Tag: प्रदर्शन

  • चुनाव घोषणा र मुल्यवृद्धि फिर्ता माग्दै सिंहदरबारमा युवा संघको कालो बेलुन प्रदर्शन (तस्बिर/भिडिओ)

    चुनाव घोषणा र मुल्यवृद्धि फिर्ता माग्दै सिंहदरबारमा युवा संघको कालो बेलुन प्रदर्शन (तस्बिर/भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघले आइतबार स्थानीय तहको निर्वाचनको मिती घोषणा र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

    विरोधस्वरुप उनिहरु कालो बेलुन बोकेर सडकमा उत्रिएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ। पछिल्लोपटक पेट्रोलको मुल्य गत साता प्रति लिटर ३ रुपैयाँ बढाइएको थियो।

    सरकारले स्थानीय तहको निर्वाचन जेठमा गर्ने तयारी गरेपनि औपचारिक निर्णय गरिसकेको छैन। प्रदर्शनमा उत्रिएका केही युवा संघ कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ।

    प्रदर्शनका क्रममा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्यहरु जयराम लामा,अजित लामा, गणेश थापालाई प्रहरीले पक्राउ गरेको अन्तरजिल्ला विशेष प्रदेश कमिटीका संयोजक जय गुरुङले बताए । सो कार्यक्रम विशेष प्रदेश कमिटीको समन्वयमा भएको थियो ।

    तस्बिरहरु : उमेश कार्की

  • बलात्कार आरोपी मन्त्री शाही बर्खास्तको माग गर्दै प्रदर्शन, युवासंघले घेर्यो कर्णाली मुख्यमन्त्री कार्यालय

    बलात्कार आरोपी मन्त्री शाही बर्खास्तको माग गर्दै प्रदर्शन, युवासंघले घेर्यो कर्णाली मुख्यमन्त्री कार्यालय

    सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गर्दै नेकपा एमालेनिकट युवा–विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।

    युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

    ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका शाहीलाई आफ्नै स्वकीय सचिवकी श्रीमती बलात्कारको आरोप लागेको छ ।

    मन्त्री बर्खास्तीको माग गर्दै भएको प्रदर्शनमा सयौं एमालेनिकट युवा विद्यार्थीको सहभागिता छ ।

  • काठमाडौंमा भूतपूर्व गोर्खाद्वारा प्रदर्शन (तस्वीर र भिडियो)

    काठमाडौंमा भूतपूर्व गोर्खाद्वारा प्रदर्शन (तस्वीर र भिडियो)

    काठमाडौं । समान पेन्सन लगायतका माग राख्दै १४ दिनदेखि आमरण अनसनमा बसेका भूतपूर्व गोर्खाको समर्थनमा आज काठमाडौंमा समेत प्रदर्शन भएको छ ।

    अनसनमा बसेकाहरुको जीवन रक्षाको माग गर्दै काठमाडौंको माइतीघरमा भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको हो । नेपाल र बेलायत सरकारले माग पुरा गराउन तत्काल कदम चाल्नुपर्ने समिति महासचिव एसबी घिसिङले बताए ।

    दुबै देशका सरकारले माग पुरा गराउन काम नगरेपछि आफूहरु सडकमा उत्रिएको उनले बताए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि अनसनमा बसेकाहरुको मागमा बेलायतले चासो दिएको छैन ।

    हेर्नूस तस्वीरहरु :

     

     

     

  • सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनकारीले विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड बोकेका थिए ।

    राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न सुझावसहित संविधान अतिक्रमणको विरोध गर्दै उनीहरूले संविधानको प्रति पनि प्रदर्शन गरे ।

    आन्दोलनरत विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपाल पक्ष), समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं छन् । उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्ष घोषणा गरेका छन् ।

     

     

  • भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन

    भासिएको कमला पुलबारे छानविनको माग गर्दै सिरहामा प्रदर्शन

    जनकपुरधाम । १० वर्ष लगाएर निर्माण गरिएको हुलाकी सडकअन्तर्गतको कमला पुल भासिएपछि सिरहामा आन्दोलन सुरू भएको छ ।

    पुल भासिएको विषयमा छानविन गर, अविलम्ब पुल निर्माण गर, दोषीलाई कारबाही गरलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका युवाहरूले सिरहा सदरमुकाममा प्रदर्शन गरेका हुन् । सरकारको उदासिनताले ठेकेदार गुणस्तरहीन काम गरेको र त्यही कारण पुल भासिएको उनीहरूको भनाइ छ ।

    यसैबीच, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भासिएको पुलको निरीक्षण गरेका छन् । उनले पुल पुन: निर्माण ठेकेदार कम्पनीलाई गर्नुपर्ने भन्दै समयमा पुल संचालन नहुनु राज्यलाई घाटा भएको उनले बताए ।

    सिरहा-धनुषा जोड्ने कमला पुल निर्माणको ठेक्का २०६८ मै पप्पु-लुम्बिनी जेभीले पौने २५ करोडमा ठेक्का लिएको थियो । तर, पछि पप्पुले काम छाडेपछि लुम्बिनी बिल्डर्सले बाँकी काम गराएको छ ।

  • म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

    म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

    लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

    बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । शनिबार भएको प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ ।

    बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए ।

    प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए । प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, ‘म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनः स्थापना लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी-७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौं, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौं ।’

    प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।
    म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

    हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पार्ने गरेको छ । त्यतिबेलाको निर्वाचन निश्पक्ष नभएकाले अब निश्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

    सेनाले सत्ता हातमा लिएपछि त्यसका विरुद्धमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ ।

  • स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन

    स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुर अस्पताल अगाडी प्रदर्शन

    जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा चरम लापरबाही गरेको भन्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग्दै यूवाहरुले प्रदर्शन गरेका छन् ।

    प्रादेशिक अस्पताल अगाडी स्थानीय यूवाहरुले सामाजिक दूरी कायम राखेर स्वास्थ्यमन्त्री त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहको राजीनामा मागेका हुन् ।

    कोरोना संक्रमितलाई उपचारको व्यवस्था गर्न असफल भएको भन्दै स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा मागेको ती युवाले बताएका छन् ।

    प्रदर्शनमा सहभागी युवाले कोरोनाको उपचार निःशुल्क गर, जनता मार्न पाइँदैन, अक्सिजनको व्यवस्था गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले सरकारको लापरबाहीले संक्रमितहरु उपचार नपाएर ज्यान गुमाउन बाध्य बनिरहेको आरोप लगाएका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरले कोभिड वार्ड सञ्चालन त गरेको छ तर डाक्टर नबस्ने गरेको र स्वास्थ्य सामग्री पनि बाहिरबाट किन्न लगाएको बिरामीका आफन्तको आरोप छ । डाक्टरले लापरबाही गरेकै कारण बुवाको ज्यान गएको भन्दै दाजु-भाईले कोभिड वार्डकै भेन्टिलेटर तोडफोड गर्दा अहिले प्रहरी हिरासतमा छन् ।

    जनकपुर पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । दैनिक डेढ सयदेखि २ सयसम्म संक्रमित भेटिन थालेपनि प्रदेश र संघीय सरकार कोरोना रोकथाम तथा नियन्त्रण र सहज उपचारको प्रबन्ध मिलाउन सकेका छैन ।

  • कर्मचारीमैत्री ऐनको माग गर्दै सिहंदरबारभित्र नासुहरुको प्रदर्शन (भिडियो)

    कर्मचारीमैत्री ऐनको माग गर्दै सिहंदरबारभित्र नासुहरुको प्रदर्शन (भिडियो)

    काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु(नासु) आन्दोलित भएका छन् ।

    संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको तथा ऐनको व्यवस्था अनुसार नायव सुब्बाहरुमाथि अन्याय भएको भन्दै बिहीबार सिंहदबारभित्र काम गर्ने नायव सुब्बाहरुले सिंहदरबार भित्रै प्रदर्शन गरेका हुन् ।

    सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायव सुब्बाहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीहरुले ‘हामी अधिकार भन्दापनि न्याय माग्न आएका हौँ’, ‘माननीयज्यू नासुको आँसु देख्नुभएन ?’, ‘गिराएर मनोबल ! कस्तो खोजेको प्रतिफल ?’, ‘राजपत्र अनङ्कित श्रेणीको कर्मचारीको अनुभवलाई अनुभव मान’ लगायतका प्लेकार्ड बोकेका थिए ।

    यस्तै प्रहरीले नियन्त्रणमा लिन थालेपछि प्रदर्शनकारीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारावाजी समेत गरेका थिए । माग पुरा नभएसम्म आफुहरुको आन्दोलन जारी रहने नायव सुब्बाहरुले बताएका छन् ।

    राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्धितिय श्रेणीको खुल्ला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने माग आफुहरुको रहेको नायव सुब्बा श्रीराम पौडेलले बताए ।

    प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीहरुको मनोबल घटाउने मात्र नभई हित विपरित भएकोले उक्त ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायव सुब्बा लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको उनको भनाइ छ ।

    प्रस्तावित ऐनले कर्मचारीहरुको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरुलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागि नायव सुब्बा लक्ष्मण गुरागाँई बताउँछन् ।

    आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने मागलाई सरकार, संसद र सांसदहरुले सम्बोधन गर्नुपर्ने अर्का नायव सुब्बा सुष्मा थापाले बताइन्।

  • म्यानमारकाे सैनिक दमनविरुद्ध  पुल्चोकमा प्रदर्शन

    म्यानमारकाे सैनिक दमनविरुद्ध पुल्चोकमा प्रदर्शन

    काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ ।

    प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार विहान संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

    म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् ।

    प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।

    मानवअधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलङ्घन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्धारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

  • म्यानमार हिंसाविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

    म्यानमार हिंसाविरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । म्यानमारमा भएको हिंसा तथा दमनविरुद्ध आज पनि प्रदर्शन गरिएको छ ।

    माओवादी केन्द्रनिकटको अखिल क्रान्तिकारीले काठमाडौंस्थित म्यानमार दूतावासअघि प्रदर्शन गरेको हो । प्रदर्शनमा अध्यक्ष रन्जित तामाङलगायतका विद्यार्थी नेताहरू सहभागी थिए ।

    म्यानमारका राजनीतिक बन्दीको बिनाशर्त रिहाइका लागि विश्व एक हुनुपर्ने र मानवताविरुद्धको अपराध रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक मदम चाल्नुपर्ने आवाज उठाउँदै नागरिक समाज, विभिन्न संघसंगठनबाट निरन्तर प्रदर्शन भइरहेका छन् ।

  • बिरामीको मृत्युपछि चिकित्सक फरार, मृतकका आफन्त आन्दोलित

    बिरामीको मृत्युपछि चिकित्सक फरार, मृतकका आफन्त आन्दोलित

    जनकपुरधाम । सिरहामा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।

    नरहा गाउँपालिका-३ स्थित नयाँ चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा उपचारको क्रममा ६४ वर्षीय रामसुफल महतोको मृत्यु भएको हो ।

    वान्ता आउने र ब्लडप्रेसर बढेपछि सोही गाउँपालिका-३ डन्डाटोल घर भएका महतो चैत ९ गते क्लिनिकमा भर्ना भएका थिए ।

    ‘क्लिनिकमा डाक्टरले उपचार गरेपनि स्वास्थ्यमा सुधार नआउँदा रेफर गर्न भनेको थिएँ’, मृतकका छोरा लालबिहारी महतोले भने, ‘तर डाक्टरले यही ठिक हुन्छ भन्दै ढाँटेर बाहिर लग्न नदिएकै कारण गएराति बुवाको मृत्यु भो ।’

    महतोको मृत्युपछि क्लिनिक संचालकसमेत रहेका डाक्टर संजय यादव फरार छन् । लापरबाही गर्ने डाक्टरलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै मृतकका आफ्न्त प्रदर्शन गरेका छन् ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटनाबारे छानबिन शुरू गरिएको बताए । उनले भने, ‘क्लिनिकले बिरामी भर्ना गरेर उपचार गर्न पाउँदैन । हामीले छानबिन गरिरहेका छौं । दोषी ठहर भए कानून बमोजिम कारबाही हुन्छ ।’

    क्लिनिक कुनै निकायमा दर्ता छैन । दर्ता भएका क्लिनिकमा पनि बिरामी भर्ना लिन पाइँदैन । तर, सिरहामा यस्ता घटना यसअघि पनि पटक-पटक दोहोरिएका छन् ।

  • प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन (भिडियो)

    प्रचण्ड-माधव पक्षका जनजातिको प्रदर्शन (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव पक्षको नेकपानिकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।

    चरणवद्ध संघर्ष गरिरहेको प्रचण्ड-माधव पक्षको चौथो चरणको आन्दोलन अन्तर्गत दिउँसो १ बजेदेखि काठमाडौंको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।

  • पेट्रोलको मूल्य वृद्धिको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन (फोटो फिचर)

    पेट्रोलको मूल्य वृद्धिको विरोधमा माइतीघरमा जसपाको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा जनता समाजवादी पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा उनीहरूले थाल ठटाएर, सिलिण्डर उचालेर विरोध जनाएका थिए ।
    अहिले उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य बढेर ११४ रुपैयाँ पुगेको छ ।

          
  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (भिडियो)

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रदर्शन (भिडियो)

    ललितपुर । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । पार्टीको निर्धारित कार्यक्रम अन्तर्गत ललितपुर कांग्रेसले पनि सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ ।

    जावलाखेलबाट सुरु भएको ललितपुर कांग्रेसको जुलुस लगनखेलमा पुगेर सभामा परिणत भयो । सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गरेका छन् ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

  • प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता परिवारको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध शहीद र बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेका छन्। शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना सोमबार काठमाडौंको बानेश्वरमा भएको सभामा उनीहरूले शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको बताए।

    प्रदर्शनमा सहभागिहरूले ‘हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ, ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।

             
  • ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    ट्याक्सीमा आगजनीको विरोधमा चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग (भिडियो)

    काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् ।

    माइतीघरमण्डलमा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजीरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

    राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी व्यवसायीले बन्द हड्ताललाई सधैंका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए ।

    दाहाल–नेपाल समूहले विहीबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

  • कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो)

    कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो)

    काठमाडौं । संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ ।

    कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने क्रम जारी छ ।

    टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसले प्रदर्शनका क्रममा कोभिड प्रोटोकल पालना गर्न समेत आग्रह गरेको छ ।

    माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

  • शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    दुई शहीद गंगालाल र दशरथचन्दलाई सम्झँदै नागरिक समाजले सोमबार शोभाभगवतीमा प्रदर्शन गरेको छ । आजभन्दा ८० वर्षअघि दुई शहीदले राणाशासनविरुद्ध छातीमा गोली थापेर शोभाभगवतीमा सहादत प्राप्त गरेका थिए । त्यस क्षणको दृश्यलाई उतार्दै शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरेका थिए ।
    सरकारको प्रतिगमनविरुद्ध खबरदारी गर्दै प्रदीप देवानले जनवादी गीत गाएका थिए । त्यसैगरी उर्मिला गम्वा थारुले थारु भाषाको कविता, अरुणदेव जोशीले डोटेली भाषाको कविता, दुर्गालाल श्रेष्ठले नेपाल भाषाको कविता वाचन गरेका थिए भने सुजन आङदेम्बेले लिम्बू भाषाकाे गीत गाएका थिए ।
    कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले प्रतिगमनविरुद्ध बोलेका थिए ।

  • राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    राहत प्याकेज माग गर्दै पर्यटन व्यवसायीको प्रदर्शन

    काठमाडौं । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट धरासायी बनेको पर्यटन क्षेत्रको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदै पर्यटन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

    पर्यटन क्षेत्रका व्यवसायीले काठमाडौं नक्सालस्थिति भाटभटेनी अगाडि प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार ठप्प भएको समयमा बैंकहरूले समेत केही सहुलियत नदिई उल्टै जरिवाना लिएकोमा उनीहरूको आपत्ति छ ।

    महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना कार्यक्रम तय गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ ।

           
  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

             
  • नागरिक मार्चमाथि पानीको फोहोरा (फोटो फिचर)

    नागरिक मार्चमाथि पानीको फोहोरा (फोटो फिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि भएको प्रदर्शनमा झडप भएको हो ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा जानबाट रोक्न प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको छ ।

    बृहत नागरिक आन्दोलनका नाममा बालुवाटारमा प्रदर्शन भएको हो ।

     

                  
  • संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    संसद विघटनविरुद्ध नागरिक विरोध (भिडियो)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

  • संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

           
  • प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन

    प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।

  • प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध डा.केसीको अगुवाइमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौँ। प्रतिनिधिसभा विघटनको विरोधमा प्राध्यापक डा.गोविन्द्र केसीको अगुवाइमा प्रदर्शन भएको छ। डा.केसी लगायतको अगुवाईमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो। नागरिक समाजका विभिन्न अभियान्ताहरु समेत सहभागि प्रदर्शनमा संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, निरंकुश सरकार चाहिँदैन लगायत लेखिएका प्लेकार्ड बोकेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध लगातार माइतीघर मण्डलामा विभिन्न नागरिक समूहले प्रदर्शन गरिरहेका छन्।

           
  • ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता

    ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता

    नेपाली कांग्रेसको युवा प्रचार नेटवर्क र सूचना, सञ्चार तथा प्रचार विभागले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शनमा युवाहरुले डोरी तानातान गर्दै नेपाली जनता मारमा परेको सन्देश दिएका थिए । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शन सरकारको असंवैधानिक कदमविरुद्धको अभियान भएको नेपाली कांग्रेस प्रचार विभागले जनाएको छ ।

  • ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता (फाेटाे फिचर)

    ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता (फाेटाे फिचर)

    काठमाडौं । नेपाली कांग्रेसको युवा प्रचार नेटवर्क र सूचना, सञ्चार तथा प्रचार विभागले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शनमा युवाहरुले डोरी तानातान गर्दै नेपाली जनता मारमा परेको सन्देश दिएका थिए । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शन सरकारको असंवैधानिक कदमविरुद्धको अभियान भएको नेपाली कांग्रेस प्रचार विभागले जनाएको छ ।

            
  • सरकारको विरोधमा नेविसंघको प्रदर्शन (फाेटाे फिचर)

    सरकारको विरोधमा नेविसंघको प्रदर्शन (फाेटाे फिचर)

    काठमाडौं । नेपाल विधार्थी संघले सरकारले गरेको संसद विघटन विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विधार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै सडकमा सुतेर विराध जनाएका थिए ।

            
  • सरकारको विरोधमा नेविसंघको प्रदर्शन

    सरकारको विरोधमा नेविसंघको प्रदर्शन

    काठमाडौं । नेपाल विधार्थी संघले सरकारले गरेको संसद विघटन विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विधार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै सडकमा सुतेर विराेध जनाएका थिए ।

  • संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरी नियन्त्रणमा

    प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कले अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।

  • संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरीकाे नियन्त्रणमा (फोटो फिचर)

    संसद विघटनविरुद्ध नेविसंघको प्रदर्शन, १८ जना प्रहरीकाे नियन्त्रणमा (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध ‘केश मुण्डन’ सहित प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्य बानेश्वरस्थित एपेक्स कलेज अगाडि नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा प्रदर्शन गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए । केश मुण्डन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघ कार्यकर्ता सन्तोष चौधरी घाइते भएका छन् । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध नाराबाजी गरेका थिए ।

               
  • सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (भिडियो)

    सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (भिडियो)

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । सरकार उल्टो बाटोमा हिँडेको भन्दै सांकेतिक रुपमा नेविसंघले उल्टो नै हिँडेर प्रदर्शन गरेको हो ।

    माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेविसंघका नेता तथा कार्यकर्ता उल्टो हिँडेका थिए । उल्टो हिँडाइपछिको कोणसभामा विद्यार्थी नेताहरुले भाषण गर्दै सरकारको विरोध गरे ।

  • सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (फोटो फिचर)

    सरकारको विरोधमा ‘नेविसंघको उल्टो यात्रा’ (फोटो फिचर)

    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरोधमा उल्टो हिँडेर प्रदर्शन गरेको छ । सरकार उल्टो बाटोमा हिँडेको भन्दै सांकेतिक रुपमा नेविसंघले उल्टो नै हिँडेर प्रदर्शन गरेको हो ।

    माइतीघरदेखि नयाँ बानेश्वरसम्म नेविसंघका नेता तथा कार्यकर्ता उल्टो हिँडेका थिए । उल्टो हिँडाइपछिको कोणसभामा विद्यार्थी नेताहरुले भाषण गर्दै सरकारको विरोध गरे ।