Tag: प्रदेश प्रमुख

  • नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ

    नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ

    काठमाडौं । नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

    प्रदेश प्रमुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित थिए ।

    सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख नियुक्त भएका थिए । नयाँ प्रदेश प्रमुखहरूमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।

    यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

  • राष्ट्रपतिबाट नयाँलाई नियुक्त गर्दै तीन प्रदेश प्रमुख पदमुक्त

    राष्ट्रपतिबाट नयाँलाई नियुक्त गर्दै तीन प्रदेश प्रमुख पदमुक्त

    काठमाडौं । तीनवटा प्रदेशका प्रमुखहरू पदमुक्त भएका छन् ।

    हिजो बसेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई पदमुक्त गरेकी हुन् ।

    उनीहरूको ठाउँमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा  नियुक्त गरेकी  छन् ।

     

     

     याे पनि पढ्नुहाेस् ।

    तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा

     

  • तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा

    तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा

    काठमाडौं । सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

    सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । नयाँ प्रदेश प्रमुखहरुमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट हुन् । जोशी संविधानसभा सदस्यसमेत हुन् ।

  • मन्त्रिपरिषद् बैठक, प्रदेश १ मा प्रदेश प्रमुख फेरिन सक्ने

    मन्त्रिपरिषद् बैठक, प्रदेश १ मा प्रदेश प्रमुख फेरिन सक्ने

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भएपनि केही आकस्मिक एजेण्डाबारे छलफल हुनसक्ने बताइएको छ ।

    बैठकमा नियमित कार्यसूचीबाहेक प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।

  • लुम्बिनीमा चार वर्ष नपुग्दै तीन प्रदेश प्रमुख

    लुम्बिनीमा चार वर्ष नपुग्दै तीन प्रदेश प्रमुख

    रुपन्देही । संघीयता कार्यान्वयन भएको चार वर्ष पूरा नहुँदै लुम्बिनी प्रदेशले तीन वटा प्रदेश प्रमुख पाएको छ । केन्द्रमा सरकार फेरिएसँगै प्रदेश प्रमुख पनि फेरिने परम्पराजस्तै बन्न थालेको छ ।

    शुरुमा सुशील कोइराला नेतृत्वको सरकारले नियुक्त गरेका उमाकान्त झा, केपी ओली नेतृत्वको सरकारले धर्मनाथ यादव र अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएको छ ।

    मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख तथा माओवादी केन्द्रका नेता अमिक शेरचनलाई नियुक्त गरेको छ ।

    पार्टी एकतापूर्वको तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । नेपाली कांग्रेसले ७ माघ ०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारपछि यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

    साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादवका पछिल्लो केही महिना तनाबमा बिते । लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले यसअघिका प्रदेश प्रमुख यादवलाई अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाइरहेका छन् ।

    ६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो । तर, मुख्यमन्त्री पोखरेलले त्यही दिन बिहान पदबाट राजीनामा दिए भने साँझ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश प्रमुख यादवले बहुमत नहेरी ‘राजनीतिक आस्था’कै आधारमा पोखरेललाई नियुक्ति दिएको आरोप विपक्षी गठबन्धनको छ । यादवलाई मुख्यमन्त्री कार्यालयमै पुगेर सपथ खुवाएकोप्रति विपक्षी गठबन्धनले आलोचना गरिरहेका छन् ।

    विपक्षी गठबन्धनमा खुसीयाली

    प्रदेश प्रमुख धर्मनाथ यादवलाई जसरी पनि हटाउने योजना बनाएका यहाँका विपक्षी गठबन्धन प्रदेश प्रमुख फेरिएपछि खुसी भएका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर माओवादी नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने उनीहरुको योजनामा यादवले तगारो हालेको निष्कर्ष विपक्षी दलको थियो ।

    अल्पमत पुष्टि भए सत्तामा एक मिनेट पनि नबस्ने बताएका मुख्यमन्त्री पोखरेल अहिले दलीय आधारमा बहुमतमा भएको बताउँदै आएका छन् । अल्पमतका मुख्यमन्त्री पोखरेल जबर्जस्ती सरकारमा रहेको आरोप गठबन्धनको छ । अब नयाँ प्रदेश प्रमुख नियुक्तिपछि पोखरेलको बहिर्गमन सहज हुने अपेक्षा विपक्षी गठबन्धनको छ ।

    देउवा प्रधानमन्त्री नियुक्त हुनासाथ कांग्रेसका नेताहरूले तत्काल प्रदेश प्रमुख फेर्न दवाव दिएका थिए, तर देउवाले ढिलाइ गर्दा लुम्बिनी प्रदेशले बजेट अध्यादेशबाट आयो ।

    बहुमत सांसद आफूतिर रहेको दाबी गरेका विपक्षीले नयाँ प्रदेश प्रमुख नियुक्तिसँगै प्रदेशसभा अधिवेशन आह्वान गर्ने र मुख्यमन्त्री पोखरेललाई विश्वासको मत ल्याउन लगाएर सरकारबाट हटाउने गठबन्धनले तयारी गरेका छन् ।

    पहिलो प्रदेश प्रमुख महन्थका सम्धी

    लुम्बिनीमा दोस्रो प्रदेशप्रमुख बनेका उमाकान्त झा जसपा नेता महन्थ ठाकुरका सम्धी हुन् । त्यो समयमा जसपा अध्यक्ष मण्डलका अधिकांश नेताहरु राजधानी बाहिर लागेपछि सो पार्टीकै सिफारिसमा उमाकान्त झा प्रमुख बनेको खबर आएपछि नेताहरु आश्चर्यमा परेको खबर बाहिरिएको थियो ।

    झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । यति भएकै कारण मात्रै उनी प्रदेश प्रमुख भएका थिएनन् । उनी जसपा अध्यक्ष महन्थ ठाकुरका सम्धी भएकाले प्रदेश प्रमुख भएको आरोप लागेको थियो ।

    ठाकुर कांग्रेस छाडेर बुढेसकालमा मधेस राजनीतिमा होमिएका नेता हुन् । ठाकुरकी छोरी मीनाक्षीको विवाह केही समय पहिले उमाकान्त–इन्द्रा झाका छोरासँग भएको थियो । त्यसपछि ठाकुरको राजनीतिमा उनीहरु हावी हुन थालेको मानिन्छ ।

    तत्कालीन तमलोपाका अध्यक्ष ठाकुरले दोस्रो संविधानसभामा सम्धिनी इन्द्रालाई सभासद बनाएका थिए । ठाकुरकै पहलमा सम्धी उमाकान्त झा प्रदेश ५ को प्रमुख बन्न सफल भएको खिलराज रेग्मी सरकारमा मन्त्री बनाउन पनि सम्धी ठाकुरले नै पहल गरेको विषय चर्चामा आएको थियो ।

    दोस्रो प्रदेश प्रमुख

    दोस्रो पटक प्रदेश प्रमुख तोकिएका धर्मनाथ यादव सिराहाका पुराना वामपन्थी नेता हुन् । त्यो समयमा प्रदेश प्रमुख नियुक्त भएको खबरपछि उनले न्याय पाएको समाचार बाहिर आएको थियो । करीव ५० वर्षअघि १६ पैसा लेबी तिरेर कम्युनिस्ट पार्टीको सदस्यता पाएका यादवले लाभको पद भने कहिल्यै पाएनन् ।

    ०४८ सालमा संसदीय निर्वाचन प्रतिस्पर्धा गरेका यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन् ।

    धर्मनाथ पुराना शिक्षक हुन् । सिराहाको सुखीपुर नगरपालिका ६ खरही टोल निवासी ७० वर्षीय यादव ०४३ सालमा शिक्षण पेशा छाडेर तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा पूर्णकालीन भएका थिए ।

    ०७३ साल फागुन गते झापाको बिर्तामोडमा बसेको तत्कालीन एमालेको स्थायी समिति बैठकले उनलाई पूर्ण केन्द्रीय सदस्य बनाएको थियो । यसअघि उनी ०४८ साल र ०५१ सालमा एमालेबाटै आम निर्वाचन लडेका थिए । तर, जित्न सकेका थिएनन् ।

    यादव साहित्यकार र गीतकार पनि हुन् । उनले मैथिली र नेपाली भाषामा साहित्य रचनाहरु गर्दै धेरै गीतहरु समेत लेखेका छन् ।

    दुई प्रदेशको प्रमुख हुने भाग्यमानी शेरचन

    माओवादी केन्द्रको भागवण्डामा तत्कालीन नेकपाबाट गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका अमिक शेरचन गण्डकी प्रदेश प्रमुखबाट १८ महिना २ दिनपछि बाहिरिए । नेकपा अलग भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर उनको स्थानमा सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । अहिले उनै अमिक लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

    गण्डकी प्रदेशबाट बाहिरिँदै गर्दा प्रदेश प्रमुखको पद अस्वीकार गरे पनि पार्टीको निर्णय मानेर प्रदेश प्रमुख बनेको शेरचनले बताएका थिए । अहिले गठबन्धनकै भाडवण्डामा अमिक प्रदेश प्रमुखको ‘दोस्रो इनिङ’का रूपमा लुम्बिनीमा नियुक्त भएका छन् ।

    सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गर्दै नेकपा माओवादीको सिफारिसमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरिएको हो ।

    बामपन्थी बिचारधारामा निष्ठापूर्वक अडिग रहने थोरैमध्येका व्यक्तित्वमा पर्दछन् अमिक शेरचन । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताएका छन् ।

    उनी वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका छोराका रुपमा उनको जन्म भएको हो । उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन् ।

    वामपन्थी राजनीतिमा युवावस्थादेखि नै सक्रिय रहदैं आएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए ।

    शेरचन वि.सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए, जुनबेला केन्द्रीय अध्यक्षमा डा.बाबुराम भट्टराई रहेका थिए । एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए ।

    पछि वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनबाट शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनेका थिए । वि.सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो ।

    माओवादीमा पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टी अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
    वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आमन्त्रित सदस्य पनि रहेका थिए ।

  • ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ

    ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ

    काठमाडौं । सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उनीहरू दुवैजना चितवनका हुन् ।

    केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।

  • अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा प्रमुख बन्न नपाउने

    अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा प्रमुख बन्न नपाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखका लागि सिफारिस गरेका अमिक शेरचन र तिलक परियारले पहिलेकै प्रदेशमा नियुक्ति पाउन संवैधानिक अड्चन देखिएको छ ।

    माओवादी स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी र परियारलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न सरकार समक्ष सिफारिस गरेको छ । आजै मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने भनिएको छ ।

    तर, संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नसक्ने व्यवस्था गरेकाले उनीहरुलाई अरु प्रदेशमा नियुक्ति गर्नुपर्ने हुन्छ ।

    सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरेको छ ।

  • अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

    अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुखमा पठाउने निर्णय गरेको छ।

    मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेश र परियारलाई प्रदेश २ का लागि पठाउने निर्णय गरेको हो ।

    नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि केपी ओली नेतृत्वको सरकारले परियार र शेरचनलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो । नयाँ सरकारले ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ नियुक्त गर्ने सम्भावना छ ।

  • प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपाल पक्षले पनि दुईजना पाउने

    प्रदेश प्रमुखहरू हटाउने तयारी, माधव नेपाल पक्षले पनि दुईजना पाउने

    काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने सहमति शीर्ष नेताहरूबीच भएको छ । केहीलाई तत्कालै हटाउने तयारी छ ।

    गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको छ । आजै माधव नेपालसँग प्रचण्डले भेट गरेका छन् ।

    नेपालले नाम तत्कालै दिन एमाले एकता वा विभाजनको प्रक्रिया टुंगो नलागेकाले समस्या भएपछि तत्काल सबै प्रदेशका प्रमुख नहटाइ केहीलाई पदमुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

    हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

    प्यासी एमाले निर्वाचन आयोगका प्रमुख हुन् भने सीता पौडेल र धर्मनाथ यादव केन्द्रीय सदस्य हुन् । कलौनी र यादव पनि एमालेकै नेता हुन् भने राजेश झा अहिराज मधेशवादी अभियन्ता हुन् ।

  • अमिक शेरचनले भने- मलाई हटाउनु निरंकुशताको पराकाष्ठा (भिडियो)

    अमिक शेरचनले भने- मलाई हटाउनु निरंकुशताको पराकाष्ठा (भिडियो)

    पोखरा । सरकारले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरेका अमिक शेरचनले आफूलाई हटाउनु निरंकुशताको पराकाष्ट भएको टिप्पणी गरेका छन् ।

    मंगलबार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले सरकारको निर्णयप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् ।

    तपाईंलाई हटाउनुलाई राजनीतिक प्रतिशोध भन्न मिल्यो ? भन्ने संवाददाताहरूको प्रश्नमा उनले भने, ‘राजनीतिक प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको मलाई अनुभूति भएको छ। निरंकुशताको पराकाष्ठाको सूचक हो भन्ने मलाई लाग्या छ ।’

    ‘तिमीले यहाँनेर गल्ती गर्‍यौ भनेको भए कहाँ गल्ती गरेँ भनेर मैले हेर्थें होला,’ शेरचनले भने, ‘अब फेर्नुपर्‍यो भनेको भए त म राजीनामा दिन्थेँ । राजीनामा दिन पहिले लिएर गएको मान्छे हुँ । म त बस्नै नचाहेको मान्छे हुँ ।’

    प्रतिशोध साँधेर आफूले कसैलाई पनि पक्षपात नगरेको दावी गर्दै उनले कसैलाई त्यस्तो गरेको लागेको भए प्रमाण दिनुपर्ने जिकिर गरे ।

    ‘राजनीतिक कारणले हो भने मैले राजनीतिक रूपमा कुनै पक्षपात गरेको प्रमाण हुनुपर्‍यो,’ उनको भनाइ छ, ‘सरकारले जे ल्यायो, मैले संविधान हेरेँ नियममा जे उल्लेख गरेको छ, त्यही अनुसार मैले सदर गरिदिएँ ।’

  • नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

    नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ

    काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

    आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

    पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

    त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

    यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

  • को हुन् गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बनेका पौडेल र यादव ?

    को हुन् गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बनेका पौडेल र यादव ?

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    त्यससँगै रिक्त पदमा मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ। नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

    पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

    त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

    यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

  • गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

    गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

    बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

    यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

  • मन्त्रिपरिषद् बैठक : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस

    मन्त्रिपरिषद् बैठक : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो ।

    उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

  • गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

    गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

    जनकपुरधाम । प्रदेश दुइका प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखसँग छलफल गरेका छन् । मंगलबार प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अहिराजले प्रदेश दुइ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत गरेका हुन् ।

    उनले प्रदेश दुइको गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भने, ‘जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’ बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

    उनले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोवल टुट्ने गरेकोप्रति ध्यानाकर्षण गराएको प्रदेश प्रमुख कार्यालयका एकजना अधिकारी विशेष साहले जानकारी दिए । उनले भने ‘बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।’

    युवा शक्ति विदेशिनु परेकाले ती युवालाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठूलो योगदान दिनसक्ने प्रदेश प्रमुखले बताए । आफ्नै देशमा केही गर्न सक्ने युवा पैसाको अभावमा विदेशिनु परेको बताउदै उनले त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

    प्रदेश प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको सहभागिता रहेको थियो । यसैगरी, प्रदेश दुइमा रहेका प्रत्येक बैंकका प्रादेशिक प्रमुखको सहभागिता रहेकाे थियो ।

  • प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश अहिराज नियुक्त

    प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश अहिराज नियुक्त

    काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन् ।

    नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त  ठाउँमा झालाई नियुक्त गरिएको हो ।

    यो पनि पढ्नुहोस् : राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त