Tag: प्युठान

  • प्युठानका नौमध्ये सात पालिकाको परिणाम आयो- कांग्रेस, एमाले र माओवादीले दुई–दुई तह जिते

    प्युठानका नौमध्ये सात पालिकाको परिणाम आयो- कांग्रेस, एमाले र माओवादीले दुई–दुई तह जिते

    रुपन्देही । नौ वटा स्थानीय तह रहेको प्यूठानमा ७ स्थानीय तहको मतगणना सकिएको छ । परिणामअनुसार प्यूठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा विष्णु योगी विजयी भएका छन् । योगीले ९ हजार ३ सय २३ मतले ल्याएर विजयी भए भने उपमेयरमा गठबन्धनकै देवेन्द्र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर विजयी भए । मेयरमा निर्वाचित योगी माओवादी र उपमेयरमा निर्वाचित बर्मा नेपाली कांग्रेसका हुन् ।

    मल्लरानी गाउंपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका रमेश श्रेष्ठले ३ हजार ३ सय ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

    माण्डवी गाउंपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । यसअघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउँदै गठबन्धनको तर्फबाट नवराज अधिकारी विजयी भएका हुन् ।

    स्वर्गद्वारी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारीले ७ हजार ७ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज रानाले ७ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् ।

    सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् । यसअघि पनि गाउँपालिकाको अध्यक्ष रहेका विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी वसन्ता खड्काले ४३ सय ९४ मत प्राप्त गरी विजयी भएकी छन् ।

    ऐरावती गाउंपालिकाको अध्ययक्षमा कांग्रेसका नविलविक्रम शाह विजयी भएका छन् । शाह यसअघि पनि ऐरावती गाउंपालिको अध्यक्ष थिए । यस्तै ऐरावती गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

    यस्तै नौबहिनी गाउंपालिको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । अध्यक्षमा डिलबहादुर थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा विष्णु थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएकी छन् ।

    झिमरुक गाउंपालिका र गौमुखी गाउंपालिकाको मतगणना जारी छ ।

  • प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

    रूपन्देही । नेपाली कांग्रेस प्यूठानको सभापतिमा पौडेल/सिटौला समूहका बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् ।

    सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत बदर भए। रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

    २०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिने उनका प्रशंसकहरू बताउँछन् ।

    नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने, गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।

    सभापतिको मतगणना चलिरहेको बेला मंगलबार राती संस्थापन समूहका केही कार्यकर्ताले गणनास्थलमा आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । सो घटनामा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् । तीन घाइतेलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि अन्य सुविधासम्पन्न अस्पताल पठाइएको छ ।

  • प्युठानका सात पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, दुई पालिकामा स्थागित (पदाधिकारीको सूचीसहित)

    प्युठानका सात पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन, दुई पालिकामा स्थागित (पदाधिकारीको सूचीसहित)

    रुपन्देही। नेकपा एमाले प्यूठानको गाउँ तथा नगर कमिटी अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएका छन् । ७ वटा पालिकामा सर्वसम्मत नयाँ कमिटी बनेको छ । तर, जिल्लाको प्यूठान नगरपालिका र गौमुखी गाउँपालिकामा भने कमिटी चयन हुन सकेको छैन । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा कमिटी गठन हुन नसकेको हो ।

    एमाले स्रोतका अनुसार प्युठान नगरपालिकामा निर्वाचन हुने संभावना छ भने गौमुखीको पालिका अधिवेशन स्थगित भएको छ। प्युठान नगरकमिटीको अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि एक महिला सहित २ जना र सचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएको एमालेले जनाएको छ ।

    कुन पालिकाकामा को–को चुनिए ?

    नौबहिनी गाउँपालिका

    अध्यक्षः विष्णु केसी
    उपाध्यक्षः लाल बहादुर घर्ति
    सचिवः दलराज पुन
    उपसचिवः जनक बुढामगर
    उपसचिव (समावेशी): रिता बुढा

    झिमरुक गाउँपालिका

    अध्यक्षः इन्द्रमणि पोख्रेल
    उपाध्यक्षः पदम बहादुर खड्का
    सचिवः ध्रुवराज खनाल
    उपसचिवः लिला जिसी
    उपसचिव (समावेशी): सरस्वती पोख्रेल

    मल्लरानी गाउँपालिका

    अध्यक्षः सुनिल शाही ‘लेकाली’
    उपाध्यक्षः याम बहादुर केसी
    सचिवः नोमराज पौडेल
    उपसचिवः किरण सुनार
    उपसचिव (समावेशी): सिता विक

    माण्डवी गाउँपालिका

    अध्यक्षः याम बहादुर घिमिरे
    उपाध्यक्षः मुक्ति प्रसाद पौडेल
    सचिवः विशाल खड्का
    उपसचिवः हेम बहादुर अधिकारी
    उपसचिव (समावेशी): सरिता थापा

    स्वर्गद्वारी नगरपालिका

    अध्यक्षः रामप्रसाद श्रेष्ठ
    उपाध्यक्षः तुकमान रोका
    सचिवः भरत राउत
    उपसचिवः बासुदेव रेग्मी
    उपसचिव (समावेशी): जमुना कुमारी भण्डारी

    सरुमारानी गाउँपालिका

    अध्यक्षः वसन्त जिसी
    उपाध्यक्षः उम बहादुर खाम्चा
    सचिवः चिन्त बहादुर सोमै
    उपसचिवः भुमा आचार्य
    उपसचिव (समावेशी): आशा विक

    ऐरावती गाउँपालिका

    अध्यक्षः श्याम थापा
    उपाध्यक्षः कमला पोख्रेल
    सचिवः कृष्णा राउत
    उपसचिवः नारायणी जिसी
    उपसचिव (समावेशी): दिपक सापकोटा

  • कांग्रेस अधिवेशन : प्युठानमा संस्थापनइतर हावी (सूचीसहित)

    कांग्रेस अधिवेशन : प्युठानमा संस्थापनइतर हावी (सूचीसहित)

    रुपन्देही । नौ स्थानीय तह रहेको प्युठानमा नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने एउटामात्र पालिकामा निर्वाचन गरिएको छ ।

    कांग्रेस नेताकाअनुसार ९ पालिकामध्ये सरुमारानी गाउँपालिकाका लक्ष्मण जिसी र नौ बहिनी गाउँपालिकाका देवीराम पुन मात्र देउवा समूहमा खुलेका हुन् । प्युठान नगरपालिकाका सभापति नेत्रबहादुर केसी तटस्थ भनिए पनि अरु धेरै पालिकाको नेतृत्व संस्थापनइतर समूहले हात पारेको छ ।

    जिल्लाको गौमुखीमा गाउँपालिकामा मात्र निर्वाचन प्रक्रियाबाट पालिका सभापति चयन गरिएको नेपाली कांग्रेस प्युठानले बताएको छ । कांग्रेस प्युठानका अनुसार गोविन्द बुढा मगरलाई ५९ मतअन्तरले पराजित गर्दै मधुराम केसी पालिका सभापतिमा निर्वाचित भएका हुन् । पौडेल समूह केसीले ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बुढाले १७ मत प्राप्त गरेका थिए ।

    कुन स्थानीय तहमा को भए सभापति ?

    स्वर्गद्वारी नगरपालिका- गिरबहादुर घर्तीमगर

    प्युठान नगरपालिका- नेत्रबहादुर केसी

    ऐरावती गाउँपालिका- अमर रेश्मी मगर

    माण्डवी गाउँपालिका- प्रकाश अधिकारी

    सरुमारानी गाउँपालिका- लक्ष्मण जीसी

    मल्लरानी गाउँपालिका- रमेश श्रेष्ठ

    झिमरुक गाउँपालिका- मिनराज भट्टराई

    नौ बहिनी गाउँपालिका- देविराम पुन

    जिल्ला नेतृत्वमा दुई समूहका दुई नेताको प्रतिस्पर्धा

    पार्टीको जिल्ला सभापति पदमा दुई समूहका दुई नेताले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौला प्यानलका वर्तमान पार्टी सचिव विष्णुकुमार गिरी र पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूहबाट निवर्तमान पार्टी सचिव शिवप्रसाद रिजालले सभापतिमा उम्मेदवारी दिने तयारी भएको छ । शिव नौबहिनी गाउँपालिका र विष्णु गौमुखी गाउँपालिका अध्यक्ष हुन् ।

    यसअघि अन्य नेताहरुले नेतृत्वको आकंक्षा गरेपनि अन्तिममा दुईजनामात्र मैदानमा आएका छन् । नेता डा. गोविन्द पोखरेल यो पटक नखुलेका कारण जिल्लामा धेरै नेताहरु अलमलमा परेका छन् । प्युठान कांग्रेसका युवा नेता देवेन्द्र बर्माका अनुसार जिल्लामा धेरै समूहगत विभाजन नभएको सन्देश निर्विरोध रुपमा पालिकाको सभापति चयनले दिएको बताए ।

  • प्युठानका ६ जनप्रतिनिधि नेकपा एसमा, एमाले छाड्नेमा वडा सदस्य धेरै

    प्युठानका ६ जनप्रतिनिधि नेकपा एसमा, एमाले छाड्नेमा वडा सदस्य धेरै

    रूपन्देही । प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरूले निर्वाचन कार्यालयमा पुगेर नेकपा एसमा रहेको सनाखत गरेका छन् ।

    सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, प्यूठान नगरपालिका–९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन् ।

    एमाले छोडेर नेकपा एकिकृत समाजबादी रोज्ने चारैजना एमाले केन्द्रीय सदस्य सूर्य थापा र नेता मणि थापाको निर्वाचन क्षेत्रका जनप्रतिनिधि रहेको नेकपा समाजवादीका जिल्ला सचिव दीपेन्द्र केसीले जानकारी दिए।

    आइतबार सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका थिए ।

    जिल्ला सचिव केसीले २२ गतेसम्म जिल्लाका स्थानीय तहका अरू जनप्रतिनिधिले सनाखत गर्ने तयारी भइरहेको बताए ।

  • लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु

    लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु

    रूपन्देही । लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्युठानको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घर भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ४६ वर्षीय बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    बिहीबार साँझ नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ३२ वर्षीय शरद थापा र बागविरबीच पैसाको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो ।

    विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाइते बनाएका थिए । घाइते बागविरलाई शुक्रबार राति उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रहरी प्रमुख मल्लले बागविरको मृत्युपश्चात कुटपिट गर्ने शरदलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएका छन् ।