Tag: प्रधानन्यायाधीश

  • प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने

    प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने

    काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले केन्द्रीय समिति बैठकले प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।

    बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध गर्ने आन्दोलन तय गरेको छ । त्यस्तै कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमै धर्ना र विरोध सभा गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

    बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा कात्तिक १७ भित्र पनि प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने उल्लेख छ ।

    बारले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मकरूपमा आन्दोलन गर्नुपरेको भन्दै सहयोगका लागि सेवाग्राही, कानून व्यवसायी र नागरिक समाजसँग आग्रहसमेत गरेको छ ।

  • मानव अधिकार तथा शान्ति समाजले माग्यो प्रधानन्यायाधीशको राजीनामा

    मानव अधिकार तथा शान्ति समाजले माग्यो प्रधानन्यायाधीशको राजीनामा

    रूपन्देही । मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।

    शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशले राजीनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाइ उनको बहिर्गमन सुनिश्चित गर्न राजनीतिक दलहरूसँग माग गरेका छन् ।

    ‘यो असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा उनले शीघ्र राजीनामा दिइ निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू अन्त्य गर्न शुद्धीकरणका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको भन्दै समाजले प्रधानन्यायाधीशको राजीनामा/बहिर्गमन न्यायिक क्षेत्रमा शुद्धीकरणको पहिलो पाइला हुने बताएको छ ।

  • अधिकांश न्यायाधीश भोलिदेखि इजलासमा फर्किने प्रधानन्यायाधीशको संकेत

    अधिकांश न्यायाधीश भोलिदेखि इजलासमा फर्किने प्रधानन्यायाधीशको संकेत

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले शुक्रवारदेखि सर्वोच्च अदालतका अधिकांश इजलासहरू सुचारु हुने संकेत गरेका छन् । कांग्रेस र एमालेनिकट संगठनका करिब एक दर्जन कानून व्यवसायीहरूसँगको भेटमा प्रधानन्यायाधीशले ‘भोलिदेखि प्रायः इजलास चल्ने’बताएका हुन् ।

    पूर्वन्यायाधीश भैरव लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न विहीबार करिब एक घण्टा फुल कोर्टको बैठक बसेको थियो ।

    सो छलफल चलिरहँदा डीएलए र पीपीएलए सम्बद्ध वकिलहरू प्रधानन्यायाधीशको च्याम्बरबाहिर पर्खेर बसेको थिए । कार्की र शर्मा निस्केपछि करिब एक दर्जन वकिलले प्रधानन्यायाधीशसँग पछिल्लो अवस्थाको बारे छलफल गरेका थिए ।

    सो अवसरमा प्रधानन्यायाधीशले आफूमाथि नियोजितरूपमा घेराबन्दी भएको भन्दै सडकबाट राजीनामा माग्दैमा नदिने बताएका थिए । उनले केही वरिष्ठतम न्यायाधीशले कर्मचारी सरुवादेखि न्यायाधीश सरुवामा समेत भागबण्डा खोजेको र त्यो नपाउँदा आफूविरुद्ध बाहिरी जमात सक्रिय गराएको बताए ।

    सो अवसरमा वकिलहरूले इजलास बहिष्कारको अवस्थाबारे सोधेपछि राणाले भने- आजैबाट बस्ने थियो तर शोक प्रस्ताव पारित गरेपछि भएन । भोलिबाट एकाधबाहेक अरु बेन्च बस्छ होला ।

    राणाको संकेत हड्तालमा उत्रिएका केही वरिष्ठतम न्यायाधीश र उनीहरू निकटबाहेक अरु इजलासमा फर्किने रहेको भेटमा सहभागी एक कानून व्यवसायीले बताए ।

  • प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

    प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

    काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको छ । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केही युवाहरूले सडकमा भेला भएर दबाब दिएका हुन् ।

    इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।

  • इजलासबाट उठेर प्रधानन्यायाधीशले भने- मुद्दा हेर्न छाड्दिनँ

    इजलासबाट उठेर प्रधानन्यायाधीशले भने- मुद्दा हेर्न छाड्दिनँ

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

    बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ राणाले भने ।

    प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका १५ न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन ।

    बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

  • प्रधानन्यायाधीशले तोके पेसी, संवैधानिक इजलास पनि तोकियो

    प्रधानन्यायाधीशले तोके पेसी, संवैधानिक इजलास पनि तोकियो

    काठमाडौं । सर्वोच्च अदालतमा बढ्दो अन्यौलकै बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज पनि पेसी तोकेका छन् ।

    राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलाससमेत तोकेका छन् । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास तोकिएको हो ।

    प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।

    सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बेन्च बहिष्कार गर्दै आएका छन् । आज पनि उनीहरू इजलासमा बस्ने/नबस्ने अनिश्चित छ ।

  • विवाद नसल्ट्याए आन्दोलन गर्ने सर्वोच्चका कर्मचारी संगठनहरूको चेतावनी

    विवाद नसल्ट्याए आन्दोलन गर्ने सर्वोच्चका कर्मचारी संगठनहरूको चेतावनी

    काठमाडौं । सर्वोच्च अदालतका कर्मचारी आवद्ध संघ/संगठनले प्रधानन्यायाधीश एवं न्यायाधीशहरूबीचको असमझदारीले मुद्दाको सुनुवाइ प्रभावित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले मिडिया तथा सामाजिक सञ्जालमा न्यायालयको जनआस्था खस्काउने गरी समाचार प्रकाशन तथा प्रसारण भएको टिप्पणी गरेका छन् ।

    अदालतभित्र देखिएका विकृति अन्त्य गर्न माग गर्दै सर्वोच्च अदालत आधिकारिक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी युनियन, सर्वोच्च र नेपाल निजामति कर्मचारी संगठनले न्यायपालिकाको स्वतन्त्रताको रक्षाका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    ‘न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत हामी ट्रेड यूनियनहरूले रचनात्मक एंव सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता असोभनीय गतिविधीले न्यायलय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतीको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भइ गम्भीरतापूर्वक अविलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं । अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौं ।’

  • प्रधानन्यायाधीशको राजीनामा बारे कसले के भने ? (भिडिओ)

    प्रधानन्यायाधीशको राजीनामा बारे कसले के भने ? (भिडिओ)

    काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

    मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटक पटक मौका दिदाँ पनि नसुध्रिएको भन्दै न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

    न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको उनको भनाई छ । प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैले हेर्ने लगायतका काम गरेको उनले बताए ।

    उनले भने,‘यति ठुलो विकृति, यति ठुलो भ्रष्टाचार, अनियमितता नेपालको न्यायालयमा यो भन्दा पहिले कहिल्यै पनि भएको थिएन । न्यायालयलाई गुटबन्दीमा प्रश्रय दिने काम गरियो । आ–आफ्नो स्वार्थको मुद्दा उहाँले अमुक इजलाशमा तोक्न थाल्नुभयो, आफुले हेर्न थाल्नुभयो । आफ्नो गुटलाई संरक्षण गर्ने, त्यही खालका मुद्दाहरु उहाँले तोक्ने, बाँकीलाई अपहेलना गर्ने गर्न थाल्नुभयो । उहाँलाई मौका दिएको, सुध्रिने चान्स नदेखेपछि अब बढी क्षति हुन नदिनका लागि, क्षतिलाई नियन्त्रण गर्नका लागि पनि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

    वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढंगले सञ्चालन गर्न नसकेको बताएका छन् । उनले प्रधानन्यायाधीश राजनीतिक दल र दलको नेताको भुमिकामा गई कार्यकारी पदमा भाग खोज्ने र नियुक्त गर्न थालेकोले दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने भनि प्रश्न गरे ।

    प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ गर्ने लगायतका काम गरेको उनले बताए ।

    उनले भने,‘सिनियर न्यायाधीशलाई बाइपास गर्ने, पेशी व्यवस्थापनमा गढबढ भएको छ । न्याय सम्पादन गर्ने, प्रधानन्यायाधीशले गर्ने नेतृत्व पनि ठिक किसिमले गर्नुभएन । भ्रष्टाचार व्यापक भो । प्रधानन्यायाधीश अहिले दलको भुमिकामा जानु भो । दलको नेताको भुमिकामा जानु भो उहाँ । कार्यकारी पदमा नियुक्त गर्ने कुरा त दलको मात्रै हो नि । त्यो दललाई मात्र अधिकार छ । प्रधानन्यायाधीसले नियुक्त गर्न थाल्नु भो आफ्नो मान्छे । मन्त्री नै खोज्नुभयो भनेपछि त उहाँ त अब प्रधानन्यायाधीश बन्नुभयो कि पार्टीका नेता बन्नुभयो ? उहाँ दलका नेता बन्नुभयो । दलको नेतालाई प्रधानन्यायाधीश बन्न दिने कि नदिने ? शक्तिपृथकीकरणको सिद्धान्तभन्दा बाहिर गएर आफ्नो गतिविधिलाई अगाडी बढाउनुभयो । न्यायपालिका भित्र पनि ठिक गर्नुभएन ।’

    मानव अधिकारकर्मी मोहना अन्सारीले न्यायपालिकाको गरिमाको रक्षा गर्न नसक्ने नेतृत्वले बाटो खोलिदिनुपर्ने बताइन् । त्यस्तो नेतृत्वले बाटो खोल्नु उसको दायित्व भएको पनि उनले बताइन् । उनले भनिन् ,‘न्यायपालिकाको नेतृत्वले न्यायपालिकाको गरिमाको रक्षा गर्न सक्दैन भने बाटो खोल्ने उसको आफ्नो पनि दायित्व होला । आफुले पनि त्यो बाटो खोलिदिनु पर्छ ।’

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री बार्गेनिङ गरेर फैसला गर्न प्रधानन्यायाधीसलाई ठाउँ दिने राजनीतिक दल र नेताहरुमाथि पनि प्रश्न उठाउनुपर्ने धारणा राखे ।

    उनले भने,‘एउटा न्यायाधीशले मन्त्री बार्गेनिङ गरेर फैसला गर्नसक्ने स्पेस कसले दियो ? उसले कुनै आन्दोलनबाट खोसेर ल्याएको हो चोलेन्द्रले ? होइन नि त । त्यो त हामीले स्पेश दिदैँ दिदैँ लिएर गएको छौँ भने स्पेस दिने माथिपनि हामीले प्रश्न उठाउन सक्नुप¥यो ।’

    त्यसैगरी छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा किन आवश्यक छ भन्ने सम्बन्धमा स्पष्ट पार्न नेपाल बार एसोसिएसनले श्वेतपत्र जारी गर्नुपर्ने बताए ।

    राजनीतिक दलहरुपनि उम्किन नमिल्ने भन्दै उहाँले प्रधानन्यायाधीशउपर संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल बार एसोसिएसनले एउटा स्वेतपत्र ल्याउनुपर्छ चोलेन्द्र किन हट्नुपर्छ ? किन उनको विकल्प जरुरी छ ? यसबाट कसरी न्यायपालिका अगाडी जान्छ ? संस्थागत रुपमा नेपाल बार एसोसिएसनले स्वेतपत्र जारी गरोस् । राजनीतिक दलहरुले जवाफदेहिता लिने कुराबाट बाहिर जान पाउँदैनन् । त्यसैले महाअभियोग प्रस्ताव दर्ता गरियोस् ।’

     

     

  • प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको बैठक ‘हेर्दा हेर्दैमा’

    प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको बैठक ‘हेर्दा हेर्दैमा’

    काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक बिनानिष्कर्ष सकिएको छ । भोली फेरि बैठक बस्ने गरी निर्णय लिएर उनीहरू उठेको स्रोतले बतायो ।

    आज प्रधानन्यायधीससँग असन्तुष्ट न्यायाधीशहरूको समूहले भेट गरेको थियो । भेटमा उनीहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, प्रधानन्याधीशले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ घुमाउरो जवाफ दिएर फर्काइदिए ।

    उक्त भेटघाटपछि १५ जना न्यायाधीशहरु फेरि छुट्टै छलफलमा बसेका थिए । उक्त गोप्य छलफल कुनै टुंगोमा पुग्न नसकेको स्रोतले बतायो । अदालती भाषामा आजको बैठक ‘हेर्दा हेर्दैमा’ थाती राखिएको छ । न्यायाधीसहरुले राजीनामाको मागबाट भने पछि नहट्ने बताएका छन् ।

  • प्रधानन्यायाधीशसँग भेटपछि १४ न्यायाधीशको छुट्टै बैठक

    प्रधानन्यायाधीशसँग भेटपछि १४ न्यायाधीशको छुट्टै बैठक

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कुरा नमिलेपछि १४ न्यायाधीशको छुट्टै बैठक सुरू भएको छ ।

    सर्वोच्च अदालतमा भएको छलफलमा प्रधानन्यायाधीश जबराले सडकमा प्रश्न उठ्दैमा राजीनामा नदिने अडान राखेपछि न्यायाधीशहरू आगामी रणनीति तय गर्न छुट्टै बसेका हुन् । न्यायाधीशहरू बैठकमा बसेपछि आजका लागि पेसी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

    प्रधानन्यायाधीश जबराले आफू संवैधानिक ढंगले आएकाले सोही ढंगले जाने तर कसैले भन्दैमा राजीनामा नदिने अडान राखेपछि १४ जना न्यायाधीश फेरि बैठकमा जुटेको एक न्यायाधीशले बताए । जबराले बरु महाअभियोगको सामना गर्न तयार भएको तर कसैले भन्दै राजीनामा नदिने पक्षमा नरहेको अडान सुनाएका थिए ।

    अरु न्यायाधीशमाथि पनि प्रश्न उठेके भन्दै उनले यदि सबैले राजीनामा दिने भए आफू पनि मार्गप्रशस्त गर्न तयार रहेको बताएका छन् ।

  • न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार

    न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए ।

    स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छन् । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्गप्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’

    राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।

    प्रधानन्यायाधीश राणासँग छलफल सकेर १४ न्यायाधीश फेरि आपसी छलफलमा जुटेका छन् । उनीहरुले आज पनि इजलासमा भाग लिएका छैनन् ।

  • प्रधानन्यायाधीससँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्गप्रशस्त गर्न आग्रह

    प्रधानन्यायाधीससँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्गप्रशस्त गर्न आग्रह

    काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगसँग न्यायाधीशहरूको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

    भेटघाटपछि न्यायाधीशहरु फेरि छलफलका लागि एक ठाउँमा बस्दैछन् । उनीहरूले आजको इजलासमा भाग नलिने भएका छन् ।

  • प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफल सुरू

    प्रधानन्यायाधीश राणा र न्यायाधीशहरूबीच छलफल सुरू

    काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशरुबीच छलफल सुरू भएको छ ।

    प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले छलफल थालेका हुन् । ती न्यायाधीशहरूको हिजोको बैठकले राणालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो ।

    प्रधानन्यायाधीश राणाले भने बीबीसी नेपाली सेवासँगको कुराकानीमा आफू संवैधानिक प्रक्रियाबाट आएकोले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताएका छन् ।

  • प्रधानन्याधीशले बोलाएको फुलकोर्ट अनिश्चित, १४ न्यायाधीशको बैठक जारी

    प्रधानन्याधीशले बोलाएको फुलकोर्ट अनिश्चित, १४ न्यायाधीशको बैठक जारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । १ बजेको लागि बैठक तय भए पनि सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट अनिश्चित बनेको हो ।

    प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

    अहिले १४ न्यायाधीशको छुट्टै बैठक बसिरहेको छ । बैठकले अब कसरी अघि बढ्ने भन्ने निर्णय लिने बुझिएको छ । यस्तै, प्रधानन्यायाधीश जबराको कार्यक्षमता र योग्यताका विषयमा छलफल गर्न नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनको बैठक पनि बसिरहेको छ ।

  • सर्वोच्चमा भइरहेका गतिविधिप्रति एमाले नेता बास्कोटाको टिप्पणी- थप षड्यन्त्रका लागि नयाँ नाटक

    सर्वोच्चमा भइरहेका गतिविधिप्रति एमाले नेता बास्कोटाको टिप्पणी- थप षड्यन्त्रका लागि नयाँ नाटक

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउँन प्रधानन्यायाधीशमात्र नभएर संवैधानिक इजलासका पाँचैजना न्यायाधीश संलग्न रहेकाले समग्रतामा समाधान खोज्नुपर्ने बताएका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशविरुद्ध अदालतभित्र र बाहिर माहौल बनाइरहेका बेला एमाले अध्यक्ष केपी ओलीनिकट नेता बास्कोटाले अदालतको समस्या अंशमा होइन समग्रतामा समाधान खोज्नु आवश्यक रहेको बताएका हुन् ।

    उनले अहिले सर्वोच्चमा भइरहेका गतिविधि थप षड्यन्त्रका लागि नयाँ नाटकमात्र भएको टिप्पणीसमेत गरेका छन् ।

    बास्कोटाले भनेका छन्, ‘संवैधानिक अपव्याख्यामार्फत शक्तिपृथक्कीकरणको सिद्धान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थिरतको भुमरीमा फसाउने कुनै एक न्यायाधीश होइनन्, ती सबै हुन जसले यल्लो प्यागोडा ग्राण्ड डिजाइन बैठकमा सहमति जनाए ।’

    सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसाल गर्नुअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यल्लो प्यागोडा होटलमा गरेको बैठकमा संवैधानिक इजलासमा रहेका वरिष्ठ न्यायाधीशहरू समेत सहभागी भएका थिए । बास्कोटाले त्यसतर्फ इंगित गरेका हुन् ।

  • सर्वोच्चको गुटबन्दी क्लाइमेक्समा, इजलास ‘बंक’ गर्ने तयारीमा केही न्यायाधीश

    सर्वोच्चको गुटबन्दी क्लाइमेक्समा, इजलास ‘बंक’ गर्ने तयारीमा केही न्यायाधीश

    काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध चलाइरहेको गुटबन्दी क्लाइमेक्समा पुगेको छ ।

    अदालत बाहिरबाट भइरहेको सडक र मिडिया ट्रायललाई बल पुर्‍याउने उद्देश्यले आज केही न्यायाधीशले इजलास बहिस्कार गर्ने भएका छन् ।

    वरिष्ठतम न्यायाधीश दीपक कार्की, प्रकाशमान सिंह राउत समूहबाट प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गर्न लागिएको सर्वोच्च स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतमा पछिल्लो समय वरिष्ठतम न्यायाधीशकै नेतृत्वमा प्रधानन्यायाधीशविरुद्ध गुटबन्दी भइरहेको छ ।

    प्रधानन्यायाधीशलाई राजीनामा वा महाअभियोग लगाएर हटाउने अभियान सत्ता गठबन्धन निकट केही कानून व्यवसायीले चलाइरहेका बेला त्यसलाई साथ दिन न्यायाधीशहरुले इजलास बहिष्कार गर्न लागेका हुन् ।

    नेपाल बार एशोसिएसनबाट राजीनामा मगाउने एजेण्डा तत्काल पारित हुन नसकेपछि न्यायाधीशहरु आफैं विद्रोहमा उत्रिएका हुन् ।

    यसैबीच नेपाल बार एशोसियसनले प्रधान न्यायाधीशसँग भेट गरेको छ । शुक्रवारको बैठकको निर्णय अनुसार समग्र विषयमा छलफल गर्न आफूहरु प्रधान न्यायाधीशसँग वार्ताम रहेको बारका कोषाध्यक्ष रुद्र पोखरेलले बताए ।

    बारले आफ्नो जिम्मेवारी पूरा नगर्ने दिपक कार्की,प्रकाशमान सिंह राउत लगायतका न्यायाधीशप्रति समेत असन्तुष्टी जनाएको छ ।

  • ‘कम्फरटेबल अदालत’ का लागि हमाल देखाएर अर्कैतिर हमला

    ‘कम्फरटेबल अदालत’ का लागि हमाल देखाएर अर्कैतिर हमला

    काठमाडौं । गाउँघरतिर एउटा उखान छ- काँक्रा चोरले गुदीजति खाएर बियाँ चाहिँ अर्काको अनुहारमा टाँसिदिन्छ र चोरको बात अर्कैलाई लाग्छ । सत्ता गठबन्धनको एउटा हिस्सा बनेको सर्वोच्च अदालतको तत्कालीन संवैधानिक इजलासका चार न्यायाधीश र गठबन्धनका शीर्ष नेताले यसपटक प्रधानन्यायाधीशको अनुहारमा त्यस्तै बदनामीको बियाँ टाँस्न सफल भएका छन् ।

    बाँके कांग्रेसको सभापति रहिसकेका गजेन्द्र हमाल सुशील कोइरालाको कोपभाजनमा परेर राजनीतिबाट विरक्तिएका थिए । शेरबहादुर देउवाका निकट सहयोगी मानिने हमाल दुई दिनको मन्त्रीबाट राजीनमा दिएर फर्किसकेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरुद्धको प्रहार भने सत्तानिकट कानून व्यवसायीहरूबाट अझ तीव्र भइरहेको छ ।

    हमालभन्दा पहिले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिनालाई मत्री बनाउन लागियो भनेर हल्ला चलाइयो । अमूक शक्तिकेन्द्रले योजनाबद्ध रूपमा मन्त्रिपरिषद् विस्तारको मुखैमा प्रधानन्यायाधीशलाई विवादमा तान्ने र मंसिरसम्ममा दीपक कार्कीलाई कामु प्रधानन्यायाधीश बनाउने रोडम्याप अनुसार नै सो अफवाह सतहमा ल्याएको थियो ।

    गजेन्द्र हमाल निमित्त पात्र हुन्, खासमा योजनाबद्धरूपमा प्रधानन्यायाधीशको बहिर्गमन चाहन्छ अहिलेको सत्ता गठबन्धन । त्यसैले गठबन्धनका प्रत्यक्ष अप्रत्यक्ष हिस्सा बनेका सबै शक्ति राणालाई राजीनामाको दबाब दिने र त्यो नभए विगतमा सुशीला कार्कीविरुद्ध प्रयोग भएको महाअभियोगको अस्त्र यसपटक राणाविरुद्ध प्रहार गर्ने वातावरण बनाइँदैछ ।

    दीपक तिमिल्सिनाको नाम न त प्रधानन्यायाधीशले लिएका थिए, न त प्रधानमन्त्रीसम्म पुगेकै थियो । बरु त्यसबीचमा प्रधानन्यायाधीशकी ३७ वर्षअघि नै दिवंगत भएकी पत्नीका दाजु देउवानिकट पुराना कांग्रेस नेता गजेन्द्र हमाल मन्त्री बन्न लागेको कुरा चुहिएपछि अदालतको ऋण चुक्ता गर्न सत्ता गठबन्धनले हमाललाई मन्त्री बनाउन लागेको भनेर संशोधित समाचार बाहिर आयो ।

    राणाले कार्कीलाई के भनेका थिए ?

    प्रधानन्यायाधीश राणाले सत्तामा भागबण्डा खोजेका हुन् भने गठबन्धनका नेताहरूले जनतालाई बताउनुपर्छ । होइन भने असार २८ को परमादेशका परिकल्पनाकार पूर्वप्रधानन्यायाधीशहरू र फैसालका लेखक वरिष्ठतम केही न्यायाधीशको योजना कार्यान्वयन गर्न गजेन्द्र हमाल नामको पात्र खडा गरिएको त होइन ? विवाद र विरोधकाबीच उनको नियुक्ति र नाटकीय राजीनामाले प्रश्नहरू उठाएका छन् ।

    प्रधानन्यायाधीशले सत्ता गठबन्धनमा भाग मागेको समाचार आएपछि सर्वोच्च अदालतले वक्तव्य निकालेर त्यसको खण्डन गरेको थियो भने प्रधानन्यायाधीशले सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा वयाख्यासहित सो आरोप अश्वीकार गरेका थिए ।

    राणाले तत्कालीन कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई यसबारेमा आफ्नो ध्यानाकर्षण भएको र आफूसँग नाम तथा नाता जोडिएका व्यक्तिलाई मन्त्री बनाएर न्यायपालिकामाथि हिलो छ्याप्ने वातावरण नबनाउन आग्रह गरेका थिए ।

    मन्त्री नियुक्तिमा चोलेन्द्रले भागबण्डा खोजेको र उनको नाताभित्रका हमाललाई मन्त्री बनाएका कारण न्यायपालिकाको जग हल्लिएको भन्ने वरिष्ठ अधिवक्ताहरूले त्यसबेला सुशीला कार्कीले सत्ता गठबन्धनसँग मिलेर न्यायपरिषद् सदस्यलाई थाहै नदिई न्यायाधीश नियुक्ति गर्दा न्यायपालिका विकृत भएको किन देख्न सकेनन् ?

    स्रोतका अनुसार प्रधानन्यायाधीश राणले तत्कालीन कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राणाले सरकार र अदालतबीच पुलको भूमिका खेल्नका लागि कानूनमन्त्रीलाई न्यायपरिषद्को पदेन सदस्य राखिएको भन्दै न्यापालिकाको गरिमा जोगाउन र नियोजित विवादका शिकार बन्न नदिन आफूसँग नाम तथा नाता जोडिएका व्यक्तिलाई मन्त्री नबनाउन र न्यायपालिकामाथि हिलो छ्याप्ने र हुने सम्भावित आक्रमण रोक्न कार्कीलाई आग्रह गरेका थिए ।

    राणाको त्यो आग्रहका बाबजुद हमाललाई किन मन्त्री बनाइयो ? कांग्रेसको कोटाबाट हमाललाई मन्त्री बनाइएको भनेर गठबन्धनका नेता प्रचण्डले भनेका छन् । यदि त्यसो हो भने प्रधानन्यायाधीशको नाम किन जोडियो ? कतै दीपक कार्कीलाई कामु भने पनि प्रधानन्यायाधीश बनाउने भनेर दिइएको आश्वासन कार्यन्वयन गर्ने योजनाअन्तर्गत राणाविरुद्ध माहौल सिर्जना गर्न खोजिएको त होइन ? यो प्रश्न उठेको छ । तर, राणापछि शिकार हुने दीपक कार्कीहरू नै हुन् भन्ने कुरा नेपथ्यका खेल बुझ्नेहरूलाई मात्र थाहा छ ।

    राणाविरुद्ध के-के हुन्छ अब ?

    शनिबारमात्रै असार २८ को परमादेश जारी गराउन हालको सत्ता गठबन्धनको एक घटकका रूपमा रहेको नेपाल बार एशोसियसन, सत्ता गठबन्धननिकट वरिष्ठदेखि कनिष्ठ कानूनव्यवसायीहरूले प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिनेदेखि राजीनामा र महाअभियोगको माग गर्न थालिसकेका छन् ।

    यी सबै घटनाक्रमबाट के बुझ्न सकिन्छ भने, गजेन्द्र हमाल निमित्त पात्र हुन्, खासमा योजनाबद्धरूपमा प्रधानन्यायाधीशको बहिर्गमन चाहन्छ अहिलेको सत्ता गठबन्धन । त्यसैले गठबन्धनका प्रत्यक्ष अप्रत्यक्ष हिस्सा बनेका सबै शक्ति राणालाई राजीनामाको दबाब दिने र त्यो नभए विगतमा सुशीला कार्कीविरुद्ध प्रयोग भएको महाअभियोगको अस्त्र यसपटक राणाविरुद्ध प्रहार गर्ने वातावरण बनाइँदैछ ।

    तत्कालीन प्रधानन्यायाधीश कार्कीले पनि त्यो बेलाको सत्ता गठबन्धनलाई कम्फरटेबल भएरै काम गरेकी हुन् । मध्यरातमा प्रधानन्यायाधीशको निवासमा कांग्रेस नेता रमेश लेखक र माओवादी नेता वर्षमान पुनलाई राखेर कार्कीले उनीहरूको सिफारिसबमोजिम उच्च अदालतका ८० जना न्यायाधीश नियुक्त गरेकी थिइन् ।

    मन्त्री नियुक्तिमा चोलेन्द्रले भागबण्डा खोजेको र उनको नाताभित्रका हमाललाई मन्त्री बनाएका कारण न्यायपालिकाको जग हल्लिएको भन्ने वरिष्ठ अधिवक्ताहरूले त्यसबेला सुशीला कार्कीले सत्ता गठबन्धनसँग मिलेर न्यायपरिषद् सदस्यलाई थाहै नदिई न्यायाधीश नियुक्ति गर्दा न्यायपालिका विकृत भएको किन देख्न सकेनन् ?

    दीपक कार्कीले आफ्ना ज्वाइँ तथा बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका फर्म पार्टनरलाई उच्च अदालतको न्यायाधीश बनाउँदा न्यायिक नैतिकता खोजिएन । किनकी वरिष्ठतम न्यायाधीशको हैसियतमा ज्वाइँको नियुक्तिका बेला उनी न्यायपरिषद् सदस्यका रूपमा आफ्नै दस्तखतसहित निर्णय गराएका हुन् ।

    नेपालको न्यायायिक इतिहासमा चर्चित, विवादास्पद र तर सबैले सम्मानका साथ लिने नाम विश्वनाथ उपाध्याय हो । २०५२ भदौ १२ मा उनले गरेको फैसलाले एमालेलाई सत्ताबाट हटाएर संसद पुनःस्थापनामात्र गरेन, राजनीतिमा त्यसका बाइप्रडक्टहरूले संसदीय व्यवस्था नै बदनाम बनाए ।

    तीनै विश्वनाथका छोरा समेत रहेका वरिष्ठ अधिवक्ता तथा कांग्रेस समर्थित वकिल डीएलएबाट निर्वाचित सर्वोच्च बारका पूर्वअध्यक्ष शैलेन्द्रकुमार दाहालले बार अध्यक्षदेखि सर्वोच्चका वरिष्ठतम न्यायाधीश र केही वरिष्ठ अधिवक्ताहरूका कारण न्यायपालिका यो अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

    उनको टिप्पणी आजको धरातलीय यथार्थ हो । उनले नाम नलिए पनि बारलाई आफ्नो इसारमा नचाउन बानी परेका र ठूला मुद्दामा चलखेल गर्न खप्पिस हालको सत्ता गठबन्धनलाई सरकारमा पुर्‍याउन सफल वरिष्ठ अधिवक्ता र उनीहरू समर्थित न्यायाधीशहरूले नै प्रधानन्यायाधीशलाई बहिर्गमन गराउन खोजेका छन् ।

    सर्वोच्च अदालतको परमादेशबाट बनेको कम्फरटेबल सरकार, न्यायपालिका आफ्नो लागि अझ कम्फरटेबल बनाउन चाहान्छ । चोलेन्द्रभन्दा उनीपछिका वरिष्ठतम न्यायाधीश दीपक कार्की र तत्कालीन संवैधानिक इजलासका अन्य चार न्यायाधीश सत्ता गठबन्धनका लागि कम्फरटेबल छन् भन्ने कुरा यसबीचमा ती न्यायाधीशको बेन्चबाट भएका आदेश र फैसलाहरू नै काफी छन् ।

    असार २८ पछि यस्ता दृष्यसम्म अदालतमा देखिए कि तत्कालीन जसपाको महन्थ ठाकुर पक्ष र एमालेले आफूहरू गाँसिएका मुद्दा दीपक कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासमा पर्दा कुनै न कुनै बहानामा मुद्दा नै सार्न बाध्य भए ।

    दीपक कार्कीले आफ्ना ज्वाइँ तथा बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका फर्म पार्टनरलाई उच्च अदालतको न्यायाधीश बनाउँदा न्यायिक नैतिकता खोजिएन । किनकी वरिष्ठतम न्यायाधीशको हैसियतमा ज्वाइँको नियुक्तिका बेला उनी न्यायपरिषद् सदस्यका रूपमा आफ्नै दस्तखतसहित निर्णय गराएका हुन् ।

    तर, खेल चाहिँ कार्कीलाई पनि सोही विषय उठाएर उनीसहित हरिकृष्ण कार्कीलाई केपी ओलीसँगको सम्बन्ध जोडेर प्रधानन्यायाधीश हुन नदिनेसम्मका पनि खेल्न खोजिएकै छन् । किनकी न्यायपालिकामा अहिले चरम गुटबन्दी छ र बाहिरबाटै निर्देशित घटनाक्रमले निर्णायक भूमिका खेल्ने गरेका छन् ।

    यदि चोलेन्द्रलाई हमाल प्रकरणमा जोडेर नैतिकताको पाठको शिकार बनाइयो भने त्यसपछि पालैपालो सबै न्यायाधीशमाथि यही तरवार झुण्ड्याइनेछ । आफू न्यायाधीश हुन नपाएको वा आफूले बहस गरेको मुद्दाको अनुकूल निर्णय नआएको शिकार पनि न्यायाधीशहरूलाई बनाइनेछ ।

    आज राणालाई सत्तामा भाग खोजिएको भनेर सर्वत्र बदनाम गराएर न्यायालय कब्जा गर्न यसबीचमा धेरै चलखेलहरू भएका छन् र अझ धेरै हुनेवाला छन् । सर्वोच्च अदालत लामो बिदामा रहेकाले, बिदापछि राणालाई साँच्चिकै अप्ठेरो परिस्थिति सिर्जना गर्न अहिले ‘वार्म अप’भइरहेको छ । तर, चोलेन्द्रविरुद्धको गुटबन्दीको शिकार दीपक कार्कीहरू समेत नहोलान् भनेर ढुक्क हुने अवस्था छैन ।

    अरुले पनि पाए भागबण्डा र पुरस्कार

    भागबण्डा र पुरस्कारै कुरा गर्ने हो भने फागुन ११ र असार २८ को फैसला गर्ने संवैधानिक इजलासका न्यायाधीशहरूमध्ये अधिकांशले पदक, पुरस्कार र दृष्य अदृश्य लाभ प्राप्त गरिसकेका छन् र कतिपयले अबका नियुक्तिहरूमा पनि भाग पाउने ग्यारेन्टी भइसकेको छ । बार कोषाध्यक्ष रुद्र पोखरेलले भनेजस्तै न्यायपालिका यदि सत्ता गठबन्धनको हिस्सेदार बनेको हो भने राणाभन्दा बढी दोषी अन्य वरिष्ठतम बिग ६ न्यायाधीशहरू हुन् ।

    यदि चोलेन्द्रलाई हमाल प्रकरणमा जोडेर नैतिकताको पाठको शिकार बनाइयो भने त्यसपछि पालैपालो सबै न्यायाधीशमाथि यही तरवार झुण्ड्याइनेछ । आफू न्यायाधीश हुन नपाएको वा आफूले बहस गरेको मुद्दाको अनुकूल निर्णय नआएको शिकार पनि न्यायाधीशहरूलाई बनाइनेछ ।

    यदि हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको हो भने यसको मुख्य दोषी प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका शीर्ष नेता हुन् । राजीनामा राणाले होइन देउवाले दिनुपर्छ । परमादेशको आबरु त उत्रिसकेको छ । अदालतलाई पनि सत्ता गठबन्धनको हिस्सेदार बनाउने गर व्यक्ति तोकेरै फलानोलाई प्रधानमन्त्री बनाउनू भन्ने फैसला किन आयो ? संसदलाई त्यो अधिकार किन दिइएन ? यस्ता धेरै प्रश्नको जवाफभित्र लुकेको छ रहस्य ।

    संवैधानिक इजलासमा को न्यायाधीश रहने, को-को रहन नहुने ? यो तय पनि प्रधानन्यायाधीशले होइन वरिष्ठतम न्यायाधीश र सत्ता गठबन्धनका अंशीयार वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनले गरेकै हुन् । आफ्नै सहकर्मी न्यायाधीशको बेञ्च बहिष्कार गर्ने लिखित आदेश जारी गर्ने जस्तो अनैतिक खेलका खेलाडी पनि सोही संवैधानिक इजलासका न्यायाधीशहरू हुन् । अहिले प्रधानन्यायाधीशलाई सर्वोच्चमा छिर्न नदिने खेलमा पनि उनीहरू नै ब्याकअप दिइरहेका छन् ।

    सर्वोच्च अदालतमा विवाद र विचाराधीन अवस्थामा रहेको संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा धेरै विषय अड्किएको छ । यसका साथै नेकपा एमालेसँग सम्बन्धित कतिपय मुद्दा, नेकपा एसको वैधानिकता विवाद, माधव नेपाल तथा बाबुराम भट्टराईविरुद्ध बालुवाटार जग्गा प्रकरणको मुद्दाजस्ता प्रकरणहरूसँग सत्ता गठबन्धनको प्रत्यक्ष स्वार्थ जोडिएको छ ।

    महाअभियोगको अस्त्र चल्ला ?

    संवैधानिक नियुक्तिहरू एकमुष्ठ खारेज गरेर त्यही फैसलाका आधारमा प्रधान न्यायाधीशमाथि नैतिक प्रश्न खडा गर्ने र राजनीनामा वा महाअभियोगको अस्त्र चलाउने कुरा पहिले नै आइसकेको हो । त्यसो हुँदा गठबन्धन र गठबन्धनलाई सत्तामा पुर्‍याउन सहयोग गर्नेहरूले भाग पाउनेमात्र होइन र दिपक कार्कीलाई कामु भने पनि प्रधानन्यायाधीश बनाएर बाँकी मुद्दाहरूमा आफू अनुकूल फैसला गराउने दीर्घकालीन योजना कार्यन्वयनको चरणमा अहिले स्वार्थ समूहहरू पुगेका छन् ।

    सुशीला कार्कीलाई महाअभियोग लगाउने देउवा र प्रचण्डका लागि चोलेन्द्रविरुद्ध पनि त्यही अस्त्र चलाउनु कुनै कठिन काम होइन । नैतिकताको अस्त्र सर्वोच्चमा राजनीतिक मुद्दाका आधारमा चल्ने गरेको नयाँ होइन । नत्र भने केदार चालिसे र ईश्वर खतिवडा ज्वाइँ जेठानको संयुक्त इजलासबाट कति स्वार्थ बाझिएका फैसला हुँदा कसैले पनि नैतिक प्रश्न उठाएनन्, बरु खतिवडा इमान भएका न्यायाधीश हुने भनेर उनलाई असार २८ को फैसला लेखाइयो ।

    फागुन ११ र असार २८ को फैसला गर्ने संवैधानिक इजलासका न्यायाधीशहरूमध्ये अधिकांशले पदक, पुरस्कार र दृष्य अदृश्य लाभ प्राप्त गरिसकेका छन् र कतिपयले अबका नियुक्तिहरूमा पनि भाग पाउने ग्यारेन्टी भइसकेको छ । बार कोषाध्यक्ष रुद्र पोखरेलले भनेजस्तै न्यायपालिका यदि सत्ता गठबन्धनको हिस्सेदार बनेको हो भने राणाभन्दा बढी दोषी अन्य वरिष्ठतम बिग ६ न्यायाधीशहरू हुन् ।

    मुलतः सत्ता गठबन्धन न्यायपालिकालाई फेरि अस्थिर र बदनाम गराउन अग्रसर भएको छ र केही दिनमा नसोचेका घटनाक्रमहरू अदालतमा देखिनेछन् । कुनै बेला गिरिजाप्रसाद कोइरालाले सर्वोच्च अदालतलाई नारायणहिटी दरवारमा सार्न सुझाव दिँदा विवाद भएको थियो । तर, अहिलेका योजनाहरू कार्यन्वयन हुँदै गए भने सर्वोच्च अदालत भौतिकरूपमा मात्र रामशाहपथमा हुनेछ ।

    होटल एल्लो प्यागोडादखि केही वरिष्ठ र कनिष्ठ अधिवक्ताहरूको फर्मको योजना र भेलाबाट नेपालको न्यायपालिका अघि बढ्ने अवस्था आउने निश्चित छ । किनकी यस्ता अभ्यास संवैधानिक इजलासमै देखिइसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेरलाई मात्र दोषी देखाएर परिस्थितिलाई आफू अनुकूल बनाउन खोज्नेहरूबाट न्यायपालिका जोगिन जरुरी छ ।

    यी सबै घटनाक्रम चाहिँ असार २८ को परमादेशका पराकम्पहरूमात्र हुन् । त्यस त्रुटिपूर्ण, विवास्पद, पूर्वाग्रही र कुण्ठाले भरिपूर्ण फैसलाका बाइप्रडक्टहरू भने निकै लामो समयसम्म उत्पादन भइरहनेछन् ।

  • न्यायपालिका कम्फरटेबल बनाउन गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै

    न्यायपालिका कम्फरटेबल बनाउन गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै

    काठमाडौं । सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन खबर गइसकेको स्रोतले जनाएको छ ।

    हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय छैनन् । तर, उनलाई प्रधानन्यायाधीशको नाता लगाएर न्यायपालिकाको भागबण्डामा मन्त्री बनाउन लागिएको हो ।

    सर्वोच्च अदालतमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले न्यायपालिका कम्फरटेबल बनाउन हमाललाई मन्त्री बनाउन लागिएको हो ।

    हमाल सांसद नभएकाले उनी बढीमा ६ महिना मन्त्री बन्न पाउनेछन् । उनले मन्त्रीमा निरन्तरता पाउनका लागि यसबीचमा सांसद हुनुपर्नेछ । माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा हमाललाई सांसद बनाउनेबारेमा समेत छलफल चलिरहेको छ ।

    असार २८ को फैसलामा संलग्न अन्य न्यायाधीशको कोटाबाट पनि राजदूत र संवैधानिक नियुक्तिमा भाग दिने समझदारी सत्तारुढ गठबन्धनमा बनेको छ ।

  • परमादेशको पराकम्प- संवैधानिक इजलासका सबै न्यायमूर्तिलाई सत्ता गठबन्धनमा भाग !

    परमादेशको पराकम्प- संवैधानिक इजलासका सबै न्यायमूर्तिलाई सत्ता गठबन्धनमा भाग !

    काठमाडौं । सत्तारुढ गठबन्धनले असार २८ को फैसलामा संलग्न सबै न्यायाधीशलाई राज्यका विभिन्न अंगमा हुने नियुक्तिहरूमा भागबण्डा दिने भएको छ । अहिले पनि सर्वोच्च अदालतमा नेकपा एसको वैधानिकता, माधव नेपाल र बाबुराम भट्टराईको बालुवाटार जग्गा प्रकरणलगायतका मुद्दा विचाराधीन रहेकाले अदालतलाई पनि सत्ता गठबन्धनकै हिस्सा बनाउन लागिएको हो ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरानिकटका व्यक्तिलाई मन्त्री बनाउन असहमत रहेका माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि पछिल्ला दिनमा सकारात्मक भएका छन् । दुवै नेताको बालुवाटार जग्गासम्बन्धी मुद्दाको फैसला कात्तिक २५ मा हुँदैछ ।

    स्रोतका अनुसार असार २८ को फैसलाबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने संवैधानिक इजलासका सबै न्यायमूर्तिले सत्ता साझेदारीमा भागबण्डा पाउने भएका छन् । केहीले संवैधानिक अंग र कतिपयले राजदूतमा आफूनिकट व्यक्तिलाई पठाउनेगरी अनौपचारिक समझदारी बनेको चर्चा कांग्रेसका नेताहरूबीच चलेको छ ।

    कांग्रेस नेता डा. शेखर कोइरालालगायतले न्यायाधीशहरूलाई सत्ता गठबन्धनको भागबण्डा दिइनु लोकतन्त्रका लागि र कांग्रेसको पहिचानका लागि गम्भीर धोखा हुने भन्दै आपत्ति जनाएका छन् । तर, सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच भने परमादेश जारी गर्ने न्यायाधीश र त्यसको बाह्य माहौल मिलाउन पूर्वप्रधानन्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई समेत कुनै न कुनै हिसाबले सम्बोधन गर्ने समझदारी बनेको छ ।

    कतिपयले प्रधानन्यायाधीशको कोटा भनेर देउवानिकट गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने र त्यही विषयलाई जोडेर प्रधानन्यायाधीश राणामाथि नैतिक प्रश्न उठाउँदै राजीनामा माग्ने तयारीसमेत भइरहेको बताएका छन् । यो खेलमा भने असार २८ को फैसलाका लेखक ईश्वर खतिवडादेखि वरिष्ठतम न्यायाधीश दीपक कार्कीसम्मका न्यायमूर्तिहरू नै संलग्न रहेका छन् ।

    राणाविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेर पदमा बस्नै नसक्ने अवस्था सिर्जना गर्ने र दीपक कार्कीलाई कामु भने पनि प्रधानन्यायाधीश बनाउनेसम्मका चलखेल भइरहेको चर्चा न्यायाधीशहरूबीचमै चलेको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरूको विहीबारको बैठकमा पनि अदालतलाई साथमै लिएर जाने विषयमा सामान्य छलफल भएको एक नेताले बताए । संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ र त्यस सम्बन्धी विवादसमेत सर्वोच्चमा रहेकाले प्याकेजमै सहमति गर्न खोजिएको उनको भनाइ छ ।

    संवैधानिक परिषद्को सदस्य र संवैधानिक इजलासको अध्यक्ष दुवै पदमा प्रधानन्यायाधीश रहने संवैधानिक व्यवस्था रहेकाले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ राणाले गर्न मिल्ने कि नमिल्ने भन्ने विवाद अदालतमा विचाराधीन छ । त्यसैले सत्ता गठबन्धनले संवैधानिक नियुक्ति उल्ट्याउने सन्दर्भमा राणाको पनि सहमति चाहिने भएकाले अदालतभित्रको गुटबन्दीमा सावधानीपूर्वक खेल्न खोजेको देखिन्छ ।

    अघिल्लो संवैधानिक नियुक्तिमा राणानिकट व्यक्तिले पनि ठाउँ पाएका छन् । अदालत ती नियुक्ति बदर गर्दा पनि राणाको कोटाबाट परेकाहरूको निरन्तरता दिने भनेर पनि सत्ता गठबन्धनले केही व्यक्तिलाई यसमा खटाएको छ । तर, अदालतभित्र चरम गुटबन्दी रहेकाले समस्या परेको छ । कतिपय न्यायाधीशलाई अवकाशपछिको मानवअधिकार आयोगको नियुक्तिको आश्वासनसमेत दिइएको छ ।

    परमादेश जारी गर्न वातावरण मिलाउने वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीशलाई बोलाइएको भनेपछि सर्वोच्च बारको चियापान समेत बहिष्कार गरेका थिए । त्यो भनेको गुटबन्दीको असर हो । त्यसो त कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायत पूर्वप्रधानन्यायाधीशहरूको तजबिजमा राणाविरोधी न्यायाधीशहरू चल्ने भएकाले अबका दिनहरूमा राणाविरोधी माहौल बनाउनेतर्फ अदालतभित्र र बाहिरका शक्तिहरू केन्द्रित हुने देखिएको छ ।

    सर्वोच्च अदालतका एक न्यायाधीशले नेपाल प्रेससँगै कुरा गर्दै गुटबन्दीका कारण न्यायपालिकाको छवि नराम्ररी बिग्रिएको बताए । उनले पछिल्लो समय सत्ता गठबन्धनले यही गुटबन्दीलाई प्रयोग गर्न खोज्दा प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशहरू पालैपालो बदनाम हुने अवस्था आएको बताए ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ? : भाग- ५

    असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या : भाग- ६

    असार २८ को बाइप्रोडक्ट: सहकर्मी सिध्याउन पल्केको काल संवैधानिक इजलासमा, निशाना चोलेन्द्र कि संविधान ? : भाग- ७

    असार २८ को ‘पोस्टमार्टम’ : कल्याणको सडक इजलास, हरिको अन्तरिम आदेश र चोलेन्द्रले चाल्ने कदम : भाग- ८

    असार २८ को ऐतिहासिक फैसलाका लेखकलाई ‘संविधानवाद’ माथि बहसमा आउन चुलै निम्तो : भाग- ९

  • प्रधानन्यायाधीशले भाग नमागेको गठबन्धनको स्पष्टोक्ति, स्वार्थ समूहले चलखेल गरेको देउवाको आशंका

    प्रधानन्यायाधीशले भाग नमागेको गठबन्धनको स्पष्टोक्ति, स्वार्थ समूहले चलखेल गरेको देउवाको आशंका

    काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको चासोबारे प्रकाशित समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग संवाद नभएको बताएका थिए । उनले स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने बताए ।

    बैठकपछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार नितान्त सत्तारुढ दलहरूको आन्तरिक विषय भएको बताए । ‘मन्त्रिपरिषद विस्तारको संवैधानिक दायित्व प्रधानमन्त्रीको हो । यसबारे सत्तारुढ दलभित्र आवश्यक छलफल भएकै छ । यसमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेका कुरा हो’, कार्कीले भने ।

    उनले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको बतएा । मन्त्री कार्कीले केही राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि अब तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

    बालुवाटार स्रोतका अनुसार आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयमा सत्तारुढ दलबीच सहमति जुटेको छ । ‘मन्त्रालय भागबण्डाको अधिकांश विषय मिलिसक्यो । भरे भोलिमा मन्त्रिपरिषद विस्तार हुन्छ’, सत्तारुढ दलका एक नेताले भने ।

  • केपी उप्रेतीदेखि गजेन्द्र हमाल – प्रधानन्यायाधीशलाई किन तानिँदैछ विवादमा ?

    केपी उप्रेतीदेखि गजेन्द्र हमाल – प्रधानन्यायाधीशलाई किन तानिँदैछ विवादमा ?

    काठमाडौं । जेठको अन्तिम साता धादिङको केपी सिमेन्ट उद्योगका सञ्चालक केपी उप्रेती मन्त्री बन्ने भनेर दौरा सुरुवाल लगाइसकेको चर्चा चल्यो । राजनीतिमा साइनो नभएका उप्रेती एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने हल्ला एमालेका शीर्ष नेताहरूको पंक्तिमा पनि चल्यो ।

    यसबारेमा नेताहरूले ओलीसँग सोधखोज गरे । कुरा कतैबाट आएको तर आफू सकारात्मक नभएको ओलीले बताए । एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले यस्तो गल्ती कुनै हालतमा नगर्न ओलीमाथि दबाब दिए ।

    पोखरेल र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई कुनै पनि शक्तिकेन्द्रको दबाबमा मन्त्री बनाइए एमालेको लागि ठूलो क्षति हुने भन्दै कडा ढंगले प्रस्तुत भएको त्यसबेलाका प्रत्यक्षदर्शी एक नेता बताउँछन् ।

    ओलीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेपछि उप्रेतीको नाम चर्चामा आएको थियो । असार ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २१ जना मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दियो ।

    ओलीलाई उनका वकिलहरूले असार ८ गते दिउँसै ‘आज अन्यथा आदेश आउन सक्छ’ भनिसकेका थिए । वनमा चितुवा कराउनु र खोरबाट सिँगारी बाख्रो हराउनुजस्तै ओलीले केपी उप्रेतीलाई मन्त्री बनाउन नमानेपछि अदालतले ओलीका २१ मन्त्रीलाई पदमुक्त गरेको चर्चा त्यसबेलै चलिसकेको थियो । केपी उप्रेतीको नाम चर्चामा ल्याउने खेल कताबाट चल्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

    हुन त त्यसअघि नै अदालतले ओली सरकारका ७ मन्त्रीलाई पदमुक्त गरिसकेको थियो भने नागरिकता अध्यादेशलगायतका मुद्दामा सरकारले एकपछि अर्को धक्का अदालतबाट व्यहोरिसकेको थियो । त्यसको क्लाइमेक्स चाहिँ असार २८ को फैसला थियो । जसले सरकार संसदबाट होइन अदालतको परमादेशबाट गठन गर्‍यो ।

    ओली सत्ताबाट हटेर बालकोट पुगेपछि देउवा बालुवाटार भित्रिएलगत्तै तिलक रावललाई मन्त्री वा योजना आयोगको उपाध्यक्ष बनाउन दबाब आएको सूचना कांग्रेसकै देउवानिकट नेताहरूले चुहाए । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमसेरका सम्धी भएकाले देउवा दबाबमा परेको भनियो ।

    यसबीचमा गठबन्धन सरकारले पूर्णता पाउन नसक्दा परमादेश दिलाउन सफल भएको भन्दै गोविन्द बन्दीको नाम मन्त्री बनाउनेमा सहमति जुटाएको कुरा पनि गठबन्धनबाटै चुहियो । विभिन्न शक्तिकेन्द्रको सहयोगबाट परमादेश जारी भएकाले गैरसांसद व्यक्तिहरूको नाम पनि त्यसैगरी आउने क्रममा पछिल्लोपटक दीपक तिमल्सिनाको नाम बाहिर ल्याइयो ।

    शक्ति केन्द्रहरू सबैतिर राम्रो सम्बन्ध रहेका र उपेन्द्र महतोका सहयोगी मानिने तिमल्सिनाको नाम विवादमा ल्याएर  बाँकेका गजेन्द्र हमाललाई शक्तिकेन्द्रको कोटा देखाएर मन्त्री बनाउने खेलमा बालुवाटारभित्रबाटै चलखेल भएको स्रोतहरू बताउँछन् ।

    कांग्रेस नेता सुरेन्द्र हमालका भाइ गजेन्द्र पनि कांग्रेस राजनीतिमा पुराना नेता हुन् । उनी प्रधानमन्त्री पत्नी आरजु राणाको निकटस्थ मानिन्छन् । राणा परिवारसँग उनको नाता भने रहेको छ ।

    बाँके कांग्रेसको दुई पटक सभापति भइसकेका गजेन्द्र पछिल्लो समय कांग्रेस राजनीतिमा सक्रिय छैनन् ।

    प्रधानन्यायाधीश राणा वीर शमसेरका पनाति हुन् भने आरजु राणा जुद्ध शमसेरतिरकी पनातिनी हुन् । दीपक तिमल्सिनाको नाम विवादमा पारेर हमाललाई मन्त्री बनाउने र प्रधानन्यायाधीशको कोटाबाट बनाएको चर्चा चलाएर न्यायपालिकाको गुटबन्दीलाई निर्णायक ठाउँमा लैजाने खेलअन्तर्गत यसो भएको आशंका गरिएको छ ।

    अचेल राजनीतिक दलभित्रका आन्तरिक विवाद समेत सर्वोच्च अदालतमा पुग्ने गरेका छन् । कुन न्यायाधीशको बेञ्चमा कसको मुद्दा पर्‍यो भन्ने आधारमा पेसी चढ्नसाथ उनीहरूले गर्ने आदेश वा फैसलाको अनुमान हुन थालिसकेको छ । यो भनेको न्यायपालिकाको लागि दुर्भाग्यपूर्ण हो ।

    वकिल र झगडीयाहरू पनि कम्फरटेबल इजलासमा मुद्दा नपरे सकेसम्म सार्ने रणनीति अख्तियार गर्न थालेका छन् । अहिले पनि सरकारसँग जोडिएका राजनीतिक मुद्दाहरू विचाराधीन रहेकाले सत्ता गठबन्धनले प्रधानन्यायाधीशको नाममा उनीविरुद्ध खुलेआम लागेका न्यायाधीशहरूको सुलह सुन्ने गरेको छ ।

    अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाविरुद्ध वरिष्ठतम न्यायाधीश दीपक कार्कीसहित असार २८ को फैसलामा संलग्न चारैजना वरिष्ठ न्यायाधीहरूले खुलेआम गुटबन्दी गरिरहेका छन् । बेन्च बहिष्कारदेखि न्यायपरिषद् बैठक बहिष्कारसम्मका खेल चलिरहेका बेला राणालाई सत्ता गठबन्धनमा भाग लिएको भनेर राजीनामा माग्ने वा महाअभियोगको दबाब दिने खेलअन्तर्गत केपी उप्रेतीबाट शुरू भएको सिलसिला गजेन्द्र हमालसम्म आएको त होइन ? यो प्रश्न पनि उठेको छ ।

    राणाले सर्वोच्च बार पदाधिकारीसँगको भेटमा यसबारे प्रष्ट पारिसकेका छन् । तर, सत्ता गठबन्धनले भने असार २८ को परमादेशमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान गर्ने शक्ति तथा व्यक्तिहरूलाई रिझाउन प्रधानन्यायाधीशलाई विवादमा तानेको आरोप छ । असार २८ को फैसलाका बाइप्रडक्टहरू देखिने क्रम बल्ल सुरू भएको छ ।

    नेपाल प्रेसले असार २८ को फैसलाको न्यायिक र बौद्धिक कोणबाट गरेको चिरफारका १० श्रृंखला पढ्नेहरूले अहिले प्रधानन्यायाधीशलाई विवादमा तान्न गरिएका चलखेलको आँकलन सहजै गर्न सक्छन् । यो प्रक्रियामा यत्तिमै रोकिने सम्भावना भने छैन । किनकी असार २८ को फैसलाको पृष्ठभूमि, त्यो फैसलाका परिकल्पनाकार (एलो प्यागोडा गुट) को लामो समयदेखिको याजना पूरा हुन बाँकी नै छ ।

    असार २८ को परमादेशका लेखकले फैसलामा प्रयोग गरेका झुट र त्रुटीहरूमाथि तथ्यसहितको व्याख्याका १० श्रृंखला यहाँ पढ्न सकिन्छ ।

    यो पनि पढ्नुस् :

    असार २८ को ‘ऐतिहासिक फैसला’ को पेटमा बोकाइएका ‘ऐतिहासिक झूट’ : भाग- १

    असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा : भाग- २

    बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि : भाग- ३

    असार २८ का ‘बाइप्रोडक्ट’ देखिन शुरू, ऐतिहासिक फैसला’ मा श्रीलंकाको ‘ललिता निवास’ काण्ड : भाग- ४

    असार २८ को ‘ऐतिहासिक फैसला’लाई प्रश्न- नेपाल देश र भारतीय प्रदेशको हैसियत बराबर हो ? : भाग- ५

    असार २८ को फैसलामा ‘संवैधानिक नैतिकता’, अन्तरविरोध र अपव्याख्या : भाग- ६

    असार २८ को बाइप्रोडक्ट: सहकर्मी सिध्याउन पल्केको काल संवैधानिक इजलासमा, निशाना चोलेन्द्र कि संविधान ? : भाग- ७

    असार २८ को ‘पोस्टमार्टम’ : कल्याणको सडक इजलास, हरिको अन्तरिम आदेश र चोलेन्द्रले चाल्ने कदम : भाग- ८

    असार २८ को ऐतिहासिक फैसलाका लेखकलाई ‘संविधानवाद’ माथि बहसमा आउन चुलै निम्तो : भाग- ९

     

     

  • मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु अतिरञ्जित : सर्वोच्च अदालत

    मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु अतिरञ्जित : सर्वोच्च अदालत

    काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीशको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

    सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै केहीदिनयता मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीशको नाम जोडिएर आएका समाचारको खण्डन गरेका छन् । मन्त्रिपरिषद्को गठन एवं विस्तार संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने भन्दै सर्वोच्चले प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडिएकोमा आपत्तिसमेत जनाएको छ ।

    ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद एवं खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

    सर्वोच्च अदालतबाट भएका अमूक फैसलासमेतलाई जोडेर गरिने प्रचारबाट न्यायालयको गरिमा घटाउने दुष्प्रयास भएको सर्वोच्चको भनाइ छ ।

    ‘सर्वोच्च अदालतको अमुक फैसलासेमतका सन्दर्भ जोडी यसप्रकारका समाचारहरु आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायबाहेक हरु केही हुनसक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।

  • राणाको नाममा कसले गर्दैछ चलखेल ? सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्यो

    राणाको नाममा कसले गर्दैछ चलखेल ? सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्यो

    काठमाडौं । मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले पनि कोटा मागेको भन्ने कुरा बाहिर आएपछि सर्वोच्च अदालत बार एशोशियशनले ध्यानाकर्षण गराएको छ ।

    सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले प्रधानन्यायाधीशलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

    आज आकस्मिक समय मागेर सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश राणालाई भेटेको सर्वोच्च अदालत बार एशोसिएशनका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।

    बार पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश राणाले आफ्नो कोटाबाट मन्त्री बनाउन लागिएको भन्ने हल्ला र आएका नामहरुसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

    प्रधानन्यायाधीशले सरकार निर्माण गर्दा आफूनिकटका गैरसांसदलाई मन्त्री बनाउन माग गरेको चर्चा चलेको छ । प्रधानन्यायाधीशनिकट स्रोतले भने सत्ता गठबन्धनले आफ्ना अनेक स्वार्थ समूहलाई खुसी पार्नका लागि गैरसांसदलाई मन्त्री बनाउनका लागि नियोजितरूपमा प्रधानन्यायाधीशलाई विवादमा तानेको दावी गरेको छ ।

    यस्तो विवादमा प्रधानन्यायाधीशलाई तानेर वरिष्ठतम न्यायाधीश दीपक कार्की, ईश्वर खतिवडा, आनन्दनमोहन भट्टराईलगायतको समूहले सर्वोच्च अदालतमा अस्थिरता निम्त्याउने र आफ्नो समूहको योजनाअनुसार अदालत चलाउन खोज्ने ढंगले सत्ता गठबन्धनलाई प्रयोग गरेको आरोपसमेत निकट स्रोतले लगाएको छ ।

    योजनाबद्धरूपमा सत्ता गठबन्धनका केही नेता, बारका केही पूर्वअध्यक्षसहितको समूह र सर्वोच्चका न्यायाधीशहरूको एउटा गुटले न्यायपालिकालाई विवादमा पार्न खोजेको आरोप राणानिकट स्रोतको छ ।

    आजै सर्वोच्च अदालतले यसबारेमा वक्तव्य निकाल्ने तयारी छ ।

  • सर्वोच्चको लिखित जवाफ- प्रधानन्यायाधीशले संवैधानिक इजलास छाड्ने निर्णय नै भएको छैन

    सर्वोच्चको लिखित जवाफ- प्रधानन्यायाधीशले संवैधानिक इजलास छाड्ने निर्णय नै भएको छैन

    काठमाडौं । सर्वोच्च अदालतले संविधानले नै प्रधान न्यायाधीशबाहेकको संवैधानिक इजलास परिकल्पना नगरेको भन्दै वरिष्ठतम न्यायाधीश स्वतः कायममुकायम प्रधानन्यायाधीश हुने अवस्थामा बाहेक इजलासको अध्यक्ष अरु हुन नसक्ने लिखित जवाफ दिएको छ ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे न्यायाधीश हरि फुयालको एकल इजलासले मागेको लिखित जवाफ रजिष्टार नारायण पन्थीको तर्फबाट सोमबार पेस भएको हो ।

    सो जवाफमा संविधानको धारा १२९ को उपधारा ६ लाई उदृत गर्दै प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले आफ्ना पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्ने उल्लेख छ ।

    त्यो अवस्थामा बाहेक अन्य अवस्थामा कायममुकामय दिने र हुने संविधान तथा अन्य प्रचलित कानूनमा नभएको भन्दै सर्वोच्च प्रशासनले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने जवाफ पेस गरेको बताइएको छ ।

    लिखित जवाफमा संविधानले तोकेको संवैधानिक इजलासको गठन प्रक्रिया, अधिकारक्षेत्र र इजलासबाट निरुपण हुने निवेदन एवम् मुद्दाको प्रकृतिबाट पनि पुनरावलोकन हुने प्रकृतिको नभएकाले रिट निवेदन नै खारेजको माग गरिएको छ ।

    अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानन्यायाधीशले हेर्न नमिल्ने मुद्दा सुनुवाइ गर्दा कायम मुकायम प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास संचालन गर्न आदेश माग गरिएको थियो ।

    अर्का अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि समेत सर्वोच्चको रजिष्टार नारायण पन्थीले पठाएको लिखित जवाफमा प्रधानन्यायाधीशसहित संवैधानिक इजलासको परिकल्पना संविधानले नगरेको उल्लेख छ ।

    प्रधानन्यायाधीशले संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइ हुँदा संवैधानिक इजलासमा नबस्ने निर्णय संविधान र कुन कानूनबमोजिम गरेको भनी रिट निवेदक रेग्मीले प्रश्न उठाएकोमा समेत अदालतले जवाफ दिएको छ ।

    सर्वोच्च प्रशासनले न्यायाधीशहरूको रिक्युजल (विवाद निरुपणबाट अलग हुने) कुरा सम्बन्धीत न्यायाधीश र इजलासको तजबिजको कुरा हो भन्ने असार २८ को फैसला उदृत गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा नबस्ने कुनै निर्णय नै नभएको जनाएको छ ।

    निर्णय नै नभएको र सल्लाह नै नदिएको विषयमा रिट निवेदन परेको पन्थीको लिखित जवाफमा उल्लेख छ । यसअघि इजलासका न्यायाधीशहरूको छलफलमा राणाले संवैधानिक नियुक्तिसम्बन्धी पेसी तोक्ने र फैसला हुने दिन अनुपस्थित हुने भन्ने कुरा बाहिर आएको थियो ।

  • एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको जिकिरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको आज पनि पेसी चढेको छ ।

    निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।

    यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

    एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् । त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।

  • सर्वोच्चबाटै संविधानमा ‘मन्दविष’, प्रधानन्यायाधीश जहिल्यै लाचार

    सर्वोच्चबाटै संविधानमा ‘मन्दविष’, प्रधानन्यायाधीश जहिल्यै लाचार

    काठमाडौं । संविधानको व्याख्याता सर्वोच्च अदालतभित्रै संविधान सिध्याउने खेल हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको हस्तक्षेपकारी भूमिका देखिन छाडेको छ ।

    अदालतबाहिरका शक्तिले न्यायाधीशहरूलाई चलाउँदा तत्काल केहीलाई राजनीतिक तथा गुटगत फाइदा भए पनि त्यसले दीर्घकालमा संविधानलाई संकटमा पर्ने टिप्पणी हुन थालेको छ ।

    संविधानले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासको कल्पना गरेको छैन । तर, संविधानकै बर्खिलाप हुनेगरी चारजना न्यायाधीश र दुईजना वकिलले जालसाजी गरेका भरमा प्रधानन्यायाधीशले संवैधानिक इजलास छाड्ने र बिदा बस्ने घोषणा गरेका छन् ।

    चारजना न्यायाधीश र दुईजना वकिलको जालसाजीमा परेर प्रधानन्यायाधीशले संवैधानिक दायित्वबाट पन्छिनु भनेको संविधान सिध्याउने शुरूआत अदालतबाटै भएको बुझ्नुपर्ने नेपाल बार एशोसियसनका कोषाध्यक्ष रुद्र पोखरेल बताउँछन् ।

    पोखरेलले नेपाल प्रेससँग भने, ‘संवैधानिक इजलासमाथि ठूलो जालसाजी हुन लागेको छ । प्रधानन्यायाधीशले आफैंविरुद्ध समेत परेको मुद्दा हेर्दिन भन्नु प्राकृतिक न्यायको सिद्धान्त होला । तर, सिद्धान्तभन्दा ठूलो संविधान हो । संविधानले जस्तासुकै र जसकाविरुद्ध मुद्दा परे पनि प्रधानन्यायाधीश भाग्न पाउँदैनन् । केही न्यायाधीश र वकिलको जालसाजीमा परेर उहाँले संवैधानिक दायित्वबाट भाग्न मिल्दैन ।’

    कि त संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश नरहने भनेर संविधान संशोधन गर्नुपर्‍यो, कि संवैधानिक परिषद् बैठकमा भाग लिएर नियुक्तिमा भागबण्डा गरेको भनेर अहिलेको सत्ता गठबन्धनले राणाविरुद्ध महाअभियोग लगाउनुपर्‍यो । होइन भने कुन निकायमा राणा थरका वा राणानिकटका कतिजनाले नियुक्ति पाए भनेर कुनै वकिलले इजलासमा बोलेका भरमा प्रधानन्यायाधीश संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।

    प्रधानन्यायाधीश पहिले नै बिदामा बस्ने, अनुपस्थित हुने भन्ने कुरा कुनै मान्छेले एक सातापछि म बिरामी पर्छु भन्नुजस्तै रहेको कानूनविद्हरू बताउँछन् । आगामी शुक्रबार प्रधानन्यायाधीश राणा अदालतमा अनुपस्थित हुने र वरिष्ठतम न्यायाधीश दीपक कार्कीले अन्य इजलासमा मुद्दाको पेसी तोक्ने पहिले नै तय भएको छ ।

    यसले गर्दा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चलखेल हुने र आफू अनुकूल पेसी तोक्न बिचौलियाहरूलाई पूर्वजानकारी समेत मिलेको पोखरेल बताउँछन् ।

    पोखरेलले भने, ‘आउने शुक्रबार र त्यसमाथिको फैसला हुने दिन दीपक कार्की श्रीमान्‌ले मुद्दाको पेसी तोक्नुहुन्छ भन्ने कुरा दुनियाँले थाहा पायो । सर्वोच्चमा २० हजार मुद्दा छन्, कसैको राम्रो सम्बन्ध छ भने उहाँलाई भनेर मेरो मुद्दा कम्फरटेबल इजलासमा राख्न चलखेल हुने भयो ।’

    प्रधानन्यायाधीशलाई संविधानले नै पेसी तोक्ने अधिकार दिएको अरुको हकमा यस्ता कुरा पहिले नै जानकारी हुँदा ठूलो चलखेल हुने पूर्वन्यायाधीश कृष्णजंग रायमाझी बताउँछन् ।

    प्रधानन्यायाधीशले संवैधानिक इजलासको अध्यक्षता छाड्ने कुराबाट सर्वोच्चकै न्यायाधीशहरू अचम्मित भएका छन् । राणाको ‘इमोसनल’ निर्णय हो भने यसले संविधान र न्यायपालिकालाई नै कमजोर बनाउने एक न्यायाधीशले बताए । उनले संवैधानिक परिषद् र संवैधानिक इजलास दुवै ठाउँमा प्रधानन्यायाधीशको उपस्थिति संविधानले बाध्यात्मक बनाएको बताए ।

    ती न्यायाधीशले भने, ‘प्रधानन्यायाधीश बिदामा बसेर पेसी तोक्ने र फैसला गर्ने सहमति भनेको सर्वोच्च अदालतबाटै संविधान कोल्याप्स गर्ने कुरा हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा एक दिन पनि संवैधानिक इजलास बस्न सक्दैन । यदि उनी अयोग्य हुन् भने महाअभियोग लगाउनुपर्‍यो होइन भने सर्वोच्च अदालतबाटै संविधानको बर्खिलाप जान मिल्दैन ।’

    पछिल्ला समयमा विकसित राजनीतिक घटनाक्रमसँगै सर्वोच्च अदालतमा इतिहासकै अनौठा घटना हुन थालेका छन । आफू अनुकूलका न्यायाधीश सम्मिलित नहुँदा बेञ्च बहिष्कार गर्नेदेखि अनेक बहानामा आफू अनुकूलका न्यायाधीश रहेमात्र सुनुवाइ शुरू गराउने परम्परा सर्वोच्च अदालतका लागि घातक संस्कार विकसित भएको छ ।

    २०४७ सालको संविधानमा कानूनमन्त्री न्याय परिषद्को पदेन सदस्य हुने व्यवस्था थियो । २०५१ मा एमालेको पहिलो सरकार बन्दा सुवास नेम्वाङ कानून राज्यमन्त्री भए । तर, संविधानमा राज्यमन्त्री न्यायपरिषद्को पदेन सदस्य हुने व्यवस्था नरहेको भन्दै तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले नेम्वाङलाई बैठकमा बोलाएनन् ।

    त्यसपछि नेम्वाङलाइ फूलमन्त्री बनाएर सपथ गराइएको सम्झिनेहरू संवैधानिक परिषद्को अध्यक्षता प्रधानन्यायाधीशबाहेक अरु न्यायाधीशले गर्ने कुरा संविधानविपरीत भएको बताउँछन् । संविधानको रक्षा गर्ने र व्याख्या गर्ने ठाउँबाटै असंवैधानिक काम भयो भने कसले जोगाउने ? अहिलेको प्रश्न यही हो ।

    कि त संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश नरहने भनेर संविधान संशोधन गर्नुपर्‍यो, कि संवैधानिक परिषद् बैठकमा भाग लिएर नियुक्तिमा भागबण्डा गरेको भनेर अहिलेको सत्ता गठबन्धनले राणाविरुद्ध महाअभियोग लगाउनुपर्‍यो । होइन भने कुन निकायमा राणा थरका वा राणानिकटका कतिजनाले नियुक्ति पाए भनेर कुनै वकिलले इजलासमा बोलेका भरमा प्रधानन्यायाधीश संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।

    कम्फरटेबल इजलास र न्यायाधीश-वकील जालसाजी

    पछिल्ला समयमा विकसित राजनीतिक घटनाक्रमसँगै सर्वोच्च अदालतमा इतिहासकै अनौठा घटना हुन थालेका छन । आफू अनुकूलका न्यायाधीश सम्मिलित नहुँदा बेञ्च बहिष्कार गर्नेदेखि अनेक बहानामा आफू अनुकूलका न्यायाधीश रहेमात्र सुनुवाइ शुरू गराउने परम्परा सर्वोच्च अदालतका लागि घातक संस्कार विकसित भएको छ ।

    त्यसैको एउटा उदाहरण हो, शुक्रबारको घटना । शुक्रबार बिहान सवा १० बजे सर्वोच्चको वेबसाइटमा पेसी सार्वजनिक भयो । सर्वोच्च अदालतमा सामान्यतया बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गर्छ, त्यो पनि प्रधानन्यायाधीशसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनकै आग्रहमा सिनियर न्यायाधीश सम्मिलित इजलास ।

    शुक्रबारको संवैधानिक इजलास गठन नहुँदै पुहँचवाला र चलखेलमा अभ्यस्त व्यक्तिहरूलाई केही लफडा हुने जानकारी थियो र त्यही अनुसार तयारी पनि । यसमा संवैधानिक इजलासमै रहेका केही न्यायाधीश पनि संलग्न थिए ।

    सर्वोच्च अदालतका फैसला र न्यायाधीशको व्यक्तिगत विषयमा समेत भ्रमपूर्ण विषयबाहिर आउँदा सर्वोच्च अदालत २ लाइन विज्ञप्तिको भरमा आफूलाई चोख्याउने प्रयासमा छ । अदालतको स्वतन्त्रताको रक्षाका लागि भन्दा पनि बाहिरी माहौल हेरेर निर्णय गर्ने परिपाटीले सर्वोच्च न्यायालयको गरिमा ध्वस्त पारेको छ ।

    जब संवैधानिक इजलास शुरू भयो, अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशमाथी गम्भीर आरोप लगाए । संविधानले संवैधानिक परिषद्को एकजना सदस्य प्रधानन्यायाधीश पनि रहेको र सो परिषद्ले नियुक्ति गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले भागवण्डामा समावेश भएको गम्भीर आरोप लगाए ।

    कानून व्यवसायीका तर्फबाट संविधानको प्रतिकूल हुनेगरी संवैधानिक इजलासबाट प्रधानन्यायाधीश राणाको बहिर्गमनको परिकल्पना पनि उनले त्यहाँ सुनाए । यसअघि दोस्रो प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा अबदेखि इजलास गठनमा प्रश्न उठाउन नपाउने भन्दै सरकारी वकिललाई व्यवसायिक जीवनमै असर पर्ने गरी फैसला लेखेका उनै न्यायाधीश ईश्वरप्रसाद खतिवडा चुइँक्क बोलेनन् ।

    यसलाई सहजै अनुमान गर्न सकिन्छ, यो निर्देशित घटनाक्रम थियो । त्यहाँ ओमप्रकाश एकजना वकिलमात्र बोलेका थिएनन्, इजलासमै विराजमान कतिपय श्रीमान्‌को पनि आवाज थियो त्यो । संविधानको मूल मर्ममाथि नै प्रश्न उठ्ने गरी भएको यो घटनाले न्यायिक स्वतन्त्रताको अपेक्षा गर्ने नागरिकलाइ निराश बनाएको छ ।

    प्रधानन्यायाधीशकै कमजोरी

    शुक्रबारको संवैधानिक इजलासमा अधिवक्ता अर्यालले प्रधानन्यायाधीशमाथि प्रश्नमात्रै गरेनन् गम्भीर आरोप पनि लगाए । अर्यालले लगाएका आरोपमध्ये-

    १. प्रधानन्यायाधीशले संविधानको प्रतिकूल हुने गरी संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनमा संलग्नता जनाए ।

    २. प्रधानन्यायाधीशले आफ्ना नातागोतालाई भागबण्डामा नियुक्ति गरे ।

    यी विषयमा प्रधानन्यायाधीशलाई आरोप लगाउँदै गर्दा प्रमाण भने इजलाससमक्ष एउटैमात्र थियो, त्यो भनेको बजार हल्ला । प्रधानन्यायाधीशमाथि यति गम्भीर आरोप लाग्दा तत्काल अवहेलनाको टिप्पणी उठाएर यसलाई पुष्टी गराउनुपर्थ्यो । तर, राणा आफैंले र अरु न्यायाधीशले सहज बनाइदिए ।

    प्रधानन्यायाधीश आफैंले संविधानप्रतिको अडान राख्न सकेनन् । अघिल्लो मुद्दामा इजलासबारे प्रश्न उठाउँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको तीन पुस्ता सिध्याइदिन्छु भन्ने ढंगले प्रस्तुत हुने न्यायाधीशहरू दीपक कार्की र ईश्वर खतिवडा प्रधानन्यायाधीशमाथिका आरोपमा आनन्दित देखिन्थे ।

    प्रधानन्यायाधीशसँगको अर्को विषय

    दोस्रो प्रतिनिधिसभा विघटनपछि सुनुवाइको अघिल्लो रात एउटा समाचार सनसनीपूर्ण रूपमा फैलियो । इजलासको सेटिङ गर्न प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश राणाबीच भेटवार्ता ।

    कसैले त प्रधानमन्त्रीले गाडी लिन पठाएर प्रधानमन्त्री निवास छिरे प्रधानन्यायाधीशजस्ता समाचार प्रकाशित गरे । उनी त्यतिबेला सर्वोच्च अदालतका विशिष्ठ कर्मचारीसहित भवन निर्माणको बैठकमा बसिरहेको भन्ने सूचना बाहिर आयो ।

    सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थी, सहरजिष्ट्रार बाबुराम दाहाल र सञ्चारविज्ञ किशोर पौडेल सहितका कर्मचारीले पत्रकार महासंघको रोहबरमा सम्बन्धित मिडियाका सम्पादकसँग छलफल गरे । तर, अनुमान प्रधानन्यायाधीशले केही गर्छन कि भन्ने थियो त्यसो गरेनन् । बरु चुपचाप बसे । यो समाचारको अहिलेसम्म स्वतन्त्र पुष्टी भएको छैन ।

    न्यायाधीशको बालुवाटार काण्ड

    गत बर्षको पुस अन्तिम साता पहिलो प्रतिनिधिसभा विघटनपछि परेको रिटको सुनुवाइ शुरू भएपछि संवैधानिक इजलासमै न्यायाधीशहरू सेटिङमा संलग्न रहेका आरोप लाग्यो ।

    सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, सपना प्रधान मल्लले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग भेटे भन्ने समाचार आयो । यसलाई आधार बनाएर शशी श्रेष्ठलगायतले इजलासमै कुरा उठाए ।

    ललितपुरको झम्सीखेलस्थित एक होटलमा बसी तयार पारेको समाचार केही मिडियाले छापे र सनसनी मच्चियो । यो विषयमा त झन सर्वोच्च अदालतले एउटा विज्ञप्ति लेखेर टार्‍यो । सबै तैं चुप मैं चुपको अवस्थामा रहे ।

    त्यसबेला सर्वोच्च अदालत प्रशासनले न्यायाधीशहरूलाई न्यायपालिकाको रक्षाका लागि बचाउने हतियार अवहेलनामा अगाडि बढ्न सुझाएको थियो । तर, दीपक कार्कीसहितको न्यायाधीशहरूको टोली अगाडि बढ्न सकेन ।

    जबकि प्रधानमन्त्रीलाई भेटेको भनेका दिन हरिकृष्ण घरमा पितृश्राद्धमा थिए भने सपना प्रधान दिनभर अदालतमै थिइन् । ईश्वर खतिवडा तीनै न्यायाधीश हुन् प्रधानन्यायाधीशसँग एक्ला-एक्लै भएको भेटमा आफूले बोलेका कुरा मिडियामा दिएर ‘मैले दिएको हुँ ? के गर्नुहुन्छ ?’ भन्ने ढंगले प्रस्तुत भए ।

    सर्वोच्च अदालतका फैसला र न्यायाधीशको व्यक्तिगत विषयमा समेत भ्रमपूर्ण विषयबाहिर आउँदा सर्वोच्च अदालत २ लाइन विज्ञप्तिको भरमा आफूलाई चोख्याउने प्रयासमा छ । अदालतको स्वतन्त्रताको रक्षाका लागि भन्दा पनि बाहिरी माहौल हेरेर निर्णय गर्ने परिपाटीले सर्वोच्च न्यायालयको गरिमा ध्वस्त पारेको छ ।

    अघिल्लो मुद्दामा इजलासबारे प्रश्न उठाउँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको तीन पुस्ता सिध्याइदिन्छु भन्ने ढंगले प्रस्तुत हुने न्यायाधीशहरू दीपक कार्की र ईश्वर खतिवडा प्रधानन्यायाधीशमाथिका आरोपमा आनन्दित देखिन्थे ।

    पछिल्ला दिनहरूमा महन्थ ठाकुर र एमालेसँग सम्बन्धित मुद्दाहरू दीपक कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको इजलासमा परेपछि कुनै न कुनै बहाना पारेर ती पक्षका वकिलले किन मुद्दा स्थगित गराइरहेका छन् ? किनकि उनीहरूले गर्ने फैसला अदालतमा होइन यलो प्यागोडामा तय हुन्छन् भन्ने आरोप छ ।

    असार २८ को ऐतिहासिक फैसलाका लेखक तथा परिकल्पनाकार न्यायाधीशको जवाफदेहीता सर्वोच्च अदालत र बहालावाला प्रधानन्यायाधीशप्रति होइन नागरिक अगुवा चार पूर्वप्रधानन्यायाधीशप्रति भएपछि रामशाहपथभन्दा कान्तिपथ हावी हुन्छ । सर्वोच्च अदालत होइन यलो प्यागोडा बलियो हुन्छ ।

    पछिल्ला घटनाक्रम यसैका सिलसिला हुन् र संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने कुरा सर्वोच्च अदालतबाटै संविधानलाई ‘मन्दविष’ पिलाउने कार्य हो भन्दा अदालतको अवहेलना हुन्छ भने परेको सहुँला, बुझाउँला र बेहोरौंला ।

  • ‘एडप्ट एन एनिमल’ मा प्रधानन्यायाधीशको साथ, एक जोडी बाघको खान्की व्यहोर्ने

    ‘एडप्ट एन एनिमल’ मा प्रधानन्यायाधीशको साथ, एक जोडी बाघको खान्की व्यहोर्ने

    ललितपुर । कोरोना महामारीले मानवीय जीवनलाई मात्र होइन संरक्षित वन्यजन्तु पनि मारमा परेका छन् ।

    यही सन्दर्भमा जावालाखेलस्थित सदर चिडियाघरले नयाँ अभियान शुरू गरेको छ, ‘एडप्ट एन एनिमल’ । जनावरलाई माया गरौं, खुवाऔं र बचाऔं भन्दै शुरू भएको यो अभियानलाई अभियन्ताहरूले साथ दिएका छन् ।

    यो अभियानबाट प्रभावित भएर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले पनि एक जोडी बाघ एडप्ट गरेका छन् । चिडियाखानामा रहेका प्रताप र जगती नामका भाले-पोथी बाघलाई एक वर्षसम्म आहारा खुवाउने आर्थिक दायित्व राणाले लिएका हुन् ।

    एडप्ट एन एनिमल अभियानकी अभियन्ता प्रजिता कार्कीले भनिन्, ‘प्रधानन्यायाधीश राणा हाम्रो अभियानबाट प्रभावित हुनुभएर साथ दिनुभएको छ । उहाँले एक जोडी बाघ एडप्ट गर्नुभयो । हामी साह्रै उत्साहित छौं ।’

    कार्कीले प्रकृति संरक्षण कोष, सदर चिडियाखानासँग समन्वय गरेर ५० जनाभन्दा बढीलाई यो अभियानमा सामेल गराइसकेकी छन् ।

    कोहीले चरा, कोहीले बाघ, हात्तीजस्ता जनावरको आहाराको जिम्मा लिएको उनले जानकारी दिइन् । जनावरलाई बचाउनुपर्छ, माया गर्नुपर्छ भन्ने धारणा विकास भएको भन्दै उनले प्रधानन्यायाधीश नै यो अभियानमा सामेल हुँदा अझ सहज भएको बताइन् ।

    सदर चिडियाखानाका सिनियर क्युरेटर रचना शाहले जनावर एडप्ट गर्ने अभियान प्रभावकारी ढंगले अघि बढेको जानकारी दिइन् ।

    उनका अनुसार वर्षभरी चिडियाखानामा रहेका सबै खाले जनावरहरूको खाना खर्च कम्तीमा ३ करोड रूपैया लाग्छ । बाघ, हात्ती, गैंडा, भालु, चिम्पान्जी, हाब्रेजस्ता जनावरलाई खाना खर्च बढी लाग्छ ।

    लकडाउनका बेला चिडियाखाना सुनसान भएपछि आयस्रोत पनि घटेको थियो । त्यसैले चिडियाखानाले जनावरलाई पर्याप्त खान्की दिन विभिन्न पहलहरू शुरू गरिएको हो ।

    शाहका अनुसार विश्वका अन्य देशमा रहेका चिडियाघरहरूमा समेत एनिमल अडप्ट गर्ने अभ्यास छ । नेपालमा गत मार्च ३ गते विश्व वन्यजन्तु दिवसको सन्दर्भ पारेर यो अभियान शुरूआत भएको हो । निवर्तमान प्रधानमन्त्री केपी ओलीले एक सिंगे गैंडा एडप्ट गरी अभियान शुरू गरेका थिए ।

    अभियन्ता कार्कीले भनिन्, ‘प्रकृतिलाई परेको अप्ठेरोले मान्छेलाई मात्र होइन, वन्यजन्तुलाई समेत पिरोलेको हुन्छ । जनावर बोल्न सक्दैन, बोल्ने र बुझ्न सक्ने मान्छेले तिनको मर्का सुनिदिनुपर्छ । त्यही भएर म केही महिनादेखि कोषको यो अभियानमा साथसाथै छु ।’

    प्रधानन्यायाधीश राणा र अन्य विशिष्ट व्यक्तित्वहरूमाझ आफूले यस्ता अभियान लिएर जाँदा सहर्ष स्वीकार गर्दै राम्रो प्रतिक्रिया पाएको उनले नेपाल प्रेससँग बताइन् ।

    प्रधानन्यायाधीश राणाले जस्तै नेपाल वायु सेवा निगमका अपरेशन डाइरेक्टर क्याप्टेन दिपुराज जुवारचन, प्रशंसा राज्यलक्ष्मी राणालगायत ५० जनाले विभिन्न जनावर एडप्ट गरेका छन् । वायु सेवा निगमकै वरिष्ठ क्याप्टेन विजय लामा यो अभियानका गुडविल एम्बेस्डर छन् ।

  • संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए, वरिष्ठतम न्यायाधीशले पेसी तोक्ने

    संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए, वरिष्ठतम न्यायाधीशले पेसी तोक्ने

    काठमाडौं । संवैधानिक परिषद‌्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् ।

    रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।

    प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको स्रोतले जनाएको छ ।

    संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुनेछन् ।

    संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।

  • संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश नबस्न अध्ययन समितिको सुझाव

    संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश नबस्न अध्ययन समितिको सुझाव

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्यायपालिका सुधार सम्बन्धमा सुझाव दिन गठन गरेको समितिले संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहन नहुने सुझाव दिएको छ ।

    न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बिहीबार प्रधानन्यायाधीश राणा समक्ष बुझाएको प्रतिवेदनमा संवैधानिक परिषदको सदस्यका रूपमा प्रधानन्यायाधीश रहन नहुने सुझाव दिएको हो ।

    एकातिर संवैधानिक इजलासको अध्यक्ष प्रधानन्यायाधीश रहने र अर्कोतर्फ संवैधानिक परिषदको सदस्य पनि प्रधानन्यायाधीश हुँदा परिषदका निर्णयको न्यायिक परीक्षणमा प्रभाव पर्ने राय दिइएको हो ।

    विकृति विसंगतिविहीन न्यायपालिकासम्बन्धी प्रतिवेदनमा न्यायपरिषदको संरचना राजनीतिक खालको भएकाले सक्षम न्यायाधीश नआउने र न्यायाधीश नियुक्तिदेखि नै भ्रष्टाचार शुरू हुने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा पेसी व्यवस्थापनमा समेत अनियमितता हुने गरेको उल्लेख छ । न्यायाधीश कार्की अध्यक्ष रहेको समितिमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे, बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेल, सर्वोच्च बारका सचिव ऋिषिराम घिमिरे सदस्य थिए ।

  • प्रधानन्यायाधीशको प्रश्न- परमादेश जारी भएर राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ ?

    प्रधानन्यायाधीशको प्रश्न- परमादेश जारी भएर राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको अवस्थामा राष्ट्रपतिले फैसला नमाने के हुन्छ भनी प्रश्न गरेका छन् ।

    संवैधानिक इजलासमा बहस गरिरहेका पूर्वमहान्यायधिवक्ता अग्निप्रसाद खरेललाई प्रधानन्यायाधीश राणाले व्यंग्यमिश्रित भावमा यस्तो प्रश्न गरेका हुन् । ‘यदि परमादेश जारी भयो र राष्ट्रपतिले मान्नुभएन भने के हुन्छ ? हा हा हा ’, राणाको प्रश्न थियो ।

    जवाफमा वरिष्ठ अधिवक्ता खरेलले सर्वोच्चले दिने आदेश मान्ने तर त्यस्तो आदेश आउने सम्भावना नदेखेको बताए ।

    ‘मान्न त मान्छौं श्रीमान तर त्यस्तो परमादेश जारी हुन्छ जस्तो मलाई लाग्दैन । अघिल्लो पटक पनि संसद पुनःस्थापना हामीले मानेकै हो । तर त्यतिबेलै संसदले सरकार दिन नसके विघटन हुन्छ भनिएकोले अहिलेको रिट त खारेज नै हुन्छ’, खरेलले भने । बहसका दौरान खरेललाई इजलासबाट निरन्तर प्रश्न सोधिएको थियो ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको प्रश्न अझ रोचक थियो । भट्टराईले सर्वोच्च अदालत ‘रेफ्री’ मात्रै होकी संविधानको अभिभावक पनि हो भनी प्रश्न गरेका छन् । ‘संविधानले राष्ट्रपतिलाई संविधानको रक्षक भन्छ । तपाईंहरू राष्ट्रपतिको निर्णयमा न्यायिक पुनरावलोकन हुँदैन भन्नुहुन्छ । तपाईंको विचारमा अदालत रेफ्री मात्रै हो की संविधानको अभिभावकत्व लिने पनि हो ?’, न्यायाधीश भट्टराईको प्रश्न थियो ।

    जवाफमा खरेलले अदालत संविधानको अन्तिम व्याख्याता रहेको बताए । ‘यो संविधानको अन्तिम व्याखाता हो यो अदालत । यसले गरेका निर्णय सबैले मान्नुपर्छ । मान्दै पनि आएका छन्’, खरेलले भने ।

    खरेलले प्रधानमन्त्री बन्नका लागि शेरबहादुर देउवाले बुझाएको कागजात अस्वभाविक रहेको बताएका छन् । कागजातमा टिपेक्स र केरमेट भेटिएको भन्दै खरेलले सांसदहरूको हस्ताक्षर अस्वाभाविक देखिएको बताए ।

  • देउवा पक्षका वकिललाई प्रधानन्यायाधीशको प्रश्न- बहसमा उभिएर जाने हो र ?

    देउवा पक्षका वकिललाई प्रधानन्यायाधीशको प्रश्न- बहसमा उभिएर जाने हो र ?

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न उठाएका छन् ।

    उनीहरुले बहसका लागि पाएका १२ घण्टामध्ये अब साँढे २ घण्टा बाँकी रहँदा सबै वकिलको दलीय आधारमा भागबण्डा पुर्याउन ३ मिनेटसम्मको समय बाँडफाँड गरेर इजलासमा पठाइएको छ ।

    आजको सुनुवाइमा बहस गर्न उभिएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीशले ३ देखि ५ मिनेट बहस गरेर के हुन्छ ? भन्ने प्रश्न राखेका थिए ।

    राणाको प्रश्न थियो, ‘३/५ मिनेट बहस गरेर के हुन्छ ? यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ?’

    देउवा पक्षको बहस आज सकिने सम्भावना छ ।

  • संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ को अर्थपूर्ण अग्रसरता

    संवैधानिक इजलासमा ‘ईश्वर श्रीमान्’ को अर्थपूर्ण अग्रसरता

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि सोमबार र मंगलबार संवैधानिक इजलास बस्न सकेन । मुलुकको पछिल्लो राजनीतिको गाँठो फुकाउन महत्वपूर्ण मानिएको न्यायिक प्रक्रिया २ दिन रोकिँदा त्यसबारे अनेक आँकलन गरिए ।

    बुधबार संवैधानिक इजलासको पेशी तोकिदासम्म मुद्धा के होला ? भन्ने अनेक तर्क वितर्क भइ नै रहे । खासगरी सरकारी पक्षले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईलाई इजलासबाट अलग गर्न माग गरेको थियो ।

    त्यसबारे २ न्यायाधीशले आफ्नो राय इजलासमै दिने चर्चाबीच सुरु भएको बुधबारको सुनुवाईमा आँकलन गरिएका कुनै घटना भएनन् । इजलास सुरु हुनासाथ प्रधानन्यायाधीश राणाले शेरबहादुर देउवासहित १ सय ४६ जना रिट निवेदक रहेको मुद्धाको पक्षमा रहेका कानुन व्यवसायीलाई बहस गर्न समय दिए ।

    राणाले समय दिदा सरकारी पक्षका कानुन व्यवसायीले धारणा राख्न खोजेका थिए तर उनले इजलासबारे बहस नहुने बताए । यहीबीचमा बहसका लागि तयार भइसकेका वरिष्ठ अधिवक्ता महादेव यादवलाई रोक्दै न्यायाधीश ईश्वर खतिवडाले समय लिए ।

    त्यसयता बुधबार दिनभरको सुनुवाईलाई न्यायाधीश खतिवडाले नै ‘लिड’ गरे । सुनुवाईको प्रारम्भमै खतिवडाले ‘कडा मिजास’मा प्रष्ट कुरा राखेका थिए ।

    ‘हामीसंग पनि भन्नैपर्ने कुरा धेरै छन् । तर यो इजलासबाट यतिबेलै सबै कुरा भन्न चाहन्नौं । न्यायालयप्रति पछिल्लो केहीदिन यता जे जस्तो प्रहार भइरहेको छ अब त्यो सहन्नौं । इजलासबारे अब केही सुन्दैनौं’, खतिवडाको भनाई थियो ।

    संविधानले प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासको कल्पनै नगरेको र आफूसहित ४ जना न्यायाधीश परिस्थतिवश इजलासमा रहेकोले अब इजलासबाट फिर्ता नहुने बताए । खतिवडाको यो भनाईले नै इजलास पुनर्गठनको मागलाई ‘अस्वीकार’ गरिसकेको थियो । अर्कोतिर ‘हामी चार जना एउटै डुंगामा छौं’ भन्ने भनाईले संवैधानिक इजलासमा रहेका ४ जना न्यायाधीशहरुबीच मतैक्य रहेको सन्देश प्रवाह भएको थियो ।

    इजलासको आदेश अनुसार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादव बहसमा आए । उनलाई न्यायाधीश खतिवडाले मुद्धाको मूल विषय र धारा ७६ को ५ सम्बन्धी विषयमा केन्द्रीत हुन आदेश गरे । रिट निवेदन पक्षबाट २ जनालाई मात्रै बहस गर्न दिने र दुवैलाई ३० मिनेटभन्दा एक मिनेट बढी समय नदिने खतिवडाले स्पष्ट पारिसकेका थिए ।

    यादवले आफ्नो बहस आधा घण्टा नपुग्दै टुंग्याए । अब पालो थियो वरिष्ठ अधिवक्ता शम्भु थापाको । थापालाई सुरुमै न्यायाधीश खतिवडाले अन्तरिम आदेश माग भएको विषयमा केन्द्रीत रहेर बहस गर्न आदेश गरे । थापाको बहस सकिनासाथ केही कानुन व्यवसायीले धारणा राख्न खोजेका थिए । तर खतिवडाले २ जनाको बहसपछि ‘टी ब्रेक’ गर्ने आदेश सुरुमै भएको स्मरण गराए । ‘अहिलेलाई टी ब्रेक । त्यसपछि के गर्नुपर्छ हामी भनौंला’, खतिवडाको आदेश थियो ।

    निर्धारित भन्दा ढिलो गरी ‘टी ब्रेक’ सकिएको थियो । मुद्धाबारे अन्तरिम आदेश आउने वा नआउने भन्नेमा बार एसोसियसनको परिसरमा चलेको कानुन व्यवसायीहरुको तर्क वितर्क शान्त भयो । ‘टी ब्रेक’पछि सुरु भएको इजलासलाई पनि न्यायाधीश खतिवडाले नै ‘लिड’ गरे ।

    ‘केहीबेरमा लिखित आदेश आउँछ, लिएर जानुहोला’, प्रधान्यायाधीश राणाले यतिमात्रै बोले । कानुन व्यावसायीले ‘आदेश तयार भइसकेको भए पढेर सुनाइदिन’ अनुरोध गरेपछि खतिवडाले अग्रसरता देखाए । ‘शेरबहादुर देउवा निवेदक भएको रिटलाई मुख्य मानेर हामीले केही आदेश गरेका छौं । यो मुद्धाको परिणामले अरु मुद्धामा पनि फरक पर्ने भएकोले हामीले केही व्यवस्था गरेका छौं । त्यो अहिले किन सुनाउनु ? प्रिन्ट हुँदैछ लिएर जानुहोला’, खतिवडाले भने ।

    त्यसपछि सर्वोच्च प्रशासनबाट जारी आदेशमा विपक्षीहरुको नाममा कारण देखाउने, अन्तरिम आदेश नगरी मुद्धाको अन्तिम किनारा लगाइने, छिटो फैसला गर्न बहस अवधी र प्रक्रिया छोट्याउने लगायतका विषय उल्लेख छन् । लामो समयदेखि ‘लिगल प्राक्टिक्स’ गरिरहेका कानुन व्यवसायीहरु बुधबारको इजलासलाई न्यायाधीश खतिवडाले ‘लिड’ गर्नु सकरात्मक रहेको बताउँछन् ।

    ‘ईश्वर श्रीमान्‌को आजको भूमिकाले सर्वोच्च अदालतलाई फाइदा पुगेको छ । प्रधानन्यायाधीश र इजलासका अन्य न्यायाधीशबारे प्रश्न उठेका बेला उहाँले जसरी लिड गर्नुभयो त्यसले अदालतप्रति भरोसा बढाएको छ’, एक वरिष्ठ अधिवक्ताले भने । सामान्यतया आफू सम्मिलित बेन्चमा प्रधानन्यायाधीले नै ‘लिड रोल’ गर्ने प्रचलन देखिन्छ । संवैधानिक इजलासमा बुधबारदेखि ‘ईश्वर श्रीमान्’ ले लिएको अग्रसरताले विचाराधीन मुद्धाको निरुपणलाई ‘न्यायिक तागत’ प्रदान गरेको जानकारहरु बताउँछन् ।

  • चिया ब्रेक गर्दै प्रधानन्यायाधीशले भने- मानहानीको कसुर लाग्न सक्छ, सम्झाउने मेरो कर्तव्य हो

    चिया ब्रेक गर्दै प्रधानन्यायाधीशले भने- मानहानीको कसुर लाग्न सक्छ, सम्झाउने मेरो कर्तव्य हो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले ११ जना न्यायाधीश संवैधानिक इजलासमा बस्न नमिल्ने भनी चारजना अधिवक्ताले पेस गरेको निवेदन अवहेलना सम्बन्धी कसूर आकर्षित हुने खालको रहेको भन्दै आफूले सम्झाउन खोजेको बताएका छन् ।

    संवैधानिक इजलासमा बहस गर्ने क्रममा महान्यायाधिवक्ता रमेश बडाललगायतले अमुक वकिलले इजलासमा प्रश्न उठाउँदा न्यायाधीश परिवर्तन हुने र अरुले उठाउँदा मानहानी किन लाग्ने ? भन्ने प्रश्न गरेको सन्दर्भमा राणाले त्यसको जवाफ दिएका हुन् ।

    प्रधानन्यायाधीशले चिया ब्रेक गर्दै भने, ‘कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर दावी गर्नु कसुर हो । त्यसैले निवेदन दिनेहरुलाई सम्झाउनु मेरो कर्तव्य हो । यसमा न्याय प्रशासन ऐनको दफा ३७ अनुसार कसुर ठहर सक्छ ।’

    अधिवक्ता दीपक मिश्र, राजाराम घिमिरे, यज्ञमणि न्यौपाने र कृष्णप्रसाद भण्डारीले हाल इजलासमा रहेकासहित ११ न्यायाधीशले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेस गरेका छन् ।

  • प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’, संवैधानिक इजलासबारे के होला ?

    प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’, संवैधानिक इजलासबारे के होला ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बैठक बोलाइएको छ ।

    ‘पूर्ण इजलास शुक्रबार बस्दैछ । सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुन्छ होला’, सर्वोच्च स्रोतले नेपाल प्रेससँग भन्यो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

    यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेका थिए । केसी र श्रेष्ठले मंगलबारको संवैधानिक इजलासमा आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए । सोही इजलासमा न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने घोषणा गरेका थिए ।

    मंगलबारको इजलासमा प्रधानन्यायाधीश राणाले जेठ २३ गते संवैधानिक इजलास बस्ने र आफूले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।

     

  • राष्ट्रपतिविरुद्ध परेका सबै रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    राष्ट्रपतिविरुद्ध परेका सबै रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाइका लागि राणको एकले इजलासमा पेशी तोकिएको छ ।

    देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा रिटमा परमादेशमार्फत सपथको बाटो खुला गर्न माग गरिएको छ ।

    सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार शेरबहादुर देउवासहित बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन्।१४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्च पुगेका थिए।

    देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

    त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च गएका थिए।

    १९ मध्ये ४ वटा रिट तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन र धारा ७६ (५) को प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियुक्त गर्न मााग गरिएका छन् ।

    सबै रिटमाथिको सुनुवाई राणाकै इजलासमा हुनेछ । सबै रिटमा विपक्षी राष्ट्रपति कार्यालयलाई बनाइएको छ ।