Tag: पौडी

  • गौरभ र परिधिलाई तीन-तीन स्वर्ण, दुवै उत्कृष्ट खेलाडी घोषित

    गौरभ र परिधिलाई तीन-तीन स्वर्ण, दुवै उत्कृष्ट खेलाडी घोषित

    चितवन । भरतपुरमा सम्पन्न राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटिके पौडी प्रतियोगितामा गौरभ लामा र परिधि भण्डारी समान तीन-तीन स्वर्ण पदक जितेका छन् । तीन-तीन स्वर्ण जितेका गौरभ र परिधि प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।

    पहिलो दिन एक स्वर्ण जितेका काठमाडौंका गौरभले दोस्रो तथा अन्तिम दिन थप दुई स्वर्ण जिते । उनले आज (आइतबार) १५ वर्ष माथिको ब्याक स्ट्रोकमा स्वर्ण पदक हात पारे । उनले उक्त दूरी एक मिनेट ११ दशमलव ५४ सेकेन्डमा पूरा गरे । सोही इभेन्टमा नेपालगञ्जका अजय परियारले रजत जिते । उनले उक्त दूरी पूरा गर्न एक मिनेट ४९ सेकेन्ड लगाए ।

    यस्तै आज नै गौरभले एक सय मिटर फ्री स्टाइलमा पनि स्वर्ण पदक जिते । उनले उक्त दूरी पूरा गर्न एक मिनेट एक दशमलव एक सेकेन्ड लगाए । सोही इभेन्टमा काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । यजुले उक्त दूरी एक मिनेट १६ दशमलव १ सेकेन्डमा पूरा गर्दा सुमनले एक मिनेट २२ दशमलव ५१ सेकेन्ड लगाए ।

    पहिलो दिन गौरभले १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेका थिए । उक्त दूरी पार गर्न उनले एक मिनेट १८ दशमलव ४९ सेकेन्ड लगाएका थिए । १७ वर्षीय गौरभले नेपालबाट साफ च्याम्पियनसिपसमेत खेलिसकेका छन् ।

    काठमाडौंकै परिधिले महिलातर्फ १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा स्वर्ण पदक जितिन् । उक्त दूरी पार गर्न उनले एक मिनेट ५० दशमलव ८५ सेकेन्ड लगाइन् । आज नै उनले एक सय मिटर फ्री स्टाइलमा पनि स्वर्ण जितिन् । उक्त दूरी पूरा गर्न उनले एक मिनेट ३० दशमलव ३७ सेकेन्ड लगाइन् । यसअघि उनले पहिलो दिन १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ स्वर्ण पदक जितेकी थिइन् । उनले उक्त दूरी एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पूरा गरेकी थिइन् ।

    काठमाडौंकी अश्रेस्ता राई, काठमाडौंकै प्रारम्भ भण्डारी र नेपालगञ्जका अमित रावलले पनि समान तीन-तीन स्वर्ण जिते । पहिलो दिन एक-एक स्वर्ण जितेका अश्रेस्ता, प्रारम्भ र अमितले अन्तिम दिन थप दुई स्वर्ण जिते । अश्रेस्ताले आज ५० मिटर ब्याक स्ट्रोक र ५० मिटर फ्री स्टाइलमा स्वर्ण जितिन् ।

    उनले ५० मिटर ब्याक स्ट्रोक ५२ दशमलव ६४ सेकेन्डमा पूरा गरिन् भने ५० मिटर फ्री-स्टाइल ४४ दशमलव २९ सेकेन्डमा पूरा गरिन् । यस अघि पहिलो दिन उनले ११-१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाईमा राईले स्वर्ण जितेकी थिईन् । उनले उक्त दूरी पूरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाएकी थिइन् ।

    उता अमितले आज ११-१२ वर्ष उमेर समूहको ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दूरी ३७ दशमलव ७९ सेकेन्डमा पूरा गरे । यस्तै उनले आज नै ५० मिटर फ्री स्टाइलमा पनि स्वर्ण जिते । उनले उक्त दूरी पूरा गर्न ३५ दशमलव ३५ सेकेन्ड लगाए । ३९ दशमलव ८५ सेकेन्ड लगाएका नेपालगञ्जका दिवस रेग्मीले रजत तथा ५० दशमलव २९ सेकेन्ड लगाएका काठमाडौंका जोर्डन श्रेष्ठले कास्य जिते ।

    प्रारम्भले १३-१४ वर्षको एक सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दूरी एक मिनेट १० दशमलव ९२ सेकेन्डमा पूरा गरे । यस्तै आज नै उनले एक सय मिटर फ्री स्टाइलमा पनि स्वर्ण जिते । उनले उक्त दूरी एक मिनेट ३ दशमलव १४ सेकेन्डमा पूरा गरे । यस अघि उनले पहिलो दिन एक सय मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

    नेपालगञ्जका विशेष सिंहले दुई स्वर्ण र एक रजत जिते । उनले आज ९-१० वर्ष उमेर समूहको २५ मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दूरी २० दशमलव ३२ सेकेन्डमा पूरा गरे । यस अघि विशेषले आइतबार २५ मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जितेका थिए ।

    नेपालगञ्जकै सुबाङ बोहराले पनि दुई स्वर्ण र एक रजत जिते । उनले आज २५ मिटर फ्रि स्टाइलमा स्वर्ण जिते । उक्त दूरी उनले १७ दशमलव ६० सेकेन्डमा पूरा गरे । आज नै उनले २५ मिटर ब्याक स्ट्रोकमा एक रजत जिते । उनले पहिलो दिन ९-१० वर्षको २५ मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

    काठमाडौंका रचित बुढाथोकीले दुई स्वर्ण, काठमाडौंकै जतेन श्रेष्ठले एक स्वर्ण दुई रजत, यजु महर्जनले एक स्वर्ण र एक रजत तथा जोर्डन श्रेष्ठ र ओशिन लामाले एक स्वर्ण जिते । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए ।

  • टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड

    टोकियो ओलम्पिक: अमेरिकन स्वीमर सेलेब ड्रेसलले बनाए ओलम्पिक रेकर्ड

    काठमाडौं । अमेरिकन स्वीमर सेलेब ड्रेसलले १०० मिटर फ्रि-स्टाइलमा ओलम्पिक कीर्तिमान बनाएका छन् ।

    उनले निर्धारित दूरी ४७.०२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण जितेका हुन् । ड्रेसल १०० मिटर फ्रिस्टाइलका विश्व च्याम्पियनसमेत हुन् ।

    उनले ४ सय मिटर रिलेमा सोमबार पहिलो स्वर्ण जितेका थिए । ड्रेसल व्यक्तिगत खेलमा सबैभन्दा सफल खेलाडी बनेका छन् ।

  • गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    गौरिका सिंहको राष्ट्रिय कीर्तिमान

    काठमाडौं । टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रि-स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

    बुधबार भएको महिला १०० मिटर फ्रि-स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १: ००: ११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् ।

    गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । हिट-१ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।

    २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    ब्राजिलमा भएको ओलम्पिकको अघिल्लो संस्करणकी सबैभन्दा कान्छी खेलाडी बनेर विश्वभर चर्चा कमाएकी गौरिकाले आफ्नो हिटमा प्रथम स्थान हासिल गरेकी थिइन् ।

  • गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

    गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

    काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कास्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडीसमेत रहेकी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी हुन् ।

    गौरिकालाई क्लबले आजीवन नि:शुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले १ वर्षका लागि नि:शुल्क सदस्यता प्रदान गरेको छ ।

    सानो र ठूलो गरी २ पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको सञ्चालक विराज विष्टले बताए । सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रूपमा राखिएको छ ।

    सन् १९९८ मा जिमखानाका रूपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए । क्लबले जिमका लागि ५ जना प्रशिक्षक नियुक्त गरेको छ । प्रशिक्षकहरूमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् ।

    क्लबमा साउना, स्टिम, कार्डियो, स्पा, टियामो मन्डला क्याफे, जुस बारलगातका सुविधा छन् । क्लब सञ्चालनका लागि हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी दिए ।