Tag: प्रधानमन्त्री केपी केपी शर्मा ओली

  • पूर्वप्रधानन्यायाधीशलाई ओलीको प्रश्न– अदालतलाई धम्क्याउने ? सडकबाट फैसला गर्ने ?

    पूर्वप्रधानन्यायाधीशलाई ओलीको प्रश्न– अदालतलाई धम्क्याउने ? सडकबाट फैसला गर्ने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । ओलीले सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने बताए ।

    युवा संघको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?

    प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु (अति जान्ने सुन्ने) निस्केर अरु इजलास माग गर्न थालेको आरोप लगाए ।

    ओलीले भने– ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दैछन्, कुन संविधानले भन्यो ? उनीहरुले जे भन्यो त्यही फैसला हुनुपर्ने ? उनीहरुले जुन इजलास माग्यो त्यही हुने हो भने किन चाहियो अदालत ?’

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने पुनः ठोकुवा गर्दै वैशाख १७ र २७ गते नै चुनाव हुने बताए । केपी ओलीले चुनाव गराउँदैन भन्नेहरु चुनावबाट डराउने पानीमरुवा हुन् भन्दै प्रधानमन्त्रीले लोकतन्त्र जोगाउन आफू जेलनेल बसेको बताए ।

  • निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाएको ओलीको दावी

    निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षको निवेदन फिर्ता पठाएको ओलीको दावी

    काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाएको दावी गरेका छन् ।

    प्रवासी नेपाली मन्चका कार्यकर्ताले सूर्य चिन्ह कसले पाउँछ भनी गरेको प्रश्नको जवाफ दिदै ओलीले भने, ‘सूर्य चिन्ह २०४८ देखि हाम्रो हो,म पार्टीको अध्यक्ष हुँ । एक दुई जना मान्छे जादैमा सूर्य कहिँ जादैन । सूर्य चिन्ह हामीसँगै छ,बहुमत हामीसँगै छ । चुनावै हुँदैन चाहिदैन भन्नेलाई किन चाहियो सूर्य चिन्ह ?’
    ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता हिजो फिर्ता पठाएको बताए । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको,कानुन उल्लेख नभएको,प्रमाण नभएको भनेर यसको अर्थ छैन भनेर फिर्ता पठाएको छ हिजो’ ओलीले भने ।