Tag: प्रदीप नेपाल

  • माधवले झेली गरेको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी

    माधवले झेली गरेको भन्दै प्रदीप नेपालले छाडे एकीकृत समाजवादी

    काठमाडौं । माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी) बाट बिदा लिएको घोषणा गरेका छन् ।

    पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा (एस) को सनाखतका लागि निर्वाचन आयोग पुगेका थिए ।

    बारम्बारको कुराकानीमा जबज नहुने भए नाम नलेख्न भनेकोमा माधव नेपालले आफूलाई धोका दिएको नेपालले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाएका छन् । आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी भएको भन्दै उनले केपी ओलीसँग पनि नजाने बताएका छन् ।

    ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’

  • एकीकृत समाजवादीलाई समर्थन गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

    एकीकृत समाजवादीलाई समर्थन गर्न निर्वाचन आयोग पुगे प्रदीप नेपाल

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टीको दर्ता सनाखत प्रक्रिया निर्वाचन आयोगमा जारी छ । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता प्रदीप नेपाल पनि नयाँ पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुगेका छन् ।

    यसअघि पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा आफ्नो नाम आउँदा नेपालले आफू कतै पनि नरहेको स्पष्टीकरण दिएका थिए । पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा उनको हस्ताक्षर छैन । तर, आज उनी नेपाल पक्षमा खुलेका छन् । नेपालको नाम सनाखत भएको बताइएकाे छ ।

    स्वास्थ्य अवस्था कमजोर भएका कारण नेपाल सहयोगीको सहारामा आयोग पुगेका थिए । उनले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।