, कोही सक्दैनौ भने म आफैं तयार छु’ भने । यसले पनि ओलीलाई हेर्ने विपक्षी नजर प्रष्ट हुन्छ ।

    हरेकचोटि केपी ओली मृत्युको मुखमा पुगेर फर्किंदा अथवा सम्भावित मृत्युलाई आंकलन गरेर चालिएका गोटीहरु फेल भएपछि अझ ठूलो राजनीतिक शक्ति लिएर पुनर्जीवित हुने गरेका छन् । यो पटक उनी विगतमा जस्तै राजनीतिमा पुनर्जीवित हुन्छन् कि हुँदैनन् ? हेर्न बाँकी नै छ ।

    इतिहासमा बहुदल आएपछिको केही समय नेपालको राजनीति गिरिजाप्रसाद वपिरि घुम्यो । उनले के बोल्छन्, त्यसकै आधारमा राजनीतिक बहस हुन्थ्यो । माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि र पहिलो संविधानसभा चुनावमा ठूलो दल बनेपछि राजनीतिको केन्द्रमा प्रचण्ड भए । तर दोस्रो सविधानसभामा नराम्रो पराजय भोगेपछि र माओवादी विभिन्न टुक्रामा विभाजित भएपछि भने उनको भूमिका ‘साइड हिरो’ रुपमा रह्यो ।

    तर संविधान बनेपछि, अझ विशेषगरी भारतीय नाकाबन्दीपछि नेपाली राजनीतिकको केन्द्रमा केपी ओली सशक्त रुपमा उदाए । उनको केन्द्रीय भूमिका अहिले पनि जारी छ र भविष्यमा पनि रहने देखिन्छ । कतिपय अवस्थामा अविचलित रुपमा आफूले लिएका अडानहरु, नेपाली जनताले बुझ्ने गरी आफ्ना कुरालाई सशक्त रुपमा प्रस्तुत गर्नसक्ने क्षमता, भारतीय हस्तक्षेपका विरुद्दको नेपाली मानसिकतालाई नेतृत्व दिन देखाएको तत्परता, र संविधान बनेपछि समृद्धिको अभियान चलाउनु पर्छ भन्ने खाका प्रस्तुत गर्न सफल भएका कारण नेपालको राजनीतिमा केन्द्रीय स्थान ओगट्न सफल भएका हुन्, उनी ।

    एक खाले एमालेका नेता, कार्यकर्तामा ओलीको मृत्यु ठूलो भयका रुपमा छ । उनीहरुलाई ओलीपछि एमालेको नेतृत्व सशक्त हुने हो कि होइन भन्ने चिन्ता छ । कतै माधव नेपालको पछि लागेर माओवादीमा मिसिनु पर्ने त होइन ? भन्ने चिन्ता पनि झल्कन्छ । मूलतः समृद्धि र राष्ट्रियताको चिन्ता बोक्ने युवा पुस्ताले ओलीको विकल्प अरु देखेका छैनन् ।

    तर केपी ओलीका प्रतिस्पर्धी र विपक्षीहरुका लागि भने उनको मृत्यु चाहना बनेको छ । ओलीपछि आफ्नो राजनीतिक स्पेस बढ्ने आश धेरेको छ । विपक्षीको नजरमा केपी ओली संसदीय राजनीतिमा माहिर देखिए, जनमत आफ्नो पक्षमा पार्न अहिले पनि सक्षमता देखाए, अघिल्लोचोटि संसद विघटन जस्तो अतिअप्रिय काम गर्दा समेत लाखौंलाख जनता आफ्नो पक्षमा सडकमा उतार्न सफल भए उनी ।

    समृद्धिको अभियान भन्दै हजारौं भौतिक संरचनाहरुको शिलान्यास गरे र उद्घाटन गरे । यी कुराबाट केही न केही सकारात्मक प्रभाब जनतामा छाड्न सफल भएका छन् भन्ने विपक्षीले बुझेका छन् । केपी ओलीसँग ठूलो जनमत छ भन्ने बुझेका विदेशी शक्तिहरुले समेत उनलाई चिड्याउन चाहेका छैनन् भन्ने विपक्षीले ठानेका छन् ।

    आउने चुनावमा समेत विपक्षीहरु केपी ओलीको विरोध गर्नमा मात्रै सीमित हुनुपर्ने अवस्था छ । नयाँ एजेण्डा, देशलाई रुपान्तरण गर्ने खाका, नयाँ अभियानहरु दिनसक्ने क्षमता र सामथ्र्य कसैले प्रस्तुत गर्न सकेका छैनन् । ओलीको विरोध गरेर मात्रै जनमत आफ्नो पकडमा आउला भन्ने विस्वास विपक्षलाई छैन । त्यसैले उनीहरु जसरी पनि ओलीलाई सिध्याउने चाहन्छन् ।

    मृत्यु चाहना राख्दैमा हुने होइन तर मृत्युको चाहना राख्दै छचल्किएका अभिव्यक्तिले विपक्षीमा बढ्दो निरासा र खस्कँदो क्षमतालाई प्रष्ट पार्छ ।

    विपक्षीले आफ्ना कार्यकर्ताहरुलाई हौसला दिन केपी ओली सकिए भनेर जति भने पनि ओलीको जनमतलाई सजिलै परास्त गर्न सकिँदैन भन्ने बुझेका छन् । त्यसैले उनीहरु महागठवन्धनको निर्माणमा लागेका छन् । ओली सजिलै सकिने आंकलन भएको भए यस्तो गठबन्धनको सम्भावना नै थिएन । अझ ओलीकै नेतृत्वमा रास्ट्रवादी, सांस्कृतिक, धार्मिक र सिके राउतदेखि विप्लवसम्मको नयाँ गठबन्धन बन्ने हो कि भन्ने डर पनि विपक्षीलाई छ ।

    केपी ओलीको राजनीति उनकै मृत्युको वरिपरि घुम्न थालेको धेरै भइसकेको छ । एमालेको नवौं महाधिवेशनका बेला पनि ‘अब मरिहाल्छन्, एकचोटि जितेर फरक नपार्ला’ भन्नेहरु धेरै थिए । तर त्यहीं कारण ओली झन् शक्तिशाली भए ।

    एमाले-माओवादी मिल्नेबेला पनि कतिपयले ओलीको मृत्युबारे अनेक आँकलन गरेका थिए । ओली र प्रचण्डको सत्तास्वार्थ मिलेका कारण भएको त्यो एकता विथोलिएको सत्ताकै कारण भएको प्रष्ट छ ।

    चुनाव जितेर पाँच वर्षसम्म शक्तिशाली भएर सरकार चलाउने र देश निर्माणमा ठूलो योगदान गरेको देखाउने ओलीको चाहना थियो भने टुक्राटुक्रा भएको माओवादीलाई एमालेको शक्तिशाली संगठनमा मिसाउने अनि ओलीपछि पार्टी कब्जा गर्ने लोभ थियो । त्यो कुरा प्रचण्डले बेलाबखत दिने अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

    ओलीको मृत्युको सम्भावनालाई आँकलन गर्दै ओली गुटसँग माधव नेपालले दूरी बढाउने काम गरे । यसमा प्रचण्डको ठूलो हात छ । एमालेहरु एक भएर आफूलाई एक्ल्याउने खतरा देखेपछि प्रचण्डले माधव नेपाललाई प्रयोग गरे । नेपालको राजनीति अहिले त्यहीं दाउपेचपछि उत्पन्न परिस्थितिबीच रुमल्लिरहेको छ ।

    त्यतिबेला नेपाली कांग्रेसलगायतले ओलीको सम्भावित मृत्युलाई राजनीतिक जोडघटाउमा गाँसेका थिएनन् होला । तर पछिल्लो समय कांग्रेसलगायतको शक्तिले ओलीसहितको एमालेसँग प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने आंकलन गरेको छ । अथवा ओलीबिनाको एमालेसँग आफूलाई सजिलो हुने अन्दाज हुनु स्वाभाविकै हो ।

    ओलीको विरोधले भन्ने गरेका छन्- ‘ओली एकलौटी गर्छन्, घमण्डी छन्, कसैलाई टेर्दैनन्, सत्ता टिकाउन जे पनि गर्छन्, जस्तोसुकै सम्झौता गर्छन् ।’

    पहिलोखाले आरोप प्रचण्ड र माधव नेपाल पक्षकाले लगाउने गर्छन् । देशको समृद्धि र प्रणाली स्थापनाका लागि आफ्नो पद नै दाऊमा राखेर अडान लिएका नेतालाई उनीहरुले घमण्डी देख्नु स्वभाविक हो । समयक्रमसँगै यो कुरा प्रष्ट हुने नै छ ।

    आफू प्रधानमन्त्री हुँदा पार्टी पनि सरकार पनि आफ्नै मुट्ठीमा राख्ने बानी परेका प्रचण्डलाई पछिल्लो समय ‘पार्टीको जनवादी केन्द्रीयता’ ओलीमाथि लगाउन नपाएको झोंक र माधव नेपालको सुरुदेखिको आफ्नो भूमिका बढ्नु पर्छ भन्ने चाहनालाई ओलीले टेरेनन् । चुनाव जितेर आएको सरकार प्रमुखमाथि बाहिरी अंकुश धेरै हुनु हुँदैन भन्ने मान्यताबाट ओली चले । तर यो द्वन्द्व ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएपछि मात्रै व्यापक भएर चर्केको थियो ।

    आफ्नो सत्ता टिकाउन जे पनि गर्छन् भन्ने दोस्रो खाले आरोप पछिल्लो समय बढी उठ्न थालेको छ । कतै भारतीय आशीर्वादले अथवा प्रत्यक्ष दबाबले त ओलीले अहिलेका सबै काम गरेका छैनन् ? भन्ने शंका बढेको छ ।

    देउवाको पालाको झझल्को दिने जस्तो भर्खरैको मन्त्रिमण्डल गठन, राजपालाई आधा जति मन्त्री दिनुपर्ने अवस्था, चुरे र महाभारत क्षेत्र उत्खनन् गर्ने योजना, हतार–हतार ल्याइएको नागरिकता अध्यादेश आदि कुराले अहिले उब्जेका शंकाहरुलाई मलजल गर्छन् ।

    महामारीबीचमा भएका फोहोरी संसदीय खेललाई जनताले पटक्कै मन पराएका छैनन् । यो अवस्था किन आयो भन्ने कुरा जनतालाई प्रस्ट पार्ने काम केपी ओली कै हो । तर केपी ओली सबैतिरबाट एक्लिएका हुन् भने विपक्षीहरु महागठबन्धन नै बनाएर आउनुपर्ने अवस्था चाहिँ किन आयो ? सोचनीय विषय छ ।

    केपी ओलीले सत्ताकै लागि जे गर्न पनि तयार भएका भए उनको लागि सबै भन्दा सजिलो प्रचण्ड र माधब नेपाललाई खुसी पार्ने, उनीहरुले भनेका मान्छेहरुलाई नियुक्ति दिने र कुनै भागबण्डा मिलाएर आफुू पाँच वर्ष झण्डै दुईतिहाइको शक्ति लिएर सरकारमा बसिरहन सबै भन्दा सजिलो हुने थियो । प्रचण्ड र माधव नेपालसँग विद्रोह गर्नु भनेको आफ्नो प्रधानमन्त्रीको पद धरापमा पार्नु हो भन्ने कुरा पक्कै केपी ओलीले नबुझेका होइनन् ।

    आखिर जसले जे भने पनि अख्तियारमा कसलाई नियुक्ति गर्ने भन्ने कुरा नमिलेपछि विवाद उत्कर्षमा पुगेको हो । प्रचण्ड र माधव नेपाललाई खुसी पार्नतिर नलागी यो कठिन बाटो किन लिए होलान् ओलीले ? सत्ताकै लागि त यो बाटो लिन आश्यक थिएन ।

    सारमा, ओलीलाई मार्नु पर्छ भन्नु चाहिँ हराउन गाह्रो छ भन्ने कुराको स्वीकारोक्ति नै हो ।

  • राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली

    राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका-टिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । गणतन्त्रप्रति वैह्रभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको उनको विश्लेषण छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रलाई गाली गर्ने प्रतिष्पर्धा चलेको बताए ।

    उनले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ । हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’

    प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए ।

    उनले भने, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोज्ने । राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि… । अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’

    ओलीले नेपालको संसदमा खुर्सानीको धुलो बोकेर जाने र संसदको लडाईं माईकले हानेर गर्नेहरूसँगको लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण संसदमा खुर्सानीको धुलो बोकेर जानेहरू, संसदको लडाइँ माईकले हानेर गर्नेहरूसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौं भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नु पर्दैन भन्ने पनि म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु ।’

  • योगको उत्पत्ति भारतमा भएको होइन, भारतीय विद्वानले तथ्य लुकाउँछन् : प्रधानमन्त्री (भिडियाे)

    योगको उत्पत्ति भारतमा भएको होइन, भारतीय विद्वानले तथ्य लुकाउँछन् : प्रधानमन्त्री (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पत्ति भारतमा नभएको बताएका छन् । योग उत्पत्ति भएको बेला भारत भन्ने देश नै विश्वमा नरहेको उनको भनाइ छ ।

    अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भारतीय विद्वानहरूले तथ्य लुकाउने गरेको आरोप पनि लगाए ।

    उनले भने, ‘त्यसबेला हुँदै नभएको भारतको चर्चा भारतीयहरू गर्न रुचाउनुहुन्छ । योगको उत्पत्ति नेपालमा भएको, या उत्तराखण्डमा भएको भन्नुहुन्न ।’

    ओलीले थपे, ‘यो भारत त्यसबेला थिएन । भारतमा त रजौटाहरु थिए । स-साना रजौटाहरूको एक खालको उपमहाद्वीपजस्तो थियो । त्यसमा पनि पतञ्जलीजस्ता महर्षिको जन्म भएको, कपिलमुनीले अभ्यास गरेको यहीँ हो । यस्ता तथ्यहरूलाई भारतीयहरूले लुकाउँछन् ।’

  • समाजलाई सबल राख्न योगको आवश्यक : प्रधानमन्त्री (भिडियाे)

    समाजलाई सबल राख्न योगको आवश्यक : प्रधानमन्त्री (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।

    सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताए ।

    ‘योग फर वेल विइङ’को नारासहित विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

    ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दु:ख पाइनेछ’, ओलीले भने ।

    अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै उनले भने, ‘अहिले सामाजिक सञ्जाल हेरिनसक्नु हुन्छ’ ।

    सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलिरहेका छौं । ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियो भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन’, ओलीको भनाइ थियो ।

    योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्तिलाई परित्याग गर्नुपर्ने धारणा प्रधानमन्त्रीको थियो ।

  • नेपाललाई खोप सहायता प्रदान गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोन्सनलाई आग्रह

    नेपाललाई खोप सहायता प्रदान गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षी जोन्सनलाई आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड-१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन् ।

    बीबीसी विश्व सेवालाई शुक्रबार बेलुका अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतको लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप प्राथमिकतामा राख्नुपर्ने बताए ।

    बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

    ‘म बेलायत सरकार र विशेषगरि प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको कोभिड महामारीको कठिन अवस्थाबारे अवगत गराउन चाहन्छु’ उनले भने, ‘यदि हामीले खोप लगायौं भने मात्र महामारीलाई नियन्त्रण गर्न सक्छौं, नत्र कठिन अवस्था आउन सक्छ ।’

    नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत उनले बताए । ‘आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेका छन्’ उनले भने ।

    बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने जनाए । यो वर्षभित्र नेपालले खोप प्राप्त बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ ।

    प्रधानमन्त्री ओलीले बेलायती विदेशमन्त्री डोमिनिक रावसँग नेपालका समकक्षीले गरेको र आफूले प्रधानमन्त्री जोन्सनसँग सीधा सम्पर्क स्थापित गर्न खोजको बताएको पनि बीबीसीले उल्लेख गरेको छ ।

    गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

  • प्रधानमन्त्रीको आह्वान- चुनाव हुँदैन भन्ने दुश्प्रचारको भ्रममा नपरौं (पूर्णपाठ)

    प्रधानमन्त्रीको आह्वान- चुनाव हुँदैन भन्ने दुश्प्रचारको भ्रममा नपरौं (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गरेका छन् ।

    १४औं गणतन्त्र दिवसका अवसरमा शनिवार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार आगामी आम निर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ,निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

    प्रधानमन्त्रीले भने, ‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’

    प्रधानमन्त्रीले निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना कसरी भयो भन्ने प्रसंग समेत सम्बोधनमा प्रष्ट पारेका छन् । सरकारले चालेका हरेक पाइलामा व्यवधान,घेराबन्दी र विरोध मात्रै सामना गर्नुपरेको भन्दै प्रधानमन्त्रीले सत्ता आकांक्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृतिको छिनोफानो अब जनताले गर्ने बताए ।

    यस्तो छ पूर्णपाठ :

    सम्माननीय राष्ट्रपतिज्यू,
    सम्माननीय उपराष्ट्रपतिज्यू,
    सम्माननीय प्रधानन्यायाधीशज्यू,
    सम्माननीय सभामुखज्यू,
    सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,
    माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,
    संवैधानिक आयोगका प्रमुखज्यूहरू,
    विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,
    राष्ट्रसेवक कर्मचारीहरू,
    विशिष्ट अतिथिहरू,
    र, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।
    आज हामी गणतन्त्र दिवस मनाउँदै छौँ। गणतन्त्र दिवस नेपाली जनताको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर, आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौं । कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौँ । विवाह, ब्रतवन्ध, चाडपर्व र जात्राहरु समेत मनाउन सकिरहेका छैनौँ। यस्ता कुनै पनि पर्व यस महामारीका कारण हाम्रो घरदैलोमा खुसी लिएर आउन सकिरहेका छैनन् । यतिबेला कोरोनाको कहर विश्वव्यापी रुपमा साझा समस्या बनेको छ। त्रासदीको यस्तो अवस्थामा हामी गणतन्त्र दिवस यस रुपमा मनाउन बाध्य भएका छौँ ।
    गणतन्त्र दिवसका अवसरमा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिन जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफनो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने हाम्रा अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु ।
    दाजुभाइ तथा दिदीबहिनीहरू,
    आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीका रूपमा देखिएको यस महामारीबाट जनताको जीवन रक्षा गर्न हामीले कुनै पनि सम्भव प्रयासहरु अघि बढाएका छौँ । यसले हाम्रा कार्यपद्दतिहरू, प्राथमिकताहरू, स्वभाव र जीवनशैलीलाई चुनौति दिएको छ। यो महामारी अकस्मात आएकाले संसारका कुनै पनि देशमा यसको पूर्वतयारी थिएन।मौजुदा स्वास्थ्य संरचनाको क्षमताले सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सबैलाई हम्मेहम्मे नै प-यो । हामीले करिब शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारलाई यसैबीचमा व्यवस्थित गरी आइपरेको संकटसँग जुध्नु प-यो। अहिले त दोस्रो÷तेस्रो लहरका रूपमा मानव स्वास्थ्यलाई चुनौति दिई भाइरसका नयाँ स्वरूपसमेत देखा परिरहेका छन् ।
    हामीले अधिकांश संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने गरिरहेका छौँ । निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेका छौँ। जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क गर्ने सेवा उपलब्ध गराएका छैनन् । हामीले त आगामी निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएका छौँ। यस कार्यमा सरकार प्रयासरत छ र, आफ्नो क्षमतालाई भरपुर प्रयोग गर्दै कोभिड विरूद्धको लडाईँमा आफूलाई केन्द्रित गरिरहेको छ। यस चुनौतीलाई सामना गर्न हामी सक्षम हुने छौँ भन्ने विश्वास दिलाउन चाहन्छु।
    दिदीबहिनी तथा दाजुभाइहरु,
    गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी रनिष्ठासाथ क्रियाशीलरहेका छौँ।
    मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट नै हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु हुनपुग्यो । छलछाम, कपट र हिंसाबाट राजतन्त्र सुरु भयो र जनतामाथि गरेको दमनबाट वंशाणुगत नेतृत्व कायम भयो । लामो समयसम्म चलेको त्यस सामन्ती प्रणालीको अन्त्य गर्दै हामीले ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो शासन प्रणालीको रूपमा अगाडि बढाएका छौं ।
    नेपालमा गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । विधियुक्त राज्य प्रणालीले कानूनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्दछ। सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो। हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयासहरू ती आकाङ्क्षालाई मूर्त रूप दिन नै केन्द्रित छन्। हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित छन्। तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्‍याउन हामी दत्तचित्त छौँ । लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै हामीले हासिल गरेका उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महत्वका रहेका छन् ।
    गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो । जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। मानिस जन्मदैँ धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मन्छ। जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो । संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन सक्दैन । जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्दछ ।
    त्यसैले समुचितरूपमा लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन जनताले समानतायुक्त, न्यायपूर्ण, शान्ति सुरक्षायुक्त वातावरणसहित सुशासन र सेवामा पहुँचको अनुभूति गर्नेगरी हामीले हाम्रा तमाम प्रयासहरु अगाडि बढाएका छौं ।
    गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ हामी अग्रसर छौँ। मुलुकमा संरचनागत पूर्वाधारको तीव्र र दीगो विकासमा हाम्रो सक्रियता त्यसैका लागि हो । हामी मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँछौँ, तिनै पूर्वाधारहरुले जनताको सुख र समृद्धिका आधार निर्माण गर्दछन् । यसैलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रुपमा अघि सारेका छौँ । हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौँ।
    गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अघि बढ्न हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित छन्। जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको छ । गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो ।
    लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन । हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । हाम्रो समाज र संविधानले लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ ।
    सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउँछ। राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको छ । गणतन्त्रमा जाति, वर्ग, लिङ्ग, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन।गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली भएकाले विचारहरूको स्वस्थ बहस, मर्यादित छलफल र असहमतिहरूका बीच निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ। यसका लागि आचरण, व्यवहार र विचारका हिसाबले समेत उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहीत व्यवहार हुनु अनिवार्य छ।वास्तवमा अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले कानूनको शासन र समावेशी लोकतन्त्रलाई सार्थक र सफल तुल्याउँछ।
    यस अवधिमा हाम्रा हरेक प्रयास लोकतान्त्रिक गणतन्त्रलाई जीवनपद्दतिका रुपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन केन्द्रित रहेका छन्। यस अवधिमा चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाहरूले पनि साकार रूप लिन थालेका छन्। जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफै चयन गर्ने र आफ्नै सहभागितामास्वतन्त्र ढङ्गले विकास गर्ने पद्दति बसालिएको छ। राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रुपमा समेत भिन्न पहिचान बनाएको छ।
    लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ। आर्थिक वृद्धिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भई अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्प पछिको पुनर्निर्माणका कार्यले सार्थकता पाउनु, सेवाप्रवाहमा व्यापक सुधारसहित जनताको सन्तुष्टि बढ्दै गई विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले मुलुक सही दिशातिर अगाडि बढेको नै स्पष्ट हुन्छ। खासगरी कोरोना महामारी शुरू हुनुअघिसम्म विकास र समृद्धिका हाम्रा सबै सूचकहरू अत्यन्त उत्साहबर्द्धक रहेका थिए।
    मुलुकको यस शासन प्रणालीलाई संस्थागत र सुदृढ गर्न राष्ट्र र राष्ट्रियताको भावना एकाकार हुनुपर्छ।ओझेलमा परेका विकास र समृद्धिका आकाङ्क्षाहरूलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने हुन्छ। सरकारले विभिन्न समयमा देखा परेका अनेक व्यवधानहरुलाई झेल्दै जनआकाङ्क्षालाई नै प्राथमिकतासाथ सम्बोधन गरेको छ र गरिरहने छ ।
    लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो। जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरुलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अर्थ्याउने विसङ्गत परिभाषा यसका लागि हानीकारक छ। यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचन मार्फत अभ्यास गर्दछन्। जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पु¥याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाईँ जित्नुपर्ने छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ। राजनीतिक झगडा/लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु।
    आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो।निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।
    गणतन्त्र दिवसको यस अवसरमा सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भनी स्पष्ट गर्नु सान्दर्भिक ठान्दछु। मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन् । तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ।जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो।
    मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो।सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।
    गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरू सबैमा कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह गर्दछु।यसबीचमा कोरोनाका कारण मृत्युवरण गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।यस चुनौतीलाई हामीले परास्त गरिछाड्ने संकल्प व्यक्त गर्दछु।
    धन्यवाद ।
    -नेपाली सेना, जङ्गीअड्डा,
    भद्रकाली, काठमाडौं ।
  • प्रधानमन्त्रीले सिंहदरबारमै वाचन गरे अघोषित ‘नीति तथा कार्यक्रम’ (पूर्णपाठसहित)

    प्रधानमन्त्रीले सिंहदरबारमै वाचन गरे अघोषित ‘नीति तथा कार्यक्रम’ (पूर्णपाठसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटन र चुनावको घोषणा गरेको सरकारले यस वर्ष संविधान बमोजिम ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्न सकेन । तर, प्रधानमन्त्री कपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्दै अनौपचारिक तवरबाट ‘नीति तथा कार्यक्रम’ वाचन गरेका छन् ।
    राष्ट्रपतिले दुवै संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षका लागि नीति तथा कार्यक्रम वाचन गर्ने संवैधानिक व्यवस्था छ । प्रत्येक जेठ १५ मा आउने वार्षिक बजेटभन्दा एक महिना अगाडि नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन हुन्छ । त्यही नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण गरिन्छ । तर, यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले यो परम्परा तोडियो ।
    अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको सरकारले नीति तथा कार्यक्रम नल्याउने बतायो । बजेट निर्माण र घोषणाका अन्य संवैधानिक प्रक्रियाहरु पनि तोडिए । तर, बजेट अध्यादेश जारी हुने अघिल्लो दिन प्रधानमन्त्री ओलीको सम्बाेधन तय गरियो । प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने भनेर प्रधानमन्त्रीको कार्यालयबाट आजै सूचना प्रवाह भएको थियो । बेलुकी चार बजे प्रधानमन्त्री ओलीले सरकारका मन्त्री र उच्च अधिकारीहरुलाई साक्षी राखेर सम्वोधन गरे ।
    प्रधानमन्त्रीको संवोधनका तीन अंश थिए । पहिलो अंशमा ओलीले कोभिड महामारी र देशको राजनीतिक विषयवस्तुबारे बोले । उनले विश्वमा खोपको असमान वितरण बहसको विषय भएको बताए । महामारीमा विभिन्न देशबाट नेपाललाई प्राप्त भइरहेको सहयोगलाइ धन्यवाद दिँदै ओलीले देशको स्वास्थ्य प्रणालीमा संरचनागत सुधार भइरहेको चर्चा गरे ।
    राजनीतिक विषयवस्तुमा उनले चुनावको औचित्य सावित गर्न खोज्दै र आफ्ना पार्टीका विरोधि नेताहरुले देखाएको ‘असंसदीय र आलोतान्त्रिक आचरण’ को कटु आलोचना गरे । आफूले विश्वासको मत नपाउने र संसदले अर्को विकल्प पनि नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको वाध्यता उनले सुनाए । साथै, घोषित चुनाव सफल पार्नका लागि उनले सबै दलहरुलाई वर्तमान सरकारमा सहभागी हुन आह्वान गरे ।
    संवोधनको दोस्रो अंशमा ओलीले सरकारले हासिल गरेको उपलब्धीहरुको बखान गरे । यसमा प्रायः उनले पहिले धेरैवटा भाषणमा बोलिसकेका विषयहरु समावेश थिए ।
    सम्वोधनको तेस्रो अंशमा ओलीले सरकारको ‘अघोषित नीति तथा कार्यक्रम’ वाचन गरे । यो विगतमा राष्ट्रपतिले संसदमा वाचन गर्ने नीति तथा कार्यक्रमकै भाकामा थियो । प्रधानमन्त्रीले वाचन गरेको ‘नीति तथा कार्यक्रम’ मा नयाँ विषयहरु भने खासै आएनन् । यो हेर्दा बजेटमा प्राय पुरानै कार्यक्रमहरुलाई निरन्तरतता दिने देखिएको छ । सम्वोधनको अन्त्यमा ओलीले भने, ‘यिनै नीतिहरुमार्फत भोली अर्थमन्त्रीको बजेट वक्तव्य आउने छ ।’
    सम्बोधनको पूर्णपाठ –

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले चालेका कदममा साथ दिन आग्रह गरेको थिएँ।

    २. त्यस यताका पच्चीस दिन हाम्रा लागि निकै कष्‍टकर रहे। यस अवधिमा थप दुई लाख व्यक्ति सङ्क्रमित हुनुभयो। तीन हजारभन्दा बढीले ज्यान गुमाउनु भयो। अक्सिजन र शय्या व्यवस्थापनका लागि यो समय निकै चुनौतीपूर्ण रह्‍यो। लिक्विड अक्सिजन आयातमा समस्या पैदा भयो। अक्सिजन सिलिण्डरको अभाव खट्कियो।

    ३. समाधानका लागि हामीले सम्पूर्ण शक्ति केन्द्रित गर्‍यौं। त्यसले गर्दा अहिले स्थितिमा सुधार आएको छ। भारतबाट लिक्विड अक्सिजनको नियमित र थप मात्रा आपूर्ति हुन थालेको छ। अन्य उद्योगमा रहेका हजारौं अक्सिजन सिलिण्डर सङ्‍कलन गरी अस्पतालहरूमा पठाइएको छ। अक्सिजन प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्‍चालन गरिएको छ। अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छुट दिने व्यवस्था गरिएको छ। नागरिकको जीवनरक्षाका लागि विदेशबाट एयरलिफ्ट गरेर समेत सिलिण्डर ल्याइएको छ। अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्‍त रकम पठाइएको छ। मित्रराष्‍ट्रहरूको सहयोगमा उल्लेख्य सङ्ख्यामा भेण्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री भित्रिएका छन्।

    ४. कोभिडविरुद्धको हाम्रो लडार्इँमा महत्वपूर्ण सहयोग गर्ने भारत, चीन र यसका सिचुवान तथा तिब्बत प्रान्तीय सरकारहरू, अमेरिका, स्पेन, बेलायत, जापान, अष्‍ट्रेलिया, स्वीट्जरल्याण्ड, जर्मनी, थाइल्याण्ड, सिङ्‍गापुर, न्यूजिल्याण्ड, फिनल्याण्ड लगायत मित्र राष्‍ट्रहरूप्रति हामी आभारी छौं। चिनियाँ रेडक्रस, तेमासेक फाउण्डेशन सिङ्‍गापुर, डाइरेक्ट रिलिफ अमेरिका, रोयल थाई मोनास्ट्री लगायत परोपकारी संस्थाबाट पनि सहयोग प्राप्‍त भएको छ। आफ्नो गाँस कटाएर अक्सिजन सिलिण्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्न चाहन्छु । गैरआवासीय नेपाली सङ्‍घ र देशका उद्यमी, व्यवसायी र समाजसेवी लगायत सबै सहयोगीहरू धन्यवादका पात्र हुनुहुन्छ।

    ५. कोभिड १९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्‍ट्र” रणनीति आवश्यक पर्दछ। यसै खाँचोलाई पूर्ति गर्न “कोभिड सङ्‍कट व्यवस्थापन अध्यादेश २०७८” जारी गरिएको छ। यसबाट राज्यको सम्पूर्ण शक्ति कोभिड विरुद्ध परिचालित गर्ने बाटो सहज भएको छ। अध्यादेशको व्यवस्था बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति र यस मातहत चौबिसै घण्टा खटिने गरी कोभिड सङ्‍कट व्यवस्थापन केन्द्र स्थापना भएको छ। वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल तोकिएको छ। यहाँबाट कोभिड बिरामीहरूले स्क्रिनिङ, डायग्नोस्टिक, उपचार र अन्य सेवा पाउनुहुनेछ। वीर अस्पतालले जुनसुकै अस्पताल, संस्थान र मेडिकल कलेजहरूलाई कोभिडको उपचारमा समन्वयात्मक ढङ्‍गले परिचालन गर्नेछ। आवश्यकता अनुसार स्वास्थ्य सङ्‍कटकाल लगाउन सकिने व्यवस्था गरिएको छ।

    ६. कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएका छन्। कोभिडको निस्शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको छ। महामारी सुरु भएको एक वर्षको अवधिमा भेण्टिलेटरको सङ्ख्या ३२७ बाट ९०४, आइसियु बेड २६०० बाट ३००० पुर्‍याइएको छ। अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट ९एचडियु० थप भएका छन्। ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिटै १८० भेन्टिलेटर, ६३० आइसियु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिनेछन्।

    ७. कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्‍त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्‍चिन्त रहन आग्रह गर्दछु। थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाडने विश्‍वास दिलाउन चाहन्छु।

    ८. कोरोना महामारीको आक्रमणबाट विकसित र विकासशील, सम्पन्‍न र साधनस्रोत विहीन, ठूला र साना कुनै पनि देश बँच्न सकेका छैनन्। तर विकासशील देशहरूमाथि यसको मार बढी परेको छ। दिगो विकास लक्ष्य हासिल गर्ने उनीहरूको प्रयासलाई महामारीले झनै चुनौती खडा गरेको छ। खोपलगायत अत्यावश्यक जीवनरक्षक औषधीहरूको अभाव हुँदै जाँदा विकासशील देशहरू झनै पछाडि पर्नेछन्। आज खोपको असमान वितरण विश्‍वव्यापी बहसको विषय बनेको छ। खोप उत्पादक कम्पनीहरूले प्रतिबद्धता अनुसारको खोप उपलब्ध नगराउँदा विकासशील देशहरूका लागि खडा गरिएको कोभ्याक्स एलायन्सको समग्र योजना नै प्रभावित भएको छ। त्यसैले महामारीविरुद्धको विश्‍वव्यापी सहकार्यमा म पुनः जोड दिन चाहन्छु। जी(७ र जी(२० लगायत विकसित मुलुकहरूले अन्तर्राष्‍ट्रिय उत्तरदायित्व वहन गर्न आवश्यक छ। सबै सुरक्षित नहुँदासम्म हामी कोही पनि सुरक्षित हुन सक्दैनौं भन्‍ने यथार्थलाई मनन गर्न सबैसँग आग्रह गर्न चाहन्छु।

    ९. यस लडाइँको अग्रमोर्चामा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी चालक तथा सफाइकर्मी र निजामति सेवाका राष्‍ट्रसेवकहरू हुनुहुन्छ। तीनै तहमा निर्वाचित जनप्रतिनिधिहरू र देशभरि नै स्वयंसेवीहरू परिचालित हुनुहुन्छ। आफ्नो निजी जीवन र पारिवारिक जिम्मेवारीलाई समेत पञ्छाएर सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने उहाँहरू हामी सबैका आदर र सम्मानका हकदार हुनुहुन्छ। महामारीविरुद्ध लडिरहेका जनशक्तिको सुरक्षामा सरकारले कुनै कसर बाँकी राख्‍दैन। अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्‍ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्‍डनीय मानिनेछ।

    १०. अस्पतालमा उपचार गराइरहनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका १ लाख १६ हजार ४७६ दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। ६ हजार ९५१ नागरिकहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।

    ११. कोभिडसँग मुकाबिला गर्न “जीवन पहिला” हाम्रो नीति हो। जनताको जीवन रक्षा सरकारको प्रमुख दायित्व हो। हामीलाई थाहै छ, महामारी नियन्त्रणको पहिलो र प्रभावकारी उपाय भनेको यसको रोकथाम हो, महामारी फैलिन नदिनु हो। यसका लागि जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न पुनः सबै दिदीबहिनी तथा दाजुभाइहरूमा आग्रह गर्दछु। अहिले लागू गरिएका निषेध र अन्य उपायहरू जनताको जीवन रक्षाकै लागि हुन्। जीविका अर्थात् अर्थतन्त्रको रक्षाको दायित्वप्रति पनि सरकार उत्तिकै सचेत रहेको विश्‍वास दिलाउन चाहन्छु।
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    १२. राजनीतिक स्थायित्व सुनिश्‍चित गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने र हाम्रो सम्पूर्ण ऊर्जा सामाजिक(आर्थिक रुपान्तरण र समृद्धिका लागि एकाग्र रूपमा केन्द्रित गर्ने प्रयासमा पटकपटक अवरोध सिर्जना भएका छन्।

    १३. सीमित व्यक्तिहरूका महत्वाकाङ्क्षा, कुण्ठा र स्वार्थका लागि प्रतिनिधिसभालाई अकर्मण्य बनाउँदै लगिएपछि गत पुसमा प्रतिनिधिसभा विघटनको निर्णय गरिएको थियो। तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने निर्णय गर्‍यो। उक्त फैसलाको सम्मान गर्दै त्यसलाई कार्यान्वयन गरियो। यस अवधिमा हाम्रा प्रयास प्रतिनिधिसभालाई पूर्ण अवधि सञ्‍चालन गर्ने र यसैभित्रबाट राजनीतिक स्थायित्व खोज्ने कुरामा नै केन्द्रित रह्‍यो। तर तीन महिनाको अनुभवले पुनस्स्थापित प्रतिनिधिसभाले राजनीतिक स्थायित्वमा अपेक्षित योगदान गर्न नसकेको यथार्थ स्पष्‍ट पार्छन्।

    १४. मैले गएको वैशाख २७ गते प्रतिनिधिसभा समक्ष विश्‍वासको मतका लागि प्रस्ताव पेश गरेँ। सदनमा मैले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्‍चालन गर्न र यसलाई कामकाजी बनाउनका लागि कि त आफूलाई विश्‍वासको मत दिन कि स्वस्थ एवं संवैधानिक प्रक्रियाबमोजिम वैकल्पिक सरकार दिन आग्रह गरें। मेरो प्रस्ताव असफल भयो। संविधानको धारा ७६ ९२० अनुसारको सरकार गठनका लागि सम्माननीय राष्‍ट्रपतिले दिनुभएको समय पनि त्यत्तिकै व्यतीत भयो। यसरी प्रतिनिधिसभा न सरकारलाई विश्‍वासको मत प्रदान गर्ने, न त वैकल्पिक सरकार नै दिन सक्ने गरी अकर्मण्यतामा फस्न पुग्यो।

    १५. त्यस यताका दश दिनसम्म पनि विश्‍वासको प्रस्तावमा मतदान हुँदाका बखतको परिस्थितिमा तात्विक परिवर्तन आएको मैले पाइनँ। मैले पुनः विश्‍वासको मत पाउन सक्ने भरपर्दो आधार पनि देखिएन। संसदमा सरकारको वार्षिक नीति र कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने समय नजिक आइसकेको परिस्थितिमा राजनीतिक अन्यौल कायम राख्‍नु उचित हुँदैनथ्यो। यसै पृष्‍ठभूमिमा मैले गएको जेठ ६ गते मार्गप्रशस्त गर्दै संविधानको धारा ७६ ९५० को सरकार बनाउने प्रक्रिया सुरु गर्न सम्माननीय राष्‍ट्रपतिज्यू समक्ष सिफारिस गरें। यो कदम मुलुकलाई राजनीतिक अन्यौलबाट सकेसम्म छिटो मुक्त गर्ने उद्देश्यबाट प्रेरित थियो।

    १६. यसै बीच जनता समाजवादी पार्टीले मलाई प्रधानमन्त्रीमा समर्थन गर्ने संस्थागत निर्णयको पत्र हस्तान्तरण गर्‍यो। प्रतिनिधिसभाको रक्षा र राजनीतिक स्थायित्वका लागि अन्तिम प्रयास स्वरूप मैले जेठ ७ गते ७६ ९५० को प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरें। दाबी गर्दाको समयसम्म मेरो पक्षमा नेकपा ९एमाले०का १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदहरूको समर्थन स्पष्‍ट देखिन्थ्यो।

    १७. तर यसबीचमा जे जस्ता घटना र प्रवृत्ति देखा परे, तिनले नेपाली राजनीतिलाई पछिसम्म प्रदूषित गराइरहनेछन्। हामीले अवलम्बन गरेको बहुदलीय प्रणालीका सिद्धान्त, संसदीय मूल्य मान्यता एवं पार्टी र संसदीय दलका संस्थागत निर्णयलाई धज्जी उडाउँदै नेकपा ९एमाले० र जनता समाजवादी पार्टीका केही सांसदहरूले नेपाली काङ्ग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभयो। नेकपा ९एमाले० र जनता समाजवादी पार्टीले त्यस्तो हस्ताक्षरलाई मान्यता नदिन र यस्ता गतिविधि कारबाहीको विषय बन्‍ने जानकारी पत्र मार्फत तत्काल राष्‍ट्रपतिको कार्यालयलाई गराए।

    १८. बहुदलीय प्रणाली विपरीतका त्यस्ता हस्ताक्षरलाई आधार बनाएर माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना त थिएन नै। तर ती हस्ताक्षरहरूका कारण प्रधानमन्त्रीमा मेरो दावी पनि निर्विवाद हुन सकेन। संविधानको धारा ७६ ९५० ले प्रस्तुत दावीमा विश्‍वासको मत प्राप्‍त गर्ने भरपर्दो आधार छ कि छैन भन्‍ने निर्क्‍यौल गर्ने दायित्व राष्‍ट्रपति संस्थालाई प्रदान गरेको छ। सम्माननीय राष्‍ट्रपतिबाट दुवै दावीलाई खारेज गर्ने निर्णय भयो। त्यसपछि नै संविधानको धारा ७६ ९७० बमोजिम प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनमा जाने संवैधानिक वाध्यताको स्थितिमा मुलुक पुगेको हो।

    १९. संविधानको स्पष्‍ट व्यवस्था र सर्वोच्च अदालतको फागुन ११ को फैसलामा भनिएका सरकार गठनका सबै विकल्पहरूको प्रक्रिया पूरा भइसकेपछि भएको प्रतिनिधिसभा विघटनपछि आज राजनीतिमा जे जस्ता अराजनीतिक, असंसदीय र अलोकतान्त्रिक गतिविधिहरू देखा परेका छन्, ती विडम्बनापूर्ण छन्। २०४८ सालको निर्वाचनबाट गठित प्रतिनिधिसभा तत्कालीन सत्तारुढ पार्टीमा देखा परेका यस्तै विकृत अभ्यासका कारण विघटन भएको थियो। त्यहाँबाट सुरु भएको विकृतिको शृङ्‍खला दसौं वर्षसम्म जारी रह्‍यो। त्यस विकृतिले तत्कालीन सरकारहरूलाई मात्र अप्ठ्यारो पारेन, बहुदलीय शासन प्रणालीप्रति नै जनतामा नैराश्य र वितृष्णा पैदा गर्न भूमिका खेल्यो। दलहरूमा स्वार्थजन्य विभाजन, दलहरूबीच सिद्धान्तहीन गठबन्धन र दबाब(प्रभावका बलमा सांसदहरूको ओहोर–दोहोर मुख्य कारण थियो, जसले संसदीय व्यवस्थामाथि उग्रदक्षिणपन्थी र उग्रवामपन्थी दुबै कोणबाट हमलाका लागि आधार बनेको थियो। बीस वर्षपछि पनि नेपाली राजनीतिमा यिनै प्रवृत्ति दोहोरिनु दुःखद र दुर्भाग्यपूर्ण छ।

    २०. हामीले अवलम्बन गरेको शासन प्रणाली जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली हो। यस प्रणालीका आधारस्तम्भ राजनीतिक पार्टीहरू हुन्। लोकतान्त्रिक पार्टीहरू कमजोर हुँदा कसरी मुलुक हिंसाको दुष्चक्रमा फस्दो रहेछ र तानाशाही शासनका लागि बाटो खुल्दो रहेछ भन्‍ने निकट अतीतको अनुभवलाई हामीले यति चाँडै बिर्सिसकेको हो रु पार्टीहरू सत्तामा जानु या विपक्षमा बस्नु, विस्तारित हुनु या सङ्‍कुचनमा पर्नु लोकतन्त्रमा सामान्य विषय हुन्। तर सत्ताकै लागि अन्य पार्टीहरूमा विभाजन, विग्रह र विकृतिहरू पैदा गर्नु एवं त्यसकै बलमा आफू सफल भएको भ्रम पाल्नु आत्मरति मात्रै हो। बहुदलीय प्रणालीमा देखा पर्न लागेको निर्दलीय चरित्र ख्यालठट्टाको विषय होइन। अझै यस्तो विकृतिको औचित्य एवं वैधता कायम गर्न भइरहेका प्रयास त सामान्य विषय हुँदै होइनन्।

    २१. मैले आफ्नो लागि या आफ्नो दलका लागि यी सबै विषय भनिरहेको छैन। लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्‍चायती जेलमा चौध वर्ष बिताएको मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय हुँदै होइन। बहुदलीय व्यवस्था आइसकेपछि पनि प्रतिपक्षका रूपमा दशकौं व्यतीत गरेको, “लोकतान्त्रिक शक्ति” हरूकै दमन झेलेको हाम्रो पार्टीका लागि पनि यो विषय महत्वपूर्ण होइन। हाम्रा लागि सत्ता साधन मात्रै हो, साध्य होइन। साध्य त राष्‍ट्रियताको सम्वर्द्धन र सार्वभौमसत्ताको रक्षा हो। राष्‍ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो। लोकतन्त्रको सुदृढीकरण गर्दै जनताको जीवनमा अनुवाद गर्नु हो। यसलाई राजनीतिक अधिकारको दायराबाट माथि उठाएर मानवीय आकाङ्क्षाको समष्‍टिका रूपमा विकसित गर्नु हो। अधिकारको प्राप्‍ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको प्रत्याभूति एवं सम्मान र सुरक्षाको सुनिश्‍चितता भएको समाज निर्माण गर्नु हो। यसकै लागि हाम्रा प्रयास केन्द्रित छन्।

    २२. आजको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिकमूल्यहीन र विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्‍वास नै गुम्ला कि भन्‍ने हो। जनविश्‍वास गुमेको प्रणाली फेरि जोखिममा पर्ला कि भन्‍ने हो।

    २३. ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्याङ्‍कनको मौका दिनु र आवधिक निर्वाचन मार्फत् जनताले विश्‍वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्‍त हुनु लोकतन्त्रको विशेषता हो। निर्वाचनमा जानुलाई प्रतिगमन भन्‍नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु हो। नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक झेली काम हो। जनताप्रति अविश्‍वास गर्नु हो। निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्‍न गरिनेछ। मनमा कुनै आशङ्‍का छन् भने फेरि भन्‍न चाहन्छु ( आउनुहोस्, निर्वाचनका लागि सबै दलहरू सरकारमा सहभागी बन्‍नुहोस्।

    २४. मैले यो प्रतिनिधिसभा पूरै अवधि चलोस् भन्‍नेमा कुनै कतै कसर नराखी प्रयास गरेको हुँ। तर मेरो प्रयासलाई सफल हुन दिइएन। हुनत प्रतिनिधिसभा पूरा अवधि चल्नु या सरकारले जेनतेन पाँच वर्षे कार्यकाल पूरा गर्नु मात्रै राजनीतिक स्थायित्वका लागि पर्याप्‍त हुँदैन। राजनीतिक स्थायित्वको मूल पक्ष नीतिगत सङ्‍गति, निर्णयको निरन्तरता र कार्यान्वयनको सुनिश्‍चितता हो। राजनीतिक स्थायित्वको केन्द्रबिन्दु राष्‍ट्र र जनताको हितको संरक्षण र सम्वर्द्धन हो। हामी जनताको हित हुने प्रत्याभूतिसहितको राजनीतिक स्थायित्वका पक्षमा छौं।

    २५. पार्टी एकताको रक्षाका लागि हाम्रो तर्फबाट गरिएका अथक प्रयास सार्वजनिक नै छन्। नेपाल कम्युनिष्‍ट पार्टी ९नेकपा० को एकता कायम गर्न अन्तिम समयसम्म पनि प्रयत्‍न गरिएकै हो। अस्थिरता सिर्जनाका लागि स्वार्थकेन्द्रित गठबन्धन नबनेको भए र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुराशय नभएको भए यतिञ्‍जेल एकता महाधिवेशन सम्पन्‍न भएर नेतृत्व हस्तान्तरण भइसकेको हुने थियो। फागुन २३ को फैसलापछि पनि एकता जोगाउन सकिन्छ कि भनेर मैले आफैंले पहल गरेको हुँ। तर मेरो प्रयासलाई कतिपयले मजाकको विषय बनाउनु भयो। इतिहासले यसको उचित हिसाब किताब गर्ला नै।

    २६. नेकपालाई एकीकृत गर्ने प्रयास असम्भव भएपछि हामीले नेकपा ९एमाले० लाई नै एकीकरणको बिरासत पार्टीका रूपमा एकतावद्ध र गतिशील बनाउने काम गर्‍यौं। तर कतिपय नेताहरूमा आफ्ना विभाजनकारी गतिविधिप्रति रत्तिभर गल्तीबोध देखिएन। उल्टै, एकीकरणको रक्षा र नेतृत्वको पक्षमा उभिनुभएका साथीहरूलाई पञ्छाउने कुरामा मात्र उहाँको प्रयास केन्द्रित रह्‍यो। फेरि पनि पार्टीलाई गुटहरूको संयुक्त मोर्चा र अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरूका नियतका कारण हाम्रा प्रयास सार्थक हुन सकिरहेका छैनन्। यसबीचमा फ्लोर क्रस गर्नेरगराउने काम भएका छन्। पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गरिएका छन्। अनि, आफ्नो पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने जस्ता चरम विकृति प्रकट भएका छन्।

    २७. पार्टीको एकताको रक्षाका लागि सबै खाले आक्षेप, अपमान र पीडा बेहोरेर पनि निरन्तर प्रयत्‍नशील छु, भोलिका दिनमा पनि रहिरहनेछु। प्रतिकूल परिस्थितिमा आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने सबै नेता कार्यकर्ताहरू, समर्थक शुभचिन्तक एवं आम जनतामा धन्यवाद ज्ञापन गर्दछु।
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    २८. अनेकौं प्रतिकूलताका बीचमा पनि विगत तीन वर्षमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ। संविधान कार्यान्वयन र सङ्‍घीयताको सुदृढीकरण, आर्थिक वृद्धि, रणनीतिक महत्वका पूर्वाधारको विकास, सामाजिक न्याय र सुरक्षा, राष्‍ट्रियताको सम्वर्द्धन एवं सुशासनका क्षेत्रमा हाम्रा योजनाबद्ध प्रयासहरूको प्रतिफल देखिन थालेको छ।

    २९. संविधान पूर्ण कार्यान्वयनमा आएको छ। सङ्‍घीय प्रणाली संस्थागत र क्रियाशील भएको छ। लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूले पूर्णता पाएका छन्। ५० भन्दा बढी कानुनहरू बनेका छन्। पृथकतावादको अभियान चलाइरहेको समूह विखण्डनको बाटो छाडेर राष्‍ट्रिय अखण्डताको पक्षमा उभिन सहमत भएको छ। हिंसाको बाटो हिडिरहेको समूह हिंसा परित्याग गर्दै आफ्ना सबै राजनीतिक गतिविधिहरू शान्तिपूर्ण ढङ्‍गले सञ्‍चालन गर्न सहमत भएको छ। संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ। मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त हुनु र पृथकतावादी गतिविधि अन्त्य हुनु यस कालखण्डको महत्वपूर्ण उपलव्धिका रूपमा पछिसम्म पनि अङ्‍कित रहनेछन्।

    ३०. नेपाल अल्पविकसितबाट विकासशील देशमा स्तरोन्‍नतिका लागि सिफारिस भएको छ। कोभिड महामारी सुरु हुनु अगाडि हाम्रो आर्थिक वृद्धि आशालाग्दो थियो। महामारीले गम्भीर धक्‍का पुर्‍याए पनि हामीले यसलाई सम्हालेका छौं र समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर छौँ। पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको छ, व्यापार घाटा घट्दो छ। देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै छ।

    ३१. यस अवधिमा ३३३ मेगावाट विद्युत् उत्पादन थप भएको छ भने यसै आर्थिक वर्षभित्र थप ५०० मेगावाट विद्युत् थप हुँदैछ। लोडसेडिङको अन्त्य, पर्याप्‍त विद्युत् आपूर्ति र अतिरिक्त विद्युत्‌को बाह्‍य व्यापार सुरु भएको छ। बाह्‍य लगानी बढिरहेको छ।
    ३२। तीन वर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको छ। मानव विकास विकास सूचकाङ्‍कमा ५ प्रतिशत बिन्दुको सुधार भएको छ। कोभिड(१९ को महामारीका बीच पनि निरपेक्ष गरिबी उल्लेख्य वृद्धि हुन पाएको छैन।

    ३३. रणनीतिक पूर्वाधारहरूको क्षेत्रमा इतिहासमै धेरै उपलव्धि हासिल भएका छन्। सडक, मोटर र झोलुङ्गे पुल, ।तुइन विस्थापन लगायत क्षेत्रमा भइरहेका प्रगतिबारे यस अघि नै प्रस्तुत तथ्याङ्‍क म दोहोर्‍याउन चाहन्‍नँ। कुल रणनीतिक सडकमध्ये १७।१ प्रतिशत सडक विगत तीन वर्षमा मात्र निर्माण भएका छन्। तीन वर्षमा सम्पन्‍न गर्ने गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकरएक रणनीतिक सडक र स्थानीय तहहरूलाई एक आपसमा जोड्ने र सबै स्थानीय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण सुरु भएको छ। सबै पालिका र क्षेत्रहरूमा यिनको दूरगामी सकारात्मक प्रभाव पर्नेछ।

    ३४. तीव्र रूपमा निर्माण भइरहेको काठमाडौं(तराई द्रुत मार्गले केही वर्षभित्रै परिणाम दिनेछ। विस्तार भइरहेको पूर्व(पश्‍चिम राजमार्ग, निर्माण सम्पन्‍न हुन थालेको पुष्पलाल लोकमार्ग र निर्माणाधीन मदन–भण्डारी राष्‍ट्रिय राजमार्गले अर्थतन्त्र र सामाजिक जीवनलाई थप गतिशील बनाउनेछन्। बहुप्रतिक्षित हुलाकी राजमार्गका महत्वपूर्ण खण्ड सम्पन्‍न भएसँगै तराईमा विकासका सम्‍भावना थपिएका छन्।

    ३५. भैरहवा र पोखरामा निर्माण सम्पन्‍न हुने चरणमा पुगेका अन्तर्राष्‍ट्रिय विमानस्थलहरूले पर्यटन प्रवर्द्धनमा उल्लेख्य योगदान गर्नेछन्। गोदावरीमा ३ हजार र लुम्बिनीमा ५ हजार क्षमताका सभाहल निर्माण भएका छन्। जयनगर(जनकपुर(कुर्था रेल छिटै सञ्‍चालनमा आउनेछ। नागढुङ्‍गा सुरुङ मार्ग निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ भने सिद्धबाबामा सुरुङ निर्माणका लागि बोलपत्र आह्‍वान भएको छ।

    ३६. चिरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंबासीका पानीको तिर्खा मेटिएको छ। छिट्‍टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको छ। सङ्‍घ, प्रदेश र स्थानीय तहको समन्वयबाट कुल जनसङ्ख्याको ९२ प्रतिशतलाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउन सफल भएका छौं।

    ३७. भेरी(बबई डाइभर्सनको सुरुङको काम सम्पन्‍न भएर सिँचाइ पूर्वाधारका काम सुरु भएका छन् भने सुनकोशी(मरिन डाइभर्सनको काम सुरु भएको छ। यी दुई “गेमचेञ्‍जर” परियोजनाले तराईबासीहरूका वर्षौं पुराना सपनालाई पूरा गर्दै हामीलाई खाद्यान्‍नमा आत्मनिर्भर बनाउन योगदान गर्नेछन्।

    ३८. भूकम्पपछिको पुनर्निर्माणलाई हामीले उदाहरणीय रूपमा सम्पन्‍न गरेका छौं। भूकम्पका कारण बेघरबार बनेका ८ लाखभन्दा बढी परिवार सुरक्षित घरमा फर्किन थाल्नुभएको छ। विद्यालय भवन, स्वास्थ्य संस्थाहरू र सरकारी कार्यालयहरूको पुनर्निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ। हाम्रो पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कूल राजधानीको मुटुमा स्थापित भएका छन्। भव्य रूपमा सम्पन्‍न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्‍ट प्रदर्शन गरेको छ। त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको छ।

    ३९. हरेक नेपाली व्यवस्थित ओत भएको सुरक्षित घरमा बस्न पाउनुपर्छ भन्‍ने सरकारको प्रतिबद्धता अनुरूप तीन वर्षको अवधिमा १३ हजारभन्दा बढी जनता आवास निर्माण भएका छन्। ७ हजार फुस तथा खरका छाना जस्तापाताले प्रतिस्थापन गरिएका छन्। कसैले पनि सडकमा जीवन गुजारा गर्न नपरोस् भन्‍ने उद्देश्यले सडक मानवरहित सहर र वस्तीको अवधारणा कार्यान्वयनमा ल्याइएको छ। टोर्नाडोबाट घरबारविहीन बन्‍न पुगेका नागरिकहरूका लागि छोटो समयमै ८६९ सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको छ। बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ आदिबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित आवास उपलव्ध गराउने प्रक्रिया सुरु गरिएको छ।

    ४०. सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरी कार्य प्रारम्भ गरिएको छ। सरकारी, सार्वजनिक र गुठी जग्गाको यथार्थ अवस्था पहिचान गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्‍त भएको छ। २ सय हेक्टर अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइएको छ। मुलुक प्रमुख पशुपन्छीजन्य पदार्थमा आत्मनिर्भर भएको छ। प्रमुख खाद्यान्‍न बालीको उत्पादनमा ११ प्रतिशतले वृद्धि भएको छ। कृषक सूचीकरण अभियान सुरु गरिएको छ। तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ। देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ। माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको छ। “मेरो कित्ता” नामक एप्स कार्यान्वयनमा आएसँगै नागरिकहरूले आफ्नो जग्गाको कित्ता नम्बरसहितको नक्सा आफैंले हेर्न र छाप्न सक्ने व्यवस्था भएको छ।

    ४१. यसै आर्थिक वर्षमा ६ वटा नयाँ औद्योगिक क्षेत्रको निर्माण सुरु भएको छ। स्थानीय तहमा ७४ औद्योगिक ग्राम घोषणा भई काम थालिएको छ। अन्तर्राष्‍ट्रिय व्यापार वृद्धिका लागि भारत, बङ्‍गलादेश, अमेरिका र भूटानसँग वाणिज्य वार्ता सम्पन्‍न भएका छन्।

    ४२. तीन वर्षको अवधिमा ६ वर्षभन्दा माथि उमेर समूहको साक्षरता दर ७ प्रतिशत बिन्दुले बढेको छ। सरदर भर्नादर ८६ प्रतिशत पुगेको छ। कुल ४ सय ८४ प्राविधिक धारका विद्यालय स्थापना भएका छन् भने ५ सय ७२ सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा उपलब्ध भएको छ। देशभरका ३ सय ८३ स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको पहुँच पुगेको छ।

    ४३. एक वर्षको अवधिमा विभिन्‍न अस्पतालहरूमा ७ हजार ६ सय ४५ शैया थप भएका छन्। सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरूप ३ सय ९६ स्थानीय तहमा निर्माण कार्य सुरु गरिएको छ। एक वर्ष अगाडि कोभिडलगायत केही जटिल परीक्षण स्वदेशमा हुन नसक्ने अवस्था रहेकोमा हाल स्वदेशमै ८७ प्रयोगशालामा कोभिड(१९ को परीक्षण हुने गरेको छ। कडा रोग लागेका कुल ३८ हजार ९ सय ९ जनालाई निःशुल्क स्वास्थ्य उपचार गरिएको छ।

    ४४. ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको छ। सामाजिक सुरक्षा कार्यक्रममा ३२ लाख ५९ हजार नागरिक आबद्ध भएका छन। सामाजिक सुरक्षा कोषमा १३ हजार ७ सय प्रतिष्‍ठान र २ लाख श्रमिक आबद्ध भएका छन। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको छ। १ सय ३८ स्थानीय तहमा राष्‍ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको छ। जोखिममा परेका १५० भन्दा बढी सुत्केरीको हवाई उद्धार गरिएको छ। महिलाविरुद्ध हुने हिंसालाई दण्डित गर्न एसिड अपराध र बलात्कार नियन्त्रणसम्बन्धी कडा कानुनी व्यवस्था गरिएको छ।

    ४५. सार्वजनिक तथा निजी क्षेत्रबाट प्रवाह गरिने सेवालाई छिटोछरितो, सर्वसुलभ, पहुँचयोग्य र प्रविधिमैत्री बनाउने गरी नागरिक एप्स सञ्‍चालनमा ल्याइएको छ। सरकारी राजस्व विद्युतीय माध्यमबाट सङ्‍कलन हुने व्यवस्था मिलाइएको छ। हालसम्म १४ जिल्लामा २८ लाख राष्‍ट्रिय परिचयपत्र वितरण गरिएको छ। सबै जिल्लामा फोरजीसहितको इन्टरनेट सेवा विस्तार भएको छ।

    ४६. नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्धमा उल्लेख्य विस्तार भएको छ। अभूतपूर्व राष्‍ट्रिय सहमतिका साथ लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिएको छ। हालसम्म १ सय ७० मुलुकसँग कुटनीतिक सम्बन्ध विस्तार भएको छ। भर्चुअल माध्यमबाट उच्चस्तरीय वार्ता तथा सम्वाद भएका छन्। प्रतिभा प्राप्‍ति केन्द्र ९ब्रेन गेन सेन्टर० सञ्‍चालनमा आएको छ।
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    ४७. हाम्रा सबै काम र योजनाहरू “समृद्ध नेपाल, सुखी नेपाली” को राष्‍ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेछन्। परिपूर्ण लोकतन्त्र हाम्रो मान्यता हुनेछ। समृद्धिसहितको सामाजिक न्याय र सामाजिक न्यायसहितको समृद्धि ( हामी यसै दिशामा अगाडि बढ्नेछौं। यसको लागि पहिलो शर्त राजनीतिक स्थायित्व हो। राजनीतिक स्थायित्वको निम्ति आम निर्वाचन र यसै वर्ष हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुनेछन्। यी निर्वाचनमार्फत् हामी हाम्रो सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनेछौं। जनतामा अहिले देखापरेको क्षणिक निराशाको अन्त्य गर्नेछौं।

    ४८. समृद्ध नेपालका लागि हाम्रो प्राथमिकता ( कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने, यसलाई उद्योग तथा सेवासँग समन्वय गरेर अघि बढाउने हुनेछ। पूर्वाधार ( फराकिलो, गुणस्तरीय, आकर्षक, दिगो तथा नवीन हुनेछ। यातायात पूर्वाधारमा सडक, रेल, जल तथा हवाईमार्गको समन्वयात्मक रूपमा विकास, विस्तार र सुदृढीकरण गरिनेछ। कनेक्टिभिटीमा डिजिटलाइजेशन प्लेटफर्म थप गरिनेछ। यसबाट अनलाइन सेवा मार्फत सेवाग्राहीलाई सेवाप्रदायकसँग भौतिक रूपमा गर्नुपर्ने गलफत्तीबाट जोगाइनेछ। डिजिटल नेपाल प्लेटफर्मले शिक्षा र सञ्‍चार मात्रै हैन, कृषि, उद्योग, सिचाइ, ऊर्जा, यातायात, पर्यटन, स्वास्थ्य, श्रम, सुरक्षा लगायत नागरिकसँग सम्बन्धित सबै आयामहरूलाई समेट्नेछ।

    ४९. सम्वत् २१०० सम्मको दीर्घकालीन सोच अनुरूप सबै क्रियाकलापहरू निर्देशित हुनेछन्। अति कम विकसित राष्‍ट्रबाट विकासशील राष्‍ट्रमा स्तरोन्‍नति हुँदा पर्न सक्ने प्रभाव विश्‍लेषण गरी आवश्यक रणनीति एवं कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ। दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई हमेशा ध्यानमा राखिनेछ। कोभिड महामारीले हाम्रो विकास यात्रालाई अवरुद्ध गर्न नपाओस् भन्‍ने कुरामा सजगता अपनाइनेछ।
    ५०। विरासतमा प्राप्‍त सबै अधुरा अपुरा परियोजनाहरू सम्पन्‍न गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ। पूरा हुन नसक्ने या महत्व गुमाएका परियोजनाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय गरिनेछ।

    ५१. व्यापार सन्तुलन कायम गर्ने नीति अन्तरगत रहेर सौविध्यपूर्ण व्यापार सुविधाको पूर्ण उपयोग, व्यापार तथा पारवहनसम्बन्धी सन्धि, सम्झौता पुनरावलोकन, नेपाली उत्पादनको बजार पहुँच वृद्धि गर्न थप मुलुकसँग व्यापार सम्झौता, सार्वजनिक निजी व्यवसाय सम्वाद मञ्‍चलाई कार्यमूलक बनाउने र नेपाली उत्पादनलाई अवाञ्छित प्रतिस्पर्धाबाट जोगाउने व्यवस्था मिलाइनेछ। खानीहरूको पहिचान, उत्खनन्, प्रशोधन र प्रयोगलाई तीब्र पारिनेछ।

    ५२. जनशक्तिको विकास हाम्रो नीतिको केन्द्र भागमा रहनेछ। उपलब्ध जनशक्तिलाई दक्ष बनाउने, आवश्यक नयाँ जनशक्ति प्राप्‍त गर्न नयाँ तालिम, प्रशिक्षण, छात्रवृत्ति र प्रोत्साहन प्रदान गरिनेछ। अन द जब तालिमबाट क्षमता अभिवृद्धि गर्ने र अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशीप सेवा मार्फत् भविष्यको श्रम बजारप्रति जानकार बनाउने विधि अपनाइनेछ। हजारौंको सङ्ख्यामा आवश्यक प्राविधिक जनशक्ति तयार गर्ने एवं प्राविधिक र आम शिक्षाबीच अनुपातमा सन्तुलन कायम गरिनेछ। कुनै बालबालिका विद्यालय बाहिर नरहने, पढाइ बीचैमा छाड्ने स्थिति ९ड्रप आउट० लाई नियन्त्रण गर्ने तथा सबैलाई गुणस्तरीय शिक्षाको पहुँचभित्र ल्याउने कार्यक्रम अगाडि बढाइनेछ।

    ५३. पूर्वाधार आयोजनाको पहिचानदेखि अन्त्यसम्मका सबै चरणमा समन्वय गर्न, स्रोतको कुशल र दक्ष उपयोग गर्न, दोहोरोपना हटाउन र सम्बद्ध निकायहरूको जिम्मेवारी स्पष्‍ट गरी सबै प्रकारका सार्वजनिक पूर्वाधार एकीकृत अवधारणामा विकास गर्न अधिकारसम्पन्‍न उच्चस्तरीय संयन्त्र निर्माण गरिनेछ।

    ५४. सार्वजनिक(निजी साझेदारी तथा सरकारी लगानी ठूला जलाशययुक्त विद्युत उत्पादनमा केन्द्रित गर्ने, विद्युतमा आधारित यातायात प्रणालीको विस्तार र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने तथा बचत हुने विद्युत छिमेकी मुलुकहरूमा निर्यातको व्यवस्था गरिनेछ। भारतका आन्तरिक जलमार्गका साहिबगञ्‍ज, कालुघाट र वाराणसी बन्दरगाहको उपयोग गरी आन्तरिक जलमार्ग मार्फत् अन्तर्राष्‍ट्रिय व्यापार विस्तार गरिनेछ।

    ५५. विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको नीति लिइनेछ। यसका लागि जोखिममुक्त संरचना निर्माण, विपद्को पूर्व सूचना प्रणालीको विकास, विपद् सम्बन्धी जनचेतनाको अभिवृद्धिमा जोड दिइनेछ। सातै प्रदेशमा आवश्यक सेवा सुविधासहित तत्काल क्रियाशील हुने विपद् उद्धार तथा व्यवस्थापन केन्द्रको व्यवस्था गरिनेछ। प्राकृतिक प्रकोपको उच्च जोखिम र निरन्तरको विपद्को वास्तविकतालाई ध्यानमा राखी विपद् पछिको पुनर्निर्माणसम्बन्धी कार्यको व्यवस्थापन गर्न राष्‍ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पुनःसंरचना गरिनेछ। विपद्‌बाट विस्थापित परिवारहरूलाई उपयुक्त बसोबासको व्यवस्था, जोखिमयुक्त बस्तीहरूको सुरक्षित स्थानान्तरण, एकीकृत वस्तीको विकास र फुसले छाएका भवनका छाना जस्तापाताले प्रतिस्थापन गर्ने नीति लिइनेछ। वन डँढेलो लगायत विपत्तिहरूको सामना गर्न साधनस्रोतहरूको प्रबन्ध गरिनेछ।

    ५६. नेपालको प्रकृति, संस्कृति, पर्यावरण र सामाजिक जीवनलाई प्रवर्द्धन गर्दै आकर्षक पर्यटन गन्तव्य बनाउने नीति लिइनेछ। नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, परम्परा र भेषभूषा एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई सफ्ट पावरको रूपमा विश्‍वसामु प्रस्तुत गरिनेछ।

    ५७. नेपालका हिमशृङ्‍खला, पारिस्थितिक प्रणाली र वनजङ्‍गलले जलवायु अनुकूलन र वातावरणीय सन्तुलनमा पुर्‍याएको विशिष्‍ट योगदान तथा कार्बन उत्सर्जनमा नगण्य भूमिका हुँदा पनि नेपालले असन्तुलित रूपमा भोग्नुपरेका प्रतिकूल असरहरूका बारेमा विश्‍वको ध्यानाकर्षण गराइनेछ। जलवायु अनुकूलन र असर न्यूनीकरणका लागि अन्तर्राष्‍ट्रिय वित्तीय तथा प्राविधिक संयन्त्रबाट अधिकतम स्रोत र सहयोग परिचालन गर्न पहल गरिनेछ।

    ५८. निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिनेछ।

    ५९. श्रमिकको उत्पादकत्व अभिवृद्धि र पूर्णकालीन रोजगारी सुनिश्‍चित गर्न बहुसीपयुक्त जनशक्ति उत्पादन गर्ने नीति लिइनेछ। श्रम बजारको मागअनुसारको जनशक्ति उत्पादन गरिनेछ।

    ६०. अनाथ बालबालिकालगायत असहाय र सहाराविहीन नागरिकलाई अभिभावकत्व प्रदान गरिनेछ। सबै नागरिकलाई मानवोचित जीवनयापन सुनिश्‍चित गरिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरा विस्तार गर्दै लगिनेछ। लैङ्‍गिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्दै लगिनेछ।

    ६१. ज्येष्‍ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न स्थानीय तहमा ज्येष्‍ठ नागरिक मिलन केन्द्र सञ्‍चालन गरिनेछ। अपाङ्‍गता भएका व्यक्तिहरूको हकहित र अधिकार संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारलगायतका अन्य सेवा सुविधालाई अपाङ्‍गतामैत्री बनाइनेछ।

    ६२. युवाशक्तिलाई सदैव उत्साही, परिवर्तनका संवाहक र भविष्यप्रति आशावादी शक्तिका रूपमा परिचालन गर्ने नीति लिइनेछ। युवाहरूमा स्वयंसेवी संस्कृतिको विकास गरी मानवीय सेवा, विपद् व्यवस्थापन र आपत्कालीन अवस्थामा परिचालन गरिनेछ। आम नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद, शारीरिक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिनेछ।

    ६३. पूर्ण सरकारको अवधारणामा नीति तथा कार्यक्रम कार्यान्वयन र सेवा प्रवाह गर्न सक्षम राज्य संयन्त्रको निर्माण गरिनेछ। राजनीति र प्रशासनबीच समन्वय, निष्पक्षता, तटस्थता र अहस्तक्षेपको संस्कृति विकास गरिनेछ। भ्रष्‍टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धतालाई निरन्तरता दिइनेछ। सेवाका क्षेत्रहरू सर्वसुलभ, छरितो र प्रभावकारी बनाउने नीति लिइनेछ। सरकारी सेवा प्रभावकारी बनाइनेछ।

    ६४. सङ्क्रमणकालीन न्यायका बाँकी कार्य प्राथमिकताका साथ सम्पन्‍न गरिनेछ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडित परिचयपत्र प्राप्‍त व्यक्तिहरूलाई सहुलियत तथा सुविधा उपलब्ध गराइनेछ। लोकतन्त्रका योद्धाहरूको अभिलेखीकरण र सम्मानको कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    ६५. शान्ति सुरक्षालाई प्रभावकारी बनाई आम नागरिक र सम्पत्तिको सुरक्षा प्रत्याभूत गरिनेछ। राष्‍ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइनेछ। सीमा क्षेत्रका थप स्थानहरूमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्‍ट स्थापना गरिनेछ। हवाई तथा स्थलमार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिनेछ। सुरक्षाकर्मीहरूका समस्या समाधानमा विशेष ध्यान दिइनेछ।

    ६६. नेपालको अन्तर्राष्‍ट्रिय सम्बन्ध राष्‍ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्‍ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ। नेपालको राष्‍ट्रिय हितलाई केन्द्रमा राखी सार्वभौम समानता, विश्‍वास, समझदारी र सहकार्यका आधारमा छिमेकी तथा मित्रराष्‍ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाइनेछ।

    ६७. ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्रराष्‍ट्र भारतसँगको सीमा सम्बन्धमा बाँकी रहेका र समयसमयमा उठ्ने विषयहरूलाई समाधान गरिनेछ।

    ६८. नेपालको कनेक्टिभिटी र व्यापार विस्तारलाई सघाउ पुग्ने गरी सार्क, बिमस्टेक, बिबिआइएन जस्ता क्षेत्रीय मञ्चहरूमा सक्रिय भूमिका खेलिनेछ। विश्‍व शान्ति स्थापनामा योगदान पुर्‍याउन, समान चासो र हितका विषयमा सहकार्य गर्न, विश्‍वव्यापी महत्वका विषयहरूमा राष्‍ट्रिय हित अनुकूल हुने गरी भूमिका निर्वाह गर्न एवं आर्थिक(सामाजिक विकासमा सहयोग परिचालन गर्न संयुक्त राष्‍ट्र सङ्‍घलगायत अन्य बहुपक्षीय मञ्च र सङ्‍घसंस्थाहरूमा नेपालको उपस्थितिलाई अझ प्रभावकारी र सशक्त बनाइनेछ।

    ६९. द्वन्द्व व्यवस्थापन र मौलिक शान्ति प्रक्रिया, महिला सशक्तीकरण, नागरिक हक प्रत्याभूतिको बृहत् खाका लगायत समानता र न्यायका क्षेत्रमा नेपालले हासिल गरेका विशिष्‍ट उपलब्धिहरू तथा विश्‍वशान्ति स्थापना र पर्यावरणीय सन्तुलन कायम राख्‍न पुर्‍याएको अतुलनीय योगदान विश्‍वसामु स्थापित गर्न एवं समसामयिक चासो र साझा हितका विषयमा विचार विमर्श र छलफल गर्न अन्तर्राष्‍ट्रियस्तरको सगरमाथा सम्वादलाई उपयोग गरिनेछ। सम्वादको पहिलो शृङ्खलाको रूपमा आगामी आर्थिक वर्ष जलवायु परिवर्तनसम्बन्धी विषयमा सम्वादको आयोजना गरिनेछ।

    ७०. आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ।
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    ७१. लोकतन्त्र एउटा मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली हो। लोकतन्त्रमा असहमति र मतभिन्‍नताहरू स्वाभाविक हुन्। तर असहमतिलाई अभिव्यक्त गर्ने र सञ्‍चालन गर्ने लोकतन्त्रका आफ्नै मर्यादा, सीमा र विधि हुन्छन्। ती विधिहरूको पालनाले मात्रै लोकतन्त्रलाई सफल र जनताको मनमा स्थापित गराउँछन्। लोकतन्त्र र अराजकतन्त्रका बीचमा सीमारेखा उल्लङ्घन हुन पुग्यो भने लोकतन्त्र स्वयं जोखिममा पर्छ। हाम्रा असहमतिको समाधान खोज्न हामी आफैले बनाएको संविधान विद्यमान छ, हामी आफैंले स्थापित गरेका संवैधानिक संस्थाहरू विद्यमान छन्। तिनीमाथि विश्‍वास गरियो भने र तिनलाई बलियो बनाइयो भने मात्रै लोकतन्त्र सुदृढ हुनेछ। सामान्य बेलामा पनि मुलुकका प्रमुख शक्तिहरू बीच न्यूनतम सम्वाद, समझदारी र सहकार्य अपेक्षित हुन्छ। झन् सिङ्गो विश्‍वसँगै हामी पनि महामारीका विरुद्ध कठिन लडाइँ लडिरहेको यो बेला त राजनीतिक दल र समाजका सबै पक्षबीच सम्वाद, समझदारी र सहकार्य झनै आवश्यक छ। तिक्तता, तनाव र विभाजनले क्षणिक तुष्‍टि देला, तर कालान्तरमा यसको मूल्य हामीले महङ्‍गो गरी चुकाउनुपर्ने हुन्छ। त्यसैले म पुनः एकपल्ट मुलुकका सबै राजनीतिक दल र पक्षहरूलाई आफ्ना असहमतिहरूलाई मर्यादित, व्यवस्थित र विधिसम्मत ढङ्‍गले अगाडि बढाउन र तिक्तता, तनाव र विभाजनका गतिविधिबाट मुक्त हुन आग्रह गर्दछु।

    ७२. कोरोना महामारी लगायत आज हामीले झेलिरहेको कठिन समय अवश्य अन्त्य हुनेछ।
    धन्यवाद।

  • चुनावका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

    चुनावका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् । उनले ताजा जनादेशमा जानु प्रतिगमन नहुने बताए ।

    आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको जिकिर गरे ।

    ‘मैले पनि विश्वासको मत प्राप्त गर्न नसक्ने र अर्को पनि विकल्प दिन नसकेपछि संवधानिक वाध्यताअनुसार संसद विघटन गर्नु परेको हो,’ उनले भने, ‘देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प थिएन ।’

    आफ्नो लागि सत्तामा रहनु र नरहनु प्रमुख विषय नभएकोमा जोड दिए । उनले भने, ‘हाम्रो लागि सत्ता साधन मात्र हो साध्य होइन । हाम्रो लागि साध्य भनेको राष्ट्रिय अस्मिता र स्वाभिमानको संरक्षण हो ।’

    ओलीले आज भइरहेको अराजकता तथा असंसदीय र अलोकतान्त्रिक चरित्रले लोकतान्त्रिक पद्दतिप्रति नै जनतामा वितृष्ण उत्पन्न गर्ने चिन्ता बढेको बताए ।
    ‘कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने त कहिले प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री हटाउन हस्ताक्षर गर्ने खालका विकृति देखा परेका छन्’, उनले भने, ‘२०४८ सालपछि देखिएका संसदीय विकृति अहिले फेरि दोहोरिन थालेका छन् ।’

    प्रधानमन्त्रीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।

  • प्रधानमन्त्रीले भने- नेपाली भूमी फिर्ता ल्याउन भारतसँग वार्ता भइरहेको छ (भिडियोसहित)

    प्रधानमन्त्रीले भने- नेपाली भूमी फिर्ता ल्याउन भारतसँग वार्ता भइरहेको छ (भिडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् ।

    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन् ।

    उनले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भूगाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भईरहेको बताए ।

    उनले भने,‘महाकालीभन्दा पुर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ । महाकाली पुर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौ र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने विगत ५८ बर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ ।’

    छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्ता मार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापुर्ण सम्बन्ध भएकोमा आस्वश्त तुल्याए ।

    उनले कतिपयले आफुलाई भारतसँगको सम्बन्ध विगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पत यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।

  • प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपराह्न चार बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    बजेटमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले बताए । सरकारले भोलि अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दैछ ।

    संविधानअनुसार सरकारले हरेक जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने गरेको छ ।

    स्रोतका अनुसार अर्थमन्त्रालयले १६ खर्ब आसपासको बजेटको प्रारुप तयार पारेको छ, जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन् ।

  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका  छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए।

    उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएको छ ।

    नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।

  • ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए।

    ‘केही त मिसन पत्रकारितावाला छन्,’ ओलीले भने, ‘उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ।’

    ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास व्यक्त गरे । उनले सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

  • १५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

    १५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

    एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

    जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।

    ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् ।

  • प्रधानमन्त्रीले भने- मलाई थप सरकार चलाउनु छैन, त्यसकारण विश्वासको मत मागिनँ

    प्रधानमन्त्रीले भने- मलाई थप सरकार चलाउनु छैन, त्यसकारण विश्वासको मत मागिनँ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको बताएका छन्। दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू दिक्क भएको पनि ओलीले बताएका छन्।

    ‘मलाई सरकार चलाउन मनै छैन, दिक्क भइसकेँ,’ शुक्रबार संम्पादकहरुसँगको अन्तरिक्रियामा ओलीले भने, ‘मलाई थप सरकार चलाउनु छैन । यस्तो असहयोगका बेला पनि सरकार चलाउन सकिन्छ । दिन दिनै बदनाम गरेको छ । चरित्र हत्या गरेको छ। विरोधका लागि विरोध गरेको छ।’

    ओलीले आफूलाई सरकार चलाउन मन नभएकाले राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्न सिफारिस गरेको बताए। ‘चलाउने भए मैले विश्वासको मत माग्नुपथ्र्यो,’ ओलीले भने, ‘ मलाई चलाउनु छैन, त्यसकरण राष्ट्रपतिलाई अर्को प्रक्रिया शुरु गर्नुहोस् भने ।’

    यद्यपि ओलीले नयाँ प्रक्रियामा सरकारको दावी भने गर्ने बताए। ‘म दावी गर्ने पक्षमा छु,’ उनले भने, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’

    विश्वासको मत नपाए संसद विघटन भएर चुनावमा जाने बताए।

  • प्रधानमन्त्रीको आक्रोश- मेराविरुद्ध अविश्वास प्रस्ताव ल्याऊ न, राष्ट्रपतिमाथि महाअभियोग किन ? (भिडियो)

    प्रधानमन्त्रीको आक्रोश- मेराविरुद्ध अविश्वास प्रस्ताव ल्याऊ न, राष्ट्रपतिमाथि महाअभियोग किन ? (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने कुरा विपक्षीले गरेको भन्दै आक्रोश पोखेका छन् ।

    शुक्रबार बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले भने, ‘कोही राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ भनेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुन्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं ? प्रधामन्त्रीमाथि ल्याऊ न अविश्वास । बहुमत ल्याऊ । सरकार बनाऊ भनेकै छ त ।’

    प्रधानमन्त्रीले गर्ने सिफारिसलाई राष्ट्रपतिले सदर गर्ने भन्दै राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रविरुद्धको खेल भएको समेत आरोप लगाए । ओलीले भने, ‘प्रधानमन्त्रीको सिफारिस जे राष्ट्रपति कहाँ जान्छ, त्यो राष्ट्रपतिले सदर गर्ने हो । अनि राष्ट्रपतिमाथिको आक्रोश किन ? यो गणतन्त्रविरुद्धको खेल हो । गणतन्त्रको प्रतिक हो राष्ट्रपति ।’

    सिफारिस गर्ने काम आफूले गरेको भन्दै त्यसप्रति जवाफदेही पनि आफू नै भएको बताएका छन् । ‘आफ्नो पार्टीको भएन भन्दैमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने ? सिफारिस मैले गरेको हो । मैले गरेको काम प्रति म जवाफदेही हुन्छु।’

  • संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, विश्वासको मत नपाउने भएर हो: प्रधानमन्त्री (भिडियो)

    संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, विश्वासको मत नपाउने भएर हो: प्रधानमन्त्री (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद छलेर  सरकार गठन गर्न  नचाहेकाे बताएका छन् ।

    शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले  बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।

    उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

    ‘विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैन थियो । फेरि जाने संविधानको धारा ५ कै प्रकृयामा हो । त्यसो भइसकेपछि हामीले जेठ १५ गते संसवधानमै तोकेको छ बजेट प्रस्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडि नीति कार्याक्रम प्र्रस्तुत गर्नुपर्छ । नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न नयाँ सरकार बन्नलाई १४ गते सरकार बन्यो भने १५ गते बजेट कसरी पेश गर्ला ? आफना नीतितथा कार्यक्रमहरु कसरी तर्जुमा गर्ला ? हामी सँग समय धेरै छैन ।प्रधानमन्त्री ओलीले भने

    समय अभावका कारण विश्वासको मत लिएर बजेट प्रस्तुत गर्न समस्या भएको उनले बताए ।

    ‘आज ७ गते भइसक्यो त्यसकारण हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड गरेर फेरि विश्वासको मत लिन नसकेर पराजित भएर धारा ५ मा गइन भने समयको सुविधा हामीलाई छैन । ५ मै जान भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठन गर्ने मार्गदर्शनको बाटो खोलिदिनु समयको चापको हिसाबले उचित मात्र होइन त्यो अपरिहार्य भइसक्यो । तर्सथ अर्को सरकार बनोस् भनेर वैकल्पिक सरकार बनोस् भनेर नयाँ सरकारको लागि आह्वान गरेको हो ।

  • ‘महामारी नियन्त्रणमा गएको टोलीलाई सुदूपश्चिमबाट फर्काइयो, प्रदेशका नाममा रजौटा प्रवृत्ति ’ (भिडियो)

    ‘महामारी नियन्त्रणमा गएको टोलीलाई सुदूपश्चिमबाट फर्काइयो, प्रदेशका नाममा रजौटा प्रवृत्ति ’ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा कतिपयले राजनीति गर्न खोजेको ओलीले बताएका छन् ।

    बालुवाटारमा भएको सरोकारावालासँगको छलफलमा ओलीले महामारीमा के-कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरेका हुन् ।

    ओलीले सुदूरपश्चिमले संघको सहयोग नलिएकोप्रति असन्तुष्टि जनाए ।

    ओलीले भने, ‘यस्तोमा राजनीति गर्न छोड्नुहोस् । प्रदेश नम्बर ७ को सरकार, यहाँबाट के स्थिति छ भनेर मान्छे पठाउँदा हामीलाई चाहिदैन भनेर फिर्ता पठाउँछ । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा, सरसल्लाह गर्न पठाउँदा मान्छे फिर्ता पठाउँछ । जाउँ हाम्लाई चाहिदैन केही पनि । यो भन्दा के हुन्छ ? प्रदेशका नाममा, केका नाममा राज्य रजौटा भएर चलाउने प्रवृत्तिहरु । मानविय संकटका बेला रजौटे प्रवृत्ति उचित हुनसक्छ र ? ‘

    प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ती जनाएका छन् । स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भन्न नमिल्ने तर्क प्रधानमन्त्रीको छ ।

    सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै प्रधानमन्त्रीले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए ।

    महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै ओलीले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको बताए ।

    ओलीले भने, ‘सरकारका प्रयासहरुमा स्वास्थ्य क्षेत्र, निजी व्यवसायीक क्षेत्र गैह सरकारी संस्थाले, गैर आवासीय प्रतिनिधि लगायत सबैले आ-आफ्ना ठाउँबाट व्यवस्थित र संगठित ढंगले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढंगले होइन । ‘

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मकभन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।

  • ओलीले लिए प्रधानमन्त्रीको सपथ

    ओलीले लिए प्रधानमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

    शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

    तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् ।

    गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ७ सांसद संसदमा

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल पक्षका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो ।

    संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

  • राष्ट्रिय स्वाधीनता र स्वाभिमान उँचो राखेका छौं : प्रधानमन्त्री ओली

    राष्ट्रिय स्वाधीनता र स्वाभिमान उँचो राखेका छौं : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।

    प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरु आफैं बोल्ने बताए । ‘राष्ट्रियताको पक्षमा त्यति सुदृढ र सक्षम ढंगले अगाडि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण छैन’, प्रधानमन्त्री ओलीले भने ।

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउन र नेपालीको इज्जत बढाउन सरकारले गरेको मेहेनत खेर नगएको ओलीको भनाई छ ।

    ‘राष्ट्रिहितको संवद्र्धनको पक्षमा , स्वाधीनता र स्वतन्त्रताको व्यवहारिका कार्यान्वयन गर्ने सन्दर्भमा, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई सर्वोपरी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन सन्दर्भमा वर्तमान सरकारले कुनैपनि कसर बाँकी राखेको छैन । यसमा कुनै तर्क गर्नुपर्दैन । हाम्रा उपलब्धी आफैं बोल्छन्’, ओलीको भनाई थियो ।

    संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले सधै प्रयत्न गरेको र संविधान विरुद्धको लागेकालाई पनि राजनीतिको मूलधारमा ल्याइएको प्रधानमन्त्रीको भनाई छ ।

  • खोप खरीदमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री ओली (भिडियो)

    खोप खरीदमा भ्रष्टाचारको आरोप निराधार : प्रधानमन्त्री ओली (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा जुटिरहेको सरकारविरुद्ध ‘भ्रष्टाचारको झुठो आरोप’ लगाउने काम भएको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारका असल प्रयासविरुद्ध तल्लोस्तरमा झरेर बदनाम गर्न खोजिएको बताए । कोरोनाविरुद्धको खोप खरीमा भ्रष्टाचार भएको भनी लगाइएको आरोप निराधार भएको दावी गरे ।

    सरकार भ्रष्टाचारविरुद्ध खरो उत्रिएको भन्दै प्रधानमन्त्री ओली यदि कसैले गलत गरेको भए क्षम्य नहुने बताए । ‘यस्तो महामारीको बेलामा पनि कसैले भ्रष्टाचार गरेको छ भने छानबिन गरेर कारवाही हुन्छ । तर यहाँ त निराधार आरोप लगाएर सरकारलाई बदनाम गर्न खोजियो’ ओलीले भने ।

  • समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए

    समर्थन फिर्ता लिँदै प्रचण्डको आरोप- प्रधानमन्त्रीले राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाए

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको ३८ महिनापछि माओवादीले समर्थन फिर्ता लिएको हो।

    समर्थन फिर्ताको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन् । कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएको आरोप प्रचण्डको छ ।

    ‘प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको, कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको महालाई सौदावाजीको बिषय बनाई देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्धत हुँदै गइरहेको छ,’ पत्रमाा भनिएको छ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

    सरकारले भने माओवादीले समर्थन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ वैशाखमा विश्वासको मत लिने सरकारको तयारी छ ।

  • यस्तो छ सरकारले वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक र भत्ता

    यस्तो छ सरकारले वृद्धि गरेको श्रमिकको न्यूनतम पारिश्रमिक र भत्ता

    काठमाडौं । चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि १ हजार ५ सय ५० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय मजदूर दिवस अर्थात मे १ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देशमार्फत श्रमिकको पारिश्रमिक १५ हजार पुर्याउने घोषणा गरेका थिए ।

    साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियाे)

    त्यसको ठिक २ दिन पछि सरकारले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पुर्याएको सूचना राजपत्रमा प्रकाशित भएको छ ।

    चिया बगान बाहेकका श्रमिकका लागि १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिपक काफ्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

    मन्त्रालयले श्रमिकको न्यूनतम श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गर्न नेपाल सरकार, ट्रेड युनियन र रोजगारदाता संगठनको प्रतिनिधित्व हुने गरी तोकिए बमोजिमको एक स्थायी न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको थियो ।

    समितिले श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गर्दा नेपालभरका लागि वा कुनै खास क्षेत्र वा प्रकृतिको प्रतिष्ठान वा उद्योगका वा रोजगारीको क्षेत्रको लागि श्रमिको न्यूनतम पारिश्रमिक सिफारिस गर्न सक्ने व्यवस्था छ ।

    तर न्यूनतमत पारिश्रमिक निर्धारण समितिमा ३ सदस्य रहेको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले भने न्यूनतम पारिश्रमिक निर्धारण गरिएको जानकारी राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र थाहा पाएको छ ।

    समन्वय केन्द्रका अध्यक्ष समेत रहेका माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा रोजगारदातालाई सरप्राइज दिनेगरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको आरोप लगाए ।

    सिम्खडाले भने–समितिको बैठकमा त झन कम्तीमा पनि २ हजार देखि २२ सयसम्म बढाउनेगरी छलफल भइरहेको थियो । रोजगारदाता पनि यसको सहमति नजिक आइसकेका थिए । तर एकाएका प्रधानमन्त्रीले ऐन कानून नै मिचेर न्यूनतम पारिश्रमिक निर्धारण गरिदिनुभयो । यो निर्णय श्रमिकको पक्षमा छैन् ।’

    एक वर्षअघि न्यूनतम पारिश्रमिक बढाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत घोषणा गरेकै २ दिन पछि बढेको हुनाले प्रधानमन्त्रीको ठाडो निर्देशनमा यो निर्णय भएको ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाल प्रेससँग बताए ।

    तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता काफ्लेले यसको बचाउ गर्दै भने ‘त्यस्तो केहि पनि भएको होइन, निर्धारण समितिको बेला बेला बैठक बसिरहेको थियो । समितिको निष्कर्ष अनुसार नै अहिले न्यूनतम पारिश्रमिक निर्धारण भएको हो ।’

    नयाँ लागू भएको पारिश्रमिक अनुसार श्रमिकको मासिक न्यूनतम ९ हजार ३ सय ८५ छ भने त्यसमा महंगी भत्ता ५ हजार ६ सय १५ गरेर १५ हजार पुर्याएको छ । दैनिक आधारभूत पारिश्रमिक ३ सय ६१ तोकिएको छ भने त्यसमा महंगी भत्ता २ सय १६ जोडेर जम्मा ५ सय ७७ पुर्याएको छ । यस्तै प्रति घण्टाको आधारतभूत पारिश्रमिक ४८ तोकिएको छ भने महंगी भत्ता २९ गरेर जम्मा ७७ पुर्याएको छ ।

    यस अघि कति थियो न्यूनतम पारिश्रमिक ?

    यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको पालामा २०७५ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक ९ हजार ७ सयबाट एकैपटक ३९ प्रतिशत अर्थात ३ हजार ७ सय ५० बढाएर १३ हजार ४ सय ५० पुर्याएको थियो ।

    २०७५ साउन १ गते बाट लागू भएको न्यूनतम पारिश्रमिकको तुलनामा २०७८ साउन १ गतेदेखि लागु हुने न्यूनतम पारिश्रमिकमा मासिक आधारतभूत पारिश्रमिक ९ सय ३० रुपैयाँ बढेको छ भने महंगी भत्ता ६ सय २० रुपैयाँ बढेको छ । दुवैलाई जोडेर हेर्दा जम्मा १ हजार ५ सय ५० रुपैयाँ बढेको छ ।

    यस्तै दैनिक आधारभूत पारिश्रमिक ३६ रुपैयाँ बढ्दा महंगी भत्ता २४ रुपैयाँ बढेर दैनिक न्यूनतम पारिश्रमिक ६० रुपैयाँ बढेको छ । प्रतिघण्टा आधारतभूत पारिश्रमिक ५ रुपैयाँ बढ्दा महंगी भत्ता ३ रुपैयाँ बढेर जम्मा प्रति घण्टा न्यूनतम पारिश्रमिक ८ रुपैयाँ बढेको छ ।

  • सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    सरकारले अवकासप्राप्त चिकित्सकलाई करारमा खटाउने

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारीविरुद्ध जुध्न सरकारले अवकासप्राप्त स्वास्थ्यकर्मीलाई खटाउने भएको छ ।

    सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रण तथा उपचारका लागि सरकारले थप कदम चाल्ने आश्वस्त पारे ।

    ‘स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ’, प्रधानमन्त्रीले भने, ‘कोभिड-१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बीमाको व्यवस्था गरिनेछ ।’

    सङ्क्रमणको साङ्लो तोड्न लागू निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहेको प्रधानमन्त्रीले बताए ।

  • प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण  हुने बताइएको छ।

  • साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियाे)

    साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा (भिडियाे)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्‍याउने घोषणा गरेका छन् । १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अर्थात मे १ का अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

    नीजि क्षेत्रका प्रतिनिधी र मजदूर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्धारा न्युनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि दाबी गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उनका भनाई छ । देशभित्रैका मजदूरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

    https://youtu.be/p0SAm8H0Wbo

  • प्रधानमन्त्रीले भने– जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध

    प्रधानमन्त्रीले भने– जीवन उपयोगी शिक्षाका लागि सरकार प्रतिवद्ध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तिव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् ।

    मित्र राष्ट्र कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसर पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गरेको थियो ।

    उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताए ।

    शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफै समस्या नबनोस् बरु त्यो पं्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवर्धनमा देश लागि रहेको उनले बताए ।
    कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको प्रधानमन्त्रीको भनाइ छ ।
    प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् ।

    कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग –कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ ।

    नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ । इ पुस्तकालय अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।

  • ‘प्रधानमन्त्री आइसोलेसनमा बसेको प्रचार भ्रमपूर्ण’

    ‘प्रधानमन्त्री आइसोलेसनमा बसेको प्रचार भ्रमपूर्ण’

    काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेको भनेर गरिएको प्रचार निराधार भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे प्रष्ट पार्दै कतिपय सञ्चारमाध्यमले नियोजित रुपमा तथ्यहीन सूचना सम्प्रेषण गरेर भ्रम फैलाएको बताएका छन् ।

    थापाले भनेका छन्, ‘भेरिफाइ नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सबैको ध्यानाकर्षण गर्न चाहान्छु । मिडियाका आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा खेदजनक छ ‘

    एमालेका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि कतिपयले प्रधानमन्त्री आइसोलेसनमा बसेको सम्प्रेषण गरेका थिए ।

    प्रधानमन्त्री आइसोलेसनमा नरहेको प्रमाण सार्वजनिक गर्दै मुख्य सल्लाहकार विष्णु रिमालले भेटघाटमै रहेको तस्बिर सार्वजनिक गरेका छन् ।

  • तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    तत्काल लकडाउन नहुने, कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गरेका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताएका हुन् ।

    ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड-१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

    बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने , नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गरेका थिए । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो ।

    ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ’, ज्ञवालीले भने ।

  • नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेटको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । उत्कृष्ट ब्याटिङ र बलिङको नमूना पेस गरेको नेपालले शनिबार नेदरल्यान्ड्समाथि १४२ रनको विशाल जित निकालेको थियो ।

    आइतबार बिहान ट्वीटमार्फट प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् ।

    ‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’, ओलीले लेखेका छन् ।

  • अब उप्रान्त धरहरा ढल्दैन : प्रधानमन्त्री (भिडियो)

    अब उप्रान्त धरहरा ढल्दैन : प्रधानमन्त्री (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा अब कहिल्यै नढल्ने दाबी गरेका छन् । यसको संरचना आफ्नै अवधारणाअनुसार डिजाइन भएको पनि उनले बताए ।

    नवनिर्मित धरहराको उद्घाटन गर्दै ओलीले भने, ‘अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’

    ओलीले आफ्नो अवधारणा अनुसार धरहरा बनेको र यसको संरचना मजबुत रहेको बताए । ‘इतिहास झल्किने र आधुनिकता टल्किने’ गरी यसको निर्माण गरिएको प्रष्ट पारे ।

    ओलीले भने, ‘धरहरामा पार्किङ स्थल लगायतका अन्य संरचना र पुरानो भग्नावशेषलाई संरक्षण गर्नेबारे मैले एकखालको अवधारणा दिएको थिएँ । त्यही अनुसार पुरातत्व विभाग लगायतका डिजाइनरले ती कुराहरुलाई ध्यानमा राखेकोमा म धन्यवाद दिन चाहन्छु ।’

    धरहरा उक्लिँदा आफूलाई आइफेल टावर चढ्दाको स्मरण भएको प्रधानमन्त्रीले बताए ।

    ‘माथि चढ्दा उधुम हावा चल्छ । जति गर्मीमा पनि त्यहाँको हावाले बेग्लै आनन्द दिने गरी निर्माण भएको छ,’ ओलीले भने ।

    धरहरा निर्माणमा योगदान पुर्याउने सबैलाई उनले धन्यवाद दिएका छन् ।

  • कांग्रेसलाई प्रधानमन्त्रीको आश्वासन- महाधिवेशनको कानूनी जटिलता फुकाइदिन तयार छु

    कांग्रेसलाई प्रधानमन्त्रीको आश्वासन- महाधिवेशनको कानूनी जटिलता फुकाइदिन तयार छु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको आश्वासन दिएका छन् ।

    शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले रिक्त रहेका संसदीय क्षेत्रमा उपचुनाव र कांग्रेसको महासधिवेशनको चाप पर्ने कुरा उठाएपछि प्रधानमन्त्रीले कांग्रेसको प्रष्ट धारणा मागेको स्रोतले जनाएको छ ।

    कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधीले यो कुरा उठाएपछि प्रधानमन्त्रीले कानूनी कुरामा सरकारले केही निर्णय गर्नुपर्छ भने आफू त्यसका लागि सघाउन तयार रहेको बताएका थिए ।

    संविधान अनुसार ५ वर्षभित्र हरेक पार्टीको महाधिवेशन गर्नुपर्छ । कांग्रेसको महाधिवेशन भएको ५ वर्ष पुगिसकेको छ र भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोकिएको छ । भदौमा महाधिवेशन नगर्दा कानूनी जटिलता समेत आउनेछ ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकका एक सहभागीले भने, ‘तपाईहरुले भदौ ७ गते गर्ने भन्नुभएको छ । उसै पनि त्यो दिन गाइजात्राको दिन रहेछ । सरकारले सहयोग गर्नुपर्छ भने कांग्रेसले प्रष्ट भनोस् । लामो लोकतान्त्रिक इतिहास भएको पार्टीको हरकोही अप्ठेरोमा सहयोग गर्न सरकार तयार छ ।’

    ओलीले गाइजात्राको प्रसंग उठाएपछि देउवाले ‘कहाँ गाइजात्रा ? त्यसै गाइजात्रा भन्दिने ? भन्देखिन्लाई’ भनेर सो विषय अन्यत्र मोडेका थिए ।

  • ओली-महन्थ समझदारी नजिक, लिखित सम्झौताको तयारी

    ओली-महन्थ समझदारी नजिक, लिखित सम्झौताको तयारी

    काठमाडौं । सरकार र जनता समाजवादी पार्टी जसपाका मुद्दा सम्बोधनदेखि सत्ता सहकार्यसम्मको समझदारी नजिक पुगेका छन् ।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमत्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको वार्ता निष्कर्षको नजिक पुगेको हो ।

    प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको उपस्थितिमा दुवै पक्षको कार्यदलका सदस्यहरूले रेशम चौधरी लगायत बन्दीहरुको रिहाईको प्रक्रिया र मधेश आन्दोलनको क्रममा मुद्दा खेपिरहेकाहरूको न्यायिक प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

    कार्यदलमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् ।

    त्यस्तै जसपाबाट लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल सदस्य छन् । कार्यदलका सदस्य समेत रहेका एमाले नेता डा.राजन भट्टराईले जसपासँग्को वार्ता सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने नेपाल प्रेसलाई जानकारी दिए ।

    स्रोतका अनुसार सोमबारसम्म महान्यायाधिवक्ता कार्यलयले मुद्दाको प्रक्रिया एउटा टुंगोमा पुर्‍याउनेछ । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर फिर्ता लिन मिल्ने मुद्दा फिर्ता हुने र रेशम चौधरीसहितका केही व्यक्तिको मुद्दा भने अदालती प्रक्रियाबाटमात्रै टुंगिने भएको छ ।

    जसपाले भन्दै आएको संविधान संशोधनको मुद्दालाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । त्यसका लागि सरकारले विज्ञहरु सम्मिलित आयोग गर्ने समझदारी भएको छ । कुन- कुन विषयमा संशोधन गर्ने भन्ने विषयलाई समेत सरकार र जसपाबीच हुने लिखित सम्झौतामा उल्लेख गरिने जसपाका एक नेताले बताए ।

    सरकार र जसपाको महन्थ ठाकुर पक्षबीच भएको अहिलेसम्मको वार्ता र समझदारी प्रक्रियामा बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष भने सहभागी छैन । चाँडै हुन लागेको लिखित सम्झौतापछि जसपा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेछ ।

    बाबुराम र उपेन्द्र पक्षले सरकारमा जाने कुरा नमानेमा जसपा विभाजन हुनसक्छ । तर, जसपा नेताहरु पार्टी विभाजन नहुने बताउँछन् । प्रधानमन्त्री अर्ली इलेक्सनको पक्षमा देखिएकाले मुलुक मंसिरसम्म निर्वाचनमा जानसक्ने जसपाका नेताहरू बताउँछन् ।