Tag: प्रतिनिधिसभा बैठक

  • प्रतिनिधिसभा बैठक: प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा छलफलको दिन तोक्ने तयारी

    प्रतिनिधिसभा बैठक: प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा छलफलको दिन तोक्ने तयारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ ।

    संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ ।

    त्यसअघि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

    प्रधानन्यायाधीश राणाविरुद्ध माओवादीका प्रमुख सचेत देवप्रसाद गुरुङ,कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्ताव र ९५ जना सांसदहरु समर्थक रहेर गत फागुन १ गते महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

     

  • प्रतिनिधिसभा बैठक आइतबार बस्दै

    प्रतिनिधिसभा बैठक आइतबार बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नेछ ।

    यस्तै सभामुख अग्निप्रसाद  सापकोटाले २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

    त्यसअघि सभामुख सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

    सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

     

  • संसद बैठक सुरू, एमालेको अवरोध कायमै

    संसद बैठक सुरू, एमालेको अवरोध कायमै

    काठमाडौं । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने अवरोधलाई निरन्तरता दिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न एमालेलाई आग्रह गरे पनि एमालेले भने नाराबाजी कायम राखेको छ । विरोधबीच सभामुखले संसदको कारवाही अगाडि बढाएका छन् ।

  • दलित आयोगको प्रतिवेदन प्रतिनिधिसभामा, असोज २२ सम्म बैठक स्थगित

    दलित आयोगको प्रतिवेदन प्रतिनिधिसभामा, असोज २२ सम्म बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश भएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन सदनमा पेश गरेका हुन् । त्यसबाहेक बैठक कुनै कार्यसूचीमा प्रवेश गरेन ।

    सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध अन्त्य गर्न केहीबेर एमाले सांसदहरुलाई आग्रह गरेका थिए । अवरोध जारी रहेपछि सभामुख सापकोटाले असोज २२ गते शुक्रबार बस्नेगरी बैठक स्थगित गरेका छन् ।

  • एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ)

    एमाले नारावाजीबीच प्रतिस्थापन विधेयक पारितका लागि सभामुखले कारवाही बढाए (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ ।

    बैठक शुरू हुनासाथ एमालेका सांसदहरूले नारावाजी गर्दै वेल घेराउ गरेका छन् । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।

    आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।

    सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । सभामुखले एमाले विरोधका बीच सदनको कारवाही अघि बढाएका छन् ।

    विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन् । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरू र विनियोजन विधेयक निर्णयार्थ पेस गरिने कार्यसूचीमा उल्लेख छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दैछन् ।

  • संसदको छलफलमा सत्ता पक्ष नै निष्क्रिय, प्रतिपक्षको विरोधलाई सभामुखको बेवास्ता

    संसदको छलफलमा सत्ता पक्ष नै निष्क्रिय, प्रतिपक्षको विरोधलाई सभामुखको बेवास्ता

    काठमाडौं । प्रमुख प्रतिपक्षीको विरोधका बाबजुद पनि चलिरहेको प्रतिनिधिसभाको बैठकको छलफलमा सत्तारुढ दलकै सांसद समेत निष्क्रिय देखिएका छन् ।

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसदमा अवरोध गरिरहेकाले बैठकमा आएका प्रस्तावमाथिको छलफलमा भाग नलिनु स्वाभाविक भए पनि सत्ता पक्षकै सांसद निष्क्रिय रहँदा संसद प्रभावहीन बन्न पुगेको छ ।

    मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलका लागि भाग लिन सभामुखले नाम टिपाउन तीन मिनेटको समय दिए । अर्थमन्त्रीले राखेको प्रस्तावमाथि छलफल गर्नेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै देखा परे ।

    तीन मिनेट बोल्ने समय पाएका सुवालले पनि विषय केन्द्रित धारणा भने राखेनन् । उनले अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध आफ्ना धारणा राखे । बोल्ने मौका पाउने बित्तिकै सुवालले एमसीसीविरुद्ध आफ्ना धारणा राखिहाल्ने गरेका छन् । उनीबाहेक सत्तारुढ दलका कुनै पनि सांसदले सैद्धान्तिक छलफलको समय उपयोग गरेनन् ।

    विषय केन्द्रित धारणा कसैको नआएकाले जवाफ दिन आएका अर्थमन्त्रीले पनि सुवाललाई धन्यावाद टक्रयाएमात्रै । बोल्ने कोही पनि नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि अघि बढाए ।

    विपक्षीले आफ्नो नाराबाजी कायमै राखे, सत्ता पक्षले समर्थनमा हात उठाएपछि अर्थमन्त्रीको प्रस्ताव बहुमतले स्वीकृत भयो । त्यसपछि सभामुखले शोक प्रस्ताव अघि सारे । २०४८ सालमा राष्ट्रियसभामा मनोनीत सदस्य रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य भएका मानबहादुर महतोको निधनप्रति पेस गरेको शोकप्रस्ताव विपक्षी एमालेसमेतको सहयोगमा सर्वसम्मतले पारित भयो । त्यसपछि सभामुखले बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरे ।

    मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलका लागि भाग लिन सभामुखले नाम टिपाउन तीन मिनेटको समय दिए । अर्थमन्त्रीले राखेको प्रस्तावमाथि छलफल गर्नेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै देखा परे ।

    करिब १३ मिनेट चलेको बैठक अवधिभर पनि प्रमुख प्रतिपक्षी एमालेले विरोधमा नारावाजी गरिहेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले त्यसको कुनै वास्तै नगरी बैठक चलाइरहे । सदन सुचारु हुँदा एकजना सदस्य पनि उठेर विरोध जनाए सभामुखले विरोधका कारणबारे बोल्ने मौका दिने वा सदन शुचारु हुन आग्रह गर्ने संसदीय प्रचलन हो । तर, आजको बैठकमा एमाले विरोधको सभामुखले बेवास्ता गरिरहे ।

    यसअघि सदन सुचारु हुन दिन पटक-पटक आग्रह गर्ने गरेका र केही समय बैठक स्थगन गर्ने गरेका सापकोटाले आजको बैठक त्यस्तो केही गरेनन् । सदनमा जारी अवरोध हटाउन सभामुखले हिजो आयोजना गरेको सर्वदलीय बैठक एमालले बहिष्कार गरेको थियो । सभामुख त्यसबाट रुष्ट भएको सभा संचालनका क्रममा देख्न सकिन्थ्यो ।

    एमाले र सभामुखबीचको इगोले सदन प्रभावकारीरूपमा संचालन हुन सकिरहेको छैन । एमालेले अमुक दलका सांसद गैरसांसद भन्दै नारावाजी गरेर बैठक अवरुद्ध पारिरहेको छ भने सभामुखले पनि संवादलाई खासै महत्व दिएका छैनन् । सभा संचालनमा समस्या आए कार्यव्यस्था परामर्श समितिको बैठक राखेर त्यहाँ छलफल गर्ने प्रचलन छ, जसलाई सभामुखले पछ्याएका छैनन् ।

    सदनको सबैभन्दा ठूलो दल एमाले त्यसै अनुसार जिम्मेवार रुपमा प्रस्तुत हुँदै आफूले अगाडि सारिरहेका मागलाई अन्य विधिबाट अघि बढाउन अग्रसर हुनुपर्नेमा त्यसो भएको देखिएन । आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक-पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट छन् ।

    सभामुख-एमाले सम्बन्ध पहिलेदेखि नै राम्रो छैन । लामो समयदेखिको उनीहरूको हट र इगोको शिकार जनताको सार्वभौम जनप्रतिनिधि संस्था निष्प्रभावी भइरहेको छ ।

  • प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदहरूले अवरोध गरेका छन् । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा निरन्तर नारावाजी र विरोध गर्दै आएको छ ।

    आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सभामुखले एमालेको नारावाजीकै बीच बैठक अघि बढाएका छन् ।   सदन नियमित गर्न हिजो सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाए पनि एमाले अध्यक्ष केपी ओली बैठकमा गएनन् ।

    एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न या राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सभामुखसमक्ष दुई सर्त अघि सारेको छ ।

  • सर्वदलीय बैठकः एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई नेताहरूको सुझाव

    सर्वदलीय बैठकः एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई नेताहरूको सुझाव

    काठमाडौं । राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई मनाउन अझै पहल गर्न सुझाव दिएका छन् । एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

    बानेश्वरमा बसेको बैठकमा एमाले भने उपस्थित भएन । एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

    ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ पौडलेले बैठकबारे जानकारी गराउँदै पत्रकारहरुमाझ भनिन्, ‘फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’

    बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

  • सदन कहिलेदेखि चल्छ भन्दा यसो भन्दै बाहिरिए देउवा (भिडिओ)

    सदन कहिलेदेखि चल्छ भन्दा यसो भन्दै बाहिरिए देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक नियमित गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताएका छन् ।

    आज संसद बैठकबाट बाहिरिँदै गर्दै सदन सुचारुसम्बन्धी पत्रकारको जिज्ञासामा देउवाले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउनु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । देउवाले त्यसको जवाफमा संक्षेपमा उत्तर दिए-‘ओलीजीलाई सोध्नू’।

    सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै एमाले सांसदको निरन्तरको अवरोधका कारण आजको बैठक पनि दुईपटक बसेर कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको थियो ।

    एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ । आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक मंगलबारलाई बोलाइएको छ ।

  • निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

    निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

    उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन् ।

    सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए। छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

    छलफलमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

    कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । उनको सुझाव अनुसारै दोस्रो बैठक कार्यसूची अनुसार अगाडि नबढाइ स्थगित गरेका थिए।

    यसैबीच संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताएका हुन् ।

  • एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छ : सुवास नेम्वाङ

    एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छ : सुवास नेम्वाङ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र ? भन्ने पत्रकारको प्रश्नमा नेम्वाङले भने- ‘मिल्छ । नेपालमा कस्ता-कस्ता काम त भइरहेका छन् भने कानूनबमोजिमको यो काम किन गर्न मिल्दैन ।’

    आफूहरूले माधव नेपालसहित कारवाही गरेका १४ सांसदको सूचना सभामुले टाँस नगरेर एमाले विभाजनको सहयोगी भएको भन्दै एमालले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । एमालेबाट विभाजित भएर गएका एकीकृत समाजवादीका सांसदलाई गैरसांसद भन्दै एमालले सदनमा नाराबाजी गर्ने गरेको छ।

    सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका सांसदको सूचना टाँस गर्न ढिलाइ गरेका थिए । एमाले विभाजित भएर नयाँ दल बनिसकेपछि भने कारवाहीको औचित्य सकिएको भन्दै सूचना टाँस नगर्ने निर्णय लिएका थिए ।

  • प्रतिनिधिसभा : एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक (लाइभ)

    प्रतिनिधिसभा : एमाले अवरोधबीच सभामुखले अघि बढाए बैठक (लाइभ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध पारेको छ । सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाउँदै निरन्तर नारावाजी गर्दै आएका एमाले सांसदहरू उठेर पहिलो बैठकमा रोष्टम घेराउ गरे ।

    सदन शुरू हुनुअघि एमाले संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले संयमित रहँदै विरोध गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

    सभामुख अग्नि सापकोटाले छलफल र सहमतिबाट बैठक नियमित गर्न सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले अवरोध जारी राखे ।

    १५ मिनेटको लागि बैठक स्थगित गरेका सभामुखले आजको दोस्रो बैठक आव्हान गरेर सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकमा शोक प्रस्तावसहित १९ वटा कार्यसूची राखिएको छ ।

    बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा पुगेर नाराबाजी थालेका छन् ।

  • एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने प्रयास गरेका थिए ।

    ‘हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँ, हामी वेलमा जान्छौं, वेलमा नाराबाजी गर्छौं,’ ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं । मर्यादापालकको घेरा तोड्न खोजेको होइन । यदि त्यस्तो हुन्थ्यो भने अर्कै ढंगले प्रस्तुत हुन्थ्यौं ।’

    एमाले सांसद रेखा झाले गृहमन्त्रीको माइक खोसेकी थिइन । उनले मिडिया आफूले सभामुखमाथि नै प्रहार गर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् । ओलीले भने पार्टीको त्यस्तो कुनै नीति नभएको बताए। संसदमा जिम्मेवाररूपमा प्रस्तुत हुन र मिडियामा गएर बोल्दा पनि जिम्मेवारीपूर्वक बोल्न निर्देशन दिए ।

    ‘कतिपय साथीहरूले बोलेको सुनेँ, सभामुखलाई माइक हान्ने योजना थियो भनेर,’ ओलीले भने, ‘त्यसो योजना थिएन । हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छ ।’

  • प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध (लाइभ)

    प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध (लाइभ)

    काठमाडौं । सभामुखको भूमिकाप्रति असन्तुष्ट रहेको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको कारवाही अवरुद्ध पारेको छ ।

    एमालेका सांसदहरू सभामुखले सदनको कारवाही शुरू गर्नासाथ रोष्टम अगाडि उभिएर नारावाजी गरिरहेका छन् भने सभामुखले एमाले सांसदहरूको अवरोधका बीच सदनको कारवाही अघि बढाउन लागेका छन् ।

  • एमालेले संसदमा आज पनि अवरोध गर्ने

    एमालेले संसदमा आज पनि अवरोध गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा निरन्तर नारावाजी गरिरहेको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ ।

    आइतबार बसेको एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले आज पनि वेल घेरेर अवरोध गर्ने बताए ।

    रोष्टमअघिको वेल विरोधका लागि भएको तर मर्यादापालकले उक्त स्थान पनि आगेटेको भन्दै ओलीले आपत्ति जनाए । संसदीय मर्यादामै रहेर विरोध गर्न सांसदहरूलाई उनको निर्देशन थियो ।

  • कृषिबाली तथा पशुबीमाको दायरा विस्तार

    कृषिबाली तथा पशुबीमाको दायरा विस्तार

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास गर्नका लागि थप कार्यक्रम प्रस्तुत गरेका छन् ।

    यसअघि दिँदै आएको बीमा प्रीमियम ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याइएको प्रतिस्थापन विधेयकमा उल्लेख छ । यसैगरी सहकारी तथा कृषिसम्बन्धी भगिनी संस्थाहरूले आफ्नो लगानीको ५० प्रतिशत कृषि क्षेत्रमा खर्चिनुपर्नेछ ।

  • एमालेको नारावाजीबीच सभामुखले अघि बढाए सदन, प्रतिनिधिसभाको तेस्रो बैठक (लाइभ)

    एमालेको नारावाजीबीच सभामुखले अघि बढाए सदन, प्रतिनिधिसभाको तेस्रो बैठक (लाइभ)

    काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने भएको छ । एमालेको अवरोध र नारावाजीका बीच सभामुखले सदनको कारवाही अघि बढाएपछि आजै संसद सचिवालयमा आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भएका छन् ।

    १५ मिनेटको लागि स्थगितको भएको प्रतिनिधिसभा बैठक भर्खर शुरू भएको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीमा तीनवटै विधेयक अर्थमन्त्रीले पेश गर्ने उल्लेख छ ।

    नियम निलम्बन गरेर यसै महिनाभित्र बजेट पारित गर्ने प्रक्रियामा सभामुख जाने भएका छन् ।

  • प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)

    प्रेम सुवालले पेस नै नगरेको प्रस्ताव सभामुखद्वारा अश्वीकृत भएको घोषणा, त्यसपछि चल्यो सवालजवाफ (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी र अवरोधबीच सभामुख अग्नि प्रसाद सापकोटा र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालबीच सवाल जवाफ भएको छ ।

    सभामुखले आर्थिक अध्यादेश अश्वीकार गर्ने प्रस्ताव पेस गर्न सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएका थिए । तर, सुवालले प्रतिपक्षको नारावाजीका बीच आफ्नो कुरा नसुनिने भन्दै रोष्टमबाट बोल्न पाउँ भनेका थिए ।

    त्यसक्रममा केहीबेर सभामुख र सुवालबीच सवालफजवाफ चल्यो । सुवालले आफूले आफ्नो प्रस्ताव नै पेस नगरेको भन्दै त्यसलाई अश्वीकृत गर्ने प्रक्रिया कसरी अघि बढ्यो भन्दै आपत्ति जनाए ।

    तर, सभामुखले सुवालले प्रस्ताव फिर्ता लिन नचाहेको भन्दै उनले पेश नै नगरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे । नारावाजी चलिरहेका बेला सभामुखले बहुमतले उक्त प्रस्ताव अश्वीकृत भएको घोषणा गरे ।

    सुवाल हात उठाएर विरोध जनाउँदै थिए तर सभामुख अघि बढिरहे । सभामुखसमक्ष उनले रोष्टमबाट बोल्न पाउनुपर्ने माग गरे । तर, सभामुखले उनलाई यथास्थानमा बसेर बोल्न समय दिए ।

    सुवाल भने अध्यादेशतिर नगई एमसीसी र मणिपाल कलेज बिक्रीको विरोधमा बोल्न थाले ।

  • एमालेको नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

    एमालेको नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

    काठमाडौं । सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ ।

    एमालेको नारावाजीकै बीच सभामुख अग्नि सापकोटाले संसदको कारवाही अघि बढाएका छन् । सभामुख सापकोटाले आफू बसेको ठाउँबाट प्रस्ताव पेस गर्न भनेका थिए ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आर्थिक २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न लगाइएपनि उनले प्रस्ताव पेस गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।

  • प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

    प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

    काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् ।

    सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य प्रतिनिधिले समय दिन आग्रह गरेको भन्दै उनले सभा संचालनमा सहयोग गर्न आग्रह गरे ।

    यसअघि २३ गतेको बैठक पनि एमालेले अवरोध गरेको थियो ।

  • एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ?

    एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ मागेपछि यसले विवाद उत्पन्न गरेको छ। विवादका बीच प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अुनसारै काम गरेको र यो विषय अदालमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।

    एमाले प्रमुख सचेतक भट्टराईले बोलि सक्ने वित्तिकै जवाफ दिन लागेका सभामुखले नाराबाजी शुरु भएपछि जवाफ रोकेर नियम २१ को ख र ग सम्झाएका थिए । उनी त्यसक्रममा एकदमै आक्रोशित भएर चेतावनी दिदै थिए । आफूले कानून बमोजिम नै गरेको भन्दै संविधान र कानूनविपरित मर्यादा नाघेर प्रस्तुत नहुन एमाले सांसदहरुलाई चेतावनी दिए ।

    संविधानको धारा १०५

    संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बसह गर्न बन्देज गरेको छ।

    प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलपल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचराणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।

     

     

  • सभामुखलाई एमालेको प्रश्न – दल विभाजनको मतियार किन बन्नुभयो ?

    सभामुखलाई एमालेको प्रश्न – दल विभाजनको मतियार किन बन्नुभयो ?

    काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दल विभाजनको मतियार भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग जवाफ मागेको छ । ‘एमालेले कारवाही गरेका सांसदको हकमा किन कारवाही गर्नु भएन ?,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हाम्रो पार्टी टुक्र्याइसकेपछि १३ दिन पछि यसमा केही गर्नु परेन भन्नु भयो । एमाले टु्क्राउन किन सहयोगी बन्नु भयो ? दल विभाजन गर्न किन मतियार बन्नुभयो ?’

    भट्टराईले यसको जवाफ नपाएसम्म सदन चल्न नदिने बताए । सभामुखले त्यसको जवाफ दिँदै आफूले नियम अनुसारै गरेको र यो विषय अदालतमा विचाराधीन भएकाले संसदमा कुरा उठान नपाइने बताए । एमाले सांसदहरूको नारावाजी र अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

  • एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित, आक्रोशित हुँदै सभामुखले दिए चेतावनी

    एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित, आक्रोशित हुँदै सभामुखले दिए चेतावनी

    काठमाडौं । सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।

    प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिए ।

    तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।

  • कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    कारवाही गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

    ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’

    आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ । ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन ।’

    गैरसांसदलाई बैठकमा बस्न दिए एमालेमा गएवापत कारवाहीमा परेका माओवादीका सांसदलाई पनि फर्काउनु पर्ने उनले माग गरे । ‘त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो,’ ओलीले भने, ‘रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई पनि हाजिर गर्नुपर्‍यो ।’

    सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न नसकिने ओलीको भनाइ । ‘जो एमाले सिध्याउन खोज्छ, त्यसलाई हामीले सभामुख कसरी मान्ने ?,’ उनले भने, ‘ हामीलाई सिध्याउन खाजेको छ भने उनको निष्पक्षतामा कसरी आश्वस्त हुन सक्छौं ? सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने अवस्था छैन ।’

  • संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

    मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

  • अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    अफगानिस्तान मामला र नेपालीको उद्धारबारे संसदमा एमालेले माग्यो सरकारको जवाफ

    काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । एउटा दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उनको टिप्पणी छ ।

    संसद् बैठकमा बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताए । उनीहरूको उद्धारका लागि सरकारबाट प्रतिबद्धतामात्र नभएर तत्काल ‘एक्सन’ मा जानुपर्ने उनले सुझाए ।

    बास्कोटाले भने, ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं । त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

    यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरे ।

    ‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो,’ बास्कोटाले भने ।

    २०७३ सालमा अफगानिस्तानमा रहेका नेपालीमाथि हमला हुँदा तत्कालीन ओली सरकारले २४ घन्टाभित्रै उद्धार तथा राहतको काम गरेको बास्कोटाले स्मरण गराए ।

    ‘अहिलेको कम्फर्टेबल सरकारले त्यो गर्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे ।

  • ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

    ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ ।

    नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद भएको हो ।

    यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा यादवले ओलीलाई ‘मेन्टली र फिजिकली’ ठीक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरे ।

    भट्टराईले ती शब्द अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरू गम्भीर र आपत्तिजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

    यादवले भने आफूले सो कुरा एउटै पार्टी नेकपा भएका बेला पनि भनेको जिकिर गरे ।

  • परमादेशको एक महिना- भिडियोमा हेर्नुस् संसदमा कसरी चल्यो घोचक दोहोरी

    परमादेशको एक महिना- भिडियोमा हेर्नुस् संसदमा कसरी चल्यो घोचक दोहोरी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदलाई सम्बोधन गर्ने क्रममा सत्तारुढ गठबन्धनप्रति आक्रोश पोख्दै भने, ‘यो सरकार संघर्षबाट आएको हो भनेर ढाँट्ने ? कुन संघर्ष गर्नुभयो ? जाली मुद्दा लिएर परमादेशबाट आउने, अनि संघर्ष भन्ने ?’

    ओलीले संसदबाट परमादेशको कुरा गर्नुभन्दा अघि देखिनै यो शब्द एमालेका सांसदहरुबाट प्रायः नछुटाइ प्रयोग भइरहेको छ। एमालेका सांसदहरूले संसदमा बोल्ने क्रममा लगभग थेगोजस्तै बनिसकेको शब्द हो- ‘परमादेशबाट बनेको यो सरकार…’

    ओलीले समेत संसदमा भाँती मिलाएर यो विषय स्थापित गरेपछि परमादेश शब्द अब दोहोरीमा प्रयोग हुन थालेको छ । एमाले सांसदहरूले संस्थागतरूपमै परमादेशबाट बनेको सरकार भन्न थालेपछि सत्तापक्षका सांसदहरू पनि प्रतिरक्षमा उत्रिन बाध्य भएका छन् ।

    बिहीबार सत्तापक्षका सांसदहरू गगन थापा, मातृका यादव र जिपछिरिङ लामाले परमादेशबाट आएको भन्नेहरूले राजीनामा दिएर गए हुन्छ भन्दै प्रतिवाद गरे ।

    सर्वोच्च अदालतको परमादेशबाट संसद ब्युँतिएको र देउवा प्रधानमन्त्री बन्ने परमादेश जारी भएको ठीक एक महिना पुगेकै दिन यो विषयमा दोहोरी चलेको छ ।

    हेर्नुस् यो भिडियो:-

     

  • विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

    विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

    काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश आउनेमा आशंका गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले ल्याएको श्वेतपत्रबारे टिप्पणी गर्दै उनले अध्यादेशबाट बजेट लाएकोमा प्रश्न उठाएकोमा असहमति प्रकट गरे ।

    ‘आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानूनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको छ,’ उनले भने, ‘ठीक छ, त्यसो भए यो सरकारको पालामा बजेटलगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ?’

    एमाले विवाद समाधानका लागि गठित विघटित कार्यदलका सदस्य समेत रहेका पौडेलले आफ्नो दल विभाजन गर्न सरकारले अध्यादेश ल्याउन सक्ने आशंका पनि व्यक्त गरे । उनको प्रश्न छ, ‘केही हप्ता, केही दिन भित्र राजनीतिक दल विभाजनका लागि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ सभामुख महोदय ?’

    एमाले संस्थापन पक्षका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुनेगरी दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको दावी गर्ने गरेका छन् ।

  • आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।

    ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो । उनले साझा कार्यक्रमको केस्रा-केस्रा केलाएर सरकारमाथि प्रहार गरे । त्यसो त उनको प्रहारको निशानामा वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै थिएनन्, सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई उनले पालैपालो हिर्काएका थिए ।

    ओलीले छुन बाँकी कुनै विषय थिएन । उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

    गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादवलाई र मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराईलाई ओलीले तर्साउन खोजे । त्यस्तै ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

    आफ्नो स्वभाव र शैलीअनुसार लम्बेतान भाषण गरेका ओलीले कतै बोर हुने ठाउँ भने छाडेनन् । विषयहरूलाई अतिरञ्जना गरेर होस् वा मजाक बनाएर, गाली गरेर होस वा हँसाएर उनले संसदमा प्रतिपक्षको आभास दिलाएका छन् । उनको भाषणका कैयन सन्दर्भहरू समाचार लायक थिए ।

    ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

    ओलीले भने, ‘हामी सरकारमा छँदा अत्यावश्यक विषयवस्तुहरू अध्यादेशमार्फत ल्याएको बेला संसद छलेर यो ल्याइयो त्यो ल्याइयो भनेर खुबै विरोध हुन्थ्यो । तर, अहिले संसद अधिवेशन चलिरहेका बेला, संसद बैठक आज छ, दुई दिनअघि बाहिर कतै सडकमा सरकारको कार्यक्रम सार्वजनिक गरिनुको मक्सद के हो ?’

    यसको जवाफ पनि उनी आफैंले दिए, ‘गठवन्धनमा विभिन्न अनुहारहरू छन् । संसदमा यो कार्यक्रम ल्याउँदा त सरकारमा नभएकाहरूको उनीहरूको फोटो आउँदैन । त्यत्तिका लागि बाहिर सडकमा सार्वजनिक गरिएको हो ।’

    साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

    प्रचण्डलाई जवाफ

    ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

    ‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

    ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

    ‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

    माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

    ‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

    एमसीसी र कालापानीको कुरा

    ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

    दस्तावेजका पाना पल्टाउँदै ओलीले व्यंग्य गरे, ‘अहिलेको गठवन्धन नै सरकारमा हुँदा एमसीसी गर्नुभएको जस्तो लाग्छ तपाईंहरूले । एमसीसीको बारेमा त खोइ केही पनि छैन । यति ठूलो विषय किन छुटाउनुभयो ? बिर्सिनुभयो कि क्या हो ? मैले त कतै देखिनँ ।’

    उनले थपे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्री ज्यू । के गर्नुहुन्छ तपाईं ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट छ । भरर ताली बजाइदिँदा भइहाल्छ । कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ?’

    कालापानीको विषयमा ओलीको टिप्पणी अझ चोटिलो थियो ।

    उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

    ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

    मन्त्री बनाइदिन विन्ती !

    सबैलाई प्रहार गर्न भ्याएका ओलीले आफ्नै पार्टीका सहयोद्धा माधवकुमार नेपाललाई छुटाउने कुरा थिएन । यसपाली उनले नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

    ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

    ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

    डेढ वर्षपछि फर्किन्छु

    ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

    ‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’

  • देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस् (भिडियो)

    देउवालाई ओलीको आग्रह- मेरै पार्टीका नेताहरू पाउँला र खाउँला भनेर कुदेका छन्, मन्त्री बनाइदिनोस् (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरू मन्त्रीका लागि कुदेको भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

    ‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही नेताहरू पाउँला र खाउँला भनेर यहाँका पछि कुदेका छन्,’ मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘तिनीहरूलाई मन्त्री दिनुहोस् न किन बिलम्बन गर्नुभएको ? हिरिक्क, हिरिक्क भएका छन् बिचराहरु मन्त्री खानलाई ।’

    बिहान बेलुका मन्त्रीका लागि देउवाको चाकडी गरेको भन्दै ओलीले आफ्नो दलमा अलिकति घाटा भए पनि सहने बताए । ‘यति त गराइसक्नुभयो, पछि त लगाइ सक्नुभयो,’उनले भने, ‘पछि पछि हिँड्या छन् हिँड्या छन् । कुदेका छन् । फ्याँ फ्याँ, स्याँ स्याँ गरेका छन् । मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुहोस् प्लिज । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला ।

  • ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ?

    ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ?

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले यथेष्ट खोप ल्याएर थुपारेको भन्दै छिटो वितरण गर्न माग गरेका छन् । उनले लगभग एक करोड खोप स्टकमा रहेको बताए ।

    संसद बैठकमा बोल्दै ओलीले भने, ‘मेरो सरकारले खोप ल्याएर थुपार्देको छ त । चैतसम्म किन पर्खिनुहुन्छ ? लगाउनुस् न छिटोछिटो । लगभग एक करोड स्टकमा छ । एकैचोटि ल्याएर राख्न नमिलेको भएरमात्र हो । आइराख्या छ । चैतसम्म भनेको के फागुनको निर्वाचन नगर्न खोजेको हो कोभिड छ भनेर ? म पहिल्यै सजक गराउन चाहन्छु ।’

  • सरकारलाई ओलीको प्रश्न- कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ? (भिडियो)

    सरकारलाई ओलीको प्रश्न- कालापानी-लिपुलेक फिर्ता ल्याउँछौं भन्न किन खुट्टा कमाएको ? (भिडियो)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रियताका मुद्दाहरुमा खुट्टा कमाएको टिप्पणी गरेका छन् । सरकारको साझा कार्यक्रममा कालापानी-लिपुलेकलाई फिर्ता ल्याउने कुरा नगरिएको भन्दै उनले आपत्ति जनाए ।

    संसदमा सम्बोधन गर्दै ओलीले भने, ‘साझा कार्यक्रममा कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं किन सक्नुभएन ? यसलाई कालापानी समस्या भनेर राख्नुभयो । के यो समस्या हो ? हाम्रो अभिन्न भू-भाग, पवित्र भू-भाग समस्या हुन्छ ? समस्या समाधान कसरी गर्ने त ? छोडिदियो भने त समाधान होला नि । स्पष्टरूपमा फिर्ता लिन्छौं भन्ने कि समस्या हो समाधान गर्छों भन्ने ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

    उनले थपे, ‘त्यो हाम्रो पवित्र भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । सक्नुभएन भने ढेढ वर्ष पर्खिनुस् । हामी आउछौं ।’

    छिमेकीहरूसँग सीमा समस्या समाधान गर्ने भनेर साझा कार्यक्रममा उल्लेख गरिएको विषयमा पनि ओलीले प्रश्न उठाए । उनले भने, ‘कुन-कुन देशसँग कहाँ-कहाँ के समस्या छ ? कति साह्रो डराएको ? जिब्रोबाट पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।’

     

  • ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ? (भिडियो)

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा बोल्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा ‘कांग्रेसको अनुहार खोइ ?’ भनी प्रश्न गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वकै अघिल्लो सरकारले एमसीसी सम्झौता गरेपनि संयुक्त सरकारले एमसीसीबारे प्रष्ट धारणा नराखेको ओलीको टिप्पणी छ । उनले एमसीसी पास गर्ने, नगर्ने वा चुप लाग्ने के हो ? भनी प्रधानमन्त्रीलाई प्रश्न समेत गरे ।

    ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने की फेल गर्ने की चुप लाग्ने ?’ ओलीले प्रश्न गरे ।

    उनले सरकारले आफ्नो कार्यक्रम संसदमा नल्याएर संसदलाई छलेको आरोपसमेत लगाए ।